बहराईनमा तीज विशेष कार्यक्रम सम्पन्न संगै थापाको बिदाई !

कृष्ण सारू मगर
मानमा-बहराईन, २६ अगष्ट

अदेलिया स्थित नेपाली क्लबको भवनमा सम्पन्न हरितालिका तीज २०७४ को उपलक्ष्यमा म्याग्दी उद्धार समितीले तीज विशेष कार्यक्रम समारोहमा निवर्तमान अध्यक्ष तेजेन्द्र थापालाई स-सम्मान बिदाई गरेको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष लाल प्रसाद पुन मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, मानर्थ तथा समाजसेवी गम ब. गुरुङ, दुर्गा गिरी, दीपक गुरुङ, लक्ष्मी गिरी, एल.बि राना मगर, गजेन्द्र राई, श्याम किराती, BFC मार्केटिङ मेनेजर शुनिल लामा बहराईनमा कृयाशील विभिन्न संघ, संस्था संंगठनका प्रमुख तथा प्रतिनिधि विभिन्न मिडियामा आवद्ध पत्रकार, तथा अन्य उधोग, ब्यावसायी, समाजसेवी, मान्यजन, एवं म्याग्दीवासीहरूको उल्लेखनीय उपस्थिति जनाएको उक्त समारोहमा सभाध्यक्ष तथा विशेष अतिथिको सह्योगमा म्याग्दी उद्धार समितीले सम्मान पत्र (मोमेन्टो) प्रदान गर्दै बिदाई गरेको हो ।

रोजगारको शिलशिलामा बहराईन २००९ मा प्रवेश गरेका तेजेन्द्रले ” म्यग्दीमा विकास र स्थायित्व ! सम्पुर्ण म्याग्देलीको दायित्व !! ” भन्ने मुल नाराका साथ स्थापित म्याग्दी उद्धार समितीको सदस्य सचिव, महासचिव, उपाध्यक्ष हुँदै १०औं अध्यक्ष पद सम्हालेेका समाजसेवी हुन् ।

समितिका कार्यकारीणी संयोजक राम चन्द्र पौडेलको स्वागत तथा महासचिव भक्त सिन्किजा पुन मगरको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व नव नियूक्त अध्यक्ष लोक राम्जाली मगरले गरेका थिए ।

विभिन्न वक्ताहरुले आ-आफ्नो धारणा राख्दै म्याग्दी उद्धार समितीले आयोजना गरेको हरितालिका तीजको उपलक्ष्यमा गृहजिल्लावासी चेलीबेटीलाई भेटघाट तथा दर खुवाउने तथा शुभकामना आदन-प्रदान कार्यक्रममा विभिन्न तीजका गीतमा महिला दिदीबहिनीहरुले सामूहिक नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएका थिए ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)