नेपाल बिद्यार्थी मोर्चाको बैठक सम्पन्न !

भाद्र ११ |

राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल बिद्यार्थी मोर्चाको पाचौँ पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको चौथो महाधिबेशन पुर्बाञ्चलको धरानमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष पुर्ण बहादुर रानाको सँयोजकत्वमा २७ सदस्यीय महाधिबेशन मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी बैठकले घोषणा पत्र तथा बिधान मस्यौदा समिति , आर्थिक समिति, लगायतका बिभिन्न उप समितिहरु पनि गठन गरेको छ । साथै प्र्र्र्राज्ञिक तथा बौद्धिक बहस गर्नका निमित्त प्राज्ञिक तथा बौद्धिक समिति समेत निर्माण गरिएको छ भने महाधिबेशन सम्पन्न गर्नका लागि बिद्यार्थी मोर्चा लिम्बुवान राज्य परिषदलाइ जिम्मेवारी दिइएको छ । शनिबार पार्टी कार्यालय धोबीघाट काठमाण्डौँमा सम्पन्न भएको बैठकमा अध्यक्ष पुर्ण बहादुर रानाको सभापतित्व र पार्टी सँघीय परिषदका अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी सँघीय परिषदका सचिव पदम जबेगु , सँघीय परिषद सदस्य लोक आङ्लाको पनि बिशेष आतिथ्यता रहेको थियो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)