लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको चार्टर नाइट सम्पन्न !

गिता राना मगर
पोखरा ८ भदौ ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको चार्टर नाइट सम्पन्न भएको छ । हालै सम्पन्न चार्टर नाइटको अवसरमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्षको सक्रियतामा जेहेन्दार तथा गरिव विद्यार्थीलाई मध्येनजर गरी एक लाख पांच सय पच्पन्न रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।

क्लवका अध्यक्ष शान्ता बहादुर थापाले आफ्ना स्वर्गीय वावा राम बहादुर थापाको स्मृतीमा पचास हजार पांच सय पच्पन्न रुपैयाको अक्षय कोषमा क्लवका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माको स्वर्गीय आमाको स्मृतीमा पचास हजार थप गरी एक लाख पांच सय पच्पन्न रुपैयाको अक्षयकोष स्थापना गरेको हो ।

उक्त छात्रवृद्धिबाट वर्षेनी एकजना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई प्रदान गरिने क्लवका अध्यक्ष शान्ताबहादुर थापाले जानकारी दिए । सो अवसरमा वोल्दै लायन्स क्लव अफ ३२५ बी वानका डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्स क्लवले विशुद्ध सामाजिक काम गर्दै अगाडी वढिरहदा युनाइटेड चौतारीले गरेको कामको प्रशंसा गरे ।

सो अवसरमा क्लवले हाल सम्म गरेका कामहरुको बारेमा समेत जानकारी दिइयो । जस अन्तर्गत हाल सम्म वृक्षारोपण, सहित कुडहर आधारभुत विद्यालयका १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेको र कास्कीको माछापुच्छ«े रिभान तथा तराइमा डुवानमा परेकालाई सहयोग गर्ने क्लवले जनाएको छ । सो अवसर नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम समेत सम्पन्न भएको थियो ।



admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)