कान्छीबाट अभिनेत्री श्वेताको नेपाली चलचित्र जगतमा कमब्याक !

प्रहिल कार्की फाल्गुन ५, काठमाण्डौँ अभिनेत्री श्वेता खड्का र शैलेस खड्का द्वारा निर्माण गरिएको चलचित्र कान्छी फागुन ४ गतेबाट देशैभर एकैसाथ रिलिज भएको छ । उक्त चलचित्रलाई आकाश अधिकारी निर्देशन गरेको हो । दयाहाङ राई, श्वेता खड्का, कामेश्वर चौरासिया, निर शाहा लगाएतको मुख्य भुमिका रहेको चलचित्रमा अर्जुन पोख्रेल र राजन राज सिवाकोटीको संङ्गित रहेको छ भने यस चलचित्रलाइ पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु भएको छ । देशैभर एकैसाथ रिलिज भएको चलचित्र कान्छीमा श्वेता खड्कालाई निकै समयपछि फेरी चलचित्रमा देख्न  सकिन्छ । चलचित्र कान्छीलाई दर्शकले माया गरेर मनमा राखिदिनु हुन्छ भन्ने कुरामा नायिका श्वेता खड्का आशावादी हुनुहुन्छ साथै आकाश अधिकारी द्वारा निर्देशित १८ औँ चलचित्र कान्छीलाई दर्शकले माया गर्नुहुन्छ भन्नेमा निर्देशक पनि उत्तिकै विश्वस्त हुनुहुन्छ ।

Read more

आदर्श तारा स्मृती कप आयोजकको कब्जामा, पाहुना टोली काहुँ मिलन झापुटार २–० ले पराजित !

विनोद रखाली मगर फागुन ९, म्याग्दे आदर्श नमुना युवा क्लव म्याग्दे – ४, मनहरीले आयोजना गरेको आदर्श तारा स्मृती कप सेभन – ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक भेन्ट्रान्स समुहले आफ्नो कव्जामा पारेको छ । भेन्ट्रान्स समुहले पाहुना टोली काहुँ मिलन युवा क्लव, झापुटारलाई २ – ० ले पाखा लगाउदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । निकै प्रतिस्पर्धाका बिच सम्पन्न अन्तिम खेलमा आर्दशका लागी रविन श्रेष्ठले त्रीदेव गुरुङ्को उत्कृष्ट पासमा खेलको १५ औं मिनेटमा गोल गरे । पहिलो गोलले हौसिएको आयोजक टोली पुनः खेलको २० मिनेटमै दोस्रो गोल गर्न सफल भयो । आयोजकका लागी दोस्रो गोल रविन श्रेष्ठको उत्कृष्ट पासमा भिम तुलाचनले गरेका थिए । सुरुवात देखिनै आक्रामक रुपमा पेश भएको पाहुना टोलीले गोल गर्ने मौका पाए पनि

Read more

मिनाम लाङ्घाली क्लवद्वारा खुला नकआउट फुटवल आयोजना, स्थानीय लाहुरे टिम बिजयी !

कृष्ण आले फागुन ८ लमजुङ लमजुङमा मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता नरुवाल गाउँका लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै स्थानीय लाहुरे टिमलाई शिल्ड सहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपबिजेता राइजिङ् रोज युवा क्लवलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सेमीफाइनलमा पराजित प्रतियोगितामा शान्त्वना हुने टिम अन्नपुर्ण युवा क्लव भकुण्डे र आयोजक मिनाम लाङ्घाली क्लवलाई नगद ६÷६ हजार र मेडल प्रदान गरिएको छ

Read more

अब घर घरमा ट्राफिक प्रहरीको कारवाही पत्र !

केदार चापागाँई फाल्गुन ८, काठमाण्डौँ के तपाई सडकमा आफ्नो सवारी साधन चलाउँदा ट्राफिक प्रहरीको आँखा छलेर जथाभावी चलाउँदै हुनु हुन्छ ? वा जथाभावी पार्किगं गरेर हिड्नु हुन्छ ? यदि त्यस्तो हो भने अब सावधान रहनु होला ? महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो कार्य गर्नेलाई घरमै कारवाहीको पत्र पठाउन शुरु गरि सकेको छ । उसै त राजधानीमा सवारी साधान सडकको क्षमता भन्दा बढी छन् । त्यसमा पनि सवारी धनीले सडकको दायाँ बायाँ सडक पेटी नै ढाकेर गाडी पार्क गरेपछि पैदल यात्रुहरु सडकबाट हिड्न बाध्य हुन्छन । यसरी घण्टौं सम्म सवारी साधन सडक पेटीमा पार्किगं गरेर राख्ने विरुद्ध कडा कारवाही गर्ने कुरा ट्राफिक प्रहरी बताए पनि खासै कार्यन्वयन नभएको जता ततै देख्न सकिन्छ । सरकारी गाडी, प्रेसका गाडी, प्रहरी स्वयम आफ्नैले गाडीहरु

Read more

विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको अध्यक्षमा प्रतिमाया पुन चयन !

दिपा राई फाल्गुन ८, काठमाण्डौँ हिजो प्रजातन्त्र दिवसको अवसर पारी विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको दोस्रो साधारणसभा कार्यक्रमका बिच नयाँ कार्य समिति चयन गरेको हो । समाजका विभिन्न आर्थिक गतिविधि र सीप तथा प्राविधिक युक्त पेशाहरुमा लाग्न महिलाहरुलाई प्रेरित गर्ने र आत्मनिर्भर हुन सघाउ पुर्याउने, महिला अधिकारको सुरक्षा गर्ने उद्देश्यमा आधारित उक्त वुमेन संस्थाले प्रतिमाया पुनको अध्यक्षतामा १ जना युवा प्रतिनिधि गरि १४ जनाको नयाँ कार्यसमिती बनाएको छ । जसमा अध्यक्ष श्रीमती प्रतिमाया पुन, उपाध्यक्षमा ज्योती केसी र नेत्र गर्बुजा, सचिव रोहिनी ढुङ्गेल, सह सचिव लिना गुरुङ र कोषाध्यक्ष राधिका लामा रहेका छन् भने सदस्यमा निता लामा, सरस्वती सिवाकोटी, दिपसिखा राई , कमला शाक्य (सृष्टि), तारा रसाइली, मेली शाह, सेरल शाही र प्रकृति बुढा मगर रहेका छन् । उक्त

Read more

दमौलीमा मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न साथै मगर लेखक संघ तनहुँको अध्यक्षमा बिनु थापा मगर !

विनोद रखाली मगर फागुन ७, स्याङ्जा अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको दमौलीमा नेपाल मगर लेखक संघ जिल्ला समिति तनहुँको आयोजनामा मातृभाषामा साहित्यीक रचना वाचन प्रतियोगिता तथा संघको तेस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष मन्धरी आले मगरले मातृभाषामा साहित्यको विकाशका लागी लेखकहरुको भुमिका महत्वपूर्ण रहने बताउदै भाषा, सस्ंकृती र पहिचानलाई जिवित राख्न ती विषयमा लेखकहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, समितिका केन्द्रीय सदस्य अनुराग थापा मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, तमु ह्रयुला छोँज धीँका केन्द्रीय सदस्य रक बहादुर गुरुङ्, मगर लेखक संघ गण्डकी

Read more

सम्पर्क समन्वय केन्द्रिय समितिको अध्यक्षमा होमराज खपाङ्गी मगर चयन !

मगर मिडिया ७ फाल्गुन, काठमाण्डौँ नेपाल मगर संघ सम्पर्क समन्वय समितिको तेस्रो महाधिवेसन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाण्डौँमा संघिय लोकतान्त्रिक गणतन्त्रको मुल आधार, आत्म निर्णयको अधिकार सहित मगराँत स्वायत्त प्रदेश स्थापना र अग्राधिकार भन्ने मुल मन्त्रका साथ नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । राष्ट्रिय सभा गृह काठमाण्डौमा सम्पन्न शो महाअधिवेसन बाट होमराज खपाङ्गीको अध्यक्षतामा ७४ सदस्यीय केन्द्रिय समिति सर्व सहमति चयन गरेको छ । महाअधिवेशनले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष, ३ भाषिक उपाध्यक्ष, सात वटै प्रदेशबाट एक एक जना उपाध्यक्ष, एक महा सचिव, तिन सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष र ७ वटै प्रदेशबाट ५ , ५ जना सदस्य गरि ६५ जनाको कार्य समितिको

Read more

काठमाण्डौँको तिनकुनेमा ल्होछार कार्यक्रम सम्पन्न !

सुनिता लामा ६ फाल्गुन, काठमाण्डौँ बौद्ध महायानी धर्मावलम्बीहरुले शुक्रबार र शनिबार ल्होछार अथार्त नयाँ वर्ष काठमाण्डौको तिनकुनेमा साँस्कृतिक महोत्वसवका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ समाज र १२० ओटा संस्थाहरुले आयोजना गरेको ल्होछार कार्यक्रमको दोस्रो दिन तामाङ कलाकारहरुको बजोड प्रस्तुतिका साथ सम्पन्न भएको थियो भने पहिलो दिन औपचारिक कार्यक्रम सँगै अनौपचारिक कार्यक्रम पनि गरेका थिए । सरकारले माघ ५ गते नै सोनाम ल्होछारको सार्वजनीक विदा दिए पनि केहि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसारमा यही फाल्गुन महिनामा परेकोले ग्याल्पो र सोनाम ल्होसार दुबै एकै साथ मनाएको हो । कार्यक्रममा गायक प्रेम लोप्चन, गायीका सानु वाइबा, जमुना योञ्जन, विशाल काल्तेन लगायतका कालाकारले आफ्नो प्रस्ुतुती दिएका थिए भने उक्त दुई दिने साँस्कृतिक कार्यक्रमलाई चादँनी मोक्तान तामाङ , संजीव वाइबा र

Read more

१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा तनहुँको भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न!

रुद्र श्रीसमगर भिमाद, ६ फागुन १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ का सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम तनहुँको भिमाददेखि सुरु भएको छ । शुक्रबार भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ भिमाद नगर समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर तथा गुरुङ भाषामा कविता प्रतियोगिता आयोजना गरिएको हो । जसमा मगर भाषातर्फ वसन्ती थापामगर प्रथम भइन् भने मोनिका थापामगर द्वितीय, कृष्ण रानामगर तृतीय र गमबहादुर रानामगर सान्त्वना भए । त्यस्तै, गुरुङ भाषातर्फ सुमिका गुरुङ प्रथम र बबी गुरुङ द्वितीय भए । उनीहरूले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार फूलकुमारी थापामगरको संयोजकत्वमा सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र

Read more

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा स्याङ्जामा मगर भाषा कविता प्रतियोगिता !

मगर मिडिया हरिनास, ६ फागुन स्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रे भञ्ज्याङ स्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मगर भाषा कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकताको गन्ती’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतियोगिहरूले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । दश प्रतियोगीहरू सहभागीरहेको प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै नगद रु.१,५०० तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी, अनुषा थापामगर र सुदर्शन थापामगर क्रमस द्वितीय र तृतीय स्थान प्राप्त गर्दै नगद रु. १,००० र नगद रु.५०० सहित प्रमाणपत्र प्राप्त गरे । साथै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा हरिनास गाउँपालिका वडा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)