इतु र मनोजराजलाई नारायणगोपाल युवा सङगीत पुरस्कार र नगेन र विष्णुलाई अरनिको युवा कला पुरस्कार (फोटो फिचर)!

श्याम राना मगर काठमाण्डौँ, माघ १७ राष्ट्रिय युवा सेवा कोषद्धारा प्रदान गरिने नारायणगोपाल युवा सङगीत पुरस्कार र अरनिको युवा कला पुरस्कार  हिजो काठमाण्डौँ  स्थित हार्दिक होटलमा  प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को उपलक्ष्यमा २०४२ सालमा स्थापना भएको सामाजीक संस्था राष्ट्रिय युवा सेवा कोषले यस बर्षको नारायणगोपाल युवा संगीत पुरस्कार २०७४ बाट गायक मनोजराज शिवाकोटी र गायीका इतु जोजिजु पुरस्कृत हुनुभएको छ भने अरनिको युवा संगीत पुरस्कार २०७४ बाट वरिष्ठ मूर्तिकार  नगेनसिंह ठकुरी र विष्णु प्रसाद श्रेष्ठ पुरस्कृत हुनुभएको छ । काठमाण्डौँ  स्थित हार्दिक होटलमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित माननीय उपप्रधान मन्त्री तथा उर्जा मन्त्री कमल थापा साथै  कार्यक्रमका सभापति  भीमबहादुर अधिकारी ले प्रदान गर्नुभएको थियो । नारायणगोपाल युवा संगीत पुरस्कार छनौट समितिको  संयोजक वरिष्ठ संगीतकार

Read more

विगत ५ वर्षमा ५ अर्थमन्त्री अवको ५ वर्षमा नी ? पुर्वअर्थमन्त्री वर्षमान पुन मगरको जवाफ !

सुनिता लामा माघ १५, काठमाण्डौ नयाँ संविधान सभाको निर्माण पछि सम्पन्न भएका तिनै तहका निर्वाचनको मतपरिणाम पछि नेपाली राजनितिक अवस्थाले नयाँ मोड लिदैँ छ । नेपाली राजनितिक अवस्था यहाँ सम्म आईपुग्दा पनि कहिँ न कतैबाट असन्तुष्टिहरु व्यक्त भईरहेका थिए र अझै पनि त्यो असन्तुष्टिहरु देखिन्छ । विशेष गरि आदिबासी जनजाति संघसंस्थाहरुले यो नयाँ संविधानमा समेत असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा संघियताको नामाङ्कन तथा सिमाङ्कन हुनपर्ने लगायतका विभिन्न मुद्धाहरुमा आन्दोलनहरु समेत गरिराखेका थिए । यिनै विषयवस्तु, समग्र नेपाली राजनिति लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर नाईस मिडिया नेटवर्कद्धारा सञ्चालित मगर मिडियाको आदिबासी समय सम्वाद कार्यक्रमका लागि पुर्व अर्थ, शान्ती तथा पुर्ननिर्माण मन्त्री साथै प्रतिनिधिसभाका लागि रोल्पा जिल्लाबाट निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका नेता माननिय बर्षमान पुन मगरसँग हामीले निर्वाचन परिणाम आएको केहि समय

Read more

नेपाल मगर विद्यार्थी संघको दशौँ विस्तारित भेला फागुन ४ र ५ गते भरतपुरमा !

मगर मिडिया माघ १५, काठमाण्डौँ मगर विद्यार्थीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला आउँदो फाल्गुन ४ र ५ गते चितवन जिल्लाको भरतपुरमा सम्पन्न हुने भएको छ । किनारीकृत समुदायको अधिकार, समानता र पहिचानको आन्दोलनको जबरजस्त हिस्सा नेपाल “मगर विद्यार्थी संघको दशौँ राष्ट्रिय विस्तारित भेला मगर भाषा संस्कृतिको संरक्षण, अधिकार प्राप्तिको लागि एकिकृत मगरात सहितको स्वायत्तत्ता । बैज्ञानीक व्यवहारिक, संघिय शिक्षा प्रणाली, बहुभाषिक विश्वविद्यालय स्थापनाको पक्षमा दशौँ राष्ट्रिय विस्तारित भेला ।।” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको दशौँ विस्तारित भेलाको उद्घाटन समारोह फागुन ५ गते विरेन्द्र बहुमुखि क्याम्पस प्राङ्गण भरतपुरमा विहान १ बजे हुने छ भने बन्द सत्र फागुन ५ गते नारायणगढको नारायणी कला मन्दिर चितवनमा हुने छ । कार्यक्रममा देशै भरिबाट प्रतिनिधी

Read more

मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हस्तान्तरण !

युवराज राना मगर माघ १५, काठमाण्डौ मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हिजो नेपाल मगर संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल मगर संघलाई हस्तान्तरण गरिएको छ । इजरायलबाट नै सुरु भएको उक्त अभियानको लागि इजरायलबाट  संकलन गरिएको ८० हजार ६ सय रुपैया रकम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष विष्णु पुन मगरले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरलाई हस्तान्तरण गर्नु भएको हो । नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहयोग रकम लिदैँ नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगर, नेपाल मगर संघ शाखा दक्षिण कोरियाका सल्लाहकार ओम जुग्जाली मगर साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निर्वतमान महासचिव वलराम पुन मगरलाई समेत

Read more

मिड टाउनको चार्टर नाइट ल्वाङघलेलमा !

मगर मिडिया पोखरा, १५ माघ  लायन्स क्लब अफ पोखरा मिड टाउनले चौथो चार्टर नाइट कास्कीको ल्वाङघलेलमा मनाएको छ । होम स्टे तथा ग्रामीण पर्यटन प्रवद्र्धनको लक्ष्य सहित ल्वाङघलेलमा चार्टर नाइट मनाइएको क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेका बताए । पर्यटन तथा होम स्टे प्रवद्र्धनमा लायन्स क्लबहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । डिष्ट्रिक्टका फस्ट भाइस गर्भनर अशोककुमार श्रेष्ठले मिड टाउनले रचनात्मक काम गरेर चार्टर नाइट मनाएको बताए । डिष्ट्रिक्टका कोचिफ एडभाइजर विशेश्वर आचार्यले लायन्सको सामाजिक कामले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए । क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष

Read more

काठमाडौंको राष्ट्रिय नाचघरमा चलचित्र ‘भेडी गोठाले’को प्रदर्शन !

रुद्र श्रीसमगर पोखरा, १४ माघ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत शनिबार गुरुङ संस्कार, संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को विशेष प्रदर्शन गरियो । लमजुङको दोर्दी गाउँपालिका, छैलुङस्थित भूकम्पबाट क्षतिग्रस्त मखमली आमा समूहको भवन पुनर्निर्माण सहयोगार्थ सो चलचित्रको प्रदर्शन गरिएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रको विशेष प्रदर्शनको आयोजना पाचोक तमु समाज, लमजुङले गरेको हो । कार्यक्रममा सो चलचित्रका कार्यकारी निर्माता एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान महासचिव प्रितम गुरुङ, अभिनेता जनक गुरुङ, ओम घलेलगायतले बोल्नुभएको थियो । सो चलचित्र प्रदर्शनबाट भएको सम्पूर्ण आम्दानी नै आमा समूहको भवन पुनर्निर्माणमा खर्च गरिने चलचित्र ‘भेडी

Read more

समाजसेवी गुरुङद्वारा श्रीमानको नाममा विद्यालयमा अक्षयकोष स्थापना !

रुद्र श्रीसमगर पोखरा, १५ माघ समाजसेवी सावित्री गुरुङले आफ्नो दिवंगत श्रीमानको नाममा पर्वतको एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पर्वतको मोदी गाउँपालिका–५ (साबिकको बाजुङ–६)स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बाल शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले समाजसेवी गुरुङले ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । समाजसेवी गुरुङले सरस्वती पूजाका अवसरमा आफ्नो दिवंगत श्रीमान् स्वर्गीय नरबहादुर गुरुङको स्मृतिमा सो अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्थापना गरिएको सरस्वती मन्दिरको निर्माण मिलन ट्रष्ट–२०७४ का संरक्षक समाजसेवी सावित्री गुरुङ र उहाँकै छोरा मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले गर्नुभएको हो । अक्षयकोष स्थापना घोषणा कार्यक्रममा भएको चियापान खर्च स्वरुप उहाँले पाँच हजार रुपैयाँ समेत सहयोग बापत विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै समाजसेवी गुरुङले बालबालिकाको शिक्षा सुधार्नका लागि थोरै भएपनि सहयोग

Read more

नेपाल आइडलका मनोज थापा मगर “सोल्टीनी हजुर” म्यूजीक भिडियो लिएर बजारमा आए !

मगर मिडिया १४ माघ, काठमाण्डौँ नेपाल आइडलका प्रतिस्पर्धी मनोज थापा मगर  म्यूजीक भिडीयो “सोल्टीनी हजुर” लिएर बजारमा आएका  छन । सुरज राना को शब्द रहेको गितमा स्वर मनोज थापा मगरको रहेको छ भने  यस भिडियोको कालाकारको रुपमा नायिका मिरुना मगर र स्वंम गायक मनोज थापा मगर रहेका छन्  । फिरोज अर्पणको छायाँकन सम्पादन र निर्देशनमा भिडियो बनेको छ । मगर समुदायमा निकै प्रचलित प्रेम कथा ‘बैना’, बिहे हुनुभन्दा पहिले काम बिशेषले आफू कतै जानु पर्यो भने, प्रेमीले प्रेमिकालाई रुमाल अथवा कुनै सामान दिएर जाने चलन लाई मनोजको पाँच मिनेटको म्यूजीक भिडीयोबाट दर्शकले हेर्न पाउनेछ । भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला ।

Read more

दुवई शहरमा नेपाल मगर संघ शाखा युएईद्वारा माघे सङक्रान्ति २०७४ भव्यरुपमा सम्पन्न !

मगर मिडिया १४ माघ,  युएई दुवई स्थित पर्ल क्रीक होटेलमा नेपाल मगर संघ शाखा युएईद्वारा मगरहरुको मौलिक राष्ट्रीय चाड माघे सङक्रान्ति गत शुक्रबारको दिन नेपाली राजदुताबास युएईका श्रम सहचरी श्री मोतिराम भुसालज्युको प्रमुख आतिथ्यमा भव्य एवम सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व नेमस शाखा युएईका अध्यक्ष श्री टंक थापा मगरले गर्नु भएको थियो भने नेमस शाखा युएईका निवर्तमान अध्यक्ष श्री राजु सिजाली मगर लगायत भुपु सरक्षक सुनिता थापा मगर उप सरक्षक अशोक राम्जाली मगर सलाहकार प्रमुख भुवन मगर सल्लाहकार सदस्य खुम आले र कुम सारु मगर अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अन्य विशेष अतिथिहरुमा अन्तराष्ट्रीय मगर मञ्चका सदस्य श्री गिरमान थापा मगर, जनजाती महासंघ युएईका अध्यक्ष श्री पासाङ्ग रेन्जी शेर्पा, नेपाली समाज युएईका अध्यक्ष श्री चन्द्र प्रसाद

Read more

छमछमिको कार्यक्रममा रविता थापा मगर र शेखर घर्ती मगरलाई भोट दिन मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आग्रह !

काठमाडौ, माघ १३ गते छमछमिको कार्यक्रममा छमछम नाच्दै रविता थापा मगर र शेखर घर्ती मगर तपाईं हाम्रो साथ र भोटले छैठौ स्थानमा आउन सफल भै सकिएको छ । अब पाचौ स्थानमा आउनका लागि पनि तपाईं हाम्रो सहयोगको अपेक्षा गरिएको छ। अब फेरि भोट दिने समय भोलि माघ 14 गते आइतबार बिहान 10 बजे सम्म मात्र छ । यो कार्यक्रम मन पर्ने महानुभावहरुले सक्दो भोट दिनुहुन र शेयर पनि गरि दिनुहुन सादर अनुरोध गर्दछु । भोट दिने तरिका: रबिता थापा मगरको लागि: Type CC 12 and Send to 34343 शेखर घर्ति मगरको लागि: Type CC 11 and Send to 34343 नोट: नेपाल मगर सांस्कृतिक संघ केन्द्रको मातहतमा नृत्य संयोजक सहकोषाध्यक्ष कल्याण राना मगरको संयोजकत्वमा रविता थापा मगर र शेखर घर्तिमगर जिताऔ

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)