अभिमुखिकरण तालिम सम्पन्न !

मगर मिडिया  पौष १४  पोखरा  पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य संस्था गुणस्तर सुधार टोलीको अभिमुखिकरण तालिम सम्पन्न भएको छ । केन्द्रका व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष एवं वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्य संस्था गुणस्तर सुधार पद्धतिका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप सुपरभाईजर एकनारायण लम्साल र नर्सिङ् अधिकृत कविता पौडेलले प्रशिक्षण दिएका थिए। यसैबिच, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष ऋषिराम आचार्य र निवर्तमान उपाध्यक्ष बुद्धि बहादुर गुरुङलाई विदाई तथा सम्मान समेत गरिएको थियो ।

Read more

आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न !

मगर मिडिया   १४ पौष,  पोखरा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित शान्ति उदयटोलमा तरकारी बाली अवधिभर संचालित आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विषादी रहित आध’निक तरिकाबाट बाली उत्पादन गर्ने तरिकाको बारेमा तालिम दिने उद्देश्यले कारितास अस्ट्रेलिया, अस्ट्रेलियन एड र कारितास नेपालको सहयोग र दिदीबहिनी आई.पि.एम कृषक पाठशालाको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । मुख्यतया उक्त कार्यक्रम महिलालाई कृषि उपजको उत्पादन र ब्यबसायिक रुपमा कृषि कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा सञ्चालन गरिएको हो। कार्यक्रममा सिकेका कुराहरुलाई ब्यबहारीक रुपमा लागु  गर्न आग्रह गर्दै वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले तालिमबाट कृषीको व्यावसायीकरण र महिला शसक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले कृषीमा परनिर्भरताको अवस्थालाई अन्त्य गर्दै आत्मनिर्भरता तर्फ

Read more

पोखरा सडक महोत्सवमा रम्दै पोखरेलीहरु !

विनोद लामिछाने पुष १४,पोखरा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सवमले पोखेलीहरुलाई लेकसाइडतर्फ आकर्षित गरेको छ । चिसो मौसमको प्रवाह नगरि पोखरेलीहरु राति अबेरसम्म पनि लेकसाइडमा देखिएका छन् । महोत्सवको दोश्रो दिन शुक्रबार विभिन्न साँस्कृतीक कार्यक्रम, लोक तथा पप गित तथा खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन् । शुक्रबार दिउसो महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा लोकगितमा दर्शकहरु रमेका थिए । राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, सुमित्रा लामा तथा प्रजापति पराजुली, पार्वती जिसी लगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए भने शुक्रबार साँझ स्याडोज, इन्फ्लेम, इन्टरनेशनल हिमालयन प्याविलियन लगायतका ब्याण्डहरुको प्रस्तती रहने पप संयोजक योगेशबहादुर भट्टराईले जानकारी दिए । त्यसैगरि शुक्रबारनै सम्पन्न डुङ्गा दौडमा स्विमङपुलघाट प्रथम, बाराही घाट ‘इ’ दोश्रो तथा बाराही घाट ‘सी’ तेश्रो भयो ।

Read more

माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी कमल भण्डारीलाई, ४५ र ५५ वर्षमा पोखरेली खेलाडी धरम र अनिल विजयी !

१४ पुष, पोखरा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जितेका छन् । शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा सो उमेर समुहमा नेपालकै शिर्ष बरियताका भण्डारीले दोश्रो बरियताका श्री राम मगरलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको प्रमुख उपाधीमा आफ्नों नाम लेखाए । जितसंगै भण्डारीले नगद ५० हजार रुपैयाँका साथ शिल्ड पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका श्री रामले नगद २० हजारका साथमा कप पुरस्कार पाए । प्रतियोगितामा भण्डारीको यो दोश्रो जित हो । यसअघि २०७३ सालको उपाधी पनि भण्डारीले नै जितका थिए । २०७२ मा भने श्रीरामले भण्डारीलाई नै पराजित गर्दै उपाधी चुमेका थिए । गत महिना हेटौंडामा सम्पन्न सामरि स्लाम प्रतियोगितामा भण्डारीसंगै हार व्यहोरेका मगरले

Read more

पोखरा महोत्सवमा पहिलोपटक प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने !

गिता राना मगर पोखरा १४ पुस  नेपालमा नै पहिलोपटक पोखरामा प्रदेश स्तरिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चोकमा हुने आठौ संस्करणको पोखरा महोत्सवमा नेपालमा नै पहिलोपटक ४ नम्बर प्रदेश स्तरिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गरिने भएको हो । क्लवले पोखरा महोत्सवको आयोजना गरि रहदा मुलुक संघियतामा गएको सन्दर्भलाई मध्ये नजर गरी पोखराबाटै पहिलो पटक ४ नम्बर प्रदेश स्तरिय खुल्ला लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको पोखरा महोत्सव आयोजक युनाइटेड क्ल्वका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । चार नम्बर प्रदेशका ११ वटा जिल्लामा रहेका लोकदोहोरी कलाकारहरुले उक्त प्रतियोगितामा सहभागीता जनाउने समेत गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई

Read more

स्याङ्जा वालिङ् बासिले पनि हेरे खुर्पेटो फिल्म !

मगर मिडिया पौष, १४ काठमाण्डौँ मिफ्रुङग फिल्म प्रोडक्सन प्रा.लि. को पहिलो प्रस्तुतीको रुपमा रहेको खुर्पेटो फिल्म स्याङजाको वालिङ्मा गत शनिबार सफलतापूर्वक च्यारिटी शोे सम्पन्न भएको छ । भिम राना मगरको परिकल्पना राजेन्द्र आलेको निर्माण र विश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको मगर कथानक नेपाली भाषाको यो चलचित्र यो भन्दा अगाडी विदेशको विभिन्न ठाउँमा र नेपाल भित्रको सात ओटा जिल्लामा सफलतापूर्वक च्यारीटी शो गर्न सफल भइसकेको छ । नेपाल मगर संघ नगर समिती वालिङ् स्याङजाको आयोजनामा सम्पन्न च्यारीटि शो मा चलचित्र प्रर्दशन गर्नु अघि कलाकारको छोटो परिचय तथा सम्मान गर्दै समितिका अध्यक्ष श्री दिल बहादुर थापा मगरले खुर्पेटोका लेखक तथा निर्देशक विश्वास मगर र चलचित्रकी मुख्य आमाको भूमिका निर्वाह गरेकी टिका आलेलाई टिका लगाई सम्मान गर्नुको साथै मगर जाति र

Read more

नायिका बिना थापाको आर्यघाटमा आज अन्त्येष्टि।

पौष १३, काठमान्डौ बुधबार काठमान्डौको  बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परि  निधन भएकी नायिका तथा मोडल बिना थापाको पार्थिब शरिरलाई  आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो । उनले चलाएको स्कुटर बा ५५ प १३८७ नम्बरको हो । रंगमञ्च क्षेत्रमा समेत सक्रिय थापा सिल्पी थिएटर सँग आवद्ध थिइन् । उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी थिइन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् । थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । थापाले ‘उवर्शी’, ‘डिभोर्स’

Read more

कमल र श्रीराम फेरी उपाधी भिडन्तमा,४५ माथिको डबल्सतर्फको उपाधी भने सिग्देल र क्षेत्री जोडीलाई !

  पुष १३,पोखरा ३५ वर्ष माथि एकलतर्फ नेपालका शिर्ष बरियताका कमल भण्डारी र २ नम्बरमा रहेका श्रीराम मगर पोखरामा जारी १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाइनलमा कमलले रोहित सुनुवारलाई ६–२, ६–३ ले तथा श्रीराम मगरले राजु श्रेष्ठलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । यसअघि यि दुवै खेलाडीले पोखरा भेट्रान्सको उपाधी एक एक पटक आफ्नों नाम गराइसकेका छन् । त्यसैगरि ४५ वर्ष माथिको एकलमा पोखराका धरमबहादुर लामिछाने र टिम मण्डिखाटारका बिमल गुरुङ्गविच उपाधी भिडन्त हुने भएको छ । सेमिफाइनलमा धरमले आशिष सिग्देलमाथि ४–६, ७–५ र सुपरटाईमा १०–८ को कठिन जित निकाल्दै अन्तिम दुईमा आफ्नों नाम लेखाउँदा बिमलले राजु श्रेष्ठमाथि २–६, ६–४ र

Read more

भलिबलको उपाधी विजेतालाई सम्मान !

 १३ पुस पोखरा हिसानले आयोजना गरेको खेलकुद कार्यक्रममा भलिबल तर्फ उपाधी जित्न सफल टोलीलाई स्पाइरल ग्यालेक्सी एकेडेमी मा.वि.ले सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा टोलीलाई विद्यालयका प्राचार्य नारायण शर्मा चापागाई, सह प्राचार्य सन्तोष गुरुङ व्यवस्थापकीय संयोजक अर्जुन ढकालले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्राचार्य एवं हिसान कास्कीका सह–सचिव चापाइले विद्यालय शैक्षिक क्रियाकलापमा मात्र नभई खेलकुदको क्षेत्रमा समेत अब्बल रहेको दाबी गर्नुभयो । भलिबल छात्र तर्फको उपाधी जितेको विद्यालयले अन्य क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीमा सनिल धमाल, राजमान खड्का, अशोक सुनार, राजकुमार दर्जी राज वि.क., रविन घर्तीमगर, हिक्मत शाही, विनोद किसान, नविन अर्गेजा … रहेका थिए । सोही अवसरमा भलिबल छात्रा तर्फ तेस्रो स्थान प्राप्त गरेको टोलीलाई पनि सम्मान गरिएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख सुमन पौडेलले जानकारी

Read more

कमल भण्डारी, श्रीराम मगर, रोहित सुनुवार र राजु श्रेष्ठ सेमिफाइनलमा !

मगर मिडिया पुष १२,पोखरा कमल भण्डारी, श्रीराम मगर, रोहित सुनुवार र राजु श्रेष्ठ पोखरामा जारी १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको ३५ वर्ष माथि एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबार भएको प्रतियोगितामा कमलले राजन बिजुक्छेलाई ६–१, ६–३ ले, श्रीरामले प्रकाश वाग्लेलाई ६–४, ६–२ ले, रोहितले राजन पौडेललाई ६–०, ६–३ ले तथा राजु श्रेष्ठले निरज थापालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यसैगरि ४५ वर्ष माथिको एकलमा बिमल गुरुङ्ग, राजु श्रेष्ठ, आशिष सिग्देल र धरमबहादुर लामिछानेले सेमिफाइनलमा स्थान बनाए । बिमलले बिकाश गुरुङ्गलाई ६–३, ६–० ले, राजुले अमृत कार्कीलाई ६–३, ६–० ले, आशिषले अनुज बाँस्तोलालाई ६–२, ६–२ ले तथा धरमले शिव सुवेदीलाई ६–१, ६–१ ले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)