अन्तर्राष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौको अध्यक्षमा गनिका गुरुङ (फोटो फिचर सहित)

मगर मिडिया १४ काठमाण्डौँ गत शनिबार राजधानीमा एक समारोहका बिच अन्तर्राष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौ युथले नयाँ अध्यक्ष गनिका गुरुङलाई पदभार ग्रहण गराएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार वातावरण मन्त्री मिथीला चौधरीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौका डिस्ट्रीक गर्भरनर लिला ढुंगेलले लायन्स क्लव साथै लियो क्लवका नव नियूक्त अध्यक्ष लगायत अन्य नयाँ सदस्यहरुलाई स्वागत गर्नुको साथै पद र गोपीनियताको सपथ ग्रहण समेत गराउनुभएको थियो । उक्त कार्यक्रमको प्रायोजन भने लायन्स क्लव अफ काठमाण्डौ क्रियटिभ ओमेनले गरेको थियो । कार्यक्रमको अन्तमा अन्तर्राष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौका आमन्त्रित लायनहरुले नयाँ अध्यक्षलाई अगामी कार्यकालको सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

Read more

पोखरामा खेलकुद विश्वविद्यालय स्थापना गर्छौ– प्रमुख जिशी !

मगर मिडिया पोखरा १४ मंसिर पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित र विकास गर्न खेलकुद विश्वविद्यालयको स्थापना गर्ने बताएका छन । निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजना गरेको १५ औं संस्करणको स्र्पोट्स मिटलाई उदघाटन गर्दै प्रमुख जिशीले विश्वमा सुन्दर शहरको रुपमा स्थापित पोखरा लेखनाथ महानगरलाई खेलकुद पर्यटनको शहरको रुपमा विकास गरिने समेत बताए । पोखरा लेखनाथ महानगर बाट अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने लायक र सक्षम खेलाडी उत्पादन गर्नका लागि खेलकुद मैदानहरुको विकासका लागि समेत महानगरले छिट्टै नै पहल थाल्ने बताए । उनले महानगरबासी हरदम स्वस्थ र मानसिक रुपमा समेत सचेत नागरिकको रुपमा विकास गर्न खेलकुदको माध्यम अपरिहार्य रहेको बताउँदै प्याब्सन कास्कीले आयोजना गरेको स्र्पोट्स मिट जस्ता महत्वपुर्ण कार्यक्रमहरु महानगरको सम्पतीको रुपमा स्थापित गरिने

Read more

पत्रकार आचार संहिता पालना गर्न महासचिव विष्टको आग्रह !

मगर मिडिया पोखरा १४, मंसिर नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकार आचार संहिता पालना गरी मर्यादित ढंगले पत्रकारीता गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको निर्वाचनमा मिडियाको भूमिका अन्तरकृया कार्यक्रममा वोल्दै महासचिव विष्टले निर्वाचनलाई स्वतन्त्र ढंगले सम्पन्न गर्न मिडियाको समेत भुमिका हुने भएकोले पत्रकारले आचार संहिता पालना गरी मर्यादित ढंगले आफ्नो पेशा प्रति प्रतिवक्त हुन आग्रह गरे । महासचिव विष्टले पत्रकारहरु निर्वाचनको समाचार संकलन गर्न र सूचना प्राप्त गर्न मतदान केन्द्र सम्म पुग्ने वातावरण सृजना गर्न आग्रह गरे । द्धन्द्धबाट गुज्रिएको, विर्सनलायक चरण पार गरी, ३० जना भन्दा बढी पत्रकारहरु गुमाउदै नयाँ चनरणमा निर्वाचनबाट मुलुक जान लागेको अबस्थामा मिडियाले आफ्नो आचार संहिता पुर्ण रुपमा पालना गरी परिवेक्षकको रुपमा समेत भूमिका निभाउनु पर्ने

Read more

पोर्चुगमा हुन लागेको कराँते ओपन लिस्वनमा नेपालबाट हिक्मत घर्तिमगर !

मगर मिडिया १४ काठमाण्डौँ पोर्चुगलको राजधानी लिस्वनमा डिसेम्बर ०१ मा सम्पन्न हुन लागेको कराँते ओपन लिस्वन २०१७ मा नेपाली कराँते खेलाडी हिक्मत घर्तिमगरले सहभागिता जनाउने भएका छन् । घर्तिमगरले कुमेटी ६७ केजी तौल समुह र एकल काता तर्फ प्रतिस्पर्धा गर्दैछन । कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा काता तर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए । हिक्मतले सन् २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए । सन् २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी तौल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए । फ्रान्सको चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएको

Read more

पोखरा लेखनाथ १० नागिनटोलबासी बाम गठबन्धनलाई मत दिन आतुर !

गिता राना मगर पोखरा १३ मंसिर पोखरा लेखनाथ १० नागिनटोल बासीले यो पटक बाम गठबन्धनलाई भोट दिने भएको छ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिएका नागिनटोलबासीले यो पटकको निर्वाचनमा बाम गठबन्धनलाई भोट दिने निर्णय गरेको हो । बाम गठबन्धन पोखरा लेखनाथ महानगर १० को चुनावी प्रचार प्रसारका क्रममा नागिन टोलमा आयोजित चुनावी कोण सभामा सहभागी नागिनटोलबासीहरुले बाम गठबन्धनलेनै मुलुकको निकास प्रदान गर्ने भएकाले प्रदेश सभा र प्रतिनिधी सभा चुनावमा बाम गठबन्धनलाई मतदान गर्न आफुहरु तयारी अवस्थामा रहेको नागिनटोल बिकास संस्थाका अध्यक्ष धना गुरुङले वताइन । गुरुङले एमालेको सरकार होस वा माओवादीको सरकार हुदा भुमिहीनको पक्षमा आवाज उठाएको वताउदै भुमिहिनको पक्षमा आवाज उठाउने बाम गठबन्धनलाई जिताएर आफ्नो हक अधिकार सुनिश्चित गराउन नागिनटोल बासीलाई आग्रह समेत गरे । सो अवसरमा

Read more

मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुदै !

भुपाल गुरुङ पोखरा १२ मंसिर । साहसिक खेल संगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुने भएको छ । कास्कीको विरेठाँटी स्थित मोदी नदिमा करिव ३ सय मिटर लम्बाईमा उक्त प्रतियोगीता लागेको हो । नेपाल कायक एण्ड क्यानोन क्लव र विरेठाँटी क्यानोनिङ्गको सयुक्त आयोजनामा मंसिर १५ गते देखि १७ गते सम्म हुने उक्त प्रतियोगीतामा देश तथा विदेशका करिव ४० खेलाडिले सहभागी जनाउने आयोजकले बताएको छ । नदिमा एकल रुपमा खेलिने खेललाई साहसिक मानिन्छ । प्रतियोगीतामा सहभागी खेलाडिहरुले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगीतामा प्रथम हुने नगद ५० हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार प्राप्त गर्ने जनाएको छ । प्रतियोगीताले नेपालमा साहसिक खेल प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले

Read more

राजनैतिक फोहोर सफा गर्नका लागि राष्ट्रिय जनमुक्ति पार्टी !

मगर सोनु थापा मंसिर १२ बुटवल देशको राजनैतिक फोहोर सफा गर्नका लागि बाहुबल र धनबलको भरमा चुनाव लड्नेहरुसंग जनता सचेत हुनु पर्ने एक समारोहका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं १ ले आज सोमबार तिलोत्तमा सेमरामा आयोजना गरेको चुनावी सभामा बोल्ने जनमुक्तिका नेताहरुले सो कुरा बताएका हुन् । जनमुक्तिले अझैसम्म स्थायी प्रतिपक्षको रुपमा बसेर खबरदारी गर्दै आएकाले अब जनताले सत्ता पक्षको रुपमा जनमुक्तिलाई हेर्न चाहेको दावी गरे । भलबारी,मंगलापुर लगायतका ठाउँहरुमा घरदैलो तथा जनभेटघाट र छलफल पश्चात आयोजना गरिएको सभामा बोल्दै क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य पदका उम्मेद्वार झम बहादुर गुरुङ्गले अब साम, दाम र दण्डको आडमा चुनाव जित्न खोज्ने नेताहरुलाई जनताले पाखा लगाउने भन्दै वास्तविक विकास र अनुभव गर्ने खालको स्थायी समृद्धिका

Read more

आठौ पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट !

गिता राना मगर पोखरा १२ मंसिर आठौ पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टको साथ रहेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टले मुख्य प्रायाजनमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाइटेड क्लव र नेपाल शालिमार सिमेन्टका पोखरा प्रतिनिधी तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरी बीच महोत्सवको मुख्य प्रायोजकको सहमती पत्रमा हस्ताक्षर गरेको हो । आइतबार महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक सुक बहादुर गुरुङ, महोत्सव प्रचार प्रसार उपसमिती संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठ, क्लवका सचिव तथा महोत्सव प्रायोजक ब्यवस्थापन उपसमिती संयोजक शान्ता बहादुर थापा लगायतले शालिमार सिमेन्टका प्रतिनिधी संग सहमती पत्रमा हस्ताक्षर गरी महोत्सवलाई

Read more

हिमाञ्चलमा अतिरिक्त क्रियाकलाप सम्पन्न !

मगर मिडिया मङ्सिर १०, पोखरा यसै वर्ष ब्रिटिस काउन्सिलद्वारा सम्मानित हिमाञ्चल बोर्डिङ स्कुल, एयरपोर्टमा विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् । माध्यमिक तहमा सम्पन्न विज्ञान तथा गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपुर्ण सदनका विद्यार्थीहरु क्रमशः प्रज्ञान गुरुङ, बालकृष्ण पौडेल, आस्था गुरुङ र बनिस ज्वारचन प्रथम भएका छन भने सगरमाथा सदनका कश्यप कटुवाल, रिया गुरुङ, विश्वास तुलाचन र ज्यासमिन आले द्वितीय भएका छन । कार्यक्रमको संयोजन तथा सञ्चालन विद्यालयका गणित शिक्षक इश्वरी प्रसाद गौतम र विज्ञान शिक्षक प्रज्वल गिरीले गरेका थिए । त्यस्तै कक्षा ५ देखि ७ सम्मभएको टेबलटेनिस प्रतियोगितामा छात्रतर्फ कक्षा सातका विजन पुन प्रथम, कक्षा ५ का रमन हमाल द्वितीय र कक्षा ६ का मिराज अर्याल तृतिय भएका छन् । छात्रातर्फ कक्षा ७ का एन्जिला गुरुङ प्रथम, कक्षा ६ का क्रिस्टिना

Read more

पोखरा बजारको नजिक भएर पनि पिछडिएको काहुँको विकास गर्ने पालिखेको उद्घोष !

मगर मिडिया  मंसिर ११, पोखरा  पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ११ का वासिन्दाहरुले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेशशंकर पालिखेलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत पालिखे आईतवार वडा नम्वर ११ मा केन्द्रित रहे । वडा नम्वर ११ रानीपौवाको शितलादेवी मन्दिरबाट घरदैलो अभियान शुरु गरेका पालिखे रानीपौवाको मुख्य बजार, रामघाट क्षेत्र, सिमसोर टोलका विभिन्न पथहरु तथा काहुँडाडासम्म पुगेका थिए । सो क्षेत्रका वासिन्दाले पालिखे पोखरा उपमहानगरपालिकाको उपमेयर हुदाको काम हेरेकोले पनि आफुहरुले भोट दिने प्रतिवद्धता जनाएका हुन् । उम्मेदवार पालिखेले ठुला ठुला विकासका सपनाहरु आफुले नदेखाउने तर स्थानियहरुको समस्या समाधान गर्न आफु केन्द्रित रहने बताए । उनले पोखरा बजारबाट नजिक रहेको भए पनि काहुँडाडा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)