गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा !

रूद्र श्रीसमगर पोखरा, १२ कार्तिक गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको थियो । गलकोट समाज बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था हो । समाजको साधारणसभाको उद्घाटन गर्दै समाजका विशेष सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले आपसी भाइचारा र भ्रातृत्वको विकासका लागि समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको थियो । सामाजिक कार्यमा क्रियाशील हुन सके समाज र देशको उन्नति हुने उल्लेख गर्दै प्रा.डा. पाण्डेले यस्ता समाजले एक अर्काबीच दुःखसुखमा सहयोग आदानप्रदान र परिचय गराउन सहयोग पुग्ने बताउनुभयो । समाजका अर्का विशेष सल्लाहकार गलकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन चन्द ‘राजन’ले आफू जन्मले गलकोटे नभएपनि कर्मले गलकोटे भएकोमा गर्व महसुस गरिरहने बताउनुभयो । सो अवसरमा समाजका सल्लाहकार रामप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवं सल्लाहकार हिराबहादुर

Read more

बागलुङ–पोखरा मगर समाजको देउसी भैलोबाट १ लाख संकलित !

रूद्र श्रीसमगर पोखरा, १२ कार्तिक बागलुङ–पोखरा मगर समाजले गत बिहीबार आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ६ हजार रुपैयाँ संकलन गरेको छ । सो अवसरमा नाचगानसहित खानपानमा समेत बागलुङे मगरहरू रमाएका थिए । सो अवसरमा समाजका सांस्कृतिक संयोजक एवं लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायिका भवि घर्तीमगरले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगर, समाजका पूर्व अध्यक्ष एवं राजनीतिज्ञ भीमबहादुर श्रीसमगरलगायतले समेत नाचगानमा सहभागिता जनाएका थिए । समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।  

Read more

कास्की जिल्ला क्रिकेट संघमा सञ्जयकान्त सिग्देल !

मगर मिडिया  १२ कार्तिक पोखरा कास्की जिल्ला क्रिकेट संघको बुधवार सम्पन्न दोश्रो अधिवेशनले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । नेपाल क्रिकेट संघको लामो विवाद लगाएत अन्य कारणले हुन नसकेको अधिवेशन २०७४ भदौमा सम्पन्न साधाराणसभाले गतिरोध समाप्त गर्दै विधान संसोधन गरेको थियो । संघको संसोधित नयाँ विधान अनुसार भएको कास्कीको अधिवेशनले कार्यसमितीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ओम प्रकाश श्रेष्ठ, जितेन्द्र प्रताप चन्द, चन्द्र कुमर गुरुङ्गलाई निर्वाचित गरेको छ । त्यसै गरि कार्य समितीको सदस्यमा रतन गुरुङ्ग, सुमन गुरुङ्ग, उत्सव शाक्य, अर्जुनराज अधिकारी, अशोक पालिखे, सिदार्थ श्रेष्ठ, सञ्जय नेपाल, जय प्रकाश थापा, दुर्गा वहाद्र चन्द, अर्जुन सिग्देल र भोजराज वराल रहेका छन् भने उनीहरुको कार्यकाल समय चार वर्षको रहनेछ । कास्की जिल्ला क्रिकेट संघको दोश्रो साधारणसभा तथा

Read more

कतारमा “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ हुर्रा महोत्सव भब्य सम्पन्न !

कृष्ण सारू मगर  २९ अक्टोबर,    दोहा कतार “मगर एकता आजको आवश्यकता“ भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा र संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैैैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्त रूपमा द्धिप प्रज्वलन पश्चात नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात औपचारिक कार्यक्रम अगाडि बढेको थियो । बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका

Read more

दमौलीमा मगर भाषा साहित्य सम्वन्धि अन्तरक्रिया !

बिनोद रखाली मगर १२ कार्तिक, तनहुँ मगर भाषा र साहित्यको अवस्था र विकाश बारे तनहुँको दमौलीमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ तनहुँको आयोजनामा आयोजित कार्यक्रममा मगर भाषाका साहित्यकार तथा चलचित्रकर्मी सन्जोग लाफा मगरले सहजिकरण गर्दै मगर साहित्यको इतिहास, अवस्था, हाल सम्म प्रकाशित साहित्यीक कृतिहरु, भाषा कला संस्कृतिमा आधारित मगर चलचित्रहरु लगाएत अवका दिनमा मगर भाषा साहित्यको विकाशको वारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गिता थापा मगर, मगर लेखक संघ जिल्ला समितिका सल्लाहकार तिल वहादुर थापा मगर, मगर संघ तनहुँका सचिव मनिराज राना मगर, नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष रितु आले मगर, मगर गुठका अध्यक्ष नर वहादुर

Read more

टानको आसन्न निर्वाचनमा जीवन थापामगरको प्रथम उपाध्यक्षमा उम्मेद्धारी !

सुनिता लामा  १० कार्तिक  काठमान्डौ  ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगरले अन्तिममा  प्रथम उपाध्यक्षमा  उम्मेद्धारी घोषणा गर्नु  भएको छ । वि.सं. २०४२ सालमा धादिङको दार्खामा जन्मनुभएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित हुनुहुन्छ । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेक्नुभएको छ । समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसक्नुभएका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुदै आउनुभएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङ स्थीत दार्खा गा.वि.स संयोजक समेत हुनुहुन्छ । उहाँले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा

Read more

छठ पर्वमा काठमाण्डौको कमल पोखरीमा खिचिएको २५ फोटोहरु !

श्याम राना मगर  १०  कार्तिक  काठमाण्डौ छठ पर्वमा  व्रतालुहरुले हिजो  धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्न विभिन्न जलाशयमा  पुगेका थिए । यसै क्रममा काठमान्डौको   बिभिन्न जलासय हरुमा ब्रतालुहरुको घुइचो लागेको थियो  ।   तर यसपाली रानीपोखरी भने भूकम्प पछी पुनर्निर्माण तर्फ बेवास्ताको कारण सुक्खा देखिएको थियो ।   काठमाडौँको कमलपोखरीमा पुगेर साझ खिचिएका  २५ फोटोहरु।

Read more

शंकर खपाङ्गी मगरको स्मृतिमा मगर युवा पत्रकार पुरस्कारको स्थापना !

मगर मिडिया   ८  कार्तिक  काठमाण्डौ।   शंकर खपाङ्गीमगरको स्मृतिमा मगर युवा पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले   पुरस्कारको स्थापना भएको छ। सो पुरस्कार स्वर्गीय खपाङ्गीको परिवारले स्थापना गरिदिएका हुन् । स्वर्गीय पत्रकार शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघले हरेक वर्ष वितरण गर्ने जनाइएको छ ।  हरेक बर्ष बितरण गरिने पुरस्कारको राशी २५ हजार नगद रहेको संघका महासचिब देब पचभैयाले जानकारी दिनुभयो । पुरस्कार स्थापना सम्बन्धी संझौता पत्रमा मगर पत्रकार संघको तर्फबाट अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापकको तर्फ बाट स्वर्गीय शंकर खपाङ्गीका भाई मगर पत्रकार संघका संस्थापक अध्यक्ष, पत्रकार महासंघ यूकेका अध्यक्ष  नरेश खपाङ्गीमगरले मंगलबार हस्ताक्षर गर्नुभएको छ । उक्त पुरस्कार प्रत्येक  वर्ष कुनै विशेष दिनमा मगर पत्रकार संघले  वितरण गर्ने महासचिब पचभैया द्धारा जारी बिज्ञप्तीमा जनाइएको छ

Read more

पाचौ संस्करणको नदिपुर कप पुसको अन्तिम साता !

गिता राना मगर, ८ कार्तिक पोखरा । नदिपुर फुटवल क्लवको आयोजनामा पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । नदिपुर क्लवले बर्षेनी आयोजना गर्दै आएको नदिपुर कप यस वर्ष देखि क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन मगर र ललित पुन मगरको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । आगामी पुषको २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण खेलमैदानमा पाँचौ सस्करणको नदिपुर कपको आयोजना हुने नदिपुर फुटवल क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए । प्रतियोगितामा बिजेताले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन । त्यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक निशान शेरचनले

Read more

टानको सचिवमा मगर पर्यटन समाजका महासचिवले उमेद्वारी दिने !

मगर मिडिया  ७ कार्तिक  काठमाडौं । टानको सचिवमा मगर पर्यटन समाजका महासचिव जीवन थापा मगर् ले उमेद्वारी दिने घोषणा गरेका छन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर सचिव पदको आकांक्षिको रुपमा देखिएका हुन् । धादिङ जिल्ला रुविभ्याली क्षेत्र दार्खामा स्थायी घर भइ पर्यटन क्षेत्रमा लामो समयदेखि कृयाशील थापा नेपाल एड्भान्चर टिमका प्रबन्ध निर्देशक हुन् भने उनले गणेश हिमाल पर्यटन विकास समितिको दार्खा उपसमिति संयोजक भएर पनि काम गरिसकेका छन् । टानमा गएर सबै जातजातिको समान प्रतिनिधित्व, समाबेशी र साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उनको मुख्य योजना रहेको बताएका छन् ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)