प्रथम सहिद लखन थापा मगरको शालिक भत्काइयो !

असोज ११ काठमाडौँ नेपालका प्रथम सहिद लखन थापा मगरको कास्की पोखरास्थित शालिक प्रशासनले असोज १० गते मध्यरातमा हटाएको छ । घटनापछि देशविदेशमा सर्वत्र विरोध भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष नविन रोका मगरले प्रथम सहिद लखन थापा मगर देश र जनताको साझा गरिमा वा गौरब भएको भन्दै सरकारले शालिक राख्ने पूर्वसहमतिको बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती भएको बताएका छन् । अध्यक्ष रोका मगरले सहिद लखन थापा मगरको शालिक यथाशीघ्र पुन ः स्थापनाका लागि नेपाल मगर सघंको तर्फबाट नेपाल सरकारसँग माग गरेका छन् । अध्यक्ष रोका मगरले सरकारको यस्तो गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभावहरुमा हार्दिक अपिल गरेका छन् ।

Read more

विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन !

लक्ष्मन बुढामगर आश्विन ११, काठमाडौँ विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन भएको छ । बनस्थली मृगौला अस्पतालमा उपचारकै क्रममा उहाँको मंगलबार निधन भएको हो । उहाँको सोही दिन पशुपती आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । विरगंज स्थायी घर भएकी लक्ष्मी सानो छँदै बाबु आमाको निधन भएको एकमात्र भाईको पनि केही वर्ष अगाडी मृत्यु भएकोले काठमाण्डौमा एक्लै बस्दै आउनुभएकी स्व.लक्ष्मी रानाको नेपाल मगर संघको मातहतमा नेपाल मगर सांस्कृतिक संघ, मगर महिला संघ र लाङ्घाली उपचार समितिले उपचार तथा हेरचाह गर्दै आएको थियो । विगत ८ वर्ष देखी मृगौला समस्याको कारण पिडित लक्ष्मी रानाको उपचारमा र्यसअघी अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गर्नुभएको थियो । ४१ वर्षको अल्पआयुमै मृगौला समस्याका कारण ज्यान गुमाउनु भएकी लक्ष्मी

Read more

पामि आलेहरुको प्रथम भेला गैंडाकोटमा !

हेमा आले `बोगी´ आश्विन ७, गैंडाकोट पामि आलेहरुको वंशावली अध्ययन अनुसन्धान गरि प्रकाशनमा ल्याउने मुल उद्देश्य लिएर आज पामि आले मगर समाजको प्रथम भेटघाट तथा परिचयात्मक कार्यक्रम प्रदेश नम्बर ४, नवलपुरको गैंडाकोटमा सम्पन्न भएको छ । सो भेलाले खड्क पामी आले मगरको अध्यक्षतामा २१ सदस्यीय पामी आले मगर समाज केन्द्रिय तदर्थ समितिको गठन गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा टेक बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , द्दितिय उपाध्यक्षमा मिना आले, भरतपुर उपमहानगरपालिका – ४, महासचिव, हेमा आले `बोगी´ , कावासोती – १७, नवलपुर, सचीव खेम बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , कोषाध्यक्षमा दान बहादुर आले, भरतपुर उपमहानगरपालिका – २, सहसचिव हर्क आले, पोखरा उपमहानगरपालिका सर्वसम्मतले चुनिएका छन् । यसैगरी सदस्यहरुमा छबिलाल आले, घोडाघोडी नगरपालिका, कैलाली, चित्र

Read more

इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले आश्विन ९, काठमाडौँ भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन

Read more

बुटवलको मोतिपुरमा पनि खुर्पेटो !

बिश्वास मगर आश्विन ८ काठमाण्डौ मगर कथानक चलचित्र खुर्पेटोको देशब्यापी प्रर्दशनको आभियानमा रहेको छ । यसै क्रममा गत बिहिबार नेपाल मगर महिला संघ बुटवल उप महानगरपालिका वडा समिति १८ मोतिपुर रुपन्देही द्धारा खुर्पेटो चलचित्रको प्रर्दशन बुटवलको मोतिपुरमा गरेको थियो । स्थानिय मोतिपुरको गा.बि.स. हलमा भएको प्रर्दशनमा मोतिपुर वडा न. १७, १८, १९ र आसपासको गरी लगभग ४०० जना दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । चलचित्रमा मुख्य भूमिकामा अभिनित कलाकार बिना थापा मगरको आफ्नै ठाउँ भएकोले त्यहाँका ७०–८० बर्षीय बृद्धाहरु देखी लिएर स–साना बालबालिकाहरु अभिनेत्री बिनाको अभिनय र चलचित्र हेर्न हत्तोसाहित र आतुर देखिएको थियो । नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष सुमित्रा गाहाको अध्यक्षतामा चलचित्र प्रर्दशनको छोटो औपचारीक कार्यक्रम सुरु गरेको थियो भने प्रमुख अतिथ्यमा नेपाल मगर महिला संघ जिल्ला

Read more

नेपाल मगर पर्यटन समाजको नयाँ नेतृत्वमा अनुप थापा मगर (फोटो फिचर सहित)!

लक्ष्मण बुढा मगर  ८ असोज  काठमाण्डौ    नेपाल मगर पर्यटन समाजको छैठौँ वार्षिक साधारणसभाबाट अनुप थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । हिजो ठमेलको भोजन भुमिमा  आयोजित समाजको छैठौँ साधारणसभा तथा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उक्त नेतृत्व चयन भएको हो । माननीय सिँचाई राज्यमन्त्री अमर सिँह पुन मगर प्रमुख अतिथि रहनुभएको  कार्यक्रमको अध्यक्षता नेपाल मगर पर्यटन समाजका अध्यक्ष अरुण थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पुनले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो । कार्यक्रममा मेगासेसे पुरस्कार विजेता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुन मगर, नेपाल मगर संघका विदेश सचिव रक्षा बहादुर रैका मगर, वरिष्ठ अधिवक्ता

Read more

दशैं तिहारको शुभकामना सहित मगर्स क्रियशनको प्रस्तुतिमा दशैं तिहार गीत “परदेशी भाग २” बजारमा !

आश्विन ६, काठमाडौँ । दशैं तिहारको शुभकामना सहित, मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली लोक गायिका जुना श्रीस मगर र चर्चित गायक ऋषि खड्काको सुमधुर स्वरमा दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” बजारमा आएको छ । ऋषि खड्काको लय/शब्द रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले, गर्नु भएको छ भने, छायांकन प्रकाश खड्काले गर्नु भएको छ । राजेश कुमारले सम्पादन गर्नु भएको यस म्युजिक भिडियोको पोस्ट प्रोडक्सन बि स्टार फिल्म्सले गरेको हो । यस गीतमा रन्जिता गुरुङ्ग र बुद्धिबीर थापाले नृत्य/अभिनय गरेका छन् ׀ यसको उत्पादन तथा बजार व्यवस्थापन मगर्स क्रियसन कम्पनिले गरेको छ ׀ यस गीतको PRBT कोड 70147009 र SMART कोड 10116186 रहेको छ | हेरौं दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” यस लिंकमा:

Read more

लखनचोकको विषयमा छलफल गर्न मगर संघमा महानगर प्रमुख ! प्रथम शहीदको स्मृति दिवस महानगरले मनाउँछ: महानगर प्रमुख !

रूद्र श्रीसमगर पोखरा, ४ असोज पोखराको अति नै व्यस्त चोक लखनचोकको आइल्याण्डको आकार घटाउने विषयमा छलफल गर्नका लागि पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी आइतबार नेपाल मगर संघ कास्कीको सभाहलमा पुग्नुभयो । पोखरा बसपार्कबाट भूपि शेरचन राजमार्ग, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग जाने मुख्य चोकका रूपमा रहेको लखनचोकमा नेपालका प्रथम शहीद क्या. लखन थापामगरको शालिक रहेको छ । यसअघि, यहाँ राजा पृथ्वीनारायण शाहको शालिक रहेको थियो । पृथ्वीनारायण शाहको शालिक गणतन्त्र पक्षधर युवाहरूले भत्काइदिएपछि खाली रहेको स्थानमा नेपाल मगर संघ कास्की तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीको पहलमा सो चोकमा प्रथम शहीद लखनको शालिक ठड्याइएको हो । आइतबार मगर संघमा भएको छलफलमा मगर अगुवाहरूले लखनचोकको शालिक हटाउने हल्ला चलेको भन्दै त्यसो नगर्न महानगर प्रमुख जिसीलाई चेतावनी समेत

Read more

स्याङ्जाको चित्रेमा बिधार्थिलाई खुर्पेटो !

विकास मगर  असोज ३, स्याङ्जा   आफ्नो सुमदायको समाजिक सास्कृतिक शिक्षा र चेतना बिकासका लागि बालबालिकालाई बिद्यालय स्तरबाट नै सुरु गर्नुपर्छ भन्ने उद्देश्यले मगलबार स्याङ्जाको चित्रे भन्ज्याङ्गमा मगर कथानक चलचित्र खुर्पेटो प्रर्दशन भयो । स्थानिय श्री मातृभुमी उच्च माध्यामिक बिधालयमा भएको प्रर्दशनमा ५ बर्षको बिधार्थि देखी लिएर २०-२५  बर्ष सम्मको बिधार्थि लगायत शिक्षक शिक्षिका तथा स्थानिय बासिन्दा गरेर लगभग १५० जना जतीले खुर्पेटो हेर्नु भएको थियो । शिक्षा सिकाई क्रममा बिद्यार्थीलाई आफ्नो सामाजिक ,सास्कृतिक र नैतिक चेतना बिकाशका लागी बिद्यालय स्तरबाट नै चलचित्र सम्बन्धी शिक्षाको आबस्यक छ र हिजो आज शिक्षा र चेतनाका लागी श्रब्यदृश्यको माध्यममा चलचित्र ,बृतचित्र ,नाटक आदीहरु प्रभाबकारी माध्यम रहेकोले र खुर्पेटो मगर सामाजिक र सस्कृतीसँग आधारित यथार्थ पारिबारिक शन्देश मुलक चलचित्र भएकोले बिधार्थिको सामाजिक र सास्कृतिक बिकासको

Read more

तामाङ पहिचानको कोशेढुङ्गाको रुपमा म्हेनीङ पुस्तक विमोचन !

सुनिता लामा असोज ५ काठमाण्डौ  तामाङ पहिचानको एउटा कोशेढुङगाको रुपमा “म्हेनीङ” पुस्तक विमोचन भएको छ । सुकेधारा स्थित युनिर्भसल क्याफेमा हिजो विमोचन भएको “म्ेहनिङ” पुस्तक तामाङ सांस्कृतिक पर्व सम्बन्धी लेखक तथा अनुसन्धानकर्ता खोजराज गोलेद्धारा लेखिएको हो । पुस्तकको प्रकाशन एस.सि.आर.सि रहेको छ भने सह–प्रकाशक बलराज तामाङ पाख्रिन रहेका छन् । कार्यक्रम तामाङ भाषाविद् अमृत योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सुरु भएको थियो भने अतिथि वक्ताहरुमा बुद्धि तामाङ (तामाङ विज्ञ तथा मानवशास्त्री), मोहन गोले (अध्यक्ष नेपाल तामाङ घेदुङ), मणि लामा पाख्रिन (राजनितीक बिश्लेषक) रहेका थिए । वक्ताहरुले पुस्तकको बारेमा समिक्षा सँगै म्हेनिङ पर्वको बारेमा सबै वक्ताहरुले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो र लेखकलाई सल्लाह सुझाव पनि दिनुभएको थियो । कार्यक्रमको सञ्चालन एस.सि.आर.सिका संस्थापक सदस्य राम कुमार तामाङले गर्नु भएको थियो ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)