कौराको वृत्तचित्र निर्माणका लागि भिमादमा सुझाव संकलन !

रूद्र श्रीसमगर भिमाद, १४ भदौ मगर जातिमा प्रचलित कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि सुझाव संकलन जारी राखिएको छ । मौलिक कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि बुधबार तनहुँको भिमादमा सुझाव संकलन गरियो । यसअघि, तनहुँकै बन्दीपुरमा सुझाव संकलन गरिएको थियो । कौरा नृत्यको वृत्तचित्र निर्माणसम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापामगरले कौरा नृत्यको संरक्षण र प्रचारप्रसारका लागि ठोस कार्ययोजना बनाउन सुझाव दिनुभयो । ‘तपाईहरू ठोस कार्ययोजना लिएर आउनुस्’, नगर प्रमुख थापामगरले भन्नुभयो, ‘मैले मेरो ठाउँबाट के सहयोग गर्नुपर्छ, म त्यसका निम्ति प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ संस्कृतिलाई पर्यटनका माध्यमबाट जीविकोपार्जन गर्ने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो । मगर संघ बेलायतकी उपाध्यक्ष अनिता रानामगरले विदेशमा बसेपनि आफूहरूले नेपाली संस्कृति नभुलेको प्रतिक्रिया दिनुभयो । ‘हामी विदेशमा भएपनि नेपाली संस्कृतिको

Read more

बेलायतबाट आमा लिएर आउनुभयो जानुका राईले !

बिश्वास मगर भाद्र-१४, काठमाण्डौ साहित्यकार, समाजसेवी तथा गीतकार जानुका राईले गिती संग्रह “आमा” भखरै मात्र बजारमा ल्याउनु भएको छ । भिमु मेमोरियल ट्र्स्टको आयोजनामा नया बानेश्वर स्थित ईद्रेनी ब्याङ्क्योटको मैत्री हलमा हिजो एक समारोहका साथ आमा सगै उहा द्वारा लिखित गितीएल्बमहरु “समय” र “सन्दर्भ” गरी तीन कृती प्रमुख अतिथी प्रसिद्ध गितकार बैरागी काईलाको हातबाट लोकार्पण गरियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार बैरागी काईलाका साथै श्रबण मुकारुङ्ग ,राजेश पायल राई, सुरेन्द्र सुहाङ्ग , सुरेश अधिकारी , बशन्त मुकारुङ्ग तथा अन्य पत्रकार ,संगीतकार ,गितकार ,समाजसेबी र कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । शरिर बेलायतमा रहे पनि मन सधै आफ्नै जन्मभुमी नेपालको पाखा पर्बतमा नाचिरहेको भन्नु हुँदै गितकार राईले आफुलाई खुल्ला आकाश र फराकिलो धर्तीको हृदय बनाउन चाहेको बताउनु भयो । १२

Read more

नामजस्तै काममा तेज एक सफल युवा व्यवसायीसँगको भिडियो अन्तर्वार्ता !

श्याम राना मगर १४ भदौ काठमाण्डौ दैनिक रुपमा हजारौँ युवाहरु नेपालमा कुनै अवसर तथा सम्भावना भएन भनेर विदेशिरहेको अवस्थामा नेपालमा नै वसेर विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान गरि थुप्रै क्षेत्रमा व्यावसाय थालेर तेज रुपमा अगाडि बढ्दै सानै उमेरमा नै आफुलाई एक सफल युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनाउन सफल तेज विक्रम थापा मगरसँग कार्यक्रम पर्यटन र व्यवसायका लागि हामीले कुराकानी गरेका छौँ । आफ्नै वरिपरि आफैभित्र अथाह सम्भावना छ त्यसलाई आफुले पहिचान गरि त्यसको राम्रो अध्ययन गरेर अगाडि बढ्न सके सफलता पनि आफ्नै सेरोफेरोमा रमाउने बताउने उहाँसँग गरिएको यो भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोला ।

Read more

लेखनाथको पचभैयामा निर्माणधिन बन्यजन्तु उद्धार केन्द्रमा चितुवाको संरक्षणका लागी नया योजना शुरु !

गिता राना मगर पोखरा १३ भदौ । पोखरा लेखनाथमा निर्माण थालनी भएको बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा नेपाल सरकार बन मन्त्रालयको सहयोगमा चितुवा संरक्षणका लागी काम शुरु गरेको छ । बन मन्त्रालयबाट प्राप्त २० लाख रुपैयाबाट पचभैयामा निर्माणाधिन बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा पहिलो चरणमा घाइते चितुवाको संरक्षणका लागी काम शुरु भएको हो । झण्डै दुई रोपनी क्षेत्रलाई क्षेत्र निर्धारण गरी चितुवा संरक्षणका लागी काम शुरु गरिएको पोखरा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले जानकारी दिए । पहिलो चरणमा चितुवा संरक्षणको लागी दुइ रोपनी जग्गा छनोट गरी काम शुरु भइरहेको बख्रेलले वताए । सोमबार बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा पुगेका पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशक डाक्टर वुद्धि प्रसाद पौडेलले स्थानिय स्तरबाट चिडियाखाना निर्माणको काम थालिएको पोखरा लेखनाथको पचभैयामा अगाडी

Read more

विदेशी चलखेल रोक्न कार्यकारी राष्ट्रपति आवश्यक: गुरुङ !

रूद्र श्रीसमगर पोखरा, १३ भदौ नेकपा (माओवादी केन्द्र)का चार नम्बर प्रदेश इञ्चार्ज देव गुरुङले संसदीय प्रणालीले देशमा राजनैतिक अस्थिरता बढाएको भन्दै स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ । कास्की जिल्ला सचिवालयस्तरीय प्रशिक्षण कार्यक्रममा मंगलबार पोखरामा अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा नेता गुरुङले राजनैतिक अस्थिरताका कारण विदेशी चलखेल बढ्दै गएको उल्लेख गर्नुभयो । ‘अहिलेको व्यवस्थाले हाम्रो राजनीति अस्थिर भइरÞयो’, नेता गुरुङले भन्नुभयो, ‘राजनैतिक अस्थिरतालाई रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प छैन ।’ कार्यकारी राष्ट्रपति प्रणालीमा गए मात्र देशमा बढ्दै गएको विदेशी चलखेल रोक्न सकिने उहाँको जिकिर थियो । ‘देश बचाउने जिम्मेवारी माओवादीको काँधमा छ’, नेता गुरुङले भन्नुभयो, ‘भारतले नेपाललाई अझै पनि आफ्नै सुरक्षा छाताभित्र राख्न खोजिरहेको छ, नेपाललाई पूर्ण रुपमा स्वाधीन बनाउने मूल जिम्मेवारी माओवादीकै

Read more

नायिका खुशीको बिदाइ !

रूद्र श्रीसमगर पोखरा, १२ भदौ चलचित्र प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशी गुरुङको बिदाइ गरिएको छ । दुर्गा गुरुङ ‘मिलन’को गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’को विशेष प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशीलाई सोमबार पोखरामा बिदाइ गरिएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रलाई तमु प्ये ल्हु संघ कतार शाखाको सांस्कृतिक विभागले आगामी सेप्टेम्बर २ तारिखमा विशेष प्रदर्शनको आयोजना गर्न लागेको हो । नायिका खुशीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिका संरक्षक सावित्री गुरुङ र प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका मिलन’ले खादा ओढाएर सफलताको कामनासहित बिदाइ गर्नुभयो । सो अवसरमा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीस र नेपाल मगर लेखक संघ कास्कीका अध्यक्ष कृष्ण थापा ‘मीगीन’ले पनि नायिका

Read more

मगर भाषा लोप हुन थालेकोमा चिन्ता !

रूद्र श्रीसमगर पोखरा, १२ भदौ | एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले जनसंख्याको अनुपातमा मगर भाषाका वक्ता कम हुँदै जान थालेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नेपालमा मगर जातिको जनसंख्या धेरै भएपनि मगर भाषाका वक्ताको संख्या क्रमशः घट्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको संविधानले मातृभाषालाई संवैधानिक मान्यता दिएपनि कार्यान्वयनमा राज्यपक्ष उदासीन देखिएको भन्दै भाषिक अधिकारका लागि रगत समेत बगाउनु परेको स्मरण गर्नुभयो । मातृभाषाको संरक्षणका लागि गम्भीर भएर सोंच्ने बेला आएको उहाँको भनाइ थियो । कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङ, नेपाल मगर महिला

Read more

मधेशी, जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन: का.बा. प्र.म. गच्छदार !

सञ्जय सिंजालीमगर काठमाण्डौं, भदौं ११ महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवस नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा भव्य सम्पन्न भयो । जीवी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापा पचभैया मगरको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि एवं कार्यवाहक प्रधानमन्त्री बिजय कुमार गच्छदारले उद्घाटन गर्नुभयो । महान विचारक गोरेवहादुर खपांगी, सडक दुर्घटनादेखि समाधिसम्म भन्ने पुस्तकसमेत विमोचन गर्दै कार्यवाहक प्रम गच्छदारले भन्नुभयो, ‘मधेशी लगायत जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन । त्यसको लागि हामी एक जुट हुनु आवश्यक छ र अहिले हामी मिलेर बसेका छौं ।’ विशेष अतिथिमा पूर्वमन्त्री देवीप्रसाद ओझा नेता खपाङ्गीसंगको सहयात्री जीवनको बारेमा प्रष्ट पार्दै भन्नुभयो, ‘नेता खपाङी कहिलै पनि बाहुन बिरोधी हुनुहुन्थेन, उहाँ त केवल ब्राहमणबादको बिरोधी हुनुहुन्थ्यो । हामी कैयौंपटक भोकभोकै पनि हिड्यौं, उहाँ

Read more

बहराईनमा तीज विशेष कार्यक्रम सम्पन्न संगै थापाको बिदाई !

कृष्ण सारू मगर मानमा-बहराईन, २६ अगष्ट अदेलिया स्थित नेपाली क्लबको भवनमा सम्पन्न हरितालिका तीज २०७४ को उपलक्ष्यमा म्याग्दी उद्धार समितीले तीज विशेष कार्यक्रम समारोहमा निवर्तमान अध्यक्ष तेजेन्द्र थापालाई स-सम्मान बिदाई गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष लाल प्रसाद पुन मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, मानर्थ तथा समाजसेवी गम ब. गुरुङ, दुर्गा गिरी, दीपक गुरुङ, लक्ष्मी गिरी, एल.बि राना मगर, गजेन्द्र राई, श्याम किराती, BFC मार्केटिङ मेनेजर शुनिल लामा बहराईनमा कृयाशील विभिन्न संघ, संस्था संंगठनका प्रमुख तथा प्रतिनिधि विभिन्न मिडियामा आवद्ध पत्रकार, तथा अन्य उधोग, ब्यावसायी, समाजसेवी, मान्यजन, एवं म्याग्दीवासीहरूको उल्लेखनीय उपस्थिति जनाएको उक्त समारोहमा सभाध्यक्ष तथा विशेष अतिथिको सह्योगमा म्याग्दी उद्धार समितीले सम्मान पत्र (मोमेन्टो) प्रदान गर्दै बिदाई गरेको हो । रोजगारको शिलशिलामा बहराईन २००९ मा प्रवेश

Read more

नेपाल बिद्यार्थी मोर्चाको बैठक सम्पन्न !

भाद्र ११ | राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल बिद्यार्थी मोर्चाको पाचौँ पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको चौथो महाधिबेशन पुर्बाञ्चलको धरानमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष पुर्ण बहादुर रानाको सँयोजकत्वमा २७ सदस्यीय महाधिबेशन मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी बैठकले घोषणा पत्र तथा बिधान मस्यौदा समिति , आर्थिक समिति, लगायतका बिभिन्न उप समितिहरु पनि गठन गरेको छ । साथै प्र्र्र्राज्ञिक तथा बौद्धिक बहस गर्नका निमित्त प्राज्ञिक तथा बौद्धिक समिति समेत निर्माण गरिएको छ भने महाधिबेशन सम्पन्न गर्नका लागि बिद्यार्थी मोर्चा लिम्बुवान राज्य परिषदलाइ जिम्मेवारी दिइएको छ । शनिबार पार्टी कार्यालय धोबीघाट काठमाण्डौँमा सम्पन्न भएको बैठकमा अध्यक्ष पुर्ण बहादुर रानाको सभापतित्व र पार्टी सँघीय परिषदका अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यता रहेको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)