मगरात प्राप्तिको लागि एक घर एक मगर, एक रुपियाँ अभियान सञ्चालन गरिने !

श्याम राना मगर साउन १६, काठमाण्डौ मगरात लगायत मगरहरुका अधिकार प्राप्तिका लागि अब एक घर एक मगर एक रुपियाँ अधियान सञ्चालन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको गत १४ गते कलंकीमा सम्पन्न भएको छैठौ बैठकमा उक्त निर्णय गरिएको हो । साथै बैठकले मगर जाति र मगरातको वास्तविक इतिहास खोजी गर्नको लागि विज्ञहरुलाई समेटेर कार्यदल गठन गर्ने, तथा मगरात प्राप्ति राष्ट्रिय अभियान तेस्रो चरणको कार्यक्रम मंसिर महिनासम्म सञ्चालन गर्ने र स्थानिय तहदेखि केन्द्रिय तहसम्मका संगठन वा नेता अगुवाहरुलाई संगठन, सदन र सडकमा केन्द्रिकृत भएर एकीकृत मगरात र अधिकार सहितको संघीयताका मुद्धाहरुमा जबरजस्त ढंगबाट लड्ने महत्वपुर्ण निर्णयहरु गरको छ । मगरात सहितको गणतन्त्र नेपाल चाहने मगर तथा गैह्र मगरहरु सबैसँग यो अभियानलाई सफल पार्नको लागि संसार भरिबाट आर्थिक सहयोगको

Read more

२३ औ विश्व आदिबासी दिवसलाई इजरायलमा भव्य रुपले मनाउने तयारी ! कार्यक्रममा नबिन रोका मगर र नन्द ताजपुरिया सहभागी हुने !

मगर मिडिया १६ साउन २३ औँ विश्व आदिबासी दिवशको अबसरमा  नेपाल आदिबासी जनजाति महासंघ इजरायलले भव्य रुपमा  कार्यक्रम गर्ने तयारी गरेको छ । अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता साथै नेपाल मगर संघका केन्द्रीय  अध्यक्ष  नविन रोका मगर र नेपाल आदिबासी जनजाति महासंघका महासचिव नित्य नन्द ताजपुरियाको उपस्थितिमा आगामी अगष्ट ११ शुक्रबारका दिन साँझ ८ बजेबाट लेवन्डा ३२ तेस्रो तल्लामा कार्यक्रम गर्ने भएको हो । अगस्त ९ लाई हरेक बर्ष अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवसको रुपमा  विश्व  भरि नै मनाउने गरिन्छ । फोटो साभार : UN Photo/Andi gitow

Read more

सोँच्दैछु , एक थान कविता लेखुँ । 

सोँच्दैछु , एक थान कविता लेखुँ ।  -प्रेमध्वज गाहा मगर   सोँच्दैछु ,, एक थान कविता लेखुँ ।   धेरै,,भयो मथिङ्गलमा आँधी तुफान चलेको , प्रयास गरेँ कत्ति शान्त पार्न , तर , अहँ,,कुनै छाँटकाँट देखिनँ रोकिने । बरु जत्ति प्रयास गर्छु अझ,बेग बेगले चल्दै पो छ । हिजो होइन , अस्ति होइन धेरै अघिदेखि , त्यसैले सोँच्दैछु एक थान कविता लेखुँ ।   एक रत्ति पनि गुनासो रहने छैन, मेरो कविता, कविताको कोटीमा नपरोस् बरु । बाल छैन सत्ताको भाषा बोल्ने साहित्यिक कानुनले, कविता भनोस या नभनोस , मेरो आफ्नो लागि त हुनेछैन त्यो, शेली,ह्युजेज,वर्ड्स्वर्थ भन्दा कम, बरु अब्बल नै हुनेछ तिनीहरुभन्दा, त्यसैले सोँच्दैछु, एक थान कविता लेखुँ ।।   भनिसकेँ ,मेरो खोपडीमा प्रश्नहरुको आँधी तुफान चलिरहेको छ ।

Read more

मगर संघ इजरायल र आदिबासी जनजाती महासंघ इजरायलको नेतृत्व परिबर्तन भए पछि दुवै पक्ष बीच सफल बार्ता / दुवै संस्था एक भएर अगाडी बढ्ने प्रतिबद्दता !

तेलअभिव, इजरायल, जुलाई २९ नेपाल मगर संघ इजरायल र आदिबासी जनजाती महासंघ इजरायल बीच भएको बार्ता सफल भएको छ | अघिल्लो कार्यकालमा केहि बिषयहरुमा असन्तुष्टि र असहमति जनाई नेपाल आदिवासी जनजाती महासंघ इजरायलबाट अलग भएको जातीय संस्था नेपाल मगर संघ इजरायल हिजो २८ जुलाई २०१७ मा तेल अविवमा सम्पन्न महासंघ र मगर संघ इजरायल बीच छलफल र वार्ता पछि पुन: महासंघ अबद्दा भएको छ | २३औँ बिस्व आदिबासी दिवस नजिक आईरहेको अवसर तथा मगर संघ र महासंघ इजरायलको नेतृत्व परिबर्तन भए पछिको अवस्थामा भएको यस्तो एकताको आदिबासी जनजाती समुदायले सकारात्मक रुपले लिएको छ | सो बार्ता तथा छलफलका संयोजक द्वय ने .आ .ज . महासंघ इजरायलका अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यु र मगर संघ इजरायलका संरक्षक श्री तारा बहादुर

Read more

अमेरिका जान लागेका पत्रकार बानियालाई विदाइ !

पोखरा, १४ साउन एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो अन्तर्गत पोखरामा कार्यरत रही अमेरिका जान लागेका सञ्चारकर्मी गोकुल बानियालाई एक कार्यक्रमका बीच बधाई सहित विदाइ गरिएको छ । विगत ९ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका बानियालाई अमेरिका जान लागेको अवसरमा एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरोले बधाइ तथा शुभकामना सहित विदाइ गरेको हो । पोखराको लेकाली चुलोमा आयोजित कार्यक्रममा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अमेरिका जान लागेका पत्रकार बानियाको सफल यात्राको कामना गर्दै आगामी दिनमा जहा रहेतापनि पत्रकारीताको माध्यामबाट नजिक रहन आग्रह गरे । इन्टरनेटको जमानामा भौतिक रुपमा टाढा भएतापनि काम कुरामा नजिक रहने भएकाले पोखरा र पोखराका सहकर्मीहरुलाई नभुल्न समेत आग्रह गरे । सो अवसरमा वोल्दै एबिसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो प्रमुख एम बि आस्था मगरले

Read more

मगर संघ बुढीबजारद्वारा एसईई उत्तीर्णलाई सम्मान !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल मगर संघ बुढीबजार एकाइ समितिले २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित सम्मान कार्यक्रममा भवन संरक्षक गणेश आलेमगरले मगर विद्यार्थीहरूलाई सम्मान गर्नुभयो । नेपाल मगर संघ बुढीबजार एकाइका अध्यक्ष क्या. पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम पल्लीमगर र उपाध्यक्ष भीमकुमारी सारूमगरले स्वागत गर्नुभएको थियो ।

Read more

मगर संघ माटेपानीको १९ औं बाल प्रोत्साहन सम्पन्न !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल मगर संघ माटेपानी एकाइ समितिको १९ औं बाल प्रोत्साहन तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा पूजा थापामगर प्रथम र अमित थापामगर द्वितीय भए । साथै, सो अवसरमा २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण ११ जनालाई सम्मान गरिएको थियो । त्यस्तै, नर्सरी कक्षामा ९९.२० प्रतिशत अंक ल्याउने लिओन थापामगर, कक्षा २ मा ९५.५० प्रतिशत अंक ल्याउने अंशु सारूमगर र कक्षा ५ मा ८५.७० प्रतिशत अंक ल्याउने अमित आलेमगरलाई समेत सम्मान गरिएको थियो । युवा उद्यमी मनिष थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकाइका सल्लाहकार ई. बमबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ माटेपानी एकाइ अध्यक्ष दुर्गा रानामगरले बोल्नुभएको थियो । नेपाल मगर संघ माटेपानी एकाइका अध्यक्ष चन्द्रप्रकाश थापामगरको

Read more

कास्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु !

रूद्र श्रीसमगर पोखरा, १४ साउन अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ । समाचार संकलनका क्रममा कार्यक्षेत्रमा भाषाका कारण हुने समस्या कम गर्नका लागि अंग्रेजी भाषाको कार्यशाला आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘विदेशी अतिथिहरू र विदेशी पर्यटकसँग सम्बन्धित समाचार संकलनमा हामीलाई भाषाका कारण समस्या हुने गरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अंग्रेजी भाषामा दक्षता नहुँदा समाचार संकलनमा कठिनाइ भएको पाइएको छ ।’ अंग्रेजी भाषामा पत्रकारिता गर्न सहज बनाउनका लागि नै कार्यशालाको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो । अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले पत्रकारहरूलाई अंग्रेजी भाषाको दक्षताका लागि कार्यशालाको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘हामीले २०६४ सालदेखि नै

Read more

आदिवासी जनजाति महासंघ कास्की अध्यक्षमा धर्म गुरुङ !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरिमान थिङ तामाङ, बमबहादुर घरब्जा छन्त्याल, प्रेम चोङबाङ लिम्बू र बुद्धिमाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, समन्वय परिषद्का सदस्यहरूमा सु. तेजबहादुर Þयोल्मो, राजन कुमाल, अम्बर तुलाचन, मनबहादुर भुजेल, दीर्घसिंह लालचन, क्षेत्रबहादुर थकाली, नवराज दुरा, फुर्वा छिरिङ ताङ्वे, जुनाकुमारी गुरुङ र अशीलाल थारू रहनुभएको छ । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष एवं चार नम्बर प्रदेशका इञ्चार्ज गणेशलाल थकालीले आदिवासी जनजातिका अधिकार पूर्ण रूपमा अझै प्राप्त नभएको उल्लेख गर्नुभयो । ‘हाम्रा अधिकार अझै पनि पूर्ण भएका छैनन्’, थकालीले

Read more

मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा दिनेश रोकामगर पुनःनिर्वाचित !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल मगर विद्यार्थी संघ कास्कीको १७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दिनेश रोकामगर निर्वाचित हुनुभएको छ । यसअघि समेत अध्यक्ष रहेका रोकामगर पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो । ‘वैज्ञानिक, व्यवहारिक, बहुभाषिक शिक्षा प्रणालीका लागि हाम्रो आन्दोलन, एकीकृत मगरात स्वायत्त प्रदेशका पक्षमा १७ औं जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः तुल्सी पुनमगर, प्रेम बुढामगर, डेग पुनमगर र देवी रोकामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा चेत पुनमगर, हिरा पुर्जामगर, शान्ति पुर्जामगर, रुपा रानामगर, राजीव थापामगर, सुरज थापामगर, शर्मिला आलेमगर, तृष्टा थापामगर, भूमिका पुनमगर, सन्ध्या जुग्जालीमगर, खममाया घर्तीमगर, कविता घर्तीमगर, प्रमिला श्रीसमगर, पुकार आलेमगर, मनिषा पुनमगर, दुर्गा पुनमगर, खिमा फगामीमगर र वसन्ती आलेमगर रहनुभएको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)