आदिवासी महोत्सवमा लोम्बा चलचित्रसंगै अनिलको चर्चा !

श्याम राना मगर  असार १६ काठमाण्डौ पहिलो आदिवासी जनजाति चलचित्र फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गरेको “लोम्बा” चलचित्रको चर्चा र परिचर्चा भैरहेको छ । अठार मगरात क्षेत्रमा प्रचलित मगर समुदायको पुर्खौली पेशा भेडि गोठ भित्रको “लोम्बा” संस्कृतिलाई चलचित्रको कथामा कलात्मक तरिकाले उनेर निर्देशक अनिल बुढामगरले आफ्नो अभिब्यक्ति पोखेका छन् । सोहि चलचित्रले अनिललाई पनि चर्चातिर  हुत्याई दिएको छ । यहि असार १७, १८ र १९ मा हुन गइरहेको महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुले आ–आफ्ना समुदायबाट उत्कृष्ट चलचित्रहरुलाई छनोट गरि चलचित्र महासंघमा पठाइएको थियो । महोत्सवमा २०७० साल देखि यता २०७३ साल सम्म निर्माण भएका मगर समुदायभित्रका चलचित्रहरु मध्ये उत्कृष्ट चलचित्रको प्रतिनिधित्व गरि “लोम्बा” चलचित्रलाई पठाइएको थियो । हजारौ भेडालाई बाटो देखाउने “लोम्बा” को मृत्यु भएपछि

Read more

आदिबासी जनजाति चलचित्र महोत्सवको समुट्घाटन भोली सभामुखले गर्ने !

श्याम रानामगर १६ असार काठमाण्डौ आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ को समुद्घाटन सम्माननीय सभामुख ओनसरी घर्ती मगरले गर्नु हुने भएको छ । यहि असारको १७, १८ र १९ गते आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सभामुखबाट गर्न लागिएको जानकारी महासंघका अध्यक्ष अमृत सुनुवारले दिनुभएको छ । साथै महोत्सवलाई भव्य र प्रभावकारी ढंगबाट सम्पन्न गर्नको लागि अन्तिम तयारी पुरा भएको समेत उहाँले बताउनु भएको छ । नेपाल पर्यटन बोर्डको हल भृकुटी मण्डप, काठमाण्डौमा भोली शनिवार विहान ११ः०० बजे विभिन्न जातिय झाँकीहरुको प्रस्तुति सहित समुट्घाटन समारोह गर्न लागिएकाले सम्पुर्णलाई उपस्थितिको लागि समेत उहाँले अनुरोध गनुभयो । महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन

Read more

मातृभाषाको संरक्षण र चुनौती विषयक गोष्ठी सम्पन्न !

असार १४ काठमाण्डौ नेपालमा मातृभाषाको संरक्षण र चुनौती विषयक गोष्ठी हिजो काठमाण्डौको अनामनगर स्थित संवाद डबलीमा सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग साथै सिन्धुपाल्चोक शेर्पा महिला समाज काठमाण्डौ महानगरपालिकाद्धारा आयोजित गोष्ठीमा मातृभाषा अभियन्ता भाषाशास्त्री अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै टिप्पणीकारमा अमृत बराम रहनु भएको थियो । गोष्ठिमा नेपाली मातृभाषाहरुको अवस्था, यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय नितिगत व्यवस्था तथा व्यवहारिक पाटोहरुको बारेमा छलफल गरिएको थियो । साथै मातृभाषाहरुको संरक्षण र विकासको लागि नितिगत तथा व्यवहारिक ढंगबाट प्रस्ट भएर अगाडि बढ्नुपर्ने आवश्यकतालाई समेत औल्याईएको थियो । समाजका अध्यक्ष लन्जम शेर्पाको अध्यक्षता साथै प्रेम वरामको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न मातृभाषी अभियन्ताहरुको सहभागीता रहेको थियो ।

Read more

निरमाया सुमधुर सांझमा सर्मिला गुरुङले नचाइन दर्शकलाई !

गिता राना मगर, पोखरा १४ असार पोखराको चिप्लेढुङगामा रहेको निरमाया दोहोरी सांझले आफनो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको निरमाया सुमधुर सांझ कार्यक्रमको दोश्रो दिन मंगलबार दोहोरीमा आएका ग्राहकहरुलाई आफ्नो प्रस्तुती मार्फत भरपुर मनोरन्जन प्रदान गरिन । शुरुमा एकल गितबाट आफ्नो प्रतिभा प्रस्तुत गरेकी शर्मिलाले मंगलबार सांझ दोहोरी सांझमा आधा दर्जन दोहोरी तथा सालैजो गीतको प्रस्तुतीबाट दोहोरीमा आएका ग्राहकहरुलाई मनोरन्जन प्रदान गरेकी हुन । शर्मिला गुरुङ संगै दोहोरीमा आएका ग्राहकहरुले दोहोरी समेत प्रस्तुत गरेका थिए । सुमधुर सांझमा चर्चित कलाकार शर्मिला गुरुङ संगै दोहोरी सांझका नियमित कलाकारहरु टेक क्षेत्री, निश्चल दवाडी, सरण गुरुङ, सुरज थापा, दिवश थापा, इन्द्रा गुरुङ, सरिता थापा, रमा राना, निता गुरुङ, तारा गदाल, जौ माया हिताङ, कल्पना आले मगर, सुशिल गायक, सञ्जय गायक, राकेश गुरुङ र

Read more

मगर विद्यार्थीं संघको नेतृत्वदेखि उपमेयरसम्म : रेनुका काउचामगर !

बाबा चन्द्रबहादुर पुनमगर र आमा झममाया पुनमगरको कोखबाट बागलुङ्को रिघामा जन्मनुभएका रेनुका काउचा मगर यतिखेर जल्दावल्दा युवा नेतृको रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०५९ सालमा सरस्वती क्याम्पसमा अध्ययन गर्दादेखि मगर विद्यार्थीमा आवद्ध रहनुभएका काउचा मगर २०६८ सालमा तनहुँको दमौलीमा सम्पन्न ७ औं महाधिवेशनबाट नेपाल मगर विद्यार्थी संघको अध्यक्ष हुनुभयो । यसैगरी हाल उहाँ नेपाल मगर सघ केन्द्रिय समितिको सचिव हुनुहुन्छ । राजनीतिक क्षेत्रमा पनि उहाँको चासो सानैदेखि भएतापनि २०६५ सालको स्व.वि.यु. निर्वाचन पछि सक्रिय रुपमा लाग्नुभएको हो । आफ्नो जातीय संगठन र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएका काउचा मगर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाको उपमेयर जस्तो पदमा विजयी हुनुभएको छ । यिनै जुझारु एवं युवा नेतृ रेनुका काउचा मगरसँग मिना थापामगरले गरेको कुराकानीः सर्वप्रथम त गलकोट

Read more

गोविन्द र नवीनको नयाँ मार्मिक गीत, ‘नबास सुनपंखी भाले’ !

रूद्र श्रीसमगर पोखरा, ११ असार उदीयमान सर्जक गोविन्द पुन र लोक तथा दोहोरी गायक नवीन रानाले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गोविन्द पुनको शब्द र नवीन रानाको लय रहेको ‘नबास सुनपंखी भाले’ बोलको गीतमा गायक नवीनलाई वरिष्ठ लोकगायिका विमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् ।निकै मार्मिक रहेको यस गीतको म्यूजिक भिडियोको छायाड्ढन बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा गरिएको हो । भिडियोमा गोविन्द पुन र करुणा पुनले मुख्य अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोको छायाड्ढन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । गोविन्द आफैंले निर्देशन गरेको म्यूजिक भिडियोमा पुनम पुनको मेक अप र मिलन गुरुङको कलरिङ रहेको छ । सर्जक गोविन्दले यसअघि ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याएका थिए । सो

Read more

जापानका व्यवसायी खत्रीलाई गलकोट समाज पोखराद्वारा स्वागत !

रूद्र श्रीसमगर पोखरा, १२ असार जापानका प्रतिष्ठित व्यवसायी पृथ्वी खत्रीलाई गलकोट समाज पोखराले स्वागत एवं सम्मान गरेको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ५, कौलेनी घर भइ हालः पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५, रामबजार, प्रतिभाटोलनिवासी खत्री हाल जापानमा सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । खत्रीलाई शनिबार गलकोट समाज पोखराको तर्फबाट अध्यक्ष मीनबहादुर खत्रीले स्वागत एवं सम्मान गर्नुभयो । स्वागत एवं सम्मान ग्रहणपछि बोल्दै व्यवसायी खत्रीले यसवर्षको हरितालिका तीजमा सम्पूर्ण गलकोटे दिदीबहिनीहरूलाई दर खुवाउनका लागि गलकोट समाज पोखरालाई प्रायोजन गरी सहयोग गर्ने वचन दिनुभयो । ‘तपाईहरूले मलाई स्वागत गर्नुभएकोमा म आभारी छु’, खत्रीले भन्नुभयो, ‘परदेशमा बसेपनि आफ्नो जन्मभूमिको निकै माया छ, देश र जन्मेको ठाउँका लागि केही गर्ने सोंच पलाएको छ ।’

Read more

बेसिङस्टोकमा रैंया“ प्रदर्शन !

बेलायत मेनोको फिल्मस एण्ड मिडिया हाउसबाट निर्माण भएको चलचित्र रैंया“ बेसिङस्टोकको एल्डवर्थ साइन्स स्कुलको भवनमा गत शनिबार प्रदर्शन गरिएकोे छ । रैंया“ प्रदर्शन सहितसेलरोटी, आलुदम, मःम अनि नेपाली परिकार सहित नेपालबाट आएका कलाकार गगन पुनले आफनो गीत सोरठी, पुख्र्यौली गीत लगाएत विभिन्न गीतहरुको साथ उपस्थित सम्पुर्णलाई भरपुर मनोरन्जन दिन सफल भएका थिए । बेसिङस्टोकमा रहेको बेगखोला कल्याणकारी समाज उपशाखा युकेको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो । बेसिङस्टोकमा बस्ने बेगखोले र शिखतानीहरुको अधिकतम उपस्थितिमा शनिबार कार्यक्रम भएको थियो ।

Read more

सुमन थापा मगरको अर्को सुपरहिट तीज गीत “मादलु घनन” बजारमा !

नाइस मिडिया नेटवर्क/मगर मिडिया अषाढ १५, काठमाडौँ मिडियाको आखामा नपरेकी तर अहिलेकी चर्चित एबं लोक तथा दोहोरी गायिकाको सुचिमा पर्न सफल सुमन थापा मगरले सबैलाई नाचुँ नाचुँ बनाउने र अहिले सम्म कै एकदमै राम्रो नृत्य भएको तीजको गीत बजारमा ल्याएको छिन | श्यांग्जा जिल्लाको सेखाममा सामान्य परिवारमा जन्मिएर हुर्किएकी सुमनले थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो स्वर भरि सकेकी छिन |सुमनले यसपालीको तीजको कोशेलीको रुपमा “मादलु घनन…” भन्ने गीत बजारमा ल्याएकी छिन | चर्चित गीतकार शिव पौडेलको शब्द, चर्चित गायक ऋषि खड्काको सङ्गीत रहेको यस गीतमा सुमनलाई ऋषि खड्काले साथ् दिएका छन् | सुमनको यस गीतलाई मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको हो | चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई कारण चैसिरले

Read more

आज दोश्रो चरणको निर्वाचन चल्दै !

आषाढ १४ स्थानीय तहको निर्वाचन अन्तर्गत दोश्रो चरणको निर्वाचन प्रदेश नं. १, ५ र ७ मा आज विहान ७ बजेबाट मतदान प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ । ३ वटा प्रदेशको ३५ जिल्लामा ३३४ स्थानिय तहमा निर्वाचनका लागि ४ हजार ५ सय ८१ मतदानस्थल र ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको मतदानबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुने जसको लागि ६२ हजार ४ सय ८ उम्मेदबार चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । चुनावी क्षेत्रमा कतै बर्षाको कारण सामान्य प्रभावित भएपनि व्यावस्थापकिय पक्ष चुस्त बनाएकोले उत्साह पुर्वक तरिकाबाट मतदाताहरु सहभागी भईरहेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ मा भने सरकारले आगामी असोज २ गते निर्वाचन गर्ने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)