सुतेकै अवस्थामा दुईजना मृत फेला !

मेलम्ची, १७ जेठ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा लगिएको छ

Read more

सेरेवल पाल्सीबाट ग्रसित ९ वर्षे रमित थापालाई हङकङबाट छन्त्यालले १ लाख सहयोग गरे !

गिता राना मगर पोखरा १५ जेठ अक्सिजनको कमी भएर लाग्ने रोग (सेरेवल पाल्सी) बाट ग्रसित रमित थापा मगरलाई उपचार सहयोग स्वरुप हङकङका एकजना ब्याक्तिले एक लाख रुपैया सहयोग गरेका छन । बुटवल लक्ष्मीनगर घर भइ हाल हङकङ निवासी अमृत छन्त्याल एकलाख रुपैया सहयोग गरेका हुन । बाग्लुङ काठेखोला गाउपालिका ७ घर भइ हाल पोखराको रामबजार ट्याक्सीचोकमा बस्दै आएका ९ वर्षिय बालकको आर्थिक अभावमा उपचारमा विभिन्न ब्याक्तिहरुले सहयोग गर्दै उपचार गरेको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि बुटवल घर भइ हाल हङकङ निवासी अमृत छन्त्यालले रमितको उपचारको लागी एक लाख रुपैया सहयोग गरेका हुन । हङकङमा रहेका छन्त्यालले सामाजिक अभियनता गौरी गुरुङ र मिना थापा मगरको फेसबुक वालमा रमित थापा मगरको आर्थिक अभावका कारण उपचारमा ढिलाइ भएको भन्ने पोष्ट देखेपछि उनले मिना

Read more

सम्झौता कार्यान्वयन माग गर्दै माथिल्लो मादी प्रभावितद्वारा आन्दोलन सुरु !

पोखरा, १४ जेठ कास्कीको उत्तर पूर्वी क्षेत्रमा पर्ने माथिल्लो मादी जलविद्युत आयोजनाका प्रभावितहरूले सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेका छन् । २५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत आयोजना निर्माण सुरु गर्ने बेलामा आयोजना प्रभावित स्थानीयबासीहरूसँग भएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । चिनियाँ कम्पनीको ८० प्रतिशत र विजयबाबु मल्लको २० प्रतिशत लगानीमा निर्माण गरेको सो आयोजनाबाट विद्युत उत्पादन सुरु भएपनि स्थानीयको सरोकारप्रति कम्पनीले कुनै चासो नदेखाएको स्थानीय बलबहादुर शाहीले बताउनुभयो । आयोजना निर्माण सुरु भएपछि मादी पावर कम्पनी र मादी नदी जलाधार एवं प्रभावित क्षेत्र सरोकार तथा समन्वय समितिबीच २०६९ साल चैत्र २४ गते २३ बुँदे सम्झौता भएको थियो । जसमा कम्पनीका अध्यक्ष विजयबाबु मल्ल र सरोकार समितिका अध्यक्ष मीनबहादुर खनालले हस्ताक्षर गर्नुभएको थियो ।

Read more

इच्छुक स्मृति कार्यक्रम रोल्पामा !

हर्क घर्तीमगर लिबाङ रोल्पा,१३ जेष्ठ नेपाल पत्रकार महासंघ रोल्पाले शनिबार एक कार्यक्रम गरी शहिद कृष्ण सेन इच्छुकलाइ सम्झेको छ । रोल्पाको सदरमुुखाम लिबाङमा भएको कार्यक्रमको प्रमुख अतिथिमिा महासंघका संस्थापक अध्यक्ष काशिराम डागि हुनुहुन्थ्यो भने प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई र जिल्ला समन्वय समितिका संयोजक शुसिल वैद्यको बिशेष अतिथ्यताा रहेको थियो भने जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगिले बास्तवमा पत्रकारहरु कृष्ण सेन जस्तो पेशा प्रति निष्ठावान हुनु पर्ने र रोल्पाको पत्रकार महासंघ शाखा संस्थागत गर्नुपर्ने विचार राख्नुु भयो । बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले पत्रकारहरु आफ्नो पेशा प्रति इमान्दार भएर काम गर्नु पर्ने शुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका संयोजक

Read more

सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु !

१६ जेठ नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो । सुर्खेतबाट खाद्यान्न लिई हुम्ला सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए । गम्भीर घाइते खड्का र आलेलाई उपचारका

Read more

गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त !

बनेपा, १५ जेठ काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो । जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिनुभयो । कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्चोकका दिनेश श्रेष्ठ, सस्यूखर्कका फौदबहादुर थपलिया, महाँकालचौरका बाबु भन्ने भीमबहादुर तामाङ, कोशीदेखाका मनोज तामाङ, गोरखाका मानबहादुर महत, बनेपा, जनागालका राधेश्याम श्रेष्ठ, सर्लाहीका रुपबहादुर विश्वकर्मा, सिन्धुपाल्चोकका वासुदेव भण्डारी, काभ्रेपलाञ्चोकका शिव तामाङ, धुलिखेलका शैलेन्द्र पराजुली, काभेपलाञ्चोककै सुवास तामाङ रहेका छन् । जेलमुक्त भएकामा अधिकांश बहुविवाह मुद्दाका छन् । बहुविवाहका छ, कर्तव्य ज्यान मुद्दाका चार, डाँका मुद्दाका दुई र सवारी ज्यान मुद्दाका दुई जना छन् । ती बन्दी विसं

Read more

द्रुतमार्ग शिलान्यास !

निजगढ बारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज यहाँ शिलान्यास गर्नुभयो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ ।मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ ।यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिक लगायत बृहत्तर विकासमा योगदान पु¥याउनेछ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडाँै, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो

Read more

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान !

काठमाडौँ, १२ जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गर्नुभएको हो । नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो । त्यसैगरी, राष्ट्र गौरव विभूषण पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति

Read more

लडेर महिलाको मृत्यु !

पथरी (मोरङ), १२ जेठ मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ । बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट प्रहरीको टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read more

विषालु च्याउ खाँदा नौ बिरामी !

दमक, १२ जेठ विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् । घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ । बिरामीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)