वरिष्ठ लोक गायक खड्ग गर्वुजाको एकल लोक गायन कार्यक्रम सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर वैशाख, १७, काठमाण्डौ वरिष्ठ लोक गायक खड्ग गर्वुजा मगरको एकल लोक गायन कार्यक्रम हिजो प्रज्ञा भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आयोजना गरेको कार्यक्रममा गर्वुजाले आफ्ना चर्चित लोकगीतहरु पस्किनु भएको थियो । उहाँले यो संसारमा आफुलाई जन्म दिने बाबाआमा भन्दा ठुलो कुरा अन्य नभएको बताउदैँ आफ्नो जन्मदिने बुवा भिम गवुर्जालाई ढोग गरेर कार्यक्रममा गाउन सुरु गर्नुभएको थियो । आफु भिरबाट लडेर चल्न नसक्ने हुदाँ आफ्नी आमाले स्याहार्ने गरेको तर पछि आमालाई पनि पक्षघात भएपछि दुवै जना विस्तरामा थलिनु पर्दा आमाछोरा रोएको एकअर्काले सुन्नु बाहेक कुनै उपाय नभएको त्यो दर्दनाक दिनसँगै आमालाई स्मरण गर्दै आफ्नो जीवनयात्रा जस्तै मार्मिक गीतहरुबाट सुरु गरेका उहाँका गीतहरुले सवै दर्शकका आँखा भरिएका थिए । गर्वुजाको जीवनयात्रा र साँगीतिक

Read more

दिमाग बेच्न सके देशले छिट्टै काँचुली फेर्छ : डा. महावीर पुन !

निश्चल काउचा काठमाडौं राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि जुटिरहेका महावीर पुनले महादान अभियान चलाईरहेका छन् | सरकारले राष्ट्रियआविष्कार केन्द्र खोल्न कुनै पहल नगरे पछि आफु बाध्य भएर निर्माण गर्न लागेको उनले बताए | अनामनगरमा आयोजित नेपाल मगर संघ दक्षिण कोरियाद्वारा संकलित रकम कार्यक्रममा बोल्दै पुनले चाडो भन्दा चाडो आविष्कार केन्द्र निर्माण गरेर दिमाग बेच्न सके देशले काँचुली फेर्न धेरै समय नलाग्ने सुनाए | अमेरिका , युरोप देखि जापान कोरिया लगायतका सम्पन्नशाली देशहरुले दिमाग बेचेर नै धनी भएको बताए | राष्ट्रिय आविष्कार केन्द्र निर्माणको प्रपोजल थुप्रै प्रधानमन्त्रि सामु पेश गरे पनि कसैले पनि प्राथमिकता दिएर बजेट नदिए पछि आफु बाध्य भएर महादान अभियान चलाउनु परेको पनि उनले प्रष्टाए | अहिलेसम्म अभियानको लागि २ करोड ३० लाख भन्दा बढी रकम सहयोग प्राप्त

Read more

आदिबासी जनजाति र नयाँ परिवेश !

निर्मल श्रेष्ठ वि.सं. २०७२ साल असोज ३ मा नेपालको संविधान जारी भएकोे पनि एक वर्ष ७ महिना पुगी सकेको छ । वि.सं.२०७४ साल माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन सम्पन्न गर्न गई रहेका छौं । संविधानको प्रस्तावनामा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा राष्ट्रको गहनाको रुपमा रहेको आदिवासी जनजातिका हक, अधिकार र पहिचानलाई आसन्न निर्वाचनमा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा छलफल पनि चलिरहेको छ । आसन्न निर्वाचनमा बढि से बढि आदिबासी जनजातिलाई जनप्रतिनिधि छनोट गरेर तिनहिरको सवाललाई कसरी संम्वोधन गर्न सकिन्छ, यो अहम कुरा हो । यस कुरामा सरोकारवालाहरुको ठूलो भूमिका रहने गर्छ । यसको साथै संविधानको कार्यान्वयन पक्षलाई मूर्तता दिन राज्य, सम्बन्धित निकायको मूल दायित्व रहने गर्छ । यी विभिन्न कुराहरु उठिरहेकोे वेला आसन्न निर्वाचनको लागि सरोकारवाला उत्साहित

Read more

स्थानीय निकायको चुनावमा कसलाई भोट दिने ?

हुम सुनारी मगर हाल साउदी अरेवीया स्थानीय चुनाव २० बर्ष पछि हुँदैछ भन्नु भन्दा पनि राज्य पुन:संरचना पछि अथवा राजतन्त्रात्मकबाट मूलुक गणतन्त्रात्मक व्यवस्थामा परिणत भए पछि हुन लागेको स्थानीय निकाय अथवा सरकारको चुनाव पहिलो पटक हुँदैछ भन्दा सान्दर्भिक होला। विगतमा जिल्ला प्रशासन र सिंहदरबारबाट प्राप्त गर्न पाईने सेवा र सुविधा अब गाउँपालिका कार्यालयबाट नै सर्वसाधारण सेवाग्राहीले प्राप्त गर्ने भएको हुँदा यो हुन लागेको स्थानीय निकाय/सरकारको चुनावलाई २० बर्ष अगाडिको चुनावसँग तुलना गर्नु मिल्दैन। स्थानीय निकायको चुनावमा कस्तो नेता/उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा आम सर्बसाधारण नेपाली जनता अब सचेत र चनाखो हुनु अत्यन्तै जरुरी छ। राष्ट्र परिवर्तन, समृद्धि र विकासका लागि कुशल, इमान्दार, योग्य र दक्ष राजनीतिज्ञको आवश्यक पर्छ। त्यस्तो नेता चुन्ने अवसर र माध्यम नै चुनाव हो। आम सर्वसाधारण जनताले

Read more

बहुभाषिक शिक्षा बारे हाम्रो सोच !

मनबहादुर बगाले मगर बहुजातीय बहुभाषिक बहुसाँस्कृतिक बहुधार्मिक देस नेपालमा अहिले नेपाली भाषा सबै जातिको साझा मानिए पनि यो यस मुलुकमा हरेक जातिको जातीय भाषा रहेको र नेपाली भाषाले अन्य जातीय भाषालाई ठूलो माछाले सानो माछालाई खाए जस्तो अाजको अवस्था छ ।अथवा नेपाली भाषा विकास हुँदै जाने र अन्य भाषा मासिंदै जाने क्रममा मगर भाषा पनि लोप हुने अवस्थामा पुगेको हो । सरकारले मातृ भाषाको विकास र उत्थानको लागि कार्यक्रम ल्याएको छ तर त्यो जनताको तह सम्म पुग्न नसकेको अवस्था अाजको यथार्थ हो ।प्रजातन्त्रको पुनः स्थापना पश्चात् नेपाली समाजमा , नेपाली राजनीतिमा धेरै नयाँ कुराहरुको उठान भयो ।त्यसै बेला पिछडिएका जाति र त्यस जातिको भाषा संस्कृतिको कुरा व्यापक रुपमा उठ्न थाल्यो ।यसै क्रममा २०४७ को संबिधानले समेत नेपाली भाषालाई राष्ट्रभाषा र

Read more

मौलिक हकसम्बन्धी विधेयकबारे पोखरामा अन्तरक्रिया !

रूद्र श्रीसमगर पोखरा, १३ वैशाख नेपाल कानून समाज र द ओस्लो सेन्टरको आयोजनामा पोखरामा मौलिक हक अन्तर्गत प्रमुख विषयहरूमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरूले मौलिक हकलाई थप परिमार्जनसहित ऐन निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा दलित हक, लैड्डिक तथा यौनिक अल्पसंख्यकको पहिचान तथा अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो प्रस्तुती राख्दै अधिवक्ता सुरेन्द्र महतोले आफ्ना मौलिक हकबारे आम नागरिकमा सचेतनाको खाँचो औंल्याउनुभयो । सो अवसरमा साक्षी संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७२ बारे सहजीकरण गर्दै अधिवक्ता दीपेन्द्र झाले अपराध र पीडितकेन्द्रित भएर यससम्बन्धी ऐन निर्माणको आवश्यकता औंल्याउनुभयो । अन्तरक्रियामा नेकपा (एमाले)का तर्फबाट धनबहादुर नेपाली, नेकपा (माओवादी केन्द्र)का खगेन्द्र काफ्ले, संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेल, नीलहिरा समाजका राजु थकाली,

Read more

संघीयता र गणतन्त्र माओवादीले ल्याएको हो: करण !

रूद्र श्रीसमगर पोखरा, १३ वैशाख नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता माओवादीले ल्याएको जिकिर गर्नुभएको छ । माओवादी केन्द्र मादी गाउँपालिका, कास्कीले आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक तथा लेनिन जयन्ती विशेष कार्यक्रममा बोल्दै नेता करणले माओवादी जनयुद्धकै कारण सिंहदरबारमा केन्द्रित शक्ति र अधिकार जनताको घरदैलोमा आइपुगेको दाबी गर्नुभयो । ‘सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको छ’, नेता करणले भन्नुभयो, ‘माओवादीकै बलमा स्थानीय तहको कार्यान्वयन भएर निर्वाचन घोषणा समेत भएको छ, त्यसकारण माओवादीले जिते मात्र संघीयताको वास्तविक कार्यान्वयन सम्भव छ ।’भगवतीटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं मादी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक बखानसिंह गुरुङ ‘आभास’ले माओवादीकै नेतृत्वमा उज्यालो नेपाल अभियानले पूर्णता पाउन लागेको जनाउँदै माओवादी जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको दाबी

Read more

तमु प्ये ल्हु संघ युवा समितिको अध्यक्षमा शुक्रराज सरब्जा !

रूद्र श्रीसमगर पोखरा, १३ वैशाख तमुवानका आदिवासी जनजाति तमु जातिको मौलिक संस्कार र संस्कृति जोगाउने एक मात्र तमु धार्मिक संस्था तमु प्ये ल्हु संघको भ्रातृसंगठन तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको २४औं साधारणसभा तथा छैठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा शुक्रराज सरब्जा तमु सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, महाधिवेशनबाट प्रथम उपाध्यक्षमा जोशन प्रु क्ल्हेप्री तमु, द्वितीय उपाध्यक्षमा रुपा ल्हेंगे तमु, महासचिवमा पवित्रा प्हच्यु तमु, सचिवमा सन्तोष ङोर तमु, सह–सचिवमा पुनम ल्हेंगे तमु, कोषाध्यक्षमा जीवन प्हच्यु तमु र सह–कोषाध्यक्षमा ममता सरब्ज तमु चयन हुनुभएको छ । त्यसैगरी, प्रचारप्रसार विभाग प्रमुखमा सुरज ङोर तमु, विदेश विभाग प्रमुखमा नेत्र क्रोम्छे तमु, महिला विभाग प्रमुखमा पूर्णिमा ल्हेंगे तमु, सांस्कृतिक विभाग प्रमुखमा विश्वास कोन्मे तमु एवं सदस्यहरूमा ज्ञानेन्द्र प्हच्यु तमु, कमलबहादुर चोर्मे तमु, रोशन ल्हेंगे

Read more

भोटिङको लागि राज मगरको अपिल !

मगर मिडिया बैशाख १३,काठमाण्डौ काठमाण्डौ हिमालयन टेलिभिजनबाट प्रशारण भई रहको आइ क्यान डान्स कम्पिटिसनमा टप १२ मा पर्न सफल राज मगरले आफुलाई भोटको लागि अपिल गरेका छन् । लिटिल वर्ड ईङ्गलिस मिडियम सेकेन्डरी स्कुलमा कक्षा दशमा अध्ययनरत राज शिखर छाहारी साँस्कृतिक कला केन्द्रमा दुईवर्ष देखि नृत्य सिक्दै आएका छन् । उनी प्रतियोगितामा करिब आठसय जना प्रतिष्प्रधिहरुलाई विभिन्न राउन्डमा पछि पार्दै उत्कृष्ट १२ जनामा पर्न सफल भएका छन् । अझ अगाडि बढ्नको लागि आफुले सक्दो मिहिनेत गर्ने संगसंगै भोटको पनि उत्तिकै आवश्यकता पर्ने हुदाँ एउटै नम्बरबाट जति पनि भोट गर्न सकिने व्यवस्था रहेकोेले जति सक्दो भोट गरिदिनु हुनको लागि उनले अपिल गरेका हुन् । भोटिङको लागि म्यासेज बक्समा गएर icd  स्पेस दिएर १० टाइप गरि ३३००१ मा पठाउन सकिनेछ । यहि

Read more

मगर संघ इजरायल र तमु प्ये ल्हु संघ इजरायलको सयुक्त भ्रमण कार्यक्रमबाट आएको रकम राष्ट्रिय आबिस्कार केन्द्र नेपाललाई !

श्याम रानामगर बैशाख १३, काठमाण्डौ नेपाल मगर संघ इजरायल र तमु प्ये ल्हु संघ इजरायलले नव वर्ष २०७४ को अवसर पारेर आयोजना गरिएको भ्रमण कार्यक्रमबाट संकलित रकम राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई आज एक कार्यक्रम विच हस्तान्तरण गरेको छ । मगर्स क्रियशन कम्पनीको कार्र्यालय बागबजारमा आयोजित कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका महिला उपाध्यक्ष गंगा खासु मगर, मगर्स क्रियशन कम्पनीका अध्यक्ष आशिर्वाद पुन मगरको उपस्थितिमा तमु प्ये ल्हु संघ काठमाण्डौका संस्थापक सल्लाहकार साथै पुर्व आईजिपि हेम बहादुर गुरुङ र मगर संघ इजरायलका संस्थापक अध्यक्ष बसन्त रास्कोटी मगरले संयुक्त रुपमा केन्द्रका अध्यक्ष डा. महाविर पुन मगरलाई रु. १ लाख रकम हस्तान्तरण गरिएको हो । मगर संघ इजरायलले, यस अघि २२औं विश्व आदिवासी दिवस २०१६ को अवसरमा पनि राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई रु.

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)