पोखरामा सञ्चालित दुई महिने मगर भाषा कक्षाको समापन !

रूद्र श्रीसमगर पोखरा, १८ चैत्र पोखराको बगरमा सञ्चालित दुई महिने मगर भाषा साक्षरता कक्षाको समापन भएको छ । गत माघको १६ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको शुक्रबार समापन गरिएको हो । समापनका अवसरमा बोल्दै मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानले जातीय पहिचानको पहिलो आधार नै मातृभाषा र संस्कृति भएको बताउनुभयो । ‘मगर भाषा सबै मगरले जान्नु आवश्यक छ’, अध्यक्ष हितानले भन्नुभयो, ‘ऐतिहासिक कारणले मगर भाषा नबोल्ने मगर बस्तीहरूमा अब मगर भाषा सिकाउने अभियान गर्नु जरुरी छ ।’ अध्यक्ष हितानले मगर भाषा लोप हुने खतरा बढेको भन्दै मातृभाषा बचाउन सबै मगरहरू जागरुक हुनुपर्ने बताउनुभयो । बागलुङ–पोखरा मगर समाजका सल्लाहकार किरणप्रसाद थापाले मगर भाषा कक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै निकट भविष्यमा सबै मगर बस्तीमा भाषिक जागरण चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो

Read more

नेपालका चार जना ख्याति प्राप्त लोक दोहोरी गायक/गायिकाहरुले रचे नयाँ किर्तिमान !

चैत्र १८, काठमाडौँ नेपाली लोक दोहोरि गीत संगीतको क्षेत्रमा ख्याति प्राप्त एबम चर्चित चार जना गायक गायिकाहरुले अहिले सम्म कै ऐतिहासिक लोक दोहोरी गीत बनाएर नयाँ कृतिमान कायम गरेका छन् । पशुपति शर्माको शब्द/लय रहेको “रोधीमा मादलु घन्क्यो, नाचम्ला बुरुक्कै बुरुक्कै, मादलु बजेको सुनेर, सुतेको ज्यान पनि जुरुक्कै” भन्ने गीतमा, अहिले सम्म हजारौं लोक गीत/एल्बमहरु बजारमा ल्याइसकेका चर्चित लोक दोहोरी गायक/गायिकाहरु “पशुपति शर्मा, राजु ढकाल, देबी घर्ति र जुना श्रीसले” सुमधुर स्वर भरेका छन् भने यस गीतको म्युजिक भिडियोमा समेत आफुहरु चारै जनाले अभिनय गरेर नयाँ किर्तिमान समेत कायम गरेका छन् । बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई मगर्स क्रियशन कम्पनी प्रा.लि. ले उत्पादन गरि आफ्नो युट्युब च्यानल मार्फत बजारमा

Read more

रहस्यमय मृत्यु भएका कुन्दनका आफन्तद्धारा सत्यतथ्य छानविन गरी दोषीलाई फाँसीको माग !

चैत्र १८,काठमाण्डौ नेपाल प्रहरी विद्यालय रानीबारी सामाखुसीमा रहस्यमय ढङ्गले मृत्यु भएका कुन्दन थापाका आफन्तहरुले आज पनि विद्यालयमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् । विद्यालयमा अध्ययनरत छात्रा १४ वर्षिय कुन्दन थापाको बुधबार मध्यान्ह विद्यालयमै रहस्यमय तरिकाले मृत्यु भएपछि उनका आफन्त र सोही विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीका अभिभाकहरु सहितले विद्यालय गेट बाहिर तथा सामाखुसीमा दोषीलाई फाँसीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । विद्यालय प्रशासनले कुन्दनले आफ्नै कक्षामा अध्ययनरत एक छात्राको नाम र फोटो राखी नक्कली आइडी बनाई अश्लिल हर्कत गरेकोले सो विषयमा कुरा गर्नको लागी विद्यालयमा अभिभावक सहित बोलाएको भएपनि आमा गौमतीको फोन कुन्दनसंगै भएकाले उनी एक्लै आएको र सोधपुछको वेला उनले उक्त आरोप स्विकार समेत गरेको दाबी गरेको छ । साथै सो विषयमा अभिभावक संगै कुरा गर्ने भनि विद्यालयको कर्मचारी सहित

Read more

खाना छोएको निहुमा बालकमाथी निर्घात कुटपिट !

नरजन तामाङ सुर्खेत चैत १८ बराहा गाँउपालिका वडा नं ८ स्थित खाना छोएको निहुमा ९ वर्षिय बालकमाथी कुटपिट भएको छ । बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही र उनकी आमा बाटु शाहीले घरमा पकाएको खाना कठित तल्लो जातले छोएको भन्दै कुटपिट गरी बेहोस बनाएको बताइएको छ । पिडक बाटु शाहीका छोराले भान्सामा सामान लिन पठाएका भिमबहादुर बिकले भान्सामा पकाईराखेको खाना छोएपछि । लटठीले शरिर भरी निलडाम हुनेगरी कुटपिट गरी बेहोस बनाएको पिडित बालककी आमा जयसरा बिकले बताउनुभयो । आफु गोठालो गएको बेला छोरोलाई कुटपिट गरेको भन्दै उहाँ उजुरी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आउनु भएको छ । पिडित भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी

Read more

नेपाल प्रहरी विद्यालय रानीबारीमा अध्ययनरत कुन्दन थापाको रहस्यमय मृत्यु / हत्या भएको परिवारको दावी !

चैत्र १८, काठमाण्डौ नेपाल प्रहरी विद्यालय रानीबारीमा अध्ययनरत कुन्दन थापाको रहस्यमय मृत्युभएपछी आफन्तले हत्या भएको भन्दै बुबार दिनभर विद्यालय घेराउ घरी प्रर्दशन गरेका छन् । कक्षा ८ को परिक्षा सक्काएर आफ्नी आमा संग गोंगबुमा बस्दै आएका १४ वर्षिय कुन्दन थापा मगरको बुधबार मध्यान्ह उनि अध्ययनरत विद्यालयमै रहस्यमय ढङ्गले मृत्यु भएको हो । कुन्दनको आफन्तले भने कुन्दनले आत्महत्या गरेको नभई हत्या भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । परिक्षा सक्काएर समाखुसी स्थित आफ्नी आमा संघ बस्दै आएका कुन्दनलाई बुधबार विहान करिब ११ बजे विद्यालयबाट उलाई बोलाइएको थियो । त्यसपछि उनले कहिलै नफर्किने गरेर संसार छाडे । प्रहरी विद्यालयकी कमाण्डिङ्ग इक्सेपेक्टर सर्मिला गुरुङका अनुसार कुन्दनले सोही विद्यालयमा अध्ययनरत एक छात्राको नामबाट फेसबुकमा फेक आइडी बनाई अश्लिल सामग्री पोष्ट गर्ने गरेको

Read more

लोम्बा प्रोर्चुगलमा प्रदर्शन हुने!

चैत्र १७, काठमाण्डौ रुकुम तकसेरामा जन्मेका अनिल बुढा मगरको लेखन निर्देशन भएको लोम्बा चलचित्र प्रोर्चुगलमा प्रर्दशन हुने भएको छ । फरक शैली र नेपाली मौलिकतालाई पछ्याउँदै निर्माण भएको लोम्बा चलचित्र बैशाख र जेठ महिनाको वरीपरि पोर्चुगलबासीले हेर्न पाउँने छन् । मगर समुदायमा एउटा भेडाले हजारौँ भेडाहरुलाई नतृत्व अथवा अगुवाई गर्छ । जसलाई ‘लोम्बा’ नामले चिन्ने गरिन्छ । रुकुमका भेडा गोठालोहरुले बर्षभरी भेडाहरुलाई चरिचरणको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने चलन छ । यात्राको क्रममा एउटा नेता भेडाको आवश्यक पर्छ । त्यही नेता भेडाको सहारामा अरु भेडाहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । सोहि प्रकृयालाई चलचित्र भाषाको साइनो लगाएर अनिलले पर्दामा उतारेका छन् । निर्देशक अनिल भन्छन्– ‘हजारौँ भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भए पछि अर्को लोम्बाको तयारी र गोठालोहरुलाई आउने

Read more

फोनिज पाल्पामा राजकुमार आले

पाल्पा, चैत्र १७ नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पाको जिल्ला अधिबेसनले राजकुमार आलेको अध्यक्षतामा १३ सदस्यीय नया समिति चयन गरेको छ । आले यस अघि पनि फोनिज पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो । अधिवेसनले उपाध्यक्षमा यमुना सारु, सचिबमा रन बहादुर कुमाल , सहसचिबमा अनु थापा ,कोषाध्यक्षमा निरबहादुर सारुलाई निर्वाचित गरेको हो । सर्वसहमतका आधारमा निर्माण भएको जिल्ला शाखाको सदस्यहरुमा एवत सारु, प्रेम कान्छा राई, ज्ञान बहादुर वराल, यम घर्ती, गोपाल कुमाल, सुमि राना, इमान सिंग राना र कल्पना भुजेल निर्वाचित हुनुभएको छ । अधिबेशनले अनिल लिगल, योगमाया गाहा (सिता ) र असवीर सारु लाई प्रदेश सभासदमा निर्वाचित गरेको छ । त्यस्तै रेखीराम राना, राजेन्द्र लिगल, हरी बहादुर सारु , प्रेम कुमाल र तिल्ता थापा लाई केन्द्रिय सभासदमा निर्वाचित गरेको छ ।

Read more

मातृभाषा सिक्दै मगर महिला !

रूद्र श्रीसमगर पोखरा, १५ चैत्र आफ्नो मातृभाषा बोल्ने रहर कसलाई हुँदैन होला र ? अझ त्यसमा पनि आफ्नो मातृभाषा गुमाएकाहरूलाई त झन् मातृभाषाको तृष्णाले सताइराखेको हुन्छ नै । विगतमा राज्यको विभेदकारी नीतिका कारण आफ्नो मातृभाषा गुमाउन बाध्य आदिवासी जनजातिहरू राजनैतिक जागरणसँगै आफ्नो मातृभाषा, संस्कृति बचाउनतिर कम्मर कसेर लागेका छन् । पोखराको लामाचौर बस्ने रनमाया थापालाई आफ्नो मातृभाषा बोल्न नपाएकोमा निकै खिन्नता महसुस हुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफू मगर भएर पनि आफ्नो मातृभाषा बोल्न नपाएकोमा त अभागी नै भइयो नि ।’ तर, अहिले भने मगर भाषा सिक्न पाएपछि उहाँ निकै खुशी हुनुहुन्छ । ‘जसरी भएपनि आफ्नो मातृभाषा सिक्ने चाहनाले अहिले मगर भाषा कक्षामा सहभागी भएकी छु’, उहाँले भन्नुभयो, ‘अहिले सामान्य बोलचाल गर्नसक्ने सम्म भएकोमा खुशी लागेको छ ।’बाटुलेचौर बस्ने माया पुनलाई

Read more

प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी सुर्खेत वीरेन्द्रनगरमा सिसी क्यामेरा जडान !

नरजन तामाङ चैत १५, सुर्खेत प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक सिसी क्यामेरा जोडिएको छ । यहाँको वीरेन्द्रनगरको सुरक्षाका लागि सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट औपचारिक रुपमा मंगलबारबाट निगरानी सुरु गरिएको हो । सुर्खेत उद्योग वाणिज्य संघको अवधारण अनुसार वीरेन्द्रनगर प्रवेश नाका तथा मुख्य चौक बजार क्षेत्रमा गरी कुल ४२ वटा सीसी क्यामेरा जडान गर्ने योजना मध्ये हाल बजारका मुख्य चोक र बजार क्षेत्रमा ३१ वटा सीसी क्यामेरा जडान गरी निगरानी सुरु गरिएको हो । समुदघाटन कार्यक्रममा बोल्दै सु्र्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले मुख्य बजार क्षेत्र मंगलगडी चौक वीरेन्द्र चौक खोर्क खोला लगायतका स्थानमा जडान भएको सुर्खेत बजार क्षेत्रमा ४१ वटा क्यामेरा आवश्यक पर्ने बताए ।

Read more

नवलपरासीमा बैज्ञानिक बन व्यवस्थापन हुदै !

रबिन्द्र यादव चैत्र १५, परासी नवलपरासीमा बैज्ञानीक बन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । हाल जिल्लाको चार नम्बर प्रदेशको बिनयी गाउँ पालिकामा पर्ने दुम्किीबास स्थित सो बनलाई बैज्ञानीक बन ब्यबस्थापन गर्ने कार्य औपचारिक रुपमा शुभारम्भ गरिएको हो । नेपाल सरकारको बन मन्त्रालयले बनलाई ब्यबस्थीत गरेर उपभोक्तालाई अधिक भन्दा अधिक फाईदा गराउने र बन जंगललाई हराभर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको सहायक बन अधिकृत प्रमोद भटराईले बताउनु भयो । अधिकृत भट्टराईका अनुसार जिल्लामा चार वटा बनमा बैज्ञानिक व्यवस्थापन हुदै छ । ८० वर्षको कार्ययोजनामा माओ रुखलाई छोडी पुराना ढलापडा रुखहरु कटान गरि नयाँ विरुवा रोप्ने काम यस बनबाट सुरु गरिएको जानकारी दिनु भयो । जिल्लामा लागु भएको ८० बर्षे कार्ययोजनाका साथ बैज्ञानिक व्यवस्थापन अन्तर्गत

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)