युएईमा प्रथम सहिद क्या लखन थापा मगरको १४०औ स्मृति तथा ३५औं मगर दिवस सम्पन्न !

फागुन १७, युएई नेपाल मगर संघ शाखा युएई द्वारा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४०औ स्मृति तथा ३५औ मगर दिवस कार्यक्रम गत शुक्रबार युएईको चर्चित शहर दुबइ स्थित ईम्पेरियल सुइट होटेलमा बिभिन्न संस्कृतिक झाँकी सहित सम्पन्न गरेको छ । संघका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास युएईका कार्यबाहक राजदुत नेत्र टन्डन ज्यु रहनु भएको थियो भने, विशिष्ट अथितिमा नेपाल मगर संघ केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ति मगर, बिशेष अतिथिहरुमा नेपालका चर्चित मोडेल तथा कलाकार आरुषी अस्लामी मगर, अन्तराष्ट्रिय मन्चका सदस्य गिरमान थापा मगर र नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डेर राज तमु, रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा संघकै प्रमुख संरक्षक, संरक्षक, सल्लाहकारहरु साथै जनजाति महासंघ युएई संग आवद्ध एघार वटै

Read more

स्व. पत्रकार पाटामगरको स्मृति सभा सम्पन्न, मैत्रीपूर्ण भलिबलमा चौतारीलाई उपाधि ।

आशिष सूर्यवंशीमगर फागुन १६, बुटवल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका संस्थापक अध्यक्ष स्व. पत्रकार देव बहादुर पाटामगरको आज ८ औं स्मृति सभा सम्पन्न भएको छ । यस अवसरमा फोनिजले बुटवल स्थित दिप बोर्डिङ हाई स्कुलको खेल मैदानमा रुपन्देहीमा क्रियाशिल पत्रकार संगठनहरुको बीचमा मैत्रीपूर्ण भलिबल प्रयितयोगिता पनि सम्पन्न गरेको छ । प्रतियोगितामा प्रेस चौतारी नेपाल रुपन्देहीले उपाधि हात पारेको छ । जसमा प्रगतिशिल पत्रकार संघ रुपन्देही द्वितीय, प्रेस सेन्टर तृतीय तथा आयोजक फोनिज सान्त्वना भएको छ । विजेता खेलाडीहरुले मेडल, प्रमाणपत्र र कप हात पारेका पारे । फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्ष, कोषाध्यक्ष सुन्दर तरामुको स्वागत र सचिव आशिष सूर्यवंशीमगरको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । यस अवसरमा

Read more

३५ औँ मगर दिवस तथा चिन्डिके डुप्के र मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवसको दोस्रो दिन भव्य रुपमा सम्पन्न (फोटो फिचर)!

फागुन १५, काठमाण्डौ नेपाल मगर संघ केन्द्रको संयोजनमा नेपाल मगर संघ काठमाण्डौ उपत्यका तथा विभिन्न भातृ संगठनहरुको आयोजनामा जारी ३५ औँ स्थापना दिवस तथा ४५ औँ चिन्डिके डुप्के कार्यक्रमको दोस्रो दिन आज भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको टुडिखेलमा जारी ३ दिने कार्यक्रममा मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवस पनि संगै मनाईएको छ । हिँजोदेखी अनौपचारिक रुपमा सुरु भएको दिवस कार्यक्रम अन्तरगत आज नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्य तथा मगर संघ उपत्यका ईन्चार्ज जिवन थापा मगरको सभाध्यक्षतामा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर महिला संघका नव निर्वाचित अध्यक्ष विनिता आलेको स्वागत मन्तव्य रहेको थियो भने नेपाल मगर संघका पुर्व अध्यक्ष क्याप्टेन याम बहादुर थापा मगरले सुभकामना मन्तव्य दिनुभएको थियो कार्यक्रममा नेपाल मगर

Read more

मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु (फोटो फिचर)!

यमुना राना मगर फागुन १४, काठमाण्डौ मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौको टुडीखेलमा सुरु भएको नेपाल मगर संघको स्थापना दिवस तथा चिन्डिके डुप्के तथा तेस्राो अन्तराष्ट्रिय स्थापना दिवस अन्तरगत आज विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको छ । दिवसको पहिलो दिन आज संस्थागत तथा व्यक्तिगत नृत्य प्रतियोगिता र सिंगापुरमा प्रचलित यन सेपाकताको खेल प्रतियोगिता गरिएको छ । त्यस्तै कार्यक्रममा चर्चित लोक गायिका जुना श्रीस मगर, हाँस्य कलाकार निर आले मगरको हाँस्य प्रस्तुतीको साथै गायक कल्याण राना लगाएतका कलाकारहरुको वजोड प्रस्तुती रहेको थियो । त्यस्तै दिवस अन्तरगत आजै ललितपुरमा मैत्रिपुर्ण फुटवल प्रतियोगिता पनी सम्पन्न गरिएको छ । नेपाल मगर संघको स्थापनाको सम्झनामा मगर दिवसको रुपमा

Read more

लेट मी डान्स नेपाल सिजन टुको टप फिप्टिनमा पर्न सफल खिमा काउचाको भोटिङको लागी सबैमा आग्रह

फागुन १३, काठमाण्डौ लेट मी डान्स नेपाल सिजन टुको टप फिप्टिनमा पर्न सफल दाङ बिजौरीकी खिमा काउचा मगरले सबैमा भोट गर्न आग्रह गर्नुभएको छ । ट्रिकल आर्ट एकेडेमी काठमाण्डौको आयोजनमा भैरहेको लेट मी डान्स नेपाल सिजन टुको टप १५ मा पर्न सफल उहाँले अब अगाडी बढ्न सबैको साथ, माँया र भोटको आवस्यकता भएको भन्दै सबैले भोट गरी सहयोग गर्न आग्रह गर्नुभएको हो । नृत्यमा अब्वल रहेकी खिमाले यसअघी म्युजिक भिडियोमा अभिनय गर्नुको साथै स्वर्गद्धारी स्टार समेत हुन सफल हुनुभएको छ । प्रतियोगिताको अहिले भोटिङ प्रणाली शुरु भईसकेको छ । भोट गर्नको लागी मोईलको म्यासेज बक्समा गई एल एम डी टाईप गरी एक स्पेस छोडी ६ लेख्ने र ३३००१ मा एसएमएस गर्न सकिन्छ । एउटै नम्बरबाट जतीपनि भोट गर्न सकिनेृ भएकोले

Read more

राजकुमार लेखिले सम्झिए आफ्नो कार्यकाललाई यसरी (भिडियो अन्तर्वार्ता)!

श्याम रानामगर फागुन १३, काठमाण्डौ नेपाल आदिबासी जनजाति महासंघको स्थापना किन र यसको स्थापना पश्चात यहाँसम्म आईपुग्दा यसका उपलब्धीहरु के के भए त? आजको दिनमा महासंघको भुमिका के कस्तो हुन्छ ? साथै आफुले नेपाल आदिबासी जनजाति महासंघको नेतृत्व सम्हाल्दै गर्दा गरेका प्रतिवद्धताहरुको औचित्य लगायतका विविध विषयवस्तुहरुमा रहेर मगर मिडियाले नेपाल आदिबासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष राजकुमार लेखि थारुसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँगको यो भिडियो अन्र्तवार्ता ।

Read more

मगरात प्राप्ति मगर अन्तराष्ट्रिय सम्मेलन गरिने !

श्याम रानामगर फागुन १०, काठमाण्डौ मगरात प्राप्ति मगर अन्तराष्ट्रिय सम्मेलन २०१८ फेववरी २७ र २८ हुने भएको छ । काठमाण्डौमा गत फागुन ८ र ९ गते (२०१७ फेब्रुअरी १९ र २०) वेलायत, हङकङ, जापान, इजरायल, साउदीअरेविया, कतार, वेल्जियम, मलेसिया साथै नेपाल मगर संघका प्रतिनिधिहरु सम्मिलित मगर अन्तराष्ट्रिय मञ्चको पहिलो ऐतिहासिक परिषद् बैठकले उक्त निर्णय लिएको हो । साथै बैठकमा अन्य महत्वपुर्ण निर्णयहरु लिइएको छ, जुन निर्णयहरुलाई आगामी १९ गते सम्पन्न हुन लागेको नेपाल मगर पत्रकार संघ केन्द्रिय समितिको बैठकबाट सार्वजनिक गर्ने समेत जनाइएको छ । दुई वर्ष अगाडि गठन भएको यस मगर अन्तराष्ट्रिय मञ्चको यो बैठकले विश्वभरि छरिएर रहेका मगरहरु जो हाल नेपाल बाहेक २४ वटा देशमा कृयाशिल रहेका छन् जुन संघसंस्थाहरुलाई समन्वय गर्दै एकता र विकासको लागि महत्वपुर्ण भुमिका

Read more

नक्कली प्रहरी बनी लुट्ने भु पु नेपाली सेना सहितका समूह पक्राउ ।

दीपक श्रेष्ठ फागुन-१२, काठ्माण्डौ राजधानिको मुटु मानिने न्युरोड स्थित ग्लोबल आइ एम इ बैंक बाट यहि फागुन १० गते दिन को दुई तीस बजे चेक साटेर निस्केका नारायण खराल र बिधान खराल को साथमा रहेको चार लाख सत्ताइस हजार रुपैया लुटिएको हो ।चेक साटेर निसक्ना साथ ती दुबै काका भतिज लाई हामी अपराध महाशाखा बाट आएको प्रहरी हौ तपाईं हरु हामी सङ्ग हिड्नुस भनेर नियन्त्रणमा लिएर काठ्माडौ को डल्लु सम्म पैदल हिडाएर लगेका थिए।तत्पश्चात पिडित हरुलाइ ट्याक्सी मा राखी सामाखुसी पुर्याए पछि खुकुरी देखाएर कसैलाइ बताएमा ज्यान मार्ने धम्की दिएर साथमा रहेको समपुर्ण रकम साथै तीन थान चेक बुक,तीन थान मोबाइल र पर्स लीएर लुटिएका काका भतिज दुबैजना लाई त्यही छोडेर फरार भएका थिए। घट्ना पछि पिडितहरुले प्रहरी लाई दिएको

Read more

ईमेज राष्ट्रिय लोक कलाकार अञ्जना सारु र नर बहादुर रानालाई सम्मान !

फागुन १२, काठमाण्डौ नेपाल मगर साँस्कृतिक संघको संयोजनमा नेपाल मगर संघले ईमेज लोक कलाकार प्रथम संस्करणको राष्ट्रिय लोक कलाकार अन्जना सारु मगर र प्रतियोगिता अन्तरगत पव्लिक च्वाईस अर्वाड विजेता नर बहादुर राना मगरलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । नेपाल मगर संघको केन्द्रिय कार्यालय कलंकीमा आयोजित कार्यक्रममा विजेताहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर र नेपाल मगर साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष कवि थापा मगरले खादा र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो । त्यस्तै सोही कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष कमल थापा मगर लगाएत अन्य सहभागीहरुले पनि विजेताहरुलाई बधाई संगै शुभकामना व्यक्त गर्नुभएको थियो । इृमेज च्यानलको आयोजनामा भर्खरै सम्पन्न ईमेज लोक कलाकार प्रतियोगितामा

Read more

देश विकास सुभारम्भको रुपमा राष्ट्रिय आविस्कार केन्द्र : डा. महाविर पुन / नेपाल मगर संघ साखा कतारद्धारा १ लाख प्रदान !

फागुन १२, काठमाण्डौ सामाजिक अभियन्ता डा. महाविर पुन मगरले देश विकास गर्न सुभारम्भको लागी आफुहरुले राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरेको बताउनुभएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले बुधबार मगर संघको कार्यालय कलंकीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले तँपाई हाम्रो सानो प्रयासले पनि देश विकासमा मद्दत पुग्ने र नेपाललाई विकसित राष्ट्र बनाउन सकिने भन्दै सबैले आ आफ्नो तर्फबाट सकेको राष्ट्रिय आविस्कार केन्द्रलाई महादान गरेर राष्ट्र विकासको अभियानमा सहभागी हुन पुन. आव्हान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रको लागी नेपाल मगर संघ साखा कतारले १ लाख रुपैया प्रदान गरेको थियो । सो रकम मगर संघ साखा कतारका अध्यक्ष महेन्द्र थापाले आविस्कार केन्द्रका अभियन्ता तथा संयोजक डा. महाविर पुनलाई हस्तान्तरण गर्नुभएको हो । त्यस्तै सोही कार्यक्रममा मगर अन्तराष्ट्रिय मञ्चका संयोजक थर्क राना

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)