नेपाल मगर संघ मलेसियाले राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि पाचँ लाख रुपैयाँ प्रदान गर्ने !

माघ १८, मलेसिया नेपाल मगर संघ मलेसियाले राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि पाचँ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहका बीच नेपाल मगर संघ मलेसियाका अध्यक्ष एनवि पुन मगरले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले विदेशमा कमाएको पैसा फजुल खर्च नगरी विकासको काममा लगाउन सकैलाई आग्रह समेत गर्नुभएको थियो । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको अभियानलाई सहयोग पुराउने उद्देश्यले नेपाल मगर संघ मलेसियाले आयोजना गरेको एभरेष्ट कन्सर्ट २ मा प्रमुख अतिथीको रुपमा मलेसिया पुग्नुभएका राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. पुनले आविस्कार केन्द्र स्थापना अभियानबारे प्रकाश पार्नुभएको थियो। मलेसियाको मुख्य सहरहरु जोहोरबारु, पेनाङमा, साहआलम र क्वालालामपुरमा भएको एभरेष्ट कन्सर्ट २ को लागी चर्चित सालैजो गायक खड्ग गर्बुजा मयुर नृत्यकार कवी थापा लगाएत

Read more

विप्लव माओवादीका जिल्ला सचिवालय सदस्य थापासहित ६२ जना माओवादी केन्द्रमा प्रवेश !

रूद्र श्रीसमगर रिसिङ, १८ माघ एकीकृत जनक्रान्ति गर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वमा गठन भएको नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्यसहित ६२ जना नेकपा (माओवादी केन्द्र)मा समाहित भएका छन् । विप्लव माओवादी तनहुँका जिल्ला सचिवालय सदस्य एवं मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला अध्यक्ष डम्बरसिंह थापाको नेतृत्वमा जिल्ला सदस्यद्वय भुवन विक र रमेश नेपालीसहित ६२ जनाले सोमबार आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)मा समाहित भएको घोषणा गरेका हुन् । उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा विप्लव माओवादीले वर्गीय, जातीय, क्षेत्रीय र लिड्डीय मुद्दाबाट विचलित भएको भन्दै माओवादी एकताको सन्देश दिन एकताबद्ध भएको उल्लेख गरेका छन् । विप्लव माओवादीका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मदन आलेले माओवादी केन्द्र नै वास्तविक माओवादी भएको र क्रान्तिकारी कम्युनिष्टहरूकै

Read more

पाल्पाली समाज युएईद्धारा विभिन्न पिडित परिवारलाई सहयोग प्रदान !

कृष्ण सारू मगर, माघ १८, युएई पाल्पाली समाज युएईले ह्दयघातको कारण ज्यान गुमाएका स्वर्गिय विष्णु बहादुर थापा मगरको परिवारलाई एक लाख पच्चिस हाजार रुपैया सहयोग गरेको छ । उक्त सहयोेग रकम मृतकका छोरा प्रतिक थापाको शिक्षामा लाभ होस भनी पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेडमा छोराको संरक्षकले प्रत्येक दुई वर्षमा नविकरण ब्यावस्था कायम रहने गरि १ लाख रुपैया बराबरको मुद्धती खाता खोलेको जनाईएको छ। केश बहादुर बाह्रघरे मगरको नाममा आईएमई बैक पाल्पा शाखाबाट पाउने गरि पठाईएको उक्त रकम मध्य २५ हजार रुपैया किरिया खर्चका लागि फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको सह्योगमा स्व. थापाकी धर्मपत्नी टिकु माया थापा मगरलाई समाजले हस्तान्तरण गरिएको जनाईएको छ । हृदयघातका कारण ३१ वर्षको अल्पायूमै निधन भएका बर्मु, जल्पा ९ पाल्पाका स्व.थापा रोजगारीको शिलशिलामा ४ वर्ष

Read more

मंगोलको प्रथम जिल्ला अधिवेशन र सभा सम्पन्न / तुलवीरको अध्यक्षतामा जिल्ला समिति चयन !

देब पचभैया पाल्पा, माघ १७ मंगोल नेशनल अर्गनाइजेशन पाल्पाको प्रथम जिल्ला अधिवेशन र मंगोल सभा आइतबार तानसेनमा सम्पन्न भएको छ । बजारका विभिन्न भागको परिक्रमा गरी टुडिखेलको खुल्ला मैदानमा भएको सभाको केन्द्रीय कार्यावाहक अध्यक्ष बुद्धलाल मेचेले उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि रहेका मेचेले नेपालमा रहेका ८० प्रतिशत मंगोलहरुको एकता नभएकाले अल्पसंख्यकले शासन गरेको बताउनुभयो । अहिलेसम्म देशका भूमिपुत्र रहेका मंगोलहरु सधै अरुका लागि लडेको भन्दै अब आफ्नै सन्तान र भावी पुस्ताका लागि अधिकार खोज्नुपर्ने बेला भएको बताउनुभयो । सभामा बोल्दै केन्द्रीय सभा सदस्य कल्पना थापा मगर, शानबहादुर मेचे, राजकुमार गुरुङ्ग, मणिपापो लिम्बु, शतिmराज राई , रिन्छेन दोर्जे तामाङ्ग, केन्द्रीय प्रवतmा थमन बुढा मगर , कोषाध्यक्ष दिनेश वान्तवा, सचिव वीरलाल वालाहाङ्ग राईले सोझा र ईमान्दार मंगोलहरुलाई फुटाएर अन्य जातिले राज

Read more

पुर्वेली नानी भित्राउन आतुर कमल झाँक्रि मगर !

रविन्द्र सिन्जाली मगर (हिरा) माघ १७, काठमाडौं माघ महिनाले धेरैलाई पञ्चेबाजा र विहे–भोजको झल्को दिन्छ । त्यसैको झल्को मेट्न र पुर्वेली नानीलाई पश्चिम लैजाने सुरमा छन् पश्चिमेली लोक गायक कमल सिंह झाँक्री मगर । अनि भन्दै छन् “ए पुर्वेली नानी पश्चिम मेरो घर हो, तिमी साह्रै मनप¥यो हो जाने की नजाने ? प्रसंग हो भर्खरै बजारमा आएको एल्वम् “ए पुर्वेली नानी” को । गुल्मीका लोक गायक कमल सिंह झाँक्री मगर यसै गीत मार्फत अहिले चर्चाको शिखरमा छन् । कमल सिंह झाँक्री मगरको लय तथा शब्द रहेको रहेको एल्वमलाई रक्षा म्युजिक प्रा.लि को प्रस्तुतिमा बजारमा ल्याएको हो । एल्वममा कमल सिंह झाँक्री मगर र कृष्णा परियारले सुमधुर आवाज दिएका छन् । सो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । म्युजिक

Read more

आफ्नो अभियानले रोजगारीको लागी विदेसिनु पर्ने बाध्यता हटाउछ : डा. महाविर पुन !

माघ १७,मलेसिया राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनले प्रविधी विकास हुन नसक्दा नेपालको विकास र आर्थिक उन्नती हुन नसकेको भन्दै आफुले प्रविधि विकासको लागी चलाएको अभियान सफल भए अबको ४० ÷ ५० वर्ष पछि नेपाल लाई मलेसिया र सिंगापुर जस्तो विकसित बनाउन सकिने बताउनुभयो । डा.पुनको अभियानलाई सघाउने उद्देश्यले चाईनिज नँया वर्षको अबसर पारेर नेपाल मगर संघ मलेसियाले मलेसियाको जोहोरबारुमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले विज्ञान र प्रविधीको विकास नहुँदा नेपालका प्रतिभासाली, परिश्रमी र दक्ष जनशक्तीलाई प्रयोग गर्न नसकेको कारण बाध्य भएर नेपालीहरु विदेशिनु पर्ने बाध्यता रहेका भन्दै आफ्नो अभियानलाई सहयोग गरेर आफ्ना भावी सन्ततीको लागी नेपालमै रोजगारी सृजना गरी विदेशिनु पर्ने बाध्यता हटाउनेमा ढुक्क हुन भन्नुभयो । नेपालमा प्रविधीको विकास गर्न तथा प्रतिभासाली र कर्मथ सन्ततीहरुलाई

Read more

अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०१७ को उपाधी मगर संघ ओमानको टिमलाई !

सुक बहादुर थापा मगर माघ १७ ,ओमान ओमान नेपाली एकता समाजको आयोजनामा भएको अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०१७ को उपाधी नेपाल मगर संघ ओमानले हात पारेको छ । ओमानको राजधानी मस्कट स्थित गोब्रा पावर कम्पनिको खेल मैदानमा गत शुक्रबार संचालन भएको यस भलिबल प्रतियोगितामा १३ टिमले सहभागीता जनाएका थिए । ओमानमा हुने अन्तर नेपाली भलिबल प्रतियोगितामा अधिकांश रुपमा बिजय हासिल गर्दै छुट्टै इतिहास बनाएको नेपाल मगर संघ ओमानले यस पटक पनि अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रोमान्चक जित हासिल गरि बिजेता बनेको हो । समूह ‘बि’ पोलमा रहेको यस टिमले लु।लु। लाली गुराँस ‘ए’ र आयोजक टिम ‘ए’ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने उप बिजेता ठकुरी स्पोर्ट्स क्लबले ूएू पोल बाट आयोजक टिम’बि’ र सोहार युवा क्लब लाई हराउदै

Read more

यदी सरकारले आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्छ भने सिंहदरबार र बालुवाटार अगाडी मानव पर्खाल उभ्याउने हिम्मत अहिलेको जनजाती महासंघले गर्दछ: अध्यक्ष बराम !

यमुना राना माघ १६, काठमाडौं आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजीको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेपाल आदिवासी जनजाती महासंघ नेपालले एक प्रेस-विज्ञप्ती जारी गरी जनाएको छ । काठमाडौँको अनामनगर स्थित तमु सेवा समाजमा आईतबार पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गर्दै आदिवासी जनजातीहरुको लामो समयको आन्दोलन र त्यागले स्थापित एक मात्रै सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान रहने कि नरहने भन्ने गम्भिर विषय भएपनि यस सम्वन्धमा प्रत्यक्ष सरोकार राख्ने आदिवासी जनजाती समुदाय र यस समुदायको साझा संस्था नेपाल आदिवासी जनजाती महासंघलाई वेखवर बनाईनु दुखद भएको भन्दै यस्तो कार्यप्रती खेद प्रकट गरेको छ । साथै सरकारले आफुहरुलाई जानकारी नगराई प्रतिष्ठान खारेजको प्रक्रिया अगाडी बढाए आफुहरु जुनसुकै मुल्य चुकाउन तयार रहेको भन्दै त्यसको परिणामको सम्पुर्ण जिम्मेवार नेपाल सरकार स्वयम हुने

Read more

मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधिवेसन जारी / सिंगो मगर समुदाय र राष्ट्र हाँक्न सक्ने नेतृत्व आउनुपर्ने: सभामुख घर्ती मगर (फोटो फिचर सहित)!

श्याम रानामगर / मगर मिडिया माघ १६, लेटाङ, मोरङ नेपाल मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधिवेशन “अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलन, वैज्ञानिक, व्यवहारिक र संघिय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेसन” भन्ने मुल नाराका साथ मोरङ जिल्लाको लेटाङमा जारी रहेको छ । हिजो शनिवार लेटाङ स्थित शान्ति भगवती उच्च माध्यामिक विद्यालय परिसर भोगटेनीमा सम्पन्न महाधिवेसन उद्घाटन समारोहको प्रमुख अतिथी सम्माननिय सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्नुभएको थियो । समारोहलाई सम्वोधन गर्नुहुँदै घर्तीले नेपाल मगर विद्यार्थी संघमा मगर विद्यार्थीहरुको लागि मात्र नभई सिंगो मगर समुदाय र राष्ट्र हाँक्न सक्ने नेतृत्व आउनुपर्ने भन्दै त्यस्तो नेतृत्वको लागि र महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले अहिले राज्यको महत्वपुर्ण निकायहरुमा महिलाको सहभागिता राम्रो रहेको भन्दै यसलाई

Read more

संघिय लिम्बुवानले १०+१ नछाड्ने पहिचानवादी दलको गठवन्धन !

कृष्ण सारू मगर दोहा-कतार, २९ जनवरी पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौँ भन्ने उद्धेश्यका साथ संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च संवद्ध रहेको संघिय लिम्बुवान मञ्चले सनैयाको ग्रैण्ड मल स्थित क्रिकेट खेल मैदानको तत्वधनमा दोस्रो अधिवेशन तथा “प्रवासी स्मारिका” लोकार्पण कार्यक्रमलाई संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च नेपालका अध्यक्ष कुमार लिङ्गदेन “मिराक” को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । माओवादी केन्द्रका शनि कुमार वली, तराई मधेस लोकतान्त्रिकका महमद हुसेन खान, समाजसेवी कमलमणि गुरागाईं, जिल्लावासी समाजको प्रतिनिधित्व गर्दै सु.पश्चिम से.समाजका अध्यक्ष, अमृत शाही लगायत अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए । मन्तब्यको क्रममा नेपाली महिला समाजकि प्रथम उपाध्यक्ष अमिना खानले सबै महिला तथा नेपालीहरू बदनामले होइन ईमानले नाम कमाउन जोड दिनु पर्ने बताए । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडेले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)