कतारमा “माघ्या सकराटी” राष्ट्रिय पर्वलाई भब्य मनाउने !

कृष्ण सारू मगर दोहा-कतार, ३१ डिसेम्बर नेपाल मगर संघ, शाखा कतारले बिगतका बर्षहरुमा झैं “माघ्या सकराटी” पर्व संघका सचिव रबिन थापा मगरको संयोजकत्वमा यहि आउँदो २० जनवरी २०१७ सुक्रबारका दिन अल दोसारी चिडिया घर÷गार्डेन, सहानिया स्थित “वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ । हरेक वर्षको माघ महिना देखी सूर्य धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने ज्योतिष शास्त्र अनुसार “मकर/माघे संक्रान्ति” यस राष्ट्रिय पर्वलाई विभिन्न समुदायले आ-आफ्नो परम्परागत संस्कार संस्कृति अनुसार धुमधाम र हर्षोल्लासका साथ मनाउँछन् । मगरहरुले मातृभाषा “मिनाम सार” वा “सार ल्हेस” अर्थात, मगर लवजको उच्चारणले “माघ्या सकराटी” मगरहरुको प्रमुख पर्वलाई सफल पारिदिन हुन समस्त कतारबासी मगर तथा गैरमगर दाजु-भाई तथा दिदि-बहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजक समिति हार्दिक निमन्त्रणा गरेको । श्रोतका अनुसार मगरहरुको परम्परागत

Read more

हाम्रो लडाई सिंहदरबारसंग हो: रोका मगर !

प्रेमबहादुर राम्जा घोराही, १५ पुस नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरको संघको आन्दोलन कुनै जातीसंग नभएको बताउनुभएको छ । मगर संघ दाङलगायतका मगर मोर्चाहरुले संविधान संशोधनको पक्षमा गरेको स्वागत सभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले राज्यका कारण मगरलगायतका अन्य समुदायहरु पिछडियको भन्दै आन्दोलनले सिंहदरबारसंग हिसाव मागीरहेको बताउनुभयो । दाङमा क्रियासिल नेपाल मगर संघ, मगरात संघर्ष समिति र सयुक्त मगर मञ्चले आज घोराहीमा गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष रोकाले मगरको आन्दोलन जातसंग जोड्नु विडम्बना भएको बताउनुभयो । मगर राज्यको माग नगरेको बताउँदै रोका मगरले पहिचान र सामथ्र्य सहित संघीयताको पक्षमा रहेको बताउनुभयो । त्यस अवसरमा मगर संघका बरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद घर्ती मगर, सल्लाहकार बसन्त घर्ती मगर, उपाध्यक्ष निमबहादुर बुढाथोकी मगर, पुर्व केन्द्रीय सदस्य हितबहादुर थापा

Read more

छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा / अध्यक्षमा पाँच र महासचिवमा दुई आकांक्षी देखिए !

रूद्र श्रीसमगर पोखरा, १३ पुस नेपाल छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस १५, १६ र १७ गते पोखरामा हुने महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीहरू समेत खुल्न थालेका छन् । संघको नेतृत्वका लागि अध्यक्षमा काठमाडौंबाहिरबाट पोखराका बमबहादुर छन्त्याल प्रमुख दाबेदारका रूपमा देखिनुभएको छ । त्यस्तै, अध्यक्षका लागि काठमाडौंबाट अन्य चार आकांक्षी देखिएका छन् । जसमा गजेन्द्र छन्त्याल, थमबहादुर छन्त्याल, मोहन छन्त्याल र कमल छन्त्याल अध्यक्षका आकांक्षी देखिनुभएको छ । महासचिव पदका लागि भने बलमान छन्त्याल प्रमुख दाबेदारका रूपमा अघि आउनुभएको छ । कामका आधारमा सबै समर्थन पाउने र आफू महासचिव हुने उहाँको दाबी समेत छ । त्यस्तै, महासचिवका लागि अर्का आकांक्षीका रूपमा म्याग्दीका धनबहादुर छन्त्याल देखिनुभएको छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्व लिने

Read more

मगर सांस्कृतिक संघ कास्कीद्वारा मगर संघ युके उपाध्यक्ष र सल्लाहकारको स्वागत !

रूद्र श्रीसमगर पोखरा, १३ पुस नेपाल मगर सांस्कृतिक संघ कास्कीले मगर संघ युकेका उपाध्यक्ष अनिता रानामगर र सल्लाहकार कुमार रानामगरलाई पोखरामा स्वागत गरेको छ । बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई स्वागत गरिएको हो । त्यसैगरी, सोही अवसरमा सांगीतिक कार्यक्रमका लागि हङकङ जान लागेकी संघकी जिल्ला सदस्य लोक तथा दोहोरी गायिका चिना थापामगरलाई बिदाइ समेत गरियो । भेटघाट, स्वागत एवं बिदाइ कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले कुनै पनि कार्यक्रमको आयोजना गर्दा नयाँ तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो । समयलाई चिन्न सकेमा मात्र प्रगति गर्न सकिने भन्दै उपाध्यक्ष थापामगरले कलाकार र पत्रकारलाई एकै ठाउँमा भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘कलाकार र पत्रकारलाई आज एकै ठाउँमा भेट्न पाएकोमा असाध्यै खुशी छु’, थापामगरले भन्नुभयो, ‘सबैले समयलाई चिनेर अघि बढ्न जरुरी

Read more

राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ सहयोगको लागी मलेसियामा एभरेष्ट कन्सर्ट २ !

पुस २०, काठमाडौं राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ सहयोगको लागी मलेसियामा सांस्कृतीक कार्यक्रम गरिने भएको छ । नेपाल मगर संघ मलेसियाको आयोजनामा चाईनिज नयाँ वर्षको अबसर पारेर मलेसियाको प्रमुख सहरहरु पेनाङ, जोहोर र साहआलममा राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता एंव संयोजक डा.महाविर पुन तथा चर्चित एंव ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा एभरेष्ट कन्सर्ट २ गर्न लागिएको हो । कार्यक्रम जनवरी २८ तारिख पेनाङमा, २९ जोहोरमा र ३० तारिख साहआलममा गर्ने तय गरिएको छ । सांस्कृतीक कार्यक्रम को लागी नेपालका चर्चित एंव सालैजो किंङ्ग भनेर चिनिने गायक खड्ग गरबुजा, चर्चित लोकदोहोरी गायिका सान्ती श्री परियार, चर्चित नृत्यकार रिना थापा मगर, चर्चित गायक अलमोडा राना उप्रेती, मयुर नृत्यका नृत्यकार तथा मगर साँस्कृतीक संघका अध्यक्ष कवी थापा मगर र बसन्ती थापा मगरको उपस्थिती रहने मगर संघ

Read more

मलेसिया सरकारले विदेशी श्रमीकवाट लिदै आएको लेवि छुटको घोषणा !

डिसेम्वर ३१, मलेसिया ५ वर्ष अघि मलेसिया सरकारले श्रमीक वाटै असुल्दै आएको लेवि पुन रोजगारदाताले नै व्योहोर्नु पर्ने नियम वनाएको छ । यो नियम पछि मलेसियामा रहेका करिव ५ लाख भन्दा वडि नेपाली श्रमीक लाभाविन्त हुने भएका छन् । मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायीद हमिदिले शनिवार लेवी रोजगार दाताले नै व्योहोर्नु पर्ने नियम वनाएको घोषणा गरेका हुन । गृहमन्त्रिको यो घोषणालाइ यहाका संन्चार माध्यमले पहिलो प्राथमिकता दिएका छन् । अवका दिनमा श्रमीक वाट लिइने सवै किसीमका लेवी रोजगार दाताले दिनु पर्ने भएको छ । जनवारी १ वाट यो नियम लागु हुने भएको छ । यहा कार्यरत नेपाली श्रमीकले विभिन्न क्षेत्रमा काम गरे वापत वर्षको १हजार ८ देखी २ हजार ५ सय भन्दा वडि लेविको रकम तिर्दै आएका थिए ।

Read more

मगरात स्वायत्त प्रदेश विषयक राष्ट्रिय राजनितिक सम्मेलन यही पुस २६ गते काठमाडौमा हुने !

पुस १६, काठमाडौँ संविधान संसोधन र अधिकार सम्पन्न एकिकृत मगरात प्रदेश विषयक राष्ट्रिय राजनितिक समेलन यही पुस २६ गते काठमाडौमा हुने भएको छ । यसअघी पुस १६ र १७ गते अर्थात आज र भोली काठमाडौंमा गर्ने भनिएको मगरात राष्ट्रिय सम्मेलन प्राविधिक कारणवस पुर्व निर्धारित समयमा गर्न नसकिएको सुचना प्रकासित गर्दै मगर संघ केन्द्रका महासचिव ज्ञानेन्द्र पुनले मगरात राष्ट्रिय सम्मेलनलाई परिमाजित गर्दै संविधान संसोधन र एकिकृत अधिकार सम्पन्न मगरात स्वायत्त प्र्देश विषयक राष्ट्रिय राजनितिक समेलन यही पुस २६ गते काठमाडौमा हुने जानकारी दिनुभएको छ । पुस २६ गते काठमाडौमाा हुने राष्ट्रिय राजनितिक समेलनमा ईतिहास तथा भाषा विज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विज्ञहरुले प्रस्तुत गर्ने कार्यपत्रमा छलफल गरी निचोडमा पुग्ने र घोषणा पत्र जारी गरिने पनी महासवि पुनले जानकारी

Read more

अमेरिकामा बस्दै आउनु भएकी चर्चित लोक गायीका संगीता थापा मगरको नेपाल प्रतिको मोह (भिडियो अन्तर्वार्ता सहित)!

मगर मिडिया, काठमाडौँ पछिल्लो समय चर्चाको शिखरमा चढ्दै गर्नुभएका गायिका संगीता थापा मगर हाल अमेरिकामा बसोबास गर्दैँ आउनुभएको छ । उहाँले करिव दुईवर्ष जति अमेरिकामा बसेर नेपाल फर्केको अवसरमा फेरि दुईवटा गीतहरु लिएर आउनुभएको छ । पापी ज्यानै रसायो तुम्बा तानेपछि लगायतका थुप्रै चर्चित गीतहरुका गायिका उहाँले विशेष गरेर स्टेजमा जोडदार रुपमा आफुलाई प्रस्तुत गर्नुहुन्छ । स्टेज कार्यक्रमकै क्रममा थुप्रै देशहरु पुगिसक्नु भएका उहाँ नेपालमा फर्कदा ज्यादै व्यस्त देखिनुहुन्थो । मगर्स क्रियशन कम्पनी प्रा.ली.ले बजारमा ल्याएको म त नेपाली मेरो देश नेपाल भन्ने गीत र आउन लागेको एल्वम दर्शन झोर्लेको गीतको रेकर्डिङ पछि म्युजिक भिडियोको सुटिङमा व्यस्त संगीता थापा मगरसँग मगर मिडियाले म्युजिक भिडियो छायाँङकन भएको स्थलमा नै पुगेर अन्र्तवार्ता लिएको थियो ।

Read more

नेपाल मगर संघ साखा साउदीले यो वर्ष पनी माघे संक्रान्ति विभिन्न कार्यक्रम गरी मनाउने !

पुस १४, साउदी नेपाल मगर संघ संघ शाखा साउदी अरबले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको साथ माघे संक्रान्ति मनाउने भएको छ । नेपाल मगर संघ शाखा साउदी अरबले स्थापना काल देखि नै मगर समुदायहरुको विभिन्न चाड पर्वहरु मनाउदै आईराखेको मा यो वर्ष पनी विभिन्न कार्यक्रम गरी माघेसक्रांती मनाउने भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि यहि ज्ञघ जनरी द्दण्ज्ञठ शुक्रबार को दिन दमामको ख्याम पार्टी प्यालेसमा बिहान ज्ञद्द बजे देखि बेलुका ५ बजे सम्म कार्यक्रम गर्ने तय गरिएके छ । नेपाली दूतावासका कार्यबाहक राजदुत श्री आनन्द प्रशाद शर्माको प्रमुख अतिथी र दमाम क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु पनी कार्यक्रम मा सहभागी हुने जनाईएको छ । जसमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ। माघे सक्रान्ती मा बिशेष गरि मगरहरुको

Read more

“वेल डान्स” राष्ट्रिय प्रतियोगिता अन्तरगत काठमाडौँ अडिसन यही पुस १६ गते !

पुस १४, काठमाडौँ “वेल डान्स” राष्ट्रिय नृत्य प्रतियोगिता टिभी रियालिटी शो २०७३ सिजन एकको लागी काठमाडौँ अडिसन यही पुस १६ गते सनिवारको दिन हुने भएको छ । अडिसन राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगंजमा हुने प्रतियोगिताका निर्देशक मेघना रजाली मगरले जानकारी दिनुभयो । सनिवार विहान १० बजेबाट कार्यक्रम शुरु हुने जानकारी दिनुहुँदै निर्देशक मगरले ईच्छुक र प्रतिभा भएका व्यक्तिहरुले प्रतियोगितामा सहभागिता जनाउनुहुन आग्रह गर्नुभएको छ । प्रतियोगितामा एकल , युगल तथा सामुहिक नृत्य जुनसुकैमा पनी सहभासिगता जनाउन सक्ने भन्दै गित भने नेपाली नै हुनुपर्ने उहाँले बताउनुभएको छ । यसअघी ललितपुर, धरान र सर्लाही अडिसन सम्पन्न गरिसकिएको छ । सहभागी बन्न चाहने व्यक्तिहरुले फारमको लागी वेल डान्स स्कुल प्राली सातदोबाटो अथवा सम्पकृ नम्वर ९८५११६८११७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)