गिता पाइजाको नयाँ कोसेली ‘हाम्रो खिबांग गाउँ’ आयो बजारमा (भिडियोसहित) !

मगर मिडिया काठमाडौँ, मंसिर १४ नेपाली साँगीतिक आकाशमा उदाउँदै गरेकी सुमधुर स्वरकी धनि गायिका गिता पाईजाको स्वर रहेको लोक दोहोरी गीत ‘हाम्रो खिबांग गाउँ’ बजारमा आएको छ । नेपाली कला संस्कृति झल्काउने उक्त गीतले यतिबेला स्रोता एंव दर्शकको मन जित्न सफल भैरहेको छ । दर्जनौं लोक दोहोरी, सालैजो र बिभिन्न आधुनिक गीतहरूमा समेत स्वर दिएकी कर्ण प्रिय स्वरकी धनि गायीका गिता पाईजालाई बिल पुर्जा मगरले साथ दिएका छन । आशिस म्युजिक प्रा.लिको व्यानरमा निर्माण भएको उक्त म्यूजिक भिडियोको निर्देशक पुस्कर थापाले गर्नुभएको छ भने मोडलिङमा सरिस्मा मगर रहनु भएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको दृष्यहरु समावेश गरिएको छ । गीत र म्युजीक भिडीयो मार्फत मगर मौलिक कला र संस्कृतीको

Read more

कतारमा छैठौं कार्यकालको अध्यक्षमा ३ प्रतिस्पर्धी भिड्ने तैयारी !

दिल कुमार श्रेष्ठ दोहा-कतार २९ नोभेम्बर नेपाल प्रवासी आदिवासीजनजाति महासंघ शाखा कतारको छैंठौ अधिवेशन यहि आउदो डिसेम्बर २ तारिक हुने भएको छ l यो संग संगै महासंघको आवद्ध रहेका जातीय सस्थाहरुले नयाँ कार्यकालका लागी विभिन्न पदहरुमा आ-आफ्ना दावेदारी प्रस्तुत गरिरहेका छन् l यसपाली महासंघको अध्यक्ष पदमा यो समाचार तयार पर्दाको बेला सम्म ३ उमेदवारहरु प्रतिस्पर्धीका रुपमा देखिएका छन् l प्रतिस्पर्धी उमेद्वारहरुमा किरात राई यायोख्या बाट देबराज राई, मगर संघ कतार शाखा बाट लिलाम चिदी मगर, भुजेल समाज कतार बाट शिव कुमार भुजेल रहेका छन् l छैठौं अधिवेशनमा देखिएका उमेद्वारहरु पाँचौं कार्यकालका क्रमशः प्रथम उपाध्यक्ष, दिप्तिय उपाध्यक्ष र उपमहासचिव रहेका छन् l नेपाली मौलिक कला, संस्कृति परम्परा, जगेर्ना गर्नको लागी प्रवास कतारमा रहेका जनजातीहरुले आ-आफ्ना जातीय सस्था खोलेका हुन् l आफ्ना

Read more

लिलम चिदी मगरको उद्धेश्य र समीक्षा बारे लिएको बार्तालाप !

कृष्ण सारू मगर दोहा-कतार, २८ नोभेम्बर मगर मिडिया डट कम तपाईंलाई हार्दिक स्वागत छ । – धन्यवाद कृष्ण सारु मगर ज्यू तथा मगर मिडिया डटकम परिवारलाई पनि । १:- तपाईंको पुरा परिचय ? जिल्ला पाल्पा चिर्तुङ्ग धारा ४ खोरबारीका पुजनिय बाबा स्व. बाबा भिम बहादुर चिदी तथा आमा भुमीसरा चिदी मगरकी साँहिला छोरा म लिलाम्बर चिदी मगर हो । २:- रोजगारीको शिलशिलामा कतारको बसाई कति भयो नी ? – म रोजगारीको शिलशिलामा कतार आएको झण्डै दुई दशक देखी दोहा-कतारमा श्रमिकको रुपमा काम गर्दैछु। ३:- लिलम चिदी मगर को हो जस्तो लाग्छ ? – बिशेष गरेर आफ्नो जिविको पार्जन संगै सुनौलो भविश्यको कल्पना बोकेर साधारण श्रमिकले आफ्नो परिवारलाई सम्पन्न बनाउने लक्षले दोहा आएको थिए । अन्तत: झन्डै १ दशक देखी समाजिक

Read more

नवोदित कलाकारको म्युजिक भिडियोको छायाँकन पुरा !

कृष्ण सारू मगर दोहा-कतार २९ नोभेम्बर पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित “माया होइन मैले” को म्युजिक भिडियोलाई गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ । गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई (We Five Group) ले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिका लागि तैयारी भैरहेको नेपाल

Read more

संरक्षक परिषद् र सल्लाहकार समिती गठन, एकिकृत मगरातको लागि लड्ने प्रतिवद्धता (फोटोफिचर सहित) !

श्याम राना मगर मगर मिडिया, मंसिर १४, काठमाण्डौ नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षक परिषद् र सल्लाहकार समिति गठन भएको छ । साथै, केन्द्रिय समितिमा थप केन्द्रिय सदस्यहरु मनोनित गरिएको छ । हिजो मिति २०७३ मंगसिर १३ गते सोमबार प्रज्ञा भवन कमलादी, काठमाण्डौमा नेपाल मगर संघ केन्द्रिय समितिले हार्दिक बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर उक्त घोषणा गरेको हो । मगर समुदायका विभिन्न क्षेत्रमा रहेर काम गरेका विशिष्ट १३ जना व्यक्तिहरुलाई केन्द्रिय समितीको संरक्षक परिषद् तथा महेन्द्र थापा मगरको संयोजकत्वमा ५० जनालाई सल्लाहकार समिति र विभिन्न क्षेत्रबाट थप १० जनालाई केन्द्रिय सदस्यमा मनोेनित गरेर सम्मान, बधाई तथा शुभकामना दिएको होे । साथै संघले नवनिर्वाचित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति, बाह्रौ सागमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल उसु खेलाडी निमा

Read more

मगरातलाई एक ठाउँमा नराखे सशक्त आन्दोलन हुने – नेपाल मगर संघ/मगरात संयुक्त संघर्ष समिति !

मसिंर १४, काठमाडौं नेपाल मगर संघले संविधान संशोधनको क्रममा प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई प्रदेश नम्बर ४ मा मिसाउन माग गरेको छ। नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति र संयुक्त मगर मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर ५ नम्बर प्रदेशको पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा मिसाउन माग गरेको हो। ‘प्रदेश नम्बर ५ मा रहेका दाङ र रुपन्देहीका पहाडी भाग, रोल्पा, रुकुमको पूर्वी भाग, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा र प्रदेश नम्बर ४ को स्याङ्जा, नवलपरासीको पहाडी भाग, तनहुँ, गोरखाको दक्षिणी भाग, पर्वत, म्याग्दी, बाग्लुङका भूभाग समेटेर ऐतिहासिक पहिचानको आधारमा मगरात स्वायत्त प्रदेश स्थापना गराउन जोडदार माग गर्दछौ’ मगरात संयुक्त संघर्ष समिति र संयुक्त मगर मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले अहिलेको सात

Read more

अपडेट – विनु घटनामा संलग्नलाई पक्राउ गर्न चौतर्फी दवाव / दोसीमाथि कारवाहीको माग गर्दे दिन दिनै आन्दोलन !

देब पचभैया पाल्पा, मंशिर १२ हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु थापाको रहस्यमय मृत्युलाई लिएर उहाका परिवार र छिमेकीले आईतबार जिल्ला प्रसासन कार्यालय पाल्पामा धर्ना दिएका छन् । धर्ना र नाराजुलुसका क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्ज बाट ५ जना आन्दोलन कारी घाईते भएका छन् । हत्यारालाई कारवाही गर, हत्या गर्न बाध्य पार्नेलाई कारवाही गर, हत्याराको राजनैतिक संरक्षण बन्द गर जस्ता पेलेकार्ड बोकेर नगरका केही भाग परिक्रमा गरी प्रसासन गेटमा पुगेका विनुका आफन्त र छिमेकीहरुले प्रबेस गेटभित्र छिर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको हो । घटनामा संलग्न माथि किटानी जाहेर दिएको हप्ता दिन पुग्दा पनि दोसीलाई पक्राउ गर्न नसकेको भन्दै विनुका आमा वा सहित आफन्त र छिमेकीले प्रसासनमा धर्ना दिएका हुन् । संयुतm बिधार्थी

Read more

मगर विद्यार्थी संघको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न !

श्याम राना मगर मगर मिडिया, मंसिर ११, काठमाण्डौ । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले मानवीय क्षमता अभिवृद्धि तालिम तथा सम्मान कार्यक्रम गत शनिवार काठमाण्डौमा सम्पन्न गरेको छ । सामाखुशी स्थित आर्जन बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा सम्पन्न कार्यक्रममा सदा बर्ष जसो यस बर्ष पनि केन्द्रिय समितीले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहयोग पुर्याउने कलाकारहरुलाई प्रंशसा पत्र प्रदान गरि सम्मान गरिएको थियो । साथै, कार्यक्रममा आर्जन बचत ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा युवा व्यवसायी डि.बी.आले मगरले मानविय क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष नविन रोका मगरले कार्यक्रममा बोल्दै नेपाल मगर संघ र मगर विद्यार्थी संघ, मगर समुदायको लागि मात्र नभई उत्पिडनमा रहेका सवै जातजाति सवै

Read more

खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

Binu Magar Update – पाल्पाका शैक्षिक संस्था बन्द !

देब पचभैया पाल्पा, मंसिर १२ संयुक्त विद्यार्थीं संघर्ष समिति पाल्पाले आईतवार जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् । विधार्थीको बन्द आब्हानले पाल्पाका कुनै पनि शैक्षिक सस्था संचालन भएका छैनन् । बिधार्थी विनु थापाको हत्यारालाई पक्राउ गर्न र ५ वर्षदेखि अज्ञात रहेका सेन उच्च माविका बिधार्थी किशोर न्यौपानेको सार्वजनिक गर्न माग गर्दै विरोध स्वरुप बिधार्थी संगठनले शैक्षिक संस्था बन्दको आव्हान गरेका हुन् । प्रेस विज्ञप्ती निकाल्दै विद्यार्थी संघर्ष समितिले पछिल्लो केही वर्ष यता पाल्पामा विद्यार्थीहरु असुरक्षित भएको भन्दै चिन्ता जनाएका छन् । विज्ञप्तीमा पाल्पा कलेज (जेभीटी) मा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला पछि परिवारले किटानी जाहेरी दिएको भएपनि उनका श्रीमान् बेपत्ता भएको भन्दै दोषी लाई पक्राउ हुन नसकेकोमा आपत्ती जनाईएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)