नेपाल मगर सांस्कृतिक संघ कास्कीद्वारा गायिका सृष्टि पुनमगरको बिदाइ तथा शुभकामना आदानप्रदान !

रूद्र श्रीसमगर पोखरा, ११ कात्तिक नेपाल मगर सांस्कृतिक संघ कास्कीले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७ एवं छठका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा आफ्नो सांगीतिक प्रस्तुतीका शिलशिलामा कतार जान लागेकी संघले जिल्ला सदस्य लोक तथा दोहोरी गायिका सृष्टि पुनमगरलाई बिदाइ समेत गरेको छ । सो अवसरमा बोल्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले कास्कीमा संघको स्थापना भएको छोटै समयमा संघले रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो । मगर कलाकारहरूको व्यवसायिक विकास र मगर संस्कृतिको प्रवद्र्धनमा संघले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै श्रीसमगरले नेपाली लोकसंगीतलाई माथि उकास्न मगर सांस्कृतिक संघले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कलाकार सृष्टि पुनमगरको विदेश यात्राको सफलताको शुभकामना दिनुभयो । उदीयमान म्यूजिक भिडियो निर्देशक एवं मोडल

Read more

राजनीतिक दलसम्बन्धी विधेयकबारे युवा संगठनहरूसँग ओस्लो सेन्टरको छलफल !

रूद्र श्रीसमगर पोखरा, ११ कात्तिक नर्वेजियन संस्था द ओस्लो सेन्टरले नेपालमा बन्न लागेको राजनीतिक दलसम्बन्धी कानूनको विधेयकबारे कास्कीका विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको कार्यशाला गोष्ठीमा सहभागी राजनीतिक दलका युवा संगठनका प्रतिनिधिहरूलेराजनीतिक स्थिरतका लागि थ्रेस होल्ड राख्नुपर्ने, अनुगमन गर्ने गरी राज्यकोषबाट राजनीतिक दललाई अनुदान दिनुपर्ने, विविधतालाई प्रतिविम्बित गर्ने गरी प्रादेशिक दल खोल्न पाउनुपर्ने, राजनीतिक दलको उम्मेदवार मनोनयन प्रक्रियामा भाषा समावेश गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । गोष्ठीमा प्राप्त सुझावलाई संकलन गरी विभिन्न राजनीतिक दलका युवा संगठनहरूका प्रतिनिधिहरूको हस्ताक्षरसहित व्यवस्थापिका–संसद्को राज्य व्यवस्था परामर्श समितिमा बुझाइने द ओस्लो सेन्टरकी नेपाल कार्यक्रम संयोजक दिप्ती खकुरेलले जानकारी दिनुभयो । सो अवसरमा द ओस्लो सेन्टरकी कार्यक्रम निर्देशक सिसिलिया बिलेसोले सहजीकरण गर्नुभएको थियो भने नागरिक संवाद केन्द्र, गण्डकीका

Read more

नेकपा (माओवादी केन्द्र) पोखरा–१० द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम !

रूद्र श्रीसमगर पोखरा, ११ कात्तिक नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७ तथा छठका अवसरमा नेकपा (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अमर गुरुङले सामाजिक सद्भाव कायम गराउन सांस्कृतिक पर्वहरूको ठूलो महŒव रहेको उल्लेख गर्नुभयो । दलहरूबीचको एकताबाटै संविधान कार्यान्वयन सम्भव रहेको भन्दै नेता गुरुङले मधेशी, आदिवासी जनजातिलगायतका समुदायका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१० का वडा सभापति कृष्णबहादुर थापा, नेकपा (एमाले)का वडा प्रतिनिधि पुण्यप्रसाद तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष जयराम आचार्य, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, टोल विकास संस्था महिला समन्वय समितिका अध्यक्ष निर्मला कार्की भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

Read more

नेपाल मगर संघ केन्द्रको दिपावली शुभकामना आदान–प्रदान कार्यक्रम !

कार्तिक ११, काठमाडौँ नेपाल मगर संघ केन्द्यि समिति काठमाडौँले सांस्कृर्तिक पर्व शुभ दिपावली २०७३ को अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । १२ गते शुक्रबारको दिन मगर सेवा समाज ललितपु ( तिखेदेवल रानिभुँ ) मा विहान ११ बजेदेखी सुरु हुने भनिएको कार्यक्रममा सभामुख ओनसरी घर्तिलाई प्रमुख अतिथिको रुपमा निम्त्याईएको छ । शुभकामना आदान–प्रदान कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुले देउसी भैलो खेल्ने कार्यक्रम पनी रहेको नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले जानकारी दिनुभयो । साथै उहाँले कार्यक्रममा सहभागी भई मनोरञ्जनका साथै एकआपसमा शुभकामना आदान–प्रदान गरी आपसी भाईचारा निभाउन समेत आग्रह गनुभएको छ।

Read more

सोरठी जोगाउँदै गायक खप्तरीले ल्याए मौलिक तिहार गीत (भिडियो सहित) !

युव मगर काठमाडाँ, ८ कार्तिक नेपाली मौलिक लोकलयमा आधारित सोरठी गीत आजभोलि लोप हुँदै गएको छ । नयाँपुस्ताले खासै चासो नदिँदा अहिले यो संस्कृती बूढापाकामै सीमित भएको छ । दशैँको कालरात्रीमा देबी बन्दना गरेपछि नाच्न सुरु गरिने ठूलो नाचको रुपमा प्रचलित सोरठी नाच कार्तिके ठूला एकादशीसम्म नाच्ने गरिन्छ भने पूर्णिमामा मादल पुजेपछि बिधिव रुपमा बिसर्जन गर्ने चलन छ । पौराणिक तथा ऐतिहासिक आख्यानमा आधारित रही विविध लय, ताल र शृङ्गारमा मारुनी नृत्यसहित गाइने सोरठीको उचित संरक्षण हुन नसक्दा अहिले लोप भएर जाने अबस्थामा पुगेको छ । यस गितको लय र भावलाई नयाँ पुस्ताले टिप्न नसकेका कारण पनि यो मौलिक गीत हराउँदै गएको हो । मुख्यतया तिहारको समयमा कृष्ण चरित्र, महाभारत र रामको बनबास, जस्ता ईश्वरीय भक्ति र देबीदेवता कुलानलाई समेटेर

Read more

मगर विद्यार्थी संघ केन्द्रले यो वर्ष पनी देउसी भैलो कार्यक्रम भव्यताका साथ गर्ने !

यमुना राना ९ कार्तिक, काठमाडौँ नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले शुभ दिपावली (तिहार) को उपलक्ष्यमा विगतका वर्ष झै यस वर्ष पनि देउसी भैलो खेल्ने निर्णय गरेको छ । संघले सल्लाहकारहरु एवं अग्रज व्यक्तित्वहरु मांझ देउसी भैलोको तयारीको बारेमा ८ गते सोमवार छलफल तथा भेटघाट गरिएको हो । उपत्यका भित्र रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु सहितको बैठकले तीन दिन सम्म खेलिने देउसी भैलोलाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि कार्य विभाजन समेत गरिएको छ । संघका अध्यक्ष दिपा आलेको अध्यक्षता सम्पन्न उक्त बैठकमा अग्रजहरुले संगठनलाई सांगठनीक एवं आर्थिक रुपमा मजबुत बनाउनको लागि तिहारको देउसी भैलो एउटा राम्रो माध्यम भएको बताएका थिए । संगठनका महासचिव गोम रानाले सञ्चालन गरेको बैठकमा सल्लाहकार मगर्स क्रियसनका सिईओ आसिरवाद पुन, अधिवक्ता गौ बहादुर आले,नेपाल

Read more

तिहारमा-मगर पुस्तक/साहित्यसँग रमाऔं ! मगर साहित्यको बजार र यसका लेखकहरुको पुस्तक प्रकाशन अनुभव !

मेजन पुन पोखरा, कास्की मगर आदिकवि जितबहादुर सिंजाली र सुब्दार रेखबहादुर सारुबाट शुरु भएको मगर साहित्य र पुस्तक प्रकाशनको इतिहास त्यति टाढा होइन । र, पनि जति गतिलिनु पर्ने हो त्यति लिएको पाईदैन । मगर समाजभित्र तीन वटा भाषा जीवित छ — ढुट, खाम–पाङ र काइके । ढुट र खाम—पाङमा त निकै काम भईरहेको पाइन्छ भने मगरकै अर्को भाषा काईकेमा कमै मात्रमा पुस्तक तथा यस भाषामा कमै काम भएको छ । वर्तमान समयमा खस नेपाली भाषामा उपन्यास लेखन गरि लेखकहरु कार चढ्ने भईसकेका छन् । तर विडम्बना— मगरका पुस्तकहरु जम्मा १ हजार प्रति छाप्दा पनि लेखकसँगै रहन्छ । जब कि आधिकारिक रुपमा मगरको जनसंख्या १७ लाख र नेपाल मगर संघको भनाई अनुसार मगरको जनसंख्या ३० देखि ३५ लाख हो ।

Read more

फापरखेतको कोजाग्रत पूर्णिमा मेला सकियो !

रूद्र श्रीसमगर फापरखेत (बागलुङ), ७ कात्तिक जनशान्ति युवा क्लब, तंग्राम–९, फापरखेत, बागलुङद्वारा नेपालीहरूको महान् चाड बडा दशैं तथा कोजाग्रत पूर्णिमाका अवसरमा आयोजित ‘कोजाग्रत पूर्णिमा मेला–२०७३’ सकिएको छ । मेला अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा संगम युवा क्लब, हरिचौर–३, ठूलाथर, गलकोटले सौगात युवा परिवार, लेखानी, कादेशलाई हराउँदै उपाधि जित्न सफल भयो । लगातार तेस्रोपटक उपाधि जित्दै संगमले ४० हजार नगद पुरस्कार जित्न सफल भयो भने उपबिजेता बन्न बाध्य सौगात युवा परिवारले २५ हजार नगद पुरस्कार पायो । प्रतियोगितामा ३० टिम सहभागी भएका थिए । त्यस्तै, वडास्तरीय महिला भलिबल प्रतियोगितामा भदौरे मेला व्यवस्थापन समिति, अर्गल–१, सिलेले द रियल टाइगर ग्रुप, अमरभूमि–६, भुस्काटलाई पराजित गर्दै उपाधि कब्जा गर्न सफल रह्यो । उपाधिसँगै भदौरेले १० हजार नगद पुरस्कार हात पार्न सफल भयो भने

Read more

ठूलाथरको दशैं पूर्णिमा लघु महोत्सव सम्पन्न !

रूद्र श्रीसमगर गलकोट, ७ कात्तिक संगम युवा क्लब, हरिचौर–३, ठूलाथर, गलकोट, बागलुङको ३४ औं वार्षिकोत्सव तथा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा आयोजित ‘दशैं पूर्णिमा लघु महोत्सव–२०७३’ सम्पन्न भएको छ । महोत्सव अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक संगम युवा क्लब ए प्रथम हुन सफल भयो । उपाधिसँगै आयोजक संगमले ३५ हजार नगद पुरस्कार जित्न सफल भयो । भने ३–२ को सेटमा आयोजकसँग फाइनलमा पराजित देउराली युवा क्लब, हिलले उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । त्यस्तै, वडास्तरीय भूपू पुरुष भलिबल प्रतियोगितामा आयोजक संगमलाई हराउँदै नरेठाँटी बजार व्यवस्थापन समितिले उपाधिसँगै पाँच वटा कुखुराको भाले जित्न सफल भयो भने आयोजक संगमले उपबिजेता बन्दै तीन वटा कुखुराको भालेमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै, तेस्रो स्थानमा चित्त बुझाउन बाध्य कालिलेक युवा क्लब,

Read more

दाङमा अठार मगरांत समिति गठन !

प्रेम राम्जा मगर घोराही, ७ कात्तिक आइतबार घोराहीमा भएको मगर समुदायको भेलाले अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण बिकास मञ्चको दाङ जिल्ला कार्य समिति गठन गरेको छ । मगरहरुको भाषा तथा संस्कृति संरक्षणमा टेवा पुगाउने उद्देश्यले गठन गरिएको मञ्चको अध्यक्षमा देवबहादुर रोका, उपाध्यक्षमा धनुकान्त बुढा मगर, सचिबमा रामकुमार जिएम, कोषाध्यक्षमा केशबहादुर घर्ती मगर र सह—सचिबमा मनकुमारी बुढा मगरलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा बिरमान बुढा मगर, जुलबहादुर बुढा मगर, रक्षाबहादुर बुढा मगर, यज्ञप्रसाद बुढा मगर, धरमबहादुर रोका मगर, बिजन्ती रोका मगर, लक्ष्मण रोका मगर र कल्पना रोका मगर सदस्यमा रहनु भएको छ । अठार मगरात मगर खाम तथा संस्कृति संरक्षण बिकास मञ्चका केन्द्री अध्यक्ष चन्द्रज्वोति बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासचिब दयाजी रोका मगर र कोषाध्यक्ष सबिना बुढा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)