मगर विद्यार्थी संघको “वृहत राष्टिय प्रशिक्षण कार्यक्रम” बुटवलमा आज देखि हुँदै !

मगर मिडिया आश्विन १४, बुटवल नेपाल मगर विद्यार्थी संघ ‘केन्द्रीय समिति’ एवं ‘मगरात राज्य समिति’को आयोजनामा २ दिने वृहत राष्टिय प्रशिक्षण कार्यक्रम बुटवलमा आज आश्विन १४ देखि हुँदैछ | दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा विद्यार्थीहरुलाई देशको समसामायिक विषयवस्तुमा प्रशिक्षण दिइनेछ । मगरात संघर्ष समितिका संयोजक विस्नु थापामगरले दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको जानकारी दिनु भएको छ । उक्त प्रशिक्षण तालिमकालागि अग्रज संगठनका नेतृत्वहरुले दिनु हुनेछ ।

Read more

बादलद्वारा झुस्या मगरको ‘सम्झनाका घाउ’ र ‘विश्वास’ विमोचन !

श्याम रानामगर मगर मिडिया, आश्विन १४, काठमाडौँ लोक बहादुर थापा मगर “झुस्या”द्धारा मगरभाषामा लिखित र नेपाली भाषामा अनुवादित “सम्झनाका घाउ” र “विश्वास” उपन्यास कृतिको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा मगर बादलद्धारा एक समारोह विच सार्वजनिकीकरण गरिएको छ । प्रगतिशिल लेखक सङ्घ, केन्द्रिय समितिको आयोजनामा आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मातृका पोखरेलले सभापतित्व गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका केन्द्रिय उपाध्यक्ष रामप्रकाश पुरीले राख्नुभएको थियो । प्राज्ञ श्रवण मुकारुङले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जगत उपाध्याय प्रक्षित, रमेश भट्टराई र विश्वभक्त दुलाल आहुतीले कृतिहरुको समीक्षा गर्नुभएको थियो । कृतिको समिक्षामा कृति माथि बोल्दै साहित्यमा पनि मातृभाषाको विकास र क्रान्तीको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । प्रगतिशिल लेखक संघका महासचिव आर एम डङगोलको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सर्जकले कृति

Read more

ठिमुरे पाल्पामा भलिवल प्रतियोगिता सम्पन्न (भिडियो सहित) !

मगर मिडिया डट कम पाल्पा, असोज १२ ठिमुरे पाल्पामा भएको भलिबल प्रतियोगिताको उपाधि आयोजक हिमालयन युवा क्लबले नै हात पारेको छ । अन्तिम प्रतिस्पर्धामा माउन्ट भ्याली सिद्धेश्वर यूवा क्लब सावनेलाई हराउदै हिमालयन क्लबले २५ हजार ५ सय ५० नगद र शिल्ड मेडल अनि प्रमाण पत्र हात पारेको खेल संयोजक दिपक पचभैयाले जानकारी दिनुभयो । दोश्र्रो हुने माउन्ट भ्यालीले १६ हजार ५ सय ५० , शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा तेश्र्रो भएको कारीकोट स्पोर्ट क्लब स्याङ्गजाले ८ हजार ८ सय ५० नगद , शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्र्यो । दशै तिहारको अवसरमा ३ दिन सम्म संचालन भएको प्रतियोगितामा पाल्पा , स्याङ्गजा र गुल्मी जिल्ला बाट २१ समुहले भाग लिएका थिए । प्रतियोगितामा हिमालय क्लबका

Read more

मगर कथानक चलचित्र खुर्पेटोको निर्माण सम्पन्न, प्रर्दशनको लागि तयारी तिब्र !

श्याम राना मगर, मगर मिडिया असोज १३, काठमाण्डौ, मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन् प्रा.लि.को व्यानरमा बनेको मगर कथानक चलचित्र र्खुपेटोको निर्माण कार्य सम्पन्न भएको निर्माण स्रोतले जनाएको छ । अव यस चलचित्रको प्रदर्शनको लागि तिव्र तयारी अगाडि बढेको जानकारी आएको छ । राजेन्द्र आले मगर(तुल) निर्माता रहेको चलचित्र खुर्पेटोको लेखन/तथा निर्देशन बिकास मगरले गरेका छन् भने यसको परिकल्पनाकार भिम राना मगर हुन् । राहुल राईले छायांकन गरेको यस चलचित्रमा चित्र मास्की नृत्य र तिल बहादुर थापा मगर निर्माण/नियन्त्रक रहेका छन् । चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको विशेष भुमिका रहेको खुर्पेटोमा सुजन थापा मगर, विना थापा मगर, टिका आले मगर, शोभा आले मगर, संजय थापा मगर, राजन थापा मगर, सल्मा पुन मगर, संगीता थापा मगर, बविता, बिकास, सम्झना, भिम, आभाष,

Read more

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नायव सुव्वा तहको लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने !

श्याम रानामगर मगर मिडिया, काठमाडौँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नायव सुव्वा तहको लोक सेवा तयारी कक्षा सञ्चालन गर्नको लागि सुचना जारी गरेको छ । प्रतिष्ठानले जारि गरेको सुचनामा नेपाल आदिबासी जनजातिहरुको निम्ति सुव्वा तहको लोक सेवा तयारी कक्षा सञ्चालन गर्नको निम्ति इच्छुक फर्म, संस्था वा कम्पनीहरुलाई सुचना प्रकाशन भएको मितिले १५ दिन मिति २०७३/०६/२१ गते भित्र रितपुर्वक आवेदन पेश गर्नको लागि भनिएको छ । त्यसै गरि निशुल्क कक्षा लिन इच्छुक आदिबासी जनजाति उमेद्वारहरुलाई समेत दरखास्तको लागि आह्वान गरिएको छ । उमेद्वार पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० बर्ष ननाघेको प्रविणता प्रमाणपत्र तह+२ को शैक्षिक योग्यताको प्रमाण पत्र, आदिबासी जनजाति प्रमाणपत्र र नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति निवेदनको साथ रु १०० तिरी पेश गर्नुपर्ने कुरा सुचनामा

Read more

कतारमा मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न !

बिजय कुमार मगर दोहा कतार, २६ सेप्टेम्बर नेपाल मगर संघ, शाखाले भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान विभागका उपसंयोजक अभिमत पुन मगरको संयोजकत्वमा दोहाको नज्मा स्थित अमवज रेस्टुरेण्टको सभाकक्षमा संघले भिम तरामु मगरको प्रमुख अतिथ्यमा तेस्रौ मातृ भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि लोप हुन लागेको आफ्नो मातृभाषा तथा लिपिको संघले समय-समयमा प्रशिक्षण गराउँदै आईरहेको छ प्रशिक्षणको उद्धेश्य र महत्त्वको बारेमा संघका कोषाध्यक्ष केशव राना मगरले सहभागी सबैलाई स्वागत गरेका थिए । उपसंयोजक अभिमत पुन मगरले खाम भाषाको वारेमा प्रशिक्षण दिँदै विविध विषयमा जानकारी गराएका थिए । प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै भने, वास्तवमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म यत्रतत्र छरिएर रहेता पनि हामी आदिमकाल देखि हाम्रा पुर्खाले प्रयोगमा ल्याएका मातृभाषा मगर (ढुट) र

Read more

प्रिति बनिन् मिस मंगोल नेपाल २०१६ (फोटो फिचर सहित)!

श्याम रानामगर मगर मिडिया, काठमाडौँ ! मंगोल समुदायका युवतीहरुको शसक्तिकरण गर्ने उद्देश्यले एक्सन इन्टरटेइमेन्टले आयोजना गर्ने मिस मंगोल नेपाल २०१६ को ताज काठमाण्डौकी प्रीति गुरुङले जितेकी छिन् । प्रितिले मिस पब्लिक च्वाइस अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । प्रितिले उपाधीसँगै रु एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । प्रतियोगितामा धनकुटाकी बरुणा राईले प्रितिलाई पछ्याउँदै फस्ट रनरअप बनिन् भने दैलेखकी योजना थापा मगरले सेकेन्ड रनरअप र मिस ट्यालेन्टको उपाधी चुमिन् । स्याङ्जाकी कोपिला गाहा मगरले मिस डिस्सिप्लिन र बाग्लुङकी खुशी मगरले मिस लिडरशिप अर्वाड थापिन् भने ताप्लेजुङकी रुपा आङवुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नवीना कुलुङले मिस पङ्चुअल, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर र काठमाण्डौँकी डायना बान्तवा राईले मिस बेस्ट स्किन अवार्ड प्राप्त गरेका छन् । सिंगापुर इन्टरप्राइजेजले

Read more

नेपाल मगर संघ काठमाण्डौले आयोजना गरेको अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर मगर मिडिया, असोज ११, काठमाण्डौ नेपाल मगर संघ काठमाण्डौ जिल्लाले आयोजना गरेको अधिराज्यव्यापी बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहल काठमाण्डौमा सम्पन्न भएको छ । यहि असोज ८ गतेबाट चलेको प्रर्दशनी ९ र १० गते सम्म चलेको थियो । मगर समुदायको भाषा संस्कृतिको उत्थान र जगेर्ना गर्ने अभिप्रायले नेपाल अधिराज्य भरि नै मगर जातिहरुको विषयमा विद्यार्थीहरुले पनि जानकारी लिई सम्पुर्ण भाषा संस्कृतिमा अझ गहन अध्ययन गर्ने र आदिबासी जनजातिबारे पुर्ण रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उद्देश्य स्वरुप नेपालमा मगर भाषा र संस्कृतिको पहिचान विषयक अधिराज्यव्यापी अन्तर विद्यालय वाल चित्रकला प्रतियोगितामा अधिराज्य भरिका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा आईडियल बोर्डिङ स्कुल बुटवलका कक्षा १० मा अध्ययनरत १४ वर्षीय अंकित गुप्ताले प्रथम

Read more

प्रथम खुल्ला राष्ट्रिय व्यापी पूख्र्यौली प्रतियोगिता सम्पन्न !

मेजन पुन कास्की पुन क्लब पोखराद्वारा असोज ६ र ७ गते पोखरा सभाहलमा आयोजित प्रथम एतिहासिक पूख्र्यौली नृत्य (सोरठी) प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा विभिन्न स्थानबाट १४ वटा समूहले भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रम असोज ६ गतेको कार्यक्रमको सभापति क्लब अध्यक्ष विरेन्द्र पुन, प्रमुख अतिथि समाजका सर्वमान्य संरक्षक उत्तमबहादुर पुन, विशेष अतिथि पूख्र्यौली संरक्षण कोष स्थापनाकार तथा पुन समाज नेपालका संस्थापक अध्यक्ष राजकुमारी पुन, पुन समाज नेपालका अध्यक्ष प्रताप पुन, नेपाल पुन मगर समाजका अध्यक्ष÷प्रतिनिधि, पुन मगर समाज हङकङका प्रतिनिधि निर पुन, पुन समाज युकेका प्रतिनिधि चिनबहादुर पुन र अतिथिहरुमा पुन समाज केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा, पुन समाज जिल्ला अध्यक्ष बलबहादुर पुन, पुन समाज नगर अध्यक्ष क्या. रविन्द्र गर्बुजा हुनुहुन्थ्यो । कार्यक्रममा क्लबका सल्लाहकारहरु खिमन शेरपुञ्जा, नारायण

Read more

जोया र दुई सन्तान नेपाल फर्काउन काबुलबाट आर्थिक सहयोग / जिवनकी आमा भन्छिन् बुहारी , नातिको झल्को लागेको छ (भिडियो सहित)!

मगर मिडिया काठमाण्डौ, असोज ८ भिसा अवधी सकिएको भन्दै फिलिपिन्स फर्काइएकी जोया र उनका दुई सन्तान नेपाल फर्काउन अफगानिस्तानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अफगानिस्तान कावुलमा रहनुभएका हिमाल पुलामी मगरको नेतृत्वमा संकलित ३ लाख ५ हजार नेपाली र १२ सय ५० भारु जिवनकी आमा पूर्णमायालाई प्रदान गरिएको हो । काठमाण्डौ , जावलाखेलको एक बेकरिजमा बिशेष कार्यक्रमको आयोजना गरि आफगानिस्तान बाट प्राप्त रकम सरिता पुलामी मगरले नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया), जिवनका जेठा बैनीज्वाई बिमल थापाको उपश्थितिमा सो रकम प्रदान गर्नुभयो । सहयोग लिएपछि जिवनकी आमा पूर्णमायाले बित्थामा आरोप लगाएर फिलिपिन्स फकाईएकी बुहारी र दुई सन्तानलाई नेपाल फर्काउन सबैसंग आग्रह गर्नुभयो । नियम कानुनको जानकारी नभएको र पैसाको अभाबमा बुहारी जोयाको भिषा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)