खपाङ्गीको समाधिमा वस्ने इच्छा अधुरो / राजकिय सम्मान सहित स्वोयम्भुमा अन्त्येष्टि (फोटो फिचर)!

श्याम रानामगर काठमाडौँ, भाद्र १४ जातिय मुक्ति आन्दोलनका महान नेता गोरे बहादुर खपाङ्गी मगरको देहावसान पछि समाधीमा बस्ने इच्छा पुरा हुन पाएन । परिवार स्रोतका अनुसार उहाँको इच्छा आफ्नो शरिरलाई नजलाई जमिन मुनी पुरेर समाधी बनाइदिनु भन्ने थियो । सोहि इच्छा बमोजिम उहाँको अन्तेष्टि गरिने पहल हुदाँहुदै पनि अन्तिममा उहाँको स्वयम्भुस्थित घाटमा जलाएर दाह संस्कार गरिएको छ । काठमाण्डौको खुला मञ्चमा अन्तिम श्रद्धाञ्जलीको लागि खपाङ्गीको पार्थिक शरिरलाई राख्दै गर्दा ललितपुर जिल्लाको एक स्थानमा समाधि स्थल निर्माण गरि अन्तेष्टि गरिने कुरा सार्वजनिक भएको थियो । तर स्थानियहरुबाट उक्त स्थानमा समाधी स्थल नबनाउन अनुरोध गरि अवरोध गरे पश्चात उहाँलाई जलाएर अन्तेष्टि गर्ने निर्णय गरिएको थियो । गोरे बहादुर खपाङ्गी मगर फाउन्डेसनले उहाँको पार्थिक शरिर राखिएको स्थानमा नै उहाँको योगदानको सम्मान स्वरुप स्मृति

Read more

म्याग्दी कलाकार संघले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम गर्ने !

काठमाडौँ, १४ भदौ नेपाली हिन्दु महिलाहरूको महान् चाड तीजको अवसरमा म्याग्दी कलाकार संघ काठमाडौंले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । तिजको अघिल्लो दिन भदौ १८ गते शनिवारको दिन काठमाडौ गोंगबुस्थित नागार्जुन पार्टी प्यालेसमा तीज विशेष सांगीतिक प्रस्तुति र दर खुवाउने कार्यक्रम आयोजना गर्न लागिएको म्याग्दी कलाकार संघका अध्यक्ष बिल पुर्जा मगरले जानकारी दिए । समारोहमा म्याग्दीको मौलिक भाका ‘यानी माया’ ‘शिरफुले माया’ ‘सालैजो’ जस्ता भाका गाउने अग्रज लोक कलाकार धनकुमारी थापालाई सम्मान गरिने भएको छ । तीजको अवसरमा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्दै आइरहेको म्याग्दी कलाकार संघले गतबर्ष ‘बेनीको बजार…’ नामक गीतका सर्जक टीकाबहादुर श्रेष्ठ र गायिका मन छन्त्याललाई सम्मान गरेको थियो । साथै, यहि कार्यक्रम मै संघका नयाँ आजिवन सदस्यहरुलाई पनि बिशेष सम्मान

Read more

स्वर्गिय खपाङ्गीको बुधबार शोक सभा हुदै !

काठमाण्डौ, भाद्र १५ स्वर्गिय गोरे बहादुर खपाङ्गीको बुधबार बिहान शोक सभा हुदैछ । ललितपुर मगर सेवा केन्द्रको भवनमा बिहान ११ बजे शोक सभा र घोट कार्यक्रमको आयोजना गरिएको शोक सभाका आयोजक हुम बहादुर थापा (पचभैया ) ले जानकारी दिनुभयो । सभामा सम्पुर्ण ईष्टमित्र, शुभचिन्तक तथा शबयात्रामा भाग लिनुभएका सबैलाई आब्हान गरिएको शोक सभा समितिले जनाएको छ । गत शनिबार बेलुकी निधन भएका पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको सोमबार अन्त्येष्टी गरिएको थियो । उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको थियो । २०७० साल बैशाख १२ गते मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते हुनुभएका खपाङ्गीको उपचारको अभाब भएपछि देश बिदेश बाट चन्दा उठाएर उपचार गरिएको थियो । खपाङ्गी परिवारले स्वर्गिय गोरे बहादुरको उपचार गर्दा लागेको २ लाख

Read more

मगर संघ बाँकेद्वारा पुर्व मन्त्री स्व. गोरे वहादुर खपाङ्गी प्रति श्रदाञ्जली अर्पण ।

यमुना रानामगर नेपालगन्ज, भाद्र १४ नेपाल मगर संघ, केन्द्रिय समितिक पुर्व अध्यक्ष तथा पुर्व मन्त्री स्व. गोरे वहादुर खपाङ्गीको सम्झनामा बाँकेमा एक कार्यक्रमको आयोजना गरी सोमबार उहाँको आत्मा प्रती श्रदाञ्जली अर्पण गरिएको छ । नेपाल मगर संघ बाँकेले आयोजनामा गरेको श्रदाञ्जली सभामा उपस्थित सबैले एक मिनेट मौन धारण गरीएको थियो । मगर संघ बाँकेका अध्यक्ष डम्वर वहादुर थापाको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा बोल्ने अतिथीज्युहरुले मगर, जनाजाती तथा सिंगो देशले नै एक जुझारु नेता गुमाएको भन्दै उहाँले उठाएका मगर तथा जनजाती मुद्धाहरुलाई नछोडी उत्पिडित र उपेक्षित वर्गलाइृ न्याय दिलाउन सके मात्र उहाँको निम्ती साँचो अर्थमा श्रद्धान्जली हुने र उहाँको आत्माले शान्ती पाउनेमा जोड दिईएको थियो । साथै उहाँले मगर तथा जनजाती समुदायलाई मलजल गरी आफ्नो हक अधिकार प्राप्तीको लागी हुकाउन महत्वपुर्ण

Read more

दैलेख सरमुकाममा सीसीटीभीको निगरानी ।

काठमाडौँ, भाद्र १४ दैलेख सदरमुकाम लगायत मुख्य बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको छ । सोमबार दैलेख बजारस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) माधवप्रसाद नेपालले सीसीटीभीको उद्घाटन गरे । उद्योग वाणिज्य संघ दैलेख र प्रहरीको सहकार्यमा दैलेख बजारका विभिन्न चोक, चुप्रा, डुंगेश्वर र गुराँसेमा सीसीटीभी जडान गरिएको छ । विद्युतीय निगरानी सेवाको उद्घाटन गर्दै डिआईजी नेपालले अपराध नियन्त्रण गर्न यो सेवाले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले सीसीटीभी जडान गरेरमात्र नहुने भन्दै यसको संरक्षण पनि हुनुपर्ने बताए । उनले भने, ‘नागरिक समाज, रानीतिक दल र प्रहरीबीच सहकार्य आवश्यक छ ।’ उनले प्रहरी एक्लैले काम गर्न नसक्ने भन्दै नागरिक समाजसँग सहकार्य गर्नुपर्ने बताए । फरक प्रसंगमा डिआईजी नेपालले जिल्लामा नयाँ आएका डिएसपी केदार रजौरेले

Read more

उद्यमशील महिला र व्यापार प्रवर्धन मेला २०७३ काठमाडौँको त्रिपुरेश्वरमा सम्पन्न (फोटो फिचर) !

मगर मिडिया, काठमाडौँ ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ भन्ने नाराका साथ दुई दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३, यहि भाद्र १० गते शुक्रबार सुरु भै शनिबार ११ गते सम्पन्न भएको छ | बिजनेश एन्ड प्रोफेसनल वीमेन सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बिजनेश एन्ड प्रोफेसनल वीमेनका केन्द्रीय अध्यक्ष तथा उद्यमी अम्बिका श्रेष्ठले महिला आफू आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने हुँदा संस्थाले महिला उद्यमशीलताका लागि तालिम तथा व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको थियो । कार्यक्रमको उद्घाटन ब्राजिलका राजदुत मारिया तरिसा मस्क्यूटा पिसोआ, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव राधिका अर्याल तथा अध्यक्ष अम्बिका बस्नेतले संयुक्त रुपमा रिबन काटेर गरेका

Read more

मगरसंघ केन्द्रिय समितिको पूर्ण बैठक पाल्पामा बस्यो / संगठनमा राजनिति मान्य नहुने अध्यक्ष रोकाको चतावनी !

देब पचभैया पाल्पा, भाद्र १२ नेपाल मगर संघ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको बैठकमा केन्द्रिय सदस्य एबं पदाधिकारीहरुले आफ्ना जिल्ला एबं क्षेत्रका बारेमा रिपोर्टिङ्ग गरेका थिए । बैठकमा संघका अध्यक्ष नविन रोकाको भनाई भिडियोमा | बैठकमा ११ औं महाधिबेशन बाट निर्वाचित पदाधिकारी, केन्द्रिय सदस्यहरुलाई निर्वतमान अध्यक्ष महेन्द्र थापाले प्रमाण पत्र वितरण गर्नु भएको थियो । संघका केन्द्रिय अध्यक्ष नविन रोकाको अध्यक्षतामा भएको बैठकले चितवनका जीवन थापा मगर र जोया बिचको घटनाको सम्वन्धमा छानविन गर्न संघका विदेश सचिव रक्षा रईकाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य चन्द्र बहादुर राना, नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष सुरवीर थापा, अधिवक्ता सन्तोष राना,

Read more

हार्दिक श्रद्धान्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मगर्स क्रियसन समूह नेपाल

Read more

हार्दिक श्रद्धाञ्जली !

नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं | मनोज घर्ति मगर अध्यक्ष नेपाल मगर पत्रकार संघ देव पचभैया मगर महासचिब नेपाल मगर पत्रकार संघ

Read more

खपाङ्गीका बारेमा नेपाल मगर संघको प्रेस विज्ञप्ति !

मगर मिडिया, काठमाडौँ १२: नेपालको हरेक संरचनामा भईरहेको एकल जातिय, एकल भाषिक, एकल सास्कृतिक, एकल धार्मिक एकाधिकारको अन्त्य गरि मुलुकमा रहेको वास्तविक विविधतालाई संस्थागत गर्दै समानताका लागि जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी नीति बनाउनु पर्दछ भनेर अभियान चलाउने एक प्रमुख अभियानता तथा नेपाल मगर संघ केन्द्रीय समितिको चार कार्यकाल अध्यक्ष भएर सफतापूर्वक सञ्चालन गर्ने गोरेबहादुर खपांङ्गीमगरको यहि मिति २०७३ भाद्र ११ गते भएको दुखद निधनले नेपाल मगर संघलाई स्तब्ध बनाएको छ । यस दुःखद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै स्वर्गिय खपाङ्गीमगर प्रति नेपाल मगर संघ भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोक सन्तब्ध परिवार जनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट मगर समुदायले मात्र हैन सिंगो आदिवासी जनजाति तथा उत्पीडितहरुको प्रमुख धरोहर गुमेको छ । उहाँले नेपालमा भइरहेको असमानतालाई समानता

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)