दुबै हातका हत्केला र एउटा खुट्टा नभएका आनन्द कुमार भन्छन् १९ बर्ष सडकमा चित्र कोरे, सहयोग पाए पसल चलाउने बिचार थियो (भिडियो रिपोर्टसहित)!

देब पचभैया / काठमाण्डौ उनको दुबै हातको नाडी देखि माथिको भाग छैन, दाया खुट्टा पनि छैन । जन्मिदै अपाङगता भएका भारत घर भई काठमाण्डौ सुनधाराको पुलनिरको सडमा बसेर दैनिक चित्र कोर्ने २१ बर्षिय आनन्द कुमार पासवानले चित्रै कोरेर दैनिक ६ सय देखि हजार सम्म कमाउछन् । बिधालय जान नपाएपनि आफु ५/६ बर्षको छदै चित्र कोर्न थालेको संझिने आनन्दकुमार बाबुको मृत्यु पनि १६ बर्ष अघि आमा संगै नेपाल (काठमाण्डौ ) आए । सानै देखि चित्र कोर्न सिपालु उनले काठमाण्डौका बिभिन्न सडकमा चित्र कोरेरै आमा र आफ्नो जिवन गुजारे । उनले सडकमै बसेर चित्र कोर्छन्, दर्शकले हेरेर आर्थिक सहयोग गर्छन् । चित्र मनपरे एक शय चालि बढी पैसा दिन्छन् र घरमा लग्छन् । चित्र नबिक्दा दैनिक ६/७ सय हुन्छ । उनी भन्छन्

Read more

लोककवि गणेशलाल श्रेष्ठको नाममा अक्षयकोष !

मगर मिडिया डट कम लोककवि गणेशलाल श्रेष्ठको नाममा पाँच लाख रुपैँयाको अक्षयकोष स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको एक सय पाँच औं जन्मजयन्तीको अबसरमा हेटौंडामा आयोजित साहित्य गोष्ठीमा यस्तो जानकारी दिईएको हो । लोककवि श्रेष्ठको छोरा केशवलाल श्रेष्ठले साहित्य गोष्ठी गरिएको प्रति धन्यवाद व्यक्त गर्दै कोष सञ्चालन गर्न रकम उपलव्ध गराउँने घोषणा गरे । कार्यक्रम नेपाल भाषा खलः, मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम भीम बिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्य तथा नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा साहित्यकारहरु राजबावु पहाडी, देवराज खरेल र नियमराज शाक्य निर्णायक रहेका थिए । कार्यक्रममा अनिता न्यौपाने, गणेशकुमार श्रेष्ठ, योगेश्वर श्रेष्ठ, ओमप्रकाशबावु मल्ल, सुनकुमार मानन्धर, राजकुमार लामिछाने, उमेश तिमल्सिना, शंकरमान श्रेष्ठ र

Read more

आदिवासी दिवसमा सप्ताह व्यापी कार्यक्रम गरिने !

मकवानपुर, हेटौँडा २२औँ विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रम गरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ, मकवानपुरको हेटौँडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो । महासंघका मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले रयालीसहित साँस्कृतिक कार्यक्रम, बिचार गोष्ठी, फलफूल बितरण, बृक्षारोपण लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको बृहत ¥याली निकाली यसपटकको दिवसलाई फरक ढंगले मनाउँने तयारी भईरहेको उनले जानकारी दिए । साउन २५ गते अर्थात् अगष्ट ९ मनाईने दिवसमा बिबिध कार्यक्रमगरि कला, भाषा र संस्कृतीको प्रबद्र्धन गरिने बताईएको छ । बैठकमा आदिवासी जनजाती महासंघ मकवानपुरका सल्लाहकारद्वय मधुकर सिँह थापा मगर र नन्दरत्न स्थापित, नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गी, किराँत राई यायोख्याका केबी राई लगाएतले दिवसलाई समृद्धी र

Read more

नेपाल मगर संघ केन्द्रीय समितिको विशेष परिपत्र जारी !

ज्ञानेन्द्र पुनमगर, महासचिव नेपाल मगर संघ केन्द्रीय समितिको कार्यालय परिषदको विस्तारित बैठक संघको केन्द्रीय कार्यालय कलंकी काठमाडौंमा मिति २०७३।०४।१५ गते शनिवारका दिन संघको अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा बसी निम्न बमोजिमको निर्णयहरु गरेकाले सोको जानकारी र सम्बन्धित समितिहरुमा कडाइका साथ कार्यान्वयण गर्न गराउनुहुन यो परिपत्र जारी गरिएको छ । १ – स्थानिय निकायको पूर्नसंरचना सम्बन्धमाः नेपाल सरकारले स्थानिय निकायहरुको पूनसंरचना गर्नका लागि गठित कार्यदलले स्थानिय स्तरमा गाउपालिका र नगरपालिकाहरुको सिमा निर्धारण गरिरहेको हुनाले उक्त सिमा निर्धारण गर्दा मगर समुदायको मौलिक सस्कृति, इतिहास, बसोबासको सघनतालाई आधारित रहेर गर्नका लागि सम्बन्धित निकायहरुलाई दवाव दिन नेपाल मगर संघको सबै निकायहरु परिचालन हुनका लागि निर्देशन गर्ने निर्णय गरिएको छ । २ – बाढी पहिरो प्रभावितलाई सहयोग सम्बन्धमाः नेपालको मौसमी प्रतिकुलताका कारण पछिल्लो चरणमा बाग्लुङ, प्यूठान,

Read more

बक्सिङका राष्ट्रिय खेलाडी ईन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा अन्त्येती गरियो !

देब पचभैया काठमाण्डौ, श्रावण १४ बिहिबार बेलुकी निधन हुनुभएका बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा मगर सस्कृति अनुसार अन्त्येष्टी गरिएको छ । आबुखैरनीको १७ सय फाटको शुक्रबार बेलुकी मश्राङदीनदीमा उहाका जेठा दाजु थुर बहादुर थापाले ईन्द्र बहादुरको पार्थिब शरिरमा दागबत्ती दिएको भुपु मगर शैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापाले जानकारी दिनुभयो । ईन्द्र बहादुरका छोरा सानै भएकाले जेठा दाजुले दागबत्ती दिनुभएको छिमेकीहरुले बताएका छन् । आठौ दक्षिण एसियाली खेलकुद (साफ गेम्समा काँस्य पदक विजेता ) इन्द्र बहादुरको गए राती ललितपुर स्थित हरिसिद्धि नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । ४७ वर्षीय ईन्द्र बहादुर विगत २ वर्ष देखि आन्द्राको क्यान्सर रोगबाट पिडित हुनुन्थ्यो । श्रन्द्धान्जलीका लागी शुक्रबार बिहान ९ बजे देखि दसरथ रंगशालामा राखिएको उहाको पार्थिब

Read more

बहुचर्चित लोक गायक प्रसाद खप्तरी मगर भन्छन् “प्रगतीका लागी अझै परिश्रम गर्न बाकी छ ” !

मगर मिडिया, काठमाडौँ प्रसाद खप्तरी मगर पछिल्लो समयका चल्तीका लोक गायक हुनुहुन्छ । छोटो समयमै लोकप्रिय बन्न सफल खप्तरी स्वदेश मात्रै होइन बिदेशमा पनि आफ्नो प्रतिभा देखाउन पुग्नुभएको छ । बिशेष गरी मगरी सस्कृतिमा आधारित सालै जो, सोरठी, ठुलोनाच, भm्याउरे लगाएतका गितमा स्वर भर्नुभएका गुल्मेली गायक प्रसाद नेपालका प्राय सबै स्थानमा गित गाउन पुग्न भएको छ । मगर मिडिया डट,कम संगको संक्षिप्त कुराकानीमा लोक गायक प्रसाद खस्तरीले अगाडि बढ्न अझै धेरै मिहिनेत बाकी गरेको बताउनुभएको छ । को हो प्रसाद खप्तरी मगर ? गुल्मीको लिम्घा वडानं ६ काफलडाँडामा बाबा प्र.अ. तिलक खप्तरी मगर आमा पूर्णकला खप्तरी मगरको जेष्ठ सुपुत्रको रुपमा जन्मलिई, त्यहाँको संस्कृतिमय समुदाय, भिरपाखामा सुस्केरा हाल्दै हुर्किएर हाल बाबा आमाको सपनालाई वेवास्ता गर्दै आफ्नै सपना बोकी, मौलिक गीत संगीतलाई

Read more

मगर विद्यार्थी अभिनन्दन कार्यक्रम हुँदै !

काठमाडौँ, असाढ १४ नेपाल मगर संघ जिल्ला समिति काठमाडौंको नियमिति वार्षिक कार्यक्रम अन्र्तगत वर्ष भरिमा एस.एल.सी तथा अन्य उच्च शिक्षामा अध्यनका क्रममा उत्तीर्ण मगर बिद्यार्थीहरु र विभिन्न विधाका व्यक्तित्वहरुलाई गरिने सम्मान, अभिनन्दन, विभिन्न छात्रबृति तथा पुरस्कार (लाल-रुपा रानामगर शास्त्रीय तथा भक्ति संगीत पुरस्कार, नरसिंह पल्ली थापामगर कलाकारिता पुरस्कार, तुलसा पल्ली थापामगर उच्च शिक्षा महिला छात्रवृत्ति, थमन रोकामगर छात्रवृत्ति, दुर्गा देबि थापामगर छात्रवृत्ति, तथा धुर्ब भगवती थापा मगर भाषा/धर्म/संस्कृति/साहित्य र इतिहास स्मृति पुरस्कार) प्रदान गरिने “मगर विद्यार्थी अभिनन्दन” कार्यक्रमलाई स्थायी परम्पराको रुपमा निरन्तरता दिदै यस वर्ष २०७३ मा पनि देहाएको मिति, स्थान र समयमा संपन्न गर्न लागिएको व्यहोरा, नेपाल मगर संघ जिल्ला समिति काठमाडौंको कार्यसमिति सदस्य श्री गायत्री रानामगर ज्युले मगर मिडियालाई जानकारी गराउनु भयो | त्यस्तै, यस समारोमा उपस्थिति भइ

Read more

मगर बस्तिमा मेरो अनुभब !

दुतबहादुर गर्बुजा पुनमगर (चिम्खोले काईला) मगर भएर जन्मे, मगर भएर मर्न मन लागेको छ मगर भएर हुर्के, मगरको लागि केहि गर्न मन लागेको छ उपस्थित हुनु भएको सम्पूर्ण मगरहरुलाई झोर्ले, जेडौ, सिमिन्मेपाऊ, नमस्कार भन्न मन लागेको छ // यी माथिका हरफहरु मैले मगर संघ युकेको तिन बर्षे कार्यकालमा हरेक सभा समारोहहरुमा फलाक्ने गरेको हरफहरु हुन् / यी हरफहरु मेरो अन्तारात्माबाट उत्पत्ति भएका हरफहरु भएको हुँदा मगर भन्ने शब्द मेरो जीवनको परियाबाची भैसकेको छ / मेरो जीवनमा म जन्मेको जन्म थलो, म अध्यन गरेको स्कुल, मेरो कर्म थलो तथा पल्टन घर (British Army) र मगर संघ युकेको १३ बर्ष यात्रामा बटुलेको अनुभब मेरो जीवनको लागि अक्सिजन स्वरूप बनेको छ / यी माथि उल्लेख गरेका अनुभबहरु ओकाल्न त केहि प्रशंगहरु जोड्नै पर्ने

Read more

गाउँपालिकाको सिमा र संख्या निर्धारणको काम तिब्र !

केदार मगर / खोटाङ, ११ साउन जिल्ला विकास समिति खोटाङले गाउँपालिकाको सिमा र संख्या निर्धारणको विषयमा राय तथा सुझाव सङ्कलनलाई तिब्रता दिएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको मापदण्ड अनुसार बढीमा ९ वटा गाउँपालिका र दुई वटा नगरपालिका प्रस्ताव गरिएको खोटाङ जिल्लामा गाउँपालिकाको सिमा र संख्या निर्धारणको विषयमा राय तथा सुझाव सङ्कलनलाई तिब्रता दिएको हो । जिल्ला विकास समितिले एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लामा बन्ने गाउँपालिका र नगरपालिकाको सिमा र संख्या निर्धारणका विषयमा साउन–१६ गतेभित्र आ–आफ्नो धारणा, राय तथा सुझाव पेस गर्न आव्हान गरेको छ । स्थानीय विकास अधिकारी निश्चलराज पाण्डे संयोजकत्वको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले स्थानीय तह पुर्नसंरचनाका विषयमा विभिन्न क्षेत्रका विज्ञसँग छुट्टाछुट्टै छलफल तथा

Read more

मगर सास्कृतिक संघको उपत्यका भेला सम्पन्न !

काठमाडौँ, असाढ १० नेपाल मगर संघको भात्री सस्था “नेपाल मगर सास्कृतिक संघ” को काठमाडौँ उपत्यका स्तरिय भेला कलंकीमा भव्यताका साथ २०७३ साउन ९ गते सम्पन्न भएको छ । नेपाल मगर सास्कृतिक संघ केन्द्रिय समितिको काबा अध्यक्ष आकाश थापामगरको अध्यक्षता, नेपाल मगर संघको केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यता र सास्कृतिक संघ केन्द्रिय सचिव राजेश थापामगरको संचालन, सास्कृतिक संघ केन्द्रिय महासचिव कबि मगरको स्वागत मन्तब्यमा चलेको कार्यक्रममा मगर संघ महासचिव ज्ञानेंन्द्र पुनमगर, नेपाल संगीत तथा नाट्य सस्थांनकी प्राज्ञ पबित्रा घर्तिमगर, सास्कृतिक संघ केन्द्रिय समितिको पुर्व अध्यक्ष कबिता आलेमगर, गायक बिलन थापामगर लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । भेलाले देबिराम राना मगरको अध्यक्षतामा २१ सदस्यीय उपत्यका समन्वय तदर्थ समिति सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)