नेपाल मगर संघ इजरायलले तेस्रो बार्षिक उत्सब तथा बनभोज कार्यक्रम मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तूती सहित भब्य रुपमा मनाउने !

इजराएल, जुलाई १ हार्दिक निमन्त्रणा निमन्त्रणा निमन्त्रणा । मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गरिराख्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा रहेका मगर समुदाय द्वारा १३ जुलाई २०१३ मा स्थापना गरिएको नेपाल मगर संघ इजरायलले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी जुलाई १५ शुक्रबारको दिन इजरायलको पार्क लुमिमा “तेस्रो वार्षिकोत्सव तथा बनभोज कार्यक्रम” स्थानिय मगर कलाकारहरुको वृहत मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तूती सहित भव्य रुपमा मनाउने तय गरेको छ । उक्त कार्यक्रममा उपस्थितीको लागि इजरायलमा रहेका विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधीहरू, मिडियाकर्मीहरू लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरूलाई यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ । धन्यबाद, नेपाल मगर संघ इजरायल

Read more

एजु व्यवसायिक समुह गठन हुने !

मेजन पुन, पोखरा पोखरा/पुन (मगर) समुदाय भित्रबाट विभिन्न ठाउँमा व्यापार, व्यवसाय गरि बसोबास गरिरहेका व्यवसायहरुको एक भेटघाट तथा छलफल कार्यक्रम काठमाडौंमा बुद्ध बारका संचालक तथा पोखराको पामेमा ब्याक टु नेच्योर रिसोर्ट संचालन गरिरहेका दाजुभाई डेम पुन र डम्बर पुनको सक्रियतामा ब्याक टु नेच्योरमा हिजो १४ गते र विहान १५ गते सम्पनन भयो । पर्वत, चितवन र कास्कीमा व्यवसाय गरिरहेका एक्काईस जना व्यवसायीहरुको उपस्थिति र छलफलबाट व्यवसायमा एकआपसमा सहयोग तथा सहकार्र्य गर्न एजु व्यवसायिक समुह गठन गर्ने निर्णय गरि विधान मस्यौदा तथा आगामी कार्यक्रम तर्जुमा गर्न एक समिति निर्माण गरियो । जसको संयोजकमा डम्बर पुन र मेजन पुन, पुरन पुन, खिमन पुन, जीवन पुन सदस्य रहेको समिति निर्माण गरियो । यस समितिले सदस्यता शुल्क र मासिक शुल्क संकलन गर्ने छ भने

Read more

बनेपा, काभ्रेमा पांच दिने मौलिक कौरा संगीत प्रशिक्षण सम्पन्न !

बनेपा, अषाढ १४ मगर चलचित्रकर्मी संघ नेपालको आयोजना आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा काभ्रको बनेपा बुडोलमा एक समारोह बिच पांच दिने मौलिक कौरा संगीत प्रशिक्षण सम्पन्न भयो । कार्यक्रम मगर चलचित्रकर्मी संघ नेपालको अध्यक्ष युवराज मास्की रानामगरको अध्यक्षता नेपाल मगर संघ काभ्रेका अध्यक्ष मुख्य आतिथ्य तथा अम्बर बहादुर आलेमगर, दिपक आले मगर आदिको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षकको भुमिका रिसिड. तनहू निवासी दान बहादुर आले मगरले गर्नु भएको थियो भने सहायक प्रशिक्षक पनि रिसिड. निवासी नै शम्भु थापामगर हुनुहुन्थ्यो ।कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि मौलिक कौरा लाई पांच दिनमा नै सबै कुरा सिक्न गाह्रो हुन सक्ने भएकोेले यसको अभ्यास निरन्तर गरिने पनि निर्णय भयो । कार्यक्रममा करिव ३८ जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । मौलिक

Read more

नेपाल मगर सांस्कृतिक संघको १३औं स्थापना दिवस सम्पन्न !

मगर मिडिया, असाढ १५, काठमाडौँ नेपाल मगर सांस्कृतिक संघको १३ औं स्थापना दिवस सम्पन्न भएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित हजुरको पार्टी प्यालेस हलमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगरात बिनाको नयाँ नेपाल स्वकार्य नहुने बताउनु भएको छ । अध्यक्ष रोका मगरले ‘देश हाम्रो नेपाल हो, घर हाम्रो मगरात हो’ मगरात बिना नयाँ नेपाल सोच्न पनि नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘मगर कलाकार साथीहरु कम्तीमा मगरात प्राप्तको आन्दोलन, मगर जातिको अघिकारका गीत गाइदिनु प¥यो । गीत समेत लेखि दिनुप¥यो ? तपाईहरुको कला र गलाबाट मगरात छ कि छैन भनेर खोजि गरोस् ।’ ‘मगर कलाकारहरु मगर समुदायको मात्र होइन देशको प्रतिष्ठीत कलाकारको रुपमा स्थापित हुन पुगेको छ । तर विडम्बना कलाकारहरुलाई राज्य चलाउने कुनै

Read more

रोपाईको चटारो (भिडियो रिर्पोट सहित)

देब पचभैया पाल्पा, असार १५ आज १५ असार । मानो खाएर अन्न उब्जाउने दिनको रुपमा पनि परिचित छ । दही चिउरा खाएर खेतको हिलो छुनै पर्ने मान्यता पनि छ । पाल्पाको अन्न भण्डार माडीफाटमा आधाउधी रोपाई सकिएको छ । स्थानिय भन्छन् आधुनिक प्रबिधिको प्रयोगले रोपाईलाई सजिलो बनाएको छ । भिडियो हेरौ…

Read more

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको १३औं वार्षिक स्थापना दिवस २०७३ मा हार्दिक निमन्त्रणा !

मगर मिडिया, काठमाडौँ नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको १३औं वार्षिक स्थापना दिवस यहि २०७३ साल असार १५ गते बुधबार, दिनको ठिक १२.०० बजे, हजुरको पार्टी प्यालेस, सोह्रखुट्टेमा हुने भएकोले सम्पूर्ण मगर दाजुभाई, दिदीबहिनी तथा संस्कृति प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति काठमाडौँ ९८४३२१५५३३ / ९८४१८८६७३७

Read more

मगर पत्रकार संघ तनहुँमा आले चयन, पत्रकार संघलाई आर्थिक सहयोग !

प्रताप रानामगर असार १४, दमौली तनहुँ नेपाल मगर पत्रकार संघ तनहुँको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भुमिका आलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा राजकुमार आले, सचिवमा सुनिता थापामगर, लालु थापामगर, सह सचिवमा प्रेरणा थापामगर सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा शोभा थापामगर, नीता थापामगर, शर्मिला रानामगर र पुष्पाथापा मगर चयन भएको निर्वाचन अधिकृत इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । नयाँ कार्यसमितिलाई विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापामगर, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारी, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एम.बी अस्था मगर, उपमहासचिव रुद्र श्रीस मगरले बधाई ज्ञापन गर्नुृहुर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सोही अवसरमा नेपाल मगर पत्रकार संघ तनहुँ शाखालाई तनहुँ समाज हङकङ्गका अध्यक्ष जंग थापामगरले

Read more

पाल्पामा शिक्षाका अधिकृतलाई कालो मोसो ! (भिडियो रिपोर्ट सहित) – कारबाहीको माग गर्दे कर्मचारी आन्दोलित, दुई जना पक्राउ !

मगर मिडिया पाल्पा, असार १४ विप्लप नेतृत्व माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीलाई र मजदुर संगठनका ज्ञानबहादुर श्रीस (भीषण)लाई प्रहरीले पक्राउ गरेको छ । आइतबार शिक्षा कार्यालय पाल्पाका विद्यालय प्रशासन शाखाका अधिकृत रेशमलाल न्यौपानेलाई कालोमोसो लगाएको विषयमा अनुसन्धान गर्न प्रहरीले पन्थी र श्रीसलाई आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेले कालोमोसो दलेको विषयमा अनुसन्धान गर्न दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउनुभयो । कानुनविपरीत कार्य गर्ने जोकोहीलाई पनि कारबाही हुने बताउँदै उहाँले यस्तो गतिबिधि गर्नेमाथि निगरानी भईरहेको उल्लेख गर्नुभयो । पक्राउ परेका पन्थीले भने आफू घरबाट बुवालाई अफिसमा छोड्न आएको बेलामा तानसेनको धोवीधाराबाट प्रहरीले बिनाकारण पक्राउ गरेको बताउनुभयो । उहाँले कालोमोसो लगाएको घटनामा आफू संलग्न नभएको जिकिर गर्दै पुष्टि गर्न प्रहरीलाई

Read more

मगर संघ कुबेतद्धारा पाल्पाको मगर संघलाई आर्थिक सहयोग !

मगर मिडिया पाल्पा, असार १२ नेपाल मगर संघ पाल्पा शाखालाई कुबेत मगर संघले संस्थागत विकास गर्न आर्थिक सहयोग गरेको छ । कुवेत मगर संघले पठाएको कोशेली र दश हजार रुपियाँ नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थीले मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहालाई आइतबार तानसेनस्थित कार्यालयमा हस्तान्तरण गर्नुभयो । मगर संघ पाल्पाको संस्थागत विकास र कार्यालय खर्च संचालनका लागि कुवेतको मगर संघले पठाएको रकम आफूले पुलको रुपमा काम गरेर मगर संघ पाल्पालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थीले बताउनुभयो । पन्थीले सहयोग हस्तान्तरणपछि कुवेतमा बैदेशिक रोजगारीमा रहेका मगर समुदायले र मगर संघ पाल्पाको बीचमा सुमधुर सम्बन्ध कायम गर्न सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहामगरले कुवेतमा रहेका मगर समुदायले आफ्नै संस्थाको

Read more

मगर समाजको अर्थ र मगर समाजको कर्तब्यहरु !

अन्चल हुइन्चेन राना मगर पोखरा, नेपाल (हाल साउदी) समाज को अर्थ र कर्तब्य हरु प्रति कति पय हाम्रा अभिभाबक देखि लिएर युवा सम्म जानी जानी वा अन्जानमा हुन अलिकती अनबीज्ञ देखिन्छ।तेसैले होला पनि समाज अझै बलियो हुन सकि रहेको छैन।समाज पनि फरक फरक हुन्छन मिसृत समाज,दाजु भाइको सानो समाज,जातिय समाज,सिमित जिल्ला भरिको समाज र केन्द्रीय समाज आदि हुन । जुन समाजको नाम रहेत पनि काम गर्नी तरिका हरु र उद्देस्याहरु भने एउटै हुन । यिनै बिषय अन्तर्गत आज हामी मगर समाज र उद्देस्य बारे छोटो कुराकानी गरौ । आज हामी केन्द्रीय मगर समाज को बारे र उदेस्य र भुमिकाहरु कस्तो खालको हुनु पर्ने बारे छोटो प्रस्ट पार्न चाहन्छौ | नेपाल मगर समाज को स्थपना गरेको पनि धेरै बर्ष भयो र

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)