एशिया कै प्रमुख धार्मिक तथा व्यापारिक शहर सिद्धार्थनगर !

विश्व भरका बौद्धमार्गीहरूको केन्द्रस्थल हो, लुम्बिनी। त्यसैले, बुद्धको जन्मस्थल लुम्बिनीसँगै जोडिएको भैरहवा-बुटवललाई जोडेर महानगरपालिका बनाउँदा अति उत्तम हुनेछ। बुद्धको वास्तविक नामबाट नामांकरण गरिएको ‘सिद्धार्थनगर’ लाई एशिया कै एक नमुना र सम्पन्न शहर बनाउनु पर्छ। इस्लामहरूका केन्द्रस्थल साउदी अरेवीयाको मक्काहसँगै जोडिएको मध्यपूर्वको प्रमुख व्यापारिक शहर जेद्धाह जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । अथवा, इसाईहरूका केन्द्रस्थल इटालीको रोम शहर जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । तर, लुम्बिनी (सिद्धार्थनगर) लाई राज्यले नै उपेक्षा गरेकै हो । भगवान बुद्धको जन्मस्थल नेपाल हो भन्ने राज्यले संसार भर प्रचारसम्म मात्रै गर्न सकेको भए पनि सिद्धार्थनगरको रूप अहिलेसम्ममा धेरै परिवर्तन भईसक्ने थियो। तर, लुम्बिनीको विकास र यसको विश्वव्यापीकरण गर्ने हकमा राज्यले गहन भूमिका नखेलेकै हो । भारतको प्रत्यक राज्यमा पढाइने अनिबार्य सामाजिक-विज्ञान बिषयमा बुद्ध भारतमा जन्मेका हुन्

Read more

सोमबारपनि पोलीग्राफ हुन सकेन, आशिषले टाउको दुखेछ भन्दै पोली ग्राफ गर्न मानेनन् !

नवलपरासी , जेठ १७ . राष्ट्रिय फुटवल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या हो भन्ने विषयमा गर्ने भनिएको पोलीग्राफ सोमबार पनि हुन सकेन । हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका प्रेमीका भनिएका आशिष भन्ने रुद्र नारायण चौधरीले सोमबार टाउको दुखेको छ भन्दै पोलीग्राफ गर्न नमानेको र मंगलबार विहान गर्ने प्रहरीले बताएको छ । आशिषले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दावी गरेका छन् । क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोली ग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे पोली ग्राफका लागि सोमबार परासी आइपुगेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले चौधरीले सोमबार टाउको दुखेको भन्दै पोलीग्राफ गर्न नसक्ने बताएपछि मंगलबार विहान गर्ने भएको जानकारी दिनुभयो । सापकोटाका अनुसार टोलीले सोमबार घटना स्थलको समेत निरीक्षण गरेको

Read more

तनहुँको दमौलीमा मौलिक कौराहा सम्मेलन सम्पन्न, सम्मेलनमा जामुनेको कौराहा टिम उत्कृष्ट !

प्रताप रानामगर, तनहु तनहुँको दमौलीमा भएको मगर समुदायको मौलिक कौराहा सम्मेलन आइतबार साँझ सकिएको छ । पछिल्लो समयमा कौराहा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौराहा संरक्षण तदर्थ समितिले प्रथम सम्मेलन गरेको थियो । सम्मेलनमा २२ टीमलाई पछि पार्दै नेपाल मगर संघ तनहुँको जामुने उत्कृष्ट भएको छ । त्यस्तै समेलनमा पाल्पाको शुकेकोटका र्फेर्च नाम खान मगर समूह द्वितिय, नेपाल मगर संघ न्यु जागरण लाफा क्लब गैडाकोट नवलपरासी तृतीय र कन्या जागृती युवा क्लब जिलाङ्ग तनहुँ सान्त्वना भएको कौरा सम्मेलनका संयोजक हर्क आलेले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्टलाई २५ हजार द्वितीयलाई २० हजार तृतीयलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार नगदका साथै प्रमाण पत्र प्राप्त गरेका छन ।उत्कृष्ट टिमलाई नेपाल मगर संघ पश्चिमाञ्चल उपाध्यक्ष मन्धरी आले मगरले

Read more

सगरमाथाको चुचुरोमा मगर संघको झण्डा फरफरायो – भारतीय सेना संगै ४ नेपाली सगरमाथामा !

देब पचभैया काठमाण्डौ, जेठ १८ विश्वको सर्बोच्च शिखर सगरमाथामा नेपाल मगर संघको झण्डा फरफराएको छ । भारतीय सेनामा कार्यरत तनहु गजरकोट ३ का मिन बहादुर राना (मदन) र अर्का लेसनायक बाग्लुङ्गका चन्द्र बहादुर थापाले यही जेठ ७ गते (मे २० मा ) सबोच्च शिखर सगरमाथामा नेपाल मगर संघको झण्डा गाडेका हुन् । उनीहरु दुबै भारतीय सेनाको ४÷८ गोर्खाराईफलमा कार्यरत छन् । बिदेशी सेनामा कार्यरत भएपनि बिश्वकै अग्लो नेपालको सगरमाथामा पुग्न सफल भएकोमा आफुलाई निकै खुशि लागेको मिन बहादुर राना (मदन) ले प्रतिकृया दिनुभयो । सगरमाथामा पुग्ना साथ पहिले मगर संघको झण्डा गाडेको अनुभव सुनाउदै उहाले त्यसपछि नेपालको झण्डा र भारतीय सेना र आफ्नो कम्पनीको झण्डा गाडेको जानकारी दिनुभयो । उहाले अब दुई, तीन दिनमा काठमाण्डौ फर्किने र हाजिरमा जाने जानकारी

Read more

नेपाल मगर संघ ओमानद्धारा आयोजित चियापान तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न !

यस.बि. थापामगर ओमान, मे २७ नेपाल मगर संघ ओमानद्धारा आयोजित चियापान तथा भेटघाट कार्यक्रम गत शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर संघ ओमानका अध्यक्ष सूर्य बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति नेपाली राजदूताबास ओमानका तृतीय सचिव लाओस सुबेदीको उपस्थिति रहेको थियो भने मध्यपूर्व क्षेत्रीय संयोजक डी बी क्षत्री लगायत बिभिन्न जातीय र राजनीतिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महासचिव पूर्ण आले मगरले स्वागत मन्तव्य दिएका थिए । उक्त चियापान तथा भेटघाट कार्यक्रममा संघका अध्यक्षद्धारा नेपालका प्रथम सहिद क्या लखन थापा मगरको प्रतिमा (फोटो) प्रमुख अथिति लाओस सुबेदीलाई अनुरोध पत्रका साथ हस्त्रान्तरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका संयोजक सुक बहादुर थापा मगरको मन्तव्य संगै अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि प्रथम सहिद क्या

Read more

मनिसा घटना अपडेट – पोलीग्राफ सोमबार हुदै, पोष्टमार्टम् रिपोर्ट आउने अझै दुई दिन लाग्ने !

मगर मिडिया डट कम नवलपरासी, जेठ १७ फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या हो भन्ने विषयमा गर्ने भनिएको पोलीग्राफ सोमबार हुदै छ । पोलीग्राफीको टोली काठमाण्डौ बाट आईतबार बेलुकी नवलपरासी आएकाले सोमबार दिउसो पहिलो चरणमा अभियुतलआशिष भनिने रुद्रनारायण चौधरी माथि पोलीग्राफ गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । पोलिग्राफ झुटो बोलेको पत्ता लगाउने अत्याधुनिक मेशिन हो । पोष्टमाटर्म सम्बन्धि विस्तृत रिपोर्ट आउन अझै दुई दिन लाग्ने प्रहरीको भनाई छ । पोष्टमार्टमका लागि खटिएका डाक्टर काम विशेषले बाहिर रहेकोले विस्तृत रिपोर्ट आउन दुई दिन लाग्ने भएको सापकोटाले जानकारी दिनुभयो । मनिषाको हत्यामा संलग्न रहेको आशंकामा प्रक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले अझै पनि आफूले मनिषाको हत्या नगरेको दावी गरिरहेका छन्

Read more

पाल्पाली समाज युएईको प्रथम बार्षिक उत्सब सम्पन्न !

फलेन्द्र बलम्पाकी मगर, युएई पाल्पाली समाज युएईको प्रथम बार्षिक उत्सब कार्यक्रम बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा सस्कृति संरक्षणमा कृयाशिल मगर पन्चे बाजाका संयोजक रेशम सोमै लगाएत पन्चे बाजाका समुह र स्थानिय कलाकारहरुलाई सम्मान गरिएको छ । पाल्पाली सेवा समाजका अध्यक्ष खुम बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी वेलफेअरका अध्यक्ष गितामणि पाण्डे हुनुहुन्थ्यो । नेपाल मगर संघ युएईका अध्यक्ष राजु सिंजाली र सल्लाहकार कृष्ण आचार्य बिशेष अतिथि रहनुभएको सो कार्यक्रममा कोषाध्यक्ष कैलाश अर्यालले झण्डै ३२ हजार युएई दिरामको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । पहिलो बार्षिक उत्सब कार्यक्रममा पाल्पा जिल्लाका ६० गाबिसलाई समेट्ने हिसाबले ति क्षेत्रमा रहेका निम्न माध्यमिक बिधालय तहमा अध्ययनरत जेहेन्दार छात्र छात्रालाई पुरस्कृत गर्नको लागी शुरुमा २५ हजारको अक्षय कोष खडा गर्ने निर्णय

Read more

मगर संघ काठमाडौँको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न !

चन्द्र बहादुर श्रीस, काठमाडौँ “नेपालको संबिधान २०७२ मा मगर लगायात आदिबासी जनजातिहरुको अधिकारको अवस्था” को बारेमा राजधानी काठमान्डू मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समिति काठमान्डू को आयोजनामा सम्पन्न उक्त कार्यक्रम संघका अध्यक्ष डब बहादुर गर्बुजा पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष गङ्गा खासु मगरको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि खासु मगरले बर्तमान संबिधानमा नेपाल मगर संघको पोजिसन प्रश्तुत गर्दै तीन चिरा पारिएको मगरात भूमिलाई अधिकार सम्पन्न र एकीकृत मगरात स्थापना नहुन्जेल संघर्ष गरिरहने बताउनुभयो । नेपाल मगर संघ तथा नेपाल आदिबासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले सम्पूर्ण मगरहरुको मुटु ‘मगरात’ लाई तिन टुक्रा पारिएकोले यो संबिधान स्वीकार गर्न नसकिने बताउनु भयो । ने.क.पा. (एमाले) सम्बद्ध

Read more

असाहाय, गरिब र दिन दुखी सबै बालबालिका मेरै छोरा छोरी झै लाग्छ: जुनू पुन !

मगर मिडिया डट कम, काठमाडौँ अनाथ, असाहाय गरिब एबं द्धन्द्ध पिडित बालबालिकाको संरक्षणमा जुट्नु भएकी समाजसेवी जुनू पुनले द्धन्द्धकालले गर्दा आफुले उच्च शिक्षा हाशिल गर्न नपाए पनि बालबालिकाहरुको शिक्षा र उनीहरुको भविश्य प्रति आफु सधै चिन्तित रहेको बताउनुभएको छ । जनवादी कलाकार एबं भलिबल खेलाडीको रुपमा परिचित सुखौरा, गलकोट बाग्लुङ्ग निवासी जुनू पछिल्लो पटक बालबालिकाका आमाको रुपमा परिचिति हुनुहुन्छ । काठमाण्डौ नया बसपार्क निरको लोकतान्त्रिक चोकको मनमैजुमा अहिले पनि उहासंग २८ जना बालबालिका छन् । एकिकृत सिर्जनशिल समाज नेपाल, नामक संस्था संचालन गरेर समाजसेवामा सक्रिय जुनू भन्नुहुन्छ दुख पाएका सबै बालबालिका आफ्नै सन्तान जस्तो लाग्छ । सबैको सहयोगमा बालबालीकाहरुको उज्वल भविश्य खोजिरहनुभएकी उनै जुनू पुन संग देब पचभैयाले छोटो कुराकानी गर्नुभएको छ…..

Read more

मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न !

जिवन मगर जेठ, १६ आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेलको प्रायोजन तथा नेपाल मगर लेखक संघ केन्द्रिय समितिको आयोजनामा मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अठार मगरात मगर प्रतिष्ठानका अध्यक्ष बमकुमारी बुढामगर को प्रमुख आतिथ्य तथा नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष कमल पिठाकोटे मगर, अठार मगरात भाषिक उपाध्यक्ष पुर्णबहादुर वुढामगर, महासचिब ज्ञानेन्द्र पुनमगर र मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरको विशेष आतिथ्यता तथा विभिन्न संघ संस्थाका अध्यक्ष ज्युहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष कर्णबहादुर वुढामगरको अध्यक्षतामा शुरु भएको कार्यक्रम सघका भाषिक उपाध्यक्ष सोपा घर्तीमगरको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा संघका महासचिब तथा साहित्यकार जिवनप्रवेश रोकामगर (जे.आर. मगर हिमाल को पाँचौ साहित्यिक कृतिको रुपमा प्रकाशित मगर खामको निबन्ध

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)