मगर भाषामा पढाई हुने बिधालयलाई आर्थिक सहयोग !

डोल बहादुर बिक पाल्पा, बैशाख १८ दक्षिण कोरीयामा रहेका पाल्पाली मगरहरुले मगर भाषा संरक्षणको लागि पाल्पाको चिदिपानीमा रहेको नव जागृती प्राथमिक विद्यालयलाई एक लाख रुपैया सहयोग गरेका छन् । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना दक्षिण कोरीयामा रहेका पाल्पाली मगरहरुले मगर भाषामा अध्ययन गरिदै आएको नव जागृती प्राथमिक विद्यालयलाई मगर भाषा संरक्षण तथा शैक्षिक विकासका लागि एक लाख रुपैयाको अक्षकोष निर्माणका लागी एक लाख प्रदान गरेका हुन् । सहयोग रकम प्रदान गर्दै पाल्पाली मगर दक्षिण कोरीया तथा नमस्ते पाल्पा दक्षिण कोरीयाका प्रमुख चेतन सारुले दक्षिण कोरीयामा रहेका पाल्पालीहरुले संगठन बनाएर नेपालमा आपत विपतमा परेका, मृगौला रोगी, क्यान्सर रोगीहरुलाई सहयोग गर्नुृका साथै सामाजिक विकासका कार्यहरुमा समेत सहयोग गर्दै आएको जानकारी दिनुभयो । सारुले मगर भाषाको विकासको लागि मगर भाषा बढाई हुने अन्य

Read more

मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनको सभामुख घर्तीले उद्घाटन गर्दे !

मगर मिडिया डट कम चितवन, चैत्र १८ नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनको शनिबार चितवनमा उद्घाटन हुदैछ । बिरेन्द्र क्याम्पसको प्राङ्गढमा सभामुख ओनसरी घर्तीले शनिबार दिउसो महाधिबेशनको उद्घाटन गर्दे हुुनुहुन्छ । महाधिबेशन सफल बनाउन देशै भरका मगर संघका जिल्ला अध्यक्षहरु शुक्रबार नै चितवन आएका छन् । देश बिदेश बाट प्रतिनिधि र पर्यबेक्षक हरु आउने क्रम जारी छ । महाधिबेशनमा ५ सय बढी प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागीता रहनेछ । “२०७३ साल बैशाख १८ गते चितवन जाऔ, अधिकार सम्पन्न एकिकृत मगरांत स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको समृद्धि र आर्थिक रुपान्तरणको पक्षमा एघारौ राष्ट्रिय महाधिवेशन” भन्ने नारा तय भएको छ । संघको महाधिबेशनका लागी जिल्ला शाखाहरु र भातृसस्थाहरु बाट एक जना महिला अनिवार्य गरी ३ जना प्रतिनिधि र दुई

Read more

शिक्षण पेशा सम्मानित पेशा हो: श्रीस मगर !

सुरज थापा मगर, रुपन्देही विगत २२ बर्ष देखि निरन्तर शिक्षण पेशामा हुनुहुन्छ, पुजेन्द्र श्रीस मगर । वि.स. २०२५ असोज ७ गते जयखानी–८, लम्सराङ्ग डाडाथोक, गुल्मीमा जन्मिनुभएका पुजेन्द्र पिता फटिक प्रसाद र माता मन कुमारीको माइला छोरा हो । अहिले उहा सैनामैना–४, मुर्गिया, रामनगर टोलमा बस्नुहुन्छ । वि.स. २०३४ सालमा देविस्थान प्रा.वि. बाट कक्षा ३ पास गर्दा त्याहाको तत्कालिन प्रधानाध्यापक दान बहादुर घर्तीमगर हुनुुहुन्थ्यो । कक्षा ४ मा पढ्न श्री जीवनोद्घार उच्च मा.वि., पुर्तिघाट झर्नुभएका श्रीस दोश्र्रो पटकमा एस.एल.सी. उर्तिण हुनुभयो । पहिलो एस.एल.सी २०४३ सालमा शान्तिपुरमा थियो, शिक्षा बिषयमा चिट चोरेको भन्दै परिक्षार्थीलाई कारवाही गरेपछि बिद्यार्थीहरुले बिरोध गरे र हुलदगां भयो, परिक्षा दिदाको अनुभव सुनाउदै श्रीस भन्नुहुन्छ “बल्ल तल्ल साँझ ५ बजे परिक्षा सुरु भयो र सकियो, परिक्षाफल आउँदा त

Read more

शोक बक्तव्य !

मगर मिडिया डट कम, काठमाडौँ युवा पत्रकार तथा गीतकार, नेपाल प्रेस युनियनका सचिव सूर्य कुमार क्षत्रीको निधनको खबरले हामीलाई मर्माहत तुल्याएको छ । यस दुःखद् घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । पत्रकार क्षत्रीले नेपाली गीतसंगीत एवं नेपाली पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै श्रमजीवी पत्रकारको हकहितका लागि पु¥याउनुभएको योगदानको हामी सधैं स्मरण गर्नेछौं । देव पचभैया महासचिव नेपाल मगर पत्रकार संघ Magarmedia.com

Read more

सहमतिका आधारमा नेतृत्व चयन गर !

देब पचभैया मगर / पाल्पा नेपाल मगर संघको ११ औ महाधिबेशन यही बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुदैछ । ६६ जिल्ला, ६ भातृसस्था र १२ बिदेश स्थित प्रवास शाखा बाट सहभागी हुने यो महाधिबेशन आम मगरहरुको चाड पनि हो । चार बर्षको बिचमा मगरसंघले गरेका कामकारबाहीका बारेमा समिक्षा गर्ने र आगामी रणनिति तय गर्दै नया नेतृत्व चयन गर्ने समय पनि हो यो । सबै मगरहरुको साझा सामाजिक संस्था भएकाले पनि मगर संघ स्वदेशमा मात्रै होईन बिदेशमा समेत शसतm सस्थाको रुपमा परिचित पनि छ । संसार भरका मगर अटाउने सस्थालाई फुटाउन अहिले देशी बिदेशी शतिmहरु सक्रिय बन्दै गएका छन् । जाति,धर्म , क्षेत्र वा कुनै पनि बाहानामा मगरलाई फुटाउने उनीहरुको प्रपन्च छ । त्यसैले त आज सिङ्गो मगरात भूमीलाई

Read more

प्रथम आदिवासी जनजाति चलचित्र उत्सव २०७३ शुरु !

राज मगर काठमाडौं, बैशाख १५ आदिवासी विषयवस्तुहरुमा आधारित चलचित्रहरुको नियमित प्रदर्शन, बजार विस्तार तथा अन्य नितिगत कुराहरुको व्यवस्थापन गर्ने उदेश्यका साथ आदिवासी जनजाति चलचित्र महासंघ, राष्ट्रिय नाचघर, आदिवासी जनजाति चलचित्र महासंघमा आवद ९ वटा घटक संस्थाहरुको आयोजनामा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा प्रथम आदिवासी जनजाति चलचित्र उत्सव २०७३ शुरु भएको छ ।सात दिनसम्म चल्ने उक्त उत्सवको प्रथम दिन उद्घाटन र चलचित्र प्रदर्शन शत्र गरि दुई भागमा विभाजित कार्यक्रमहरु सम्पन्न भयो । उद्रघाटन सत्रमा आदिवासी जनजाति चलचित्रहरुको अवस्था, दर्ता, सेन्सर हुन नसकेको अवस्था र कारणहरु, आदिवासी चलचित्रहरुको स्तर विकास गर्र्नु पर्ने अवस्था, हलहरुमा चलचित्र लाग्नको लागि गर्नु पर्ने पहल र आवश्यकता बारे वक्ताहरुले जोड दिएका थिए । चलचित्र विकास बोर्डका अध्यक्षले अहिलेसम्म दर्ता र सेन्सर हुन नसकेका आदिवासी जनजाति विषयका चलचित्रहरुलाई

Read more

स्वर्ण सुन्दरी: निमा घर्ति मगर !

तिलक गुर्मछान, काठमडौ चिम्सा आँखाहरु । वाटुलो मोहडा । हँसिली । सुन्दर देश नेपालकी छोरी । मुलुकको सुन्दरता प्रतिविम्वित भएको छ उनको यही अनुहारमा । अर्थात नेप्टी निमा । निमा घर्ति मगर । मगरकी चेली निमाको परिचय यति मात्र भने होइन । सगरमाथाको उचाईमा पुगिन् निमाको पहिचान । जब उनले सागमा स्वर्णको ताज पहिरिन् । नेपालको स्वर्ण खडेरीलाई उनले तोडिदिईन् । स्वर्णको उद्घाटन भयो । अन्य ६ मुलुकका प्रतिस्पर्धीहरुलाई कालो अनुहार पारेर स्वदेश फर्कन विवश बनाएकी निमाको स्वर्ण उमेर पनि भर्खरै शुरुवात भएको छ । उनले नेपाली नागरिकता पनि प्राप्त गरेकी छिन् । मुलुकलाई अरु स्वर्ण दिने हुतहुतीले निमा व्यग्र छिन् । व्यस्त छिन् आजभोलि । कोटगाउँ माडिचौर, रोल्पाकी निमा । निमाले एक साता अघि मात्र नागरिकता बनाएकी छिन् ।

Read more

नेपाल मगर संघलाई नेपाल पुन मगर समाजको ज्ञापनपत्र – मगर जातिको एकतालाई कायम राख्न महासंघ बनाउनुपर्ने माग !

रूद्र श्रीसमगर पोखरा, १४ वैशाख नेपाल पुन मगर समाजले नेपाल मगर संघलाई भाषिक आधारमा महासंघ बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरलाई नेपाल मगर संघलाई मगर जातिमा बोलिने तीन वटा भाषाका आधारमा महासंघ बनाइनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो । नेपाल मगर संघको यही वैशाख १८ गतेदेखि २२ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमार्फत् महासंघ बनाइनुपर्ने माग गर्दै नेपाल पुन मगर समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष थापामगरले महासंघ बनाउने सन्दर्भमा पर्याप्त छलफल र बहस गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नेपाल पुन मगर समाजले उठाएको मुद्दाप्रति हामी अत्यन्त सकारात्मक छौं’, थापामगरले भन्नुभयो, ‘महासंघका विषयमा औपचारिक प्रस्ताव लैजान समयसीमा कटिसकेको छ, यद्यपि, हामी यसलाई

Read more

को हुन अष्ट्रेलियाको राजदूत सिफारिस भएकी महामहिम लक्की शेर्पा ?

खिलक बुढाथोकी २०१५ सालदेखि नै पारिवारिक रुपमा बामपन्थी झुकाब राख्ने शेर्पा प्राध्यापक श्यामसुन्दर शेर्पा र कामु शेर्पाको जेष्ठी सुपुत्रिको रुपमा आजभन्दा ४ दशक अगाडि जन्मिएका लक्की शेर्पा बिद्यार्थी जीवनदेखि नै अनवरत, अबिचलित र निरन्तर रुपमा राजनैतिक क्षेत्रमा छिन । पहिलो संबिधानसभामा एमालेबाट सभासद बनेकी लक्की एमालेले उत्पीडित, दमित र सिमान्तकृतको मुद्दालाई गहन तरिकाले नलिएकै कारण लक्की शेर्पा एमाओवादीमा आबद्ध हुँदै हाल एमाओवादीका केन्द्रीय सदस्य (वातावरण विभाग प्रमुख) हुन । राम्रो शैक्षिक बातावरणमा हुर्केकी शेर्पाको अंग्रेजी भाषामा बिशेष दख्खल छ । अध्ययनको हकमा सन १९९९ मा बाणिज्य शास्त्रमा स्नातक र २००१ मा अर्थशास्त्रमा स्नातकोतर (एम.ए.) तहमा सर्बोकृष्ट अंक ल्याएर क्याम्पस प्रथम भएका थिए । लक्की शेर्पा न्याय र समानता, मानवअधिकार, समाबेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा सल्लाहकारको

Read more

भू.पू सैनिक कास्किमा चन्द्रप्रकास थापा मगर !

रूद्र श्रीसमगर, पोखरा नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघ कास्कीको अध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर चयन हुनुभएको छ । बेलायती, भारतीय, सिंगापुर तथा नेपाली पूर्व सैनिक र प्रहरी मगरहरूको भेलाले संघको गठन गरेको हो । भेलाबाट उपाध्यक्षमा क्षेत्रबहादुर थापामगर, सचिवमा जीवनकुमार थापामगर र कोषाध्यक्षमा धनबहादुर थापामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा टेकबहादुर थापामगर, लोकबहादुर थापामगर, खुमबहादुर थापामगर, श्यामबहादुर थापामगर, वीरेन्द्र थापामगर, तमानसिंह पुनमगर र क्या. पूर्णबहादुर पल्लीमगर रहनुभएको छ । समितिमा एक नम्बर इकाइ हेम्जा देखि दीप नगर,नयाँ बजार,बैधाम, धोरे पाटन, राम बजार लगायत चाउथे कदम मार्ग गरी १५ सम्मकालाइ समितिमा राखिएको छ । त्यस्तै, केन्द्रीय प्रतिनिधिमा सु. चन्द्रबहादुर मसराङ्गीमगर र रामबहादुर पुनमगर चयन हुनुभएको छ । भेलाको उद्घाटन गर्दै नेपाल मगर पूर्व सैनिक तथा प्रहरी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)