मगर संघ युकेको अध्यक्षमा नेम थापालाई सहयोग गर्ने अर्का उम्मेद्धार सुनिल रानाको घोषणा !

मगर मिडिया डट कम काठमाण्डौ / चैत्र १७ यही चैत्र २० गते ( अप्रिल २ ) मा हुने नेपाल मगर संघ युकेको महाधिबेशनमा नेम थापालाई समर्थन गर्ने अर्का उम्मेद्धार सुनिल रानाले घोषणा गर्नुभएको छ । मगर संघ युकेको सबै भन्दा ठुलो शाखा यु,एच,एस,बि का सस्थापक अध्यक्ष समेत रहनुभएका सुनिल रानाले युके मगर संघका उपाध्यक्ष नेम थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको युके मगर संघका महासचिब बम थापा (सूर्यबंशी) ले जानकारी दिनुभयो । मगर संघ युकेका बिधान संसोधन संयोजक एबं केन्द्रिय समितिका सल्लाहकार समेत रहनुभएका सुनिल रानालाई अध्यक्षको दाबेदार मानिएको थियो । रानाले आफु जस्तै बेलायतबासी धेरै मगरहरुको समर्थन नेम थापालाई रहेकाले उहालाई सहयोग गर्न उम्मेद्धारी फिर्ता लिएको जानकारी दिनुभयो । मकाउमा रहदै समाजसेवीको रुपमा परिचित भैसक्नु भएका उपाध्यक्ष नेम थापा २००६

Read more

बम थापा (सूर्यवंशी) मगर, मगर संघ युकेको महासचिव संग मगर मिडिया डट कमको कुराकानी !

बम थापा (सूर्यवंशी) मगर संघ युकेको महासचिव एबं पाल्पाली समाज युकेको अध्यक्ष हुनुहुन्छ । बेलायतको विरानो ठाउँमा आई पर्ने सुखदुःखमा हातेमालो गर्दै जातिय अधिकार प्राप्ती र सस्कृतिको संरक्षणका लागी सामाजिक सेवामा लागेको उहाको भनाई छ । मगर संघको नेतृत्वको लागी पहिले राजनीतिको खोल संस्थाको ढोका बाहिर खोली सच्चा मगर भएर प्रवेश गर्नुपर्नेमा जोड दिनुहुने सुर्यबंशीले सबै गोर्खाहरु एक हुनु पर्नेमा जोड दिनुभएको छ । मगर मिडिया डट,कम संगको कुराकानीमा उहाले एकआपसमा खुट्टा तान्ने काम बन्द गरी सबै एक भएर अघि बढे सबै कुराको संभब भएको बताउनुभएको छ । प्रस्तुत छ मगर मिडियाका सम्पादक देब पचभैया (मगर) ले उहा संग गर्नुभएको यो कुराकानी । तपाईं आफ्ना बारेमा कसरी सम्झनुहुन्छ ? म नेपालको पाल्पा जिल्लामा जन्मे । तर भारत देहरादुनमा हुर्के अनि

Read more

नेपालीको परिचय बोकेर विदेश यात्रा गर्दा लाजमर्दो महशुस हुन्छ !

हुम सुनारी मगर / साउदी अरेवीया बोर्डिङ् समय हुनै लागेको थियो। हतार हतार अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय तर्फ गएँ। एकजना विदेशी नागरिक नाक थुन्दै शौचालयभित्रबाट बाहिर निस्कियो। मलाई पिसाप गर्न हतार भएको थियो – युरिनलतिर गएँ। तर, प्राय: सबै युरिनलको अवस्था यो तस्बिरमा भएको जस्तो मात्रै देखेँ। एकदुई वटा मात्र प्रयोग गर्ने लाएकका थिए। त्यो पनि पालो पर्खेर बस्नु पर्ने। अत्यन्तै दुर्गन्धित शौचालय। प्राय: सबै युरिनलहरू ड्रेनब्लक भएको देखेपछि एउटा पिसापले भरिएको युरिनललाई मेरो मोबाइल क्यामरामा कैद गरेँ । केहि बेर अगाडी एक जना विदेशी नागरिक नाक थुन्दै शौचालयबाट बाहिर निस्केको थियो, त्यो शौचालय हेर्न मन लाग्यो। मैले तस्बिर खिच्न नसक्ने अवस्थामा थियो त्यो शौचालय। अब, आफै बुझौँ, त्यो शौचालय कति दुर्गन्धित रहेछ ! मेरो मोबाइलमा कैद भएको यो तस्बिर शौचालय

Read more

मगर समुदायमा रहेका संस्कृति र विकृति !

भिमबहादुर बुढामगर / रोल्पा संस्कृति भनेको सबै असल क्रियाकलाप वा सुव्यवहारलाई जनाउँदछ भने विकृति भन्नाले सबै खराब क्रियाकलाप तथा दुरुपयोगलाई जनाउँदछ । कुनै पनि समुदायभित्र असल क्रियाकलापका साथसाथै खराब क्रियाकलापहरु पनि व्याप्त रहेका हुन्छन् । असल क्रियाकलाप वा संस्कृतिले व्यक्ति, समाज र राष्ट्रलाई असल, सभ्य र विकसित बन्न मार्गनिर्देश गर्दछ भने खराब क्रियाकलाप वा विकृतिले भ्रष्ट र अन्धकार बाटोतिर लगाउँछ । मगर समुदाय, सांस्कृतिक रुपमा धनी छन् भने विकृतिहरु पनि नभएका होइनन् । एक त राज्यबाट विभेदकारी नीतिका कारण मगर समुदाय पछि पारिएको छ भने यस्ता विकृति वा कुसंस्कारले झनै पछि धकेलीएको को छ । तसर्थ सही अर्थमा मगर समुदायको विकास चाहने हो भने चेतनाको विकास गर्दै संस्कृतिको प्रवद्र्धन र विकृतिको विनास गर्न जरुरी छ । वास्तवमा संस्कृतिले वृहत क्षेत्र

Read more

आगामी २० गते हुदैछ युके मगर संघको अधिबेशन – अध्यक्षमा पाच जना भिड्दै !

देब पचभैया / मगर मिडिया डट कम काठमाण्डौ, चैत्र १५ नेपाल मगर संघ युकेको यही चैत्र २० ( अप्रिल २ ) मा हुने अधिबेशनमा पाच जना भिड्ने तयारीमा छन् । अध्यक्षका प्रत्यासी सबैले आफुलाई सहयोग गर्न आग्रह गर्दै छलफल र अन्र्तक्रियालाई तिब्र बनाएका छन् । मगर संघ युकेको पाचौ कार्यसमितिको अध्यक्षको लागी नेम थापा, सुनिल राना, राजेन्द्र राना, दलमान पुन र हिमाली रानाको उम्मेद्वारी परेको मगर संघ युकेका महासचिब बम सुर्यबंशीले जानकारी दिनभयो । ११ वटा शाखा मिलेर बनेको मगर संघ युके बेलायतमा भएका सस्था मध्ये ठुलो सस्थाको रुपमा परिचित छ । मगर संघ युकेको चौथो कार्यसमितिले बेलायत भर छरिएर रहेका सबै मगरहरुलाई एक बनाई साझा भावनाको बिकास गर्दे आफ्नै साझा घर खरिद गर्न सफल भएको थियो । अव बन्ने

Read more

कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न !

बिजय कुमार मगर दोहा कतार, चैत्र १५ प्रदेशि भुमि कतारमा मगर भाषा तथा लिपिको बारेमा प्रशिक्षण दिईएको छ । नेपाल मगर संघ, कतार शाखाको मातहतमा रहेको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान बिभागका उपसंयोजक अभिमत पुनको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गएको शुक्रबार सनैया १५ स्थित टेष्टी प्यालेश रेष्टुरेष्टमा भएको प्रशिक्षण कार्यक्रममा मगर एबं गैरमगरको सहभागीता थियो । नेपाल मगर संघ कतार शाखाका अध्यक्ष महेन्द्र थापाको अध्यक्षता र प्रमुख सल्लाहकार भिम तरामुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाह्र मगरातमा बोलिने मगर ढुट भाषा र अठार मगरातमा बोलिने खाम भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिईएको थियो । अठार मगरातमा बोलिने (बिशेष गरी राप्ती अंचलतिर ) मगर खाम भाषाको बारेमा नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सदस्य

Read more

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु ! बुद्ध जन्मेको देशमा बुद्धकै हेला: भिक्षु श्रद्धानन्द

रूद्र श्रीसमगर पोखरा, १३ चैत्र नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको बौद्ध धार्मिक विधि अनुसार भिक्षु श्रद्धानन्दले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटनका लागि उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आउने भनिएपनि अन्तिम समयमा आएर उप–राष्ट्रपति आउने कार्यक्रम रद्द भएको आयोजकले जनाएका छन् । सम्मेलनको उद्घाटन गर्दै भिक्षु श्रद्धानन्दले महामानव सिद्धार्थ गौतम बुद्धले देखाएको बाटोमा अघि बढे मात्रै देशमा शान्ति हुने बताउनुभयो । बुद्ध जन्मेको देशमा बुद्ध आफैं हेंलामा परेको भन्दै भिक्षु श्रद्धानन्दले अरू देशमा बौद्ध धर्मको विकास र विस्तार भएपनि नेपालमा बौद्ध धर्मको अवहेलना हुनु दुर्भाग्य भएको बताउनुभयो । त्यस्तै, बौद्ध धर्मका पूज्य गुरु मिन गुरुले मगर समुदायमा बौद्ध जागरण आएकोमा खुशी व्यक्त गर्दै मगर समुदाय बौद्धमार्गी भएको बताउनुभयो ।

Read more

जहाँ कान समाएर नचाउँछन् युवतीले !

मनोज घर्तीमगर / पोखरा तस्वीरहरु: छवि मगर तनहुँ खैरेनीटारदेखि दक्षिणतिर झण्डै साढे दुई घण्टाको बस यात्रापछि पुगीने स्याङ्जाको चित्रेभञ्ज्याङ–८ चित्रे पुगिन्छ । चित्रे वरिपरि मगर बस्तीहरु छन् । अहिले नेपालका प्रायः गाउँमा मलामी र जन्ती जाने युवाहरु पाउन मुस्किल छ । तैपनी यी मगर बस्तीहरुमा युवाको कमि छै्रन । चित्रे, करङस्वारा, ढुंगेठाँटी, लगायतमा अहिले पनि हुलका–हुल मगर तरुनी–तन्नेरीहरु भेटिन्छन् । आफ्नो मौलीक सँस्कृतिलाई बिर्सने युवाहरुको जमात बढ्दै गएका बेला तिनिहरुसंग भने विशिष्ट संस्कृति, भाषा र मौलिक जीवनशैली कायमै छ । अन्य मगर, गुरुङ वस्तीमा झै यहाँ पनि गल्लावाल नछिरेका होईनन् । तीनै गल्लावालले यहाँका युवाहरुमाझ पनि ‘लाहुरे’ संस्कृति स्थापित गरिदिए । विस्तारै गाउँमा भएका तन्देरीहरु लाहुरे बनेर बिट्रिस साम्राज्यको रक्षाको लागि लड्न हिडे । तरुनीहरु लाहुरेनी बने । यो क्रम

Read more

फोनिजको राष्ट्रिय भेला जेठ ४ गते काठमाडौंमा !

काठमाडौं, ११ चैत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ । देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको हो । भेलामा भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा र संस्थागत सदस्य संस्थाबाट प्रतिनिधित्व रहनेछ । भेलालाई व्यवस्थित गर्नका लागि फोनिज केन्द्र्रीय अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । भेलामा मुलुकको नयाँ संरचनाअनुरुपको फोनिजको संगठन संरचना बनाउनका लागि विधान संशोधन प्रस्तावसमेत पेश हुनेछ । विधान संशोधनका लागि संगठन सचिव मनोज घर्ती मगर, केन्द्रीय सदस्य श्रीकृष्ण महर्जन र दिपा आले रहेको विधान संशोधन समिति गठन गरिएको छ । कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा आर्थिक समिति र संस्थागत सचिव राजेश

Read more

चलचित्र राजनीति र आदिवासी चलचित्र उद्योग !

मेजन पुन, पोखरा २०६१ सालतिर मेरो लेखन/निर्देशनमा निर्माण गरेको चलचित्र पर्वतको बाँसखर्कमा प्रदर्शन गरे पश्चात निकै पछि त्यहाँबाट एक जना बालकका अविभावक जितेन्द्र पुनले मलाई लामै लेख लेखेर पठाउनु भएको थियो । जुन फिमला पत्रिकाको अंक १५ मा एजु चलचित्र हेर्दाको अनुभव भनेर प्रकाशित भएको छ । आफ्नो गाउँ ठाउँको कथा र दृश्य हेरेर मन्त्रमुग्ध भएको प्रतिक्रिया लेख्नु भएको थियो साथै एजु चलचित्र हेरेपश्चात वहाँको ४ बर्षे सानो बच्चाले चलचित्रको पात्रले झैं अभिनय गरेर हँसाउने कार्य गरिरहयो रे । साथै चलचित्रमा भएका क्रियाकलापहरु गरेर चलचित्र हेरेको सम्झना गराई राख्यो रे । अर्थात चलचित्रले ठुलादेखि स–साना बालकहरुलाई समेत कतिसम्म प्रभाव पर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण हो— यो । आफ्नो समाजभित्रको र आफ्नो वरिपरिका कथा÷घटनाहरुलाई समेटेर बनाइएको चलचित्रले निश्चित पनि मन छुने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)