ब्राम्हणवादी शासक जातीय संघीय संरचनाबारे मगर समुदायका असहमतिका बूँदाहरु !

वसन्त घर्ती मगर, वरिष्ठ उपाध्यक्ष नेपाल मगर संघ १– पृष्ठभूमी, मगर समुदाय नेपाली समाज र सत्ताको लागि नयाँ नाम होईन । नेपाली समाजको बनोट र विशेषताको आधारमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी समाजशास्त्रीय दृष्टिकोणबाट बुझदा नेपाली समाज बहुजातीय, बहुभाषीक, बहुधार्मीक र बहुसाँस्कृतिक प्रकृतिको बहुराष्ट्रिय मुलुक नै हो । तर राज्य सत्ता संचालकहरुको शासक जातीय अहंकारले ओतप्रोत ब्राम्हणवादी विचारको दृष्टिदोषका कारण नेपालमा विद्यमान सामाजिक अन्तरविरोध गहिरिंदै र चर्किंदैगएको छ । नेपाली समाजमा मुख्यतः तीन प्रकारका मानव महांवंशहरु मात्र रहेको देखिन्छ । जस्तै ः मंगोलीयन महावंश, ककेशीयन महावंश (आर्यन महावंश) र अष्ट्रो–ड्रविडीयन महावंश । यी तीन मध्ये नेपालमा करिब ५०० वर्ष देखि केन्द्रिय सत्तामा एकल पकड र प्रभाव जमाएको मानव महावंश ककेशीयन (आर्यन) नै हो । ती आर्यन महावंशका शाखाहरुमा बाहुन, क्षेत्री, दलीत र

Read more

मगर आम संचार कर्मी समाजका सस्थापक अध्यक्ष बेलायतमा बिजयी !

काठमाण्डौ, फाल्गुन १७ : मगर आम संचारकर्मी समाजका सस्थापक अध्यक्ष नरेश खपांगी नेपाल पत्रकार महासंघ बेलायतमा निर्बिरोध अध्यक्ष हुनुभएको छ । बेलायत शाखाको तेश्र्रो अबिधेशनमा उहाको मात्रै उम्मेदवारी परेपछि खपांगी निर्बिरोध हुनुभएको बेलायतमा रहनुभएका पत्रकार महासंघका महासचिब उजिर मगरले जानकारी दिनुभयो । निर्बाचन समितिका अनुसार कोषाध्यक्षमा पुर्ण गुरुग, सहकोषाध्यक्षमा रोशन राई, सचिबमा शिब भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती निर्बिरोध बिजयी हुनुभएको छ । अरु पदमा पनि टुंगो लाग्न बाकी छ ।

Read more

मगर आम संचार कर्मी समाजको केन्द्रिय भेला आज |

काठमाण्डौ, फाल्गुन १७ : मगर आम संचारकर्मी समाजको सोमबार केन्द्रिय भेला काठमाण्डौमा हुदैछ । २५ बढी जिल्लाबाट मगर संचारकर्मीहरु भेलामा सहभागी हुदैछन् । तमुबौद्ध सेवा समितिको हल, अनामनगरमा हुने भेलाले नया समिति चयन गर्ने समाजका संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेलाको बिहान ११ बजे आपुर्ती मन्त्री गणेशमान पुनले उद्घाटन गर्नुहुनेछ । कार्यक्रमका प्रमुख अतिथिले मगरभेलामा मगर पत्रकार र मगर मिडियाको बारेमा पत्रकार देब पचभैयाले कार्यपेश गर्ने र मगर संघको धारणाको बारेमा मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । मगर मिडियाको महत्व, आवश्यकता र प्रभाब लगाएतका बिषयमा बिभिन्न प्रभुत्व ब्यतिmहरुको पनि सहभागीता रहने बताईएको छ । भेला सम्पन्न गर्नको लागी मगर संघ बेलाएतले आर्थिक सहयोग गरेको छ ।मिडिया डट,कमको पनि औपचारिक उद्घाटन गर्ने कार्यक्रम

Read more

Announcement !

Dear All, Just to give you a quick update about Magarat Campaign donation collection. MAUK meeting held in July last year decided to support the campaign. So far we have raised just over £3000 and many more to come. Where, how and why we spend this money was a big question for us all. While donation collection was under way to research, I created a face book chat group and invited all Magar journalists that I knew of including Nepal Magar Sangh officials. With help of a few dedicated journalists in Nepal the campaign has kicked off very strongly. They have so far now managed to form District level all journalists body in more than 25 districts who than would

Read more

मातृ भाषाको माया !

देब पचभैया पाल्पा अन्तरिम संबिधान २०६३ लागु भएपछि सरकारले शुरुमा ६ जिल्लाबाट ७ वटा भाषामा सुरु गरेको मातृ भाषाको पढाई अहिले फैलदै गएको छ । नव जागृती प्राबि चिदीपानी २ धैरेनी पाल्पामा पनि मगर भाषामा पढाउन थालेको ९ बर्ष पुग्यो । मगर भाषामा पढाउन थालेपछि भाषा नबुझेरै बिधालय आउन नमान्ने, आईहालेपनि बिचैमा छोड्नेहरु आजकाल नियमित स्कुल आउछन् । नेपाली र अंग्रेजी बाहेक सबै बिषय ४ कक्षा सम्म यहा मगर भाषामा पढाई हुन्छ । एक बर्ष सम्म नेपाली भाषाकै किताब लाई मगर भाषामा उल्था गरेर पढाए पनि २०६५ साल यता बिधालय आफैले मगर भाषाको पाठ्य पुस्तक तयार पारेको छ । शुरुमा मुश्किलले सय जना बिधार्थी रहेको नब जागृती प्राबिमा, मातृभाषामा पढाउन थालेपछि बिधार्थी संख्या १ सय ३३ पुगेको छ । पहिले

Read more

मातृभाषाले दिलायो जागिर !

मनोज घर्तीमगर राज्यको विभेदकारी नीतिले हराउँदै गएको मातृभाषाले विस्तारै फैलने मौका पाउन थालेको छ । विशेष गरि विसं २०४६ को जनआन्दोलनपछि मातृभाषाले थोरै भए पनि राज्यको संरक्षण पाउन थाल्यो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा मातृभाषा बोल्ने मगर लगायतका जनजाति समुदायलाई खस नेपाली भाषा बोल्नुपर्ने उर्दि लगाएका थिए । त्यतिबेला मगर लगायतका मातृभाषा बोलेमा जरिवाना गर्ने व्यवस्था गरेपछि विभिन्न जनजाति समुदायका मातृभाषा लोप हुँदै गए । अहिले समय बदलिएको छ । राजनीतिक र सामाजिक परिवर्तनसँगै आदिवासी जनजाति समुदायले आफ्नो, भाषा, धर्म कला सँस्कृतिको संरक्षण र पहिचाको आन्दोलन थाले । यहि पहिचानको आन्दोलनले विभिन्न जनजाति युवालाई मातृभाषाप्रतिको मोह बढाएको छ । पछिल्लो समय मातृभाषा जान्नेहरु विस्तारै बढ्दै गएका छन् । यो सुखद पक्ष हो । मातृभाषा जानेकै कारण धेरैले आफ्नो रितिरिवाज,

Read more

मौलिकता हराएको कौरा !

मनोज घर्तीमगर तस्वीर: छवि मगर हा…सानु माया लाउँकी भनेर यो दाजुलाई भनेर दिनदिन औला गनेर सानु माया लाउँकी भनेर यी यस्तै भाकामा गाउँघर वनपाखा घन्काउँदै कौरा गाउने अनि नाच्ने समय आजभोली छैन । मगर सँस्कृतिमा निकै प्रचलित कौरा नृत्यको चार्म भए पनि यसको मौलिकता संरक्षण हुन सकेको छैन । विभिन्न कार्यक्रममा हुने कौरा गीत र नृत्यलाई नमान्ने हो भने कौरा देख्न पाउनु शौभाग्य हो । विशेष गरि पश्चिमाञ्चलका मगर बस्तीमा प्रतलित कौरा सँस्कृति हराउँदै गएकोमा चिन्ता गर्नेहरु बढेका छन् । कौराको असली स्वरुप हराउँदै गए पनि पछिल्लो समय यसले व्यापकता भने पाउँदै गएको छ । मगर भाषाको कानराहाबाट अपभ्रंश भएर कौरा भएको हो । कानराहा भनेको हामी आयौं भन्ने अर्थ लाग्छ । मगर सँस्कृतिमा धेरै वर्ष पहिले घाँस दाउरा गर्ने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)