नायिका बिना थापाको आर्यघाटमा आज अन्त्येष्टि।

पौष १३, काठमान्डौ बुधबार काठमान्डौको  बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परि  निधन भएकी नायिका तथा मोडल बिना थापाको पार्थिब शरिरलाई  आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो । उनले चलाएको स्कुटर बा ५५ प १३८७ नम्बरको हो । रंगमञ्च क्षेत्रमा समेत सक्रिय थापा सिल्पी थिएटर सँग आवद्ध थिइन् । उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी थिइन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् । थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । थापाले ‘उवर्शी’, ‘डिभोर्स’

Read more

पाल्पामा भएको जिप दुर्घटनामा मगरी पंचेबाजाका ४ को मृत्यु १६ घाईते !

देब पचभैया पाल्पा, माघ २५ पाल्पाको दोभानमा भएको जिप दुर्घटनामा एकै गाउका चार मगरको ज्यान गएको छ । १६ जना घाईते भएका छन् । दोभान २ ज्यामिरेको बिहे बाट ज्यामिरे र डान्सिङ्कोटको मगरी पन्चेबाजाको समुहलाई लिएर झुम्सा तर्फ फर्किएको लु १ ज २६८९ नम्वरको जिप सोमवार बेलुकी १० बजे तिर ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परि दोभान २ का ४९ बर्षिय हरी राना, ३० बर्षिय मिन बहादुर थापा, ४१ बर्षिय जसविर वाकावल र २६ बर्षिय यम बहादुर रानाको ज्यान गएको हो । घाईते १६ जनाको अंचल अस्पताल बुटवलमा उपचार भैरहेको छ । जिप सडक बाट झण्डै १५० मिटर तल खसेको स्थानियले बताएका छन् ।

Read more

इजरायलमा कार्यरत नेपाली चेली “सिमा काउचा मगर” गाडीले हानेर गम्भीर घाइते !

तेलअभिव, इजरायल बैदेशिक रोजगारीको क्रममा इजरायलको अफुल्ला शहरमा कार्यरत नेपाली चेली सिमा काउचा मगर गत हप्ताको १४ तारिख काम गर्ने घर देखि शपिंङको लागि बजार जादै गर्दा गाडीको ठक्करबाट गम्भीर घाइते भएको नेपाल मगर संघ इजरायलले जानकारी दिएको छ | बिरामीको अनुरोधमा बिपि शाह (बिरामीको साथी) ले मगर संघ इजरायललाई जानकारी गराएको कुरा पनि संघले स्पष्ट परेको छ | अचेत अवस्थामा अफुल्ला हस्पिटलमा उपचार भईरहेको खबर थाहपछि १९ तारिख बिहान मगर संघका ३ जना प्रतिनिधिहरु प्रथम उपाध्यक्ष बिष्णु पुन मगर, तारा काउचा मगर र कार्यकारी सदस्य मन राना मगर हस्पिटलमा पुगेर भेटघाट गरी घाइते सिमा काउचा मगरको स्थिति र घटनाबारे बुझेको जनाएको छ | हाल उनी सामान्य बोल्न सक्ने भएको जानकारी दिएको छ | हाल उनी हिडडुल गर्न सक्ने अवस्थामा

Read more

पाल्पा बुटवल सडकका घुम्तीमा कन्भेक्स मिरर (भिडियो रिपोर्ट सहित) – बिपरित दिशाका गाडी चालकले एैनामा देखेपछि दुर्घटना रोकिने बिश्वास !

देब पचभैया पाल्पा, असार २८ पाल्पा बुटवल सडक खण्डका २६ स्थानका घुम्तीमा कन्भेक्स मिरर राखिएको छ । बिपरित दिशाबाट आएका गाडीहरु एक आपसमा देखिने गरी एैना राखेपछि सडक दुर्घटना र ध्वनि प्रदुषण कम हुने बिश्वास गरिएको छ । दक्षिण कोरिया पुगेका नेपालीहरुको आर्थिक सहयोगमा एैना राखिएको हो । पाल्पा बुटवल सडक खण्डका २६ स्थानमा एैना राखिएको र तानसेन बजार क्षेत्र अनि गुल्मी तम्घार रोडका ५ स्थानमा उपयुतm स्थान छनोट पछि राखिने तयारी भएको नमस्ते पाल्पा परिवार दक्षिण कोरियाका सस्थापक अध्यक्ष चेतन सारु मगरले जानकारी दिनुभयो । झण्डै १५ लाखको खर्चमा दक्षिण कोरिया बाटै ल्याईएका एैनाहरु सडकका घुम्तीमा राखिएका हुन् । नमस्ते पाल्पा परिवारका अनुसार प्रति एैनालाई २५ देखि ३० हजार सम्म परेको छ । जिल्ला प्रशासन, सडक डिभिजन र प्रहरीको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)