मगर महिला: चुनौती र बिकास !

– बिजय हितानमगर मेरो अनुभव एक मगर महिलालाई म एकदमै नजिकबाट बुझेको छु । मसँग उनको यती मोटो पुस्तक नै छ भनेपनी हुन्छ । यसलाई म दिनरात अध्यन गर्ने गर्छु- कहिले भान्सामा, कहिले बिस्तारामा, कहिले बैठक कोठामा, कहिले बारीमा त कहिले बाटामा । यो पुस्तकको नाम ‘कल्पनाको कथा’ हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ । दिदी बैनी भगवानले दिएनन, ता पनि मगर महिलाको रुपमा मेरी आफ्नै आमालाई बुझेको छु । म स्यानो छँदा, बुवा महिला दिवस मनाएर घर आउँदा, आमालाई थाहै हुने थिएन महिला दिवस कैले, किन, र कहाँँ मनाइन्छ भनेर । त्यसर्थ मगर महिलालाई मैले मेरी आमा जस्तै पनि बुझेको छु । भबिश्यका मगर महिलाहरु मेरी

Read more

नेपाल मगर महिला संघको २० औं स्थापना दिवस हिजो राजधानीमा भव्य रुपमा मनाइयो (फोटो फिचर सहित)!

  दिपक श्रेष्ठ ४ असोज, काठमाण्डौ नेपाल मगर महिला संघले आफ्नो २० औं स्थापना दिवस हिजो राजधानीको राष्ट्रिय नाँचघरमा एक विशेष कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । नेपाल मगर संघ केन्द्रिय समिति, नेपाल मगर महिला सघं जिल्ला समिती काठमाडौ र नेपाल मगर महिला सघं जिल्ला समिती ललितपुरको संयुत्त आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि माननीय सिचाई राज्यमन्त्री अमर सिंह पुन मगर रहनु भएको थियो भने कार्यक्रमको  अध्यक्षता नेपाल मगर महिला सघंकी अध्यक्ष बिनिता आले मगरले गर्नुभएको थियो । पानसमा दिप प्रज्वलन गरि प्रमुख अतिथिले औपचारिक कार्यक्रमको सुरु गर्नु भएको थियो । आयोजित कार्यक्रम स्थापना दिवस मनाउनुको साथ साथै मगर महिला स्वास्थ्य उपचार कोषको आर्थिक बृद्धिलाई पनि लक्षित गरिएको थियो । सम्पूर्ण मगर महिलाको अभियान पहिचान र अधिकार सहितको मगरात स्वायत्त

Read more

मगर महिला संघ रामबजारको दर खाने कार्यक्रममा प्रतियोगितात्मक कार्यक्रम !

रूद्र श्रीसमगर पोखरा, ४ भदौ नेपाल मगर महिला संघ रामबजार एकाइ समिति, पोखराको आयोजनामा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रममा विभिन्न प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको कार्यक्रममा आयोजित घैंटो फुटाउने प्रतियोगितामा सरिता विरहीले घैंटो फुटाउन सफल हुनुभयो । त्यस्तै, चम्चा दौडतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः मनमाया थापामगर, पूर्णा आलेमगर र आशमाया आलेमगर हुनुभयो भने म्यूजिकल चेयरतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः पूर्णा आलेमगर, खुबीसरा थापामगर र कुसुम रानामगर हुनुभयो । बिजेताहरूलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो । सो अवसरमा नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती रानामगर, नेपाल मगर संघ रामबजार एकाइ समितिका अध्यक्ष ढालबहादुर सारूमगर, नेपाल मगर युवा संघ रामबजार एकाइ समितिका

Read more

संरक्षक परिषद् र सल्लाहकार समिती गठन, एकिकृत मगरातको लागि लड्ने प्रतिवद्धता (फोटोफिचर सहित) !

श्याम राना मगर मगर मिडिया, मंसिर १४, काठमाण्डौ नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षक परिषद् र सल्लाहकार समिति गठन भएको छ । साथै, केन्द्रिय समितिमा थप केन्द्रिय सदस्यहरु मनोनित गरिएको छ । हिजो मिति २०७३ मंगसिर १३ गते सोमबार प्रज्ञा भवन कमलादी, काठमाण्डौमा नेपाल मगर संघ केन्द्रिय समितिले हार्दिक बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर उक्त घोषणा गरेको हो । मगर समुदायका विभिन्न क्षेत्रमा रहेर काम गरेका विशिष्ट १३ जना व्यक्तिहरुलाई केन्द्रिय समितीको संरक्षक परिषद् तथा महेन्द्र थापा मगरको संयोजकत्वमा ५० जनालाई सल्लाहकार समिति र विभिन्न क्षेत्रबाट थप १० जनालाई केन्द्रिय सदस्यमा मनोेनित गरेर सम्मान, बधाई तथा शुभकामना दिएको होे । साथै संघले नवनिर्वाचित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति, बाह्रौ सागमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल उसु खेलाडी निमा

Read more

लमजुङका मगर अगुवाहरुलाई प्रशिक्षण, अव मगरहरु हराउनु हुँदैन !

कृष्ण आले मगर असोज १६ गते, बेसीशहर लमजुङ राज्य पुनः संरचना तथा समसामयिक विषयमा लमजुङका मगरहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले जिल्लाका मगर अगुवाहरुलाई प्रशिक्षण दिनु भएको हो । नेपाल मगर संघ लमजुङको आयोजनामा बेसीशहरमा भएको प्रशिक्षणमा महासचिव पुन मगरले मानिसलाई विभाजन गर्ने तत्व धर्म र राजनीति हो भन्नु भयो। उहाँले भन्नु भयो – ‘धर्म र राजनीतिमा मानिस स्वतन्त्र छ तर आफैं संयमित हुन आवश्यक छ । स्वतन्त्रता र अधिकारको दुरुपयोग भएमा मगरको सही उद्देश्यले निसान लागाउन सक्दैन । त्यसैले मगरहरु जुनसुकै पार्टी र धर्ममा लागेता पनि मगरको हक र हित हुने सवालमा सधैं मगरहरुको छाता संगठन नेपाल मगर संघ लागि परेको छ ।’ प्रशिक्षणमा मगरको ईतिहास र भाषाको प्रसंगमा उहाँले भन्नु

Read more

मगरात प्रदेश प्राप्तीका लागि मगरहरु सडकमा उत्रने !

संजय सिंजाली मगर, काठमाण्डौं मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरु असोज १९ गते आन्दोलनको लागि सडकमा ओर्लिने भएका छन् । सरकारले संविधानमा संशोधन नगरी मगरात प्रदेशलाई मेटिने गरि कार्यान्वयन गर्न लागेकोले मगरहरु सडकमा जान लागेका हुन । नेपाल मगर संघ, संयुक्त मगर मंच र मगरात उपत्यका संयूक्त संर्घष समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरुले एकिकृत पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान, मगर स्वायत्त प्रदेश स्थापनाको लागि साझा अभियान भन्ने मूल नाराका साथ मगरहरुले आन्दोलन गर्न लागेका हुन् । मगरहरु असोज १६ गतेका दिन प्रधानमन्त्रि, सभामुख र नेपाली काङ्गे्रस, एमाले, माओबादी केन्द्र, मधेशी मोर्चा र नया शक्ति नेपालका अध्यक्ष्ँहरु लाई ज्ञापन पत्र बुझाउन जाने भएका छन् । आन्दोलनका घोषित कार्यक्रम अनुसार १८ गते

Read more

मगरको मात्रै अधिकार भएको मगरात खोजेका होइनौँः रोका मगर / मगर महिला संघको १९औँ स्थापना दिवश (फोटो फिचर सहित) !

श्याम राना मगर, मगर मिडिया असोज ४, काठमाण्डौ । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले एक कार्यक्रममा वोल्दै मगरको मात्र अधिकार भएको मगरात हामीले स्वीकार गर्दैनौ भन्नुभएको छ । मगर संघले माग गरेको मगरातको मुद्धालाई जातिय विखण्डनको मुद्धा भनि फैलाएको भ्रमलाई चिर्दै उहाँले भन्नुभयो, हामीले सबै जातजाति सहितको मगरात मागेका हौँ । मगरको मात्रै अधिकार पाउने मगरात हामीले स्वीकार गर्ने वाला पनि छैनौ, कसैले दिएपनि लिनेवाला छैनौ । बरु आजको दिनसम्म एउटै जाति, एउटै वर्गले मात्रै यो देशलाई चलायो, यो देश आफ्नो बनायो यसको नाम हो जातिय राज्य, यो जातिय राज्य चल्नु हुदँैन । यसको अन्त्य हुनुपर्छ । यो देश, यो राज्य सवैको साझा हो । हाम्रो मगरातको माग यहि भित्र पर्छ । एकातिर सरकारले संविधान निर्माण भएको

Read more

ललितपुर मगर संघले सम्मान गर्यो !

संजय सिंजाली मगर ललितपुर, भदौ ३० ललितपुर मगर संघले विभिन्न बिधामा उत्कृष्ट मगर बिध्यार्थीहरु लाई सम्मान , नगद तथा प्रमाणपत्र बितरण गर्यो । लालितपुर जिल्ला भरिमा मगर बिध्यर्थीहरु मध्ये बाट सरस्वती समुदायीक माध्यमीक बिध्यालयका ज्योती मगरले २००० रुपैया र प्रमाणपत्र , दिवश थापा मगरले ५००० र प्रमाणपत्र पाउन सफल भएका थिए । यो पुरस्कारलाई ललितपुर जिल्ला अध्यक्ष्ँ कृष्ण ब. राना मगरले प्रायोजक गरेका थिए । सरकारी र प्राईभेट दुवै स्कुलको तर्फ बाट राम्रो अंक ल्याई एस.एल.सीमा टप्पन सफल भएका अनिशा थापा मगरले भू पू अध्यक्ष्ँ क्या.कुल प्रसाद पुनमगरले प्रायोजक गर्नु भएको ५००० र प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । एस.एल.सीमा ल.पु भित्र उत्कृष्ट अंक ल्याउने राज दिप राना मगर, असिम मास्की मगर, मोहन दलार्मी मगर र रोशन सिंजाली मगर

Read more

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित हुने !

रूद्र श्रीसमगर पोखरा, २६ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर थापा सारूमगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’ बाट साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुहुने भएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा स्थापित सो पुरस्कारबाट साहित्यकार थापा सम्मानित हुन लाग्नुभएको हो । आदिकवि रेखबहादुरको यही भदौ २८ गते ७३ औं जन्मजयन्तीका अवसरमा तनहुँको पर्यटकीय गाउँ माझकोट–९, मिछुर्लुङमा आयोजना हुने विशेष समारोहबीच साहित्यकार थापालाई पाँच हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिने भएको हो । हाल नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका सल्लाहकार रहनुभएका साहित्यकार थापा मगर भाषा प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य एवं नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष समेत हुनुहुन्छ । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले

Read more

नेपाल मगर संघ नयाँबजार एकाइको अध्यक्षमा पुनः थापामगर चयन !

रूद्र श्रीसमगर, पोखरा नेपाल मगर संघ नयाँबजार एकाइ समितिको अध्यक्षमा पुनः दुर्गाबहादुर थापामगर सर्वसम्मत चयन हुनुभएको छ । एकाइको १९ औं वार्षिक साधारणसभा एवं पाँचौं एकाइ अधिवेशनबाट थापामगर अध्यक्षमा पुनः चयन हुनुभएको हो । त्यसैगरी, उपाध्यक्षमा डिलबहादुर थापामगर, सचिवमा रामबहादुर थापामगर, सह–सचिवमा गोपाल थापामगर र कोषाध्यक्षमा नन्द रानामगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा जुना पुनमगर, चिजमाया थापामगर, होमबहादुर थापामगर, सुनमाया थापामगर, दानीमाया थापामगर, दुर्गाबहादुर थापामगर र रामबहादुर थापामगर रहनुभएको छ । यता, नेपाल मगर महिला संघ नयाँबजार एकाइ समितिको अध्यक्षमा चुनीमाया रानामगर चयन हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा लोकमाया थापामगर, सचिवमा निरु रानामगर, सह–सचिवमा कला पुनमगर र कोषाध्यक्षमा मीना थापामगर रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा बालकुमारी थापामगर, गीता रानामगर, देवी थापामगर, चन्द्रकला थापामगर, माया दर्लामीमगर, कमला थापामगर, कुमारी थापामगर

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)