संविधान संसोधनको माग सहित विश्व आदिबासी दिवश मनाईयो (फोटोफिचर)!

श्याम राना मगर २६ साउन काठमाण्डौ २३ औँ विश्व आदिबासी दिवस (९ अगस्ट) अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ आदिबासी जनजातिहरुको अधिकार प्राप्तिको आन्दोलन स्वरुप नेपालका आदिबासी जनजातिहरुले यसवर्ष देशविदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्य रुपमा मनाएका छन् । नेपाल आदिबासी जनजाति महासंघ लगायत काठमाण्डौमा रहेका विभिन्न संघसंस्थाहरुले भने राष्ट्रिय सभागृहमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मुल समारोहको आयोजना गरेर मनाएको छ । समारोह अगाडि विभिन्न जातजातिहरुको सांस्कृतिक झाँकीहरु, विभिन्न संघसंस्थाका व्यानर, झण्डा साथै विभिन्न प्लेकार्डहरु बोकेर विशाल  ¥यालीले टुडिखेल परिक्रमा गरेको थियो । समारोहमा बोल्ने आदिबासी जनजाति अगुवाहरुले आदिबासीहरुको अधिकार र पहिचान जारी संविधानमा उल्लेख नभएको भन्दै संविधानको संसोधन गरेर संवोधन गर्न माग समेत गरेका

Read more

२३ औ विश्व आदिबासी दिवसलाई इजरायलमा भव्य रुपले मनाउने तयारी ! कार्यक्रममा नबिन रोका मगर र नन्द ताजपुरिया सहभागी हुने !

मगर मिडिया १६ साउन २३ औँ विश्व आदिबासी दिवशको अबसरमा  नेपाल आदिबासी जनजाति महासंघ इजरायलले भव्य रुपमा  कार्यक्रम गर्ने तयारी गरेको छ । अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता साथै नेपाल मगर संघका केन्द्रीय  अध्यक्ष  नविन रोका मगर र नेपाल आदिबासी जनजाति महासंघका महासचिव नित्य नन्द ताजपुरियाको उपस्थितिमा आगामी अगष्ट ११ शुक्रबारका दिन साँझ ८ बजेबाट लेवन्डा ३२ तेस्रो तल्लामा कार्यक्रम गर्ने भएको हो । अगस्त ९ लाई हरेक बर्ष अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवसको रुपमा  विश्व  भरि नै मनाउने गरिन्छ । फोटो साभार : UN Photo/Andi gitow

Read more

महोत्सवको दोश्रो दिन चलचित्र सम्बन्धी गोष्ठि सँगै आठ चलचित्र प्रर्दशन !

श्याम राना मगर असार १९ काठमाण्डौ आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघद्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी चलचित्र महोत्सव २०७४ को हिजो १८ गते दोश्रो दिनमा ८ वटा चलचित्रहरु प्रर्दशन भएका छन् । दोश्रो दिन प्रर्दशन भएका फिल्महरुमा राजवंशी समुदायको जब गाउँको जमिन्दार वा उसको परिवारले कुकार्य गर्छ तब त्यसको खराव असर सिंगो समाजमाथि पर्छ भन्ने कथासार रहेको दखल, प्राचिन गहनाहरु लोप हुदैँ गइरहेको अवस्थामा त्यो रोक्न गरिएको प्रयासलाई विषयवस्तु बनाइएको राई समुदायको पुवालो, दुर्गम बस्तीमा भरियाले लिएको ऋण तिर्न नसक्दा घर खेत बस्तुभाउ सवै गुमाएर मुग्लान पस्न बाध्य कथासार रहेको जेरुङ राई समुदायको व्याःसा पैचो, बोल्न नसक्ने बच्चाको सु स्वास्थको लागि धर्म परिवर्तनको अन्यौलमा परेको दम्पतीको अवस्थालाई

Read more

संविधानको संशोधन विना यो संविधान पुर्णरुपमा लागु हुन सक्दैन ! अध्यक्ष बराम ।

मगर मिडिया  २५ जेष्ठ, काठमाण्डौ नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिबासी जनजातिहरुलाई राज्य पुर्नसंरचना आयोगले झुक्याएर फेरि पनि पुरानै विभेदलाई कायम राख्दै आएपछिको यो संविधान संशोधन विना पुर्ण कार्यान्वयन हुन नसक्ने कुरा बताउनु भएको छ । साथै नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी होइन अव त संघियताको मर्म अनुसार सवै प्रदेशमा विस्तार गरिनुपर्ने माग समेत राख्नु भयो । आदिबासी जनजातिको पहिचानको अधिकारलाई स्थापित गर्नको लागि फेरि एकपटक जुरमुराएर सवै संघसंगठनहरुलाई एक बनाएर निर्णायक आन्दोलनको तयारी गरिदैँ गरेको हुदाँ सवैलाई तयार रहन समेत निर्देशन दिनुभएको छ । नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समितिले आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरको सिनास हलमा हिजो आयोजना गरेको स्थानिय पुर्नःसंरचनामा आदिबासी जनजातिहरुको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा

Read more

जनजाति महासंघलाई अन्तर्रराष्ट्रिय समितिको शुभकामना र सुझाव !

साउदी अरब, डिसेम्बर २३ श्री जगत बरामज्यू अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदको कार्यालय, ललितपुर, नेपाल । महोदय, भर्खरै संपन्न नेपाल आदिवासी जनजाति महासंघको ९ औ महाधिवेशनबाट अध्यक्ष जस्तो सम्मानित र गरिमामय पदमा निर्वाचित हुनुभएकोमा महासंघको अन्तर्रराष्ट्रिय समितिको तर्फबाट हार्दिक बधाई तथा यहाँको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछ । महासंघको निबर्तमान प्रमुख पदाधिकारीहरू अध्यक्ष र महासचिब संविधानसभाको सदस्यमा नियुक्त हुँदा आम आदिवासी जनजाति समुदायहरूलाई एक किसिमको आशा पलाएको थियो की सदियोंदेखि उत्पीडनमा पारिएका हामी आदिवासी जनजातिहरूको मुद्धालाई संविधानसभामा बहसको बिषय बनाइने छ र त्यसलाई संविधानसभाद्वारा हाम्रो अधिकार स्थापित गराउन बिशेष भूमिका खेल्नुहुने छ। तर, त्यसो गर्न वहाँहरूले सक्नुभएन – प्रष्ट भनौं, चाहनु नै भएन। बदलामा अपूर्ण र प्रतिगामी संविधानमा दुबैजनाले राजीखुशी हस्ताक्षर गरेर हाम्रो मुद्धाहरूलाई ओझेलमा पारिने कार्य

Read more

निजामती सेवामा आदिवासी जनजातिको पहुँच बढाउनु आवश्यक छ: गुरुङ !

रूद्र श्रीसमगर पोखरा, २४ मंसिर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले निजामती सेवामा आदिवासी जनजातिहरूको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ । प्रतिष्ठानको सहयोगमा नेपाल मगर संघ कास्कीद्वारा सञ्चालित आदिवासी जनजातिका निम्ति निःशुल्क लोक सेवा आयोग ना.सु. तयारी कक्षाको शुक्रबार उद्घाटन गर्दै उपाध्यक्ष गुरुङले शासन र प्रशासनमा पहुँच नपुगेसम्म आदिवासी जनजातिको उत्थान नहुने उल्लेख गर्नुभयो । ‘हामी पैसाका पछि दौडिरहेका छौं’, गुरुङले भन्नुभयो, ‘पैसा भन्दा ठूलो इज्जत, प्रतिष्ठा हो, त्यो कुरा हामी स्वदेशमै केही गर्न सके मात्र पाउन सक्छौं ।’ आदिवासी जनजातिले वैदेशिक रोजगारी मात्र ताक्ने गरेको उल्लेख गर्दै गुरुङले स्वदेशमै केही गर्ने सोंचको विकास नभएसम्म आदिवासी जनजाति समुदायको अवस्थामा परिवर्तन नआउने बताउनुभयो । नेपाल सरकारले आदिवासी जनजातिलगायतका विभेदमा पारिएका अन्य समुदाय र वर्गका लागि आरक्षणको समेत व्यवस्था

Read more

पत्रकार महासंघको एकलोटी निर्णय तत्काल फिर्ता होस् / होइन भने त्यसको विरुद्धमा आम क्रियाशील पत्रकारहरु जाई लाग्नेछन् !

दिपा आले, काठमाडौं हावा चलेपछि पात हलिन्छ । पात हलिएपछि आंखाले देख्नु पर्छ । यो विश्वव्यापी मान्यता हो । यसरी नेपालगन्ज बांकेबाट चलेको हावा र पातको रंग एउटा जिल्लामा मात्र सिमित रहेन आज नेपालको कुना कुनाको जिल्लामा फैलिदैछ । फैलिनु पनि पर्दछ किन कि न्याय र सत्यको लागि जब हावा र पात एकै साथ चल्न थाल्छ तब न्यायकोलागि आवाज बुलन्द पार्नु पर्ने अवस्था आउंछ । सन्दर्भ नेपाल पत्रकार महासंघ बांके शाखा जो श्रमजिवि पत्रकारको हक हितकोलागि वकालत गर्दछ । र गर्दै आएको छ तर आज सोही पवित्र मन्दीरमा क्रियाशील र श्रमजिवि पत्रकारलाई जान बञ्चित गरिएको छ । जब मन्दीरमा जान बञ्चित गरिन्छ भने त्यो मन्दीरको पुजारी र संरक्षक कसरी हुन सक्ला मेरो प्रश्न ? पत्रकार महासंघ केन्द्रीय समितिको विधान मै

Read more

कतारमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघको छैठौं अधिवेशन भब्य सम्पन्न, अध्यक्षमा राई !

दिल कुमार श्रेष्ठ दोहा-कतार ४ नोभेम्बर जनजाती महासंघ कतारको छैठौं अधिवेशनबाट देवराज राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ l यस कार्यकालका लागी अन्य पदाधिकारीहरुमा क्रमशः प्रथम उपाध्यक्षमा लिलाम चिड्डी मगर द्धितिय उपाध्यक्षमा पुरुषोत्तम सुनुवार महासचिव शिव कुमार भुजेल सुरुवाती विभिन्न ५ जातीय सस्थाहरुबाट स्थापना गरिएको महासंघमा अहिले १३ सदस्य मातृसस्थाहरु रहेका छन् l यसरी संगठित जातीय सस्थाहरुलाई सस्थागत गर्दै “नेपाल जनजाती महासंघ कतार” नामकरण गरिएको थियो l जातीय हकअधिकारको बिषयमा सदैव आवाज उठाउदै आएको महासंघले कतारमा आफ्ना परम्परा गत सस्कृति र झाँकीहरुलाई कतारको सरकारी स्तरको कार्यक्रममा समेत प्रस्तुत गर्दै ट्रफी समेत पाएको छ l आफ्ना भाषा सहित सस्कृतिहरुलाई संरक्षण गर्दै आफ्ना हकहितको लागी डटेर सामना गर्ने उदेश्य रहेको छ l छैठौं महादिवेशनमा चयन पदाधिकारीहरू निम्न तपशिल रहेका छन्: १ देवराज

Read more

सविधान संसोधनलाई जनजाति महासंघ पाल्पा द्धारा स्वागत (प्रेस बिज्ञप्ति सहित)!

पाल्पा, मंशिर १७ नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ समर्थन गरेको छ । महासंघले लामो समयदेखि राज्यको हरेक निकायमा समानुपातिक समावेसी प्रतिनिधित्व, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको माग गर्दै आएको सन्दर्भमा प्रदेशमा जिल्ला हेरफेर सकारात्मक भएको बताएको छ । महासंघ पाल्पाका अध्यक्ष केहरसिं राना र सचिव रामबहादुर गरम्जाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफ्ना मागहरु अझै अधुरो र अपुरो भएपनि संविधान संशोधनले केही मात्रामा मागहरु पुरा भएको उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत महासंघले संघमा आवद्ध सम्पुर्ण जातिय संघ सस्था भेजा गुठी लगाएत आम आदीवासी जनजातिहरुलाई संबिधान संसोधन प्रस्तावलाई समर्थन गर्न अपिल गरेको छ । प्रेस बिज्ञप्ति:

Read more

आदिवासी जनजाति महासंघ बहराइनले प्रथम महादिवेशन भब्य सम्पन्न !

कृष्ण सारू मगर मानमा बहराईन ६ नोभेम्बर बहराईनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा ४ नोभेम्बर शुक्रबारका दिन नेपाली राजदुतावासका महामहिम का.ब. राजदुत खगराज पान्डेको प्रमुख आतिथ्य तथा महासंघका अध्यक्ष बुद्दिराज राईको सभापतित्वमा नेपाल आदिवासीजनजाति महासंघ बहराइनले प्रथम महादिवेशन भब्य सम्पन्न गरेको छ । विशेष अतिथिमा नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठ, वरिष्ठ समाजसेवी गम बहादुर तमु गुरुङ र गैर नेपाली संघ बहराईनका प्रतिनिधि राजकुमार बस्नेत हुनु हुन्थ्यो । भने, बहराईनमा स्थापित विभिन्न साढे चार दर्जन भन्दा धेरै संघ, संस्था, संठनका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, उधोग ब्यावसायी एवं विशिष्ट ब्याक्तित्व लगायत विभिन्न मिडियाका स्थानिय पत्रकारहरूलाई आतिथि ग्रहण गराएको थियो । प्रमुख अतिथि, विशेष अतिथिहरु साथै विशिष्ट अतिथिले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको थियो । महासंघमा आवद्ध विभिन्न पाँच

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)