इतु र मनोजराजलाई नारायणगोपाल युवा सङगीत पुरस्कार र नगेन र विष्णुलाई अरनिको युवा कला पुरस्कार (फोटो फिचर)!

श्याम राना मगर काठमाण्डौँ, माघ १७ राष्ट्रिय युवा सेवा कोषद्धारा प्रदान गरिने नारायणगोपाल युवा सङगीत पुरस्कार र अरनिको युवा कला पुरस्कार  हिजो काठमाण्डौँ  स्थित हार्दिक होटलमा  प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को उपलक्ष्यमा २०४२ सालमा स्थापना भएको सामाजीक संस्था राष्ट्रिय युवा सेवा कोषले यस बर्षको नारायणगोपाल युवा संगीत पुरस्कार २०७४ बाट गायक मनोजराज शिवाकोटी र गायीका इतु जोजिजु पुरस्कृत हुनुभएको छ भने अरनिको युवा संगीत पुरस्कार २०७४ बाट वरिष्ठ मूर्तिकार  नगेनसिंह ठकुरी र विष्णु प्रसाद श्रेष्ठ पुरस्कृत हुनुभएको छ । काठमाण्डौँ  स्थित हार्दिक होटलमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित माननीय उपप्रधान मन्त्री तथा उर्जा मन्त्री कमल थापा साथै  कार्यक्रमका सभापति  भीमबहादुर अधिकारी ले प्रदान गर्नुभएको थियो । नारायणगोपाल युवा संगीत पुरस्कार छनौट समितिको  संयोजक वरिष्ठ संगीतकार

Read more

जनप्रतिनिधीलाई सम्मान !

देब पचभैया पाल्पा, साउन २६ २३ औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा पाल्पाका जनप्रतिनिधि सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद पाल्पाले बुधबार तानसेनमा बृहत कार्यक्रमको आयोजना गरी नगरपालीकाका प्रमुख उपप्रमुख, गाउपालीका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । पंन्चे बाजा सहितको झाकी र्यालीले तानसेन बजारको परिक्रमा गरेपछि तानसेन नगरपालीका हलमा सम्मान कार्यक्रम भएको थियो । सम्मानिति सबैलाई शुभकामना दिदै नेपाली काग्रेस पाल्पाका सभापति बीर बहादुर राना, एमाले पाल्पाका प्रतिनिधि एवं पुर्ब सभासद नारायण घिमिरे शर्मा, नेकपा माओबादीका जिल्ला सचिबालय सदस्य नबिन थापा मगर, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्ट्रिय जनमुतिm पार्टी पाल्पाका उपाध्यक्ष मदन सिंह राना र नेकपा माले पाल्पाका अध्यक्ष धनराज पौडेलले इन्दार

Read more

डिम्पल मगरले जितिन् उत्कृष्ट मगर नव नायिकाको रोधी सिने अवार्ड २०७३!

काठमाडौँ, २० माघ रोधी सिने अवार्डको उत्कृष्ट मगर नव नायिकाको अवार्ड नायिका डिम्पल मगरले जित्नुभएको छ । राजधानीमा बिहिबार सम्पन्न रोधी सिने अवार्ड तथा स्रष्टा सम्मानमा मगर चलचित्र साली भेनाबाट डिम्पलले नव नायिकाको अवार्ड पाउनुभएको हो । त्यस्तै उत्कृष्ट मगर नव नायकको अवार्ड रमेशबाबु थापा मगरले जित्नुभएको छ । निर्देशक प्रितिम गुरुङ्गद्वारा निर्देशित बिभिन्न ४० वटा चलचित्रहरुबाट बिभिन्न बिदामा अवार्ड बितरण गरिएको हो । कार्यक्रममा निर्देशक गुरुङ्गले आफ्ना बाबा आमा तथा परिवाजनको नाममा गुरुङ्ग चदचित्र तथा संस्कृतिको क्षेत्रमा योगदान दिने कलाकारहरुलाई नगद तथा ताम्रपत्रले सम्मान गर्नुभएको थियो ।

Read more

अनुताले जितिन उत्कृष्ट नायिकाको रोधी सिने अवार्ड २०७३ (फोटो फिचर सहित)!

काठमाडौँ, २० माघ राजधानीमा बिहिबार सम्पन्न प्रथम रोधी सिने अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड अनुता गुरुङले जित्नुभएको छ । रोधीं डिजिटलले “निर्मातालाई सम्मान, प्रतिभाको मूल्यांकन” को सन्देशसहित गरेको अवार्ड वितरणमा अनुताले गुरुङ संस्कृतिमा आधारित चलचित्र पाते २ बाट उत्कृष्ट नायिको अवार्ड पाउनुभएको हो । त्यस्तै उत्कृष्ट नायकको आवार्ड लेकाली रुबाट बिरबल घलेले पाउनुभएको छ । नव नायको अवार्ड आनन गुरुङ्गले पाउनुभएको छ । ङोलो ङोल्स्योबाट उहाँले सो अवार्ड पाउनुभएको हो त्यस्तै नव नायिकाको अवार्ड पाते २ बाट अनिता गुरुङ्गले पाउनुभएको छ । उत्कृष्ट मगर नव नाायिकाको अवार्ड नायिका डिम्पल मगरले जित्नुभएको छ । मगर चलचित्र साली भेनाबाट डिम्पलले नव नायिकाको अवार्ड पाउनुभएको हो । मगर नव नायकको अवार्ड रमेशबाबु थापा मगरले जित्नुभएको छ । उत्कृष्ट गुरुङ्ग नव नायिकाको अवार्ड नायिका अश्मि

Read more

प्रथम रोधी सिने अवार्ड माघ २० मा हुने / एकै निर्देशकका ४० चलचित्रबीच प्रतिस्पर्धा !

युव मगर काठमाडौँ, १५ माघ आगामी माघ २० गते रोधी सिने अवार्ड वितरण कार्यक्रम आयोजना हुने भएको छ । रोधीं डिजिटलले “निर्मातालाई सम्मान, प्रतिभाको मूल्यांकन” को सन्देशसहित अवार्ड वितरण कार्यक्रम आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने कार्यक्रममा करिब दुई दशकदेखि चलचित्र क्षेत्रमा रहेका प्रितम गुरुङद्वारा निर्देशित ४० वटा चलचित्रबीच प्रतिस्पर्धा गराई विभिन्न १८ विधामा उत्कृष्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड उत्कृष्ट नायक, नायिका, खलनायक, क्यामरा, इडिट, गायक, गायिका, संगीत लगायत १८ विधामा प्रदान गरिने राजधानीमा आज आयोजित पत्रकार् सम्मेलनमा निर्देशक प्रितम गुरुङले जानकारी दिनुभयो । कार्याक्रममा गुरुङ चलचित्रका कालाकारहरुद्धारा विविध सांस्कृतिक कार्याक्रम पनि हुनेछ । रोधि डिजिटलले २०५२ सालदेखि गुरुङ समुदायमा लोप हुदै गएको भाषा, संस्कृति संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु

Read more

राम्जा मगर “बर्ष उत्कृष्ट पत्रकारिता पत्रकार” बाट पुरस्कृत हुने !

घोराही, १ पुस नेपाल पत्रकार महासंघ दाङले नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा मगरलाई बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । महासंघको पुस ४ गते २४ औँ स्थापना दिबसका अवसरमा राम्जा मगरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । राम्जा मगरसंगै जिल्लाका अन्य पाँच जना पत्रकारहरुलाई पनि विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने महासंघले जनाएको छ । शुक्रबार दाङको घोराहीमा बसेको महासंघको कार्य समितिसहित पुरस्कार मापदण्ड निर्धारण तथा प्रतिभा छनोट समितिको संयुक्त बैठकले जिल्लाका क्रियाशिल ६ जना पत्रकारहरुलाई पुरस्कारहरु प्रदान गर्ने निर्णय गरेको हो । राम्जा मगर जिल्लाको रेडियो मध्यपश्चिम तथा राप्तीपोष्ट दैनिकमा कार्यरत रहनुभएको छ । यसअघि जिल्लाको विकट स्थान हापुरेमा रहेको रेडियो हापुरेको स्टेसनम्यानेजर तथा घोराहीबाट प्रकाशन हुदै आएको गणतन्त्र दैनिकमा समेत काम गरीसक्नुभएको छ । जस

Read more

मगर सांस्कृतिक संघको बधाई, शुभकामना, प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, असोज १८, काठमाण्डौ भाषा, लिपी, कला, साहित्य रहे मात्र जातियताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने नारा सहित सम्पुर्ण मगर कलाकारहरुको साझा संस्थानेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिले बधाई, शुभकामना, प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ । गत असोज १५ गते एमजिआर होटलमा संघका अध्यक्ष कविराज मगरको अध्यक्षतामा सम्पन्न भएको एक समारोहमासंघको छैठौ महाधिवेशनबाट नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यहरु तथा समन्वय समितिलाई,निर्वाचन अध्यक्षमण्डल नेपाल मगर संघका विदेश विभाग प्रमुख रक्षा बहादुर रैका मगर, केन्द्रिय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर, नेपाल मगर संघ काठमाण्डौ जिल्लाका सचिव रघु मगर र नेपाल मगर साँस्कृतिक संघका निर्वतमान अध्यक्ष आकाश थापा मगरलेसंयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभएको थियो। त्यसैगरि संघको

Read more

ललितपुर मगर संघले सम्मान गर्यो !

संजय सिंजाली मगर ललितपुर, भदौ ३० ललितपुर मगर संघले विभिन्न बिधामा उत्कृष्ट मगर बिध्यार्थीहरु लाई सम्मान , नगद तथा प्रमाणपत्र बितरण गर्यो । लालितपुर जिल्ला भरिमा मगर बिध्यर्थीहरु मध्ये बाट सरस्वती समुदायीक माध्यमीक बिध्यालयका ज्योती मगरले २००० रुपैया र प्रमाणपत्र , दिवश थापा मगरले ५००० र प्रमाणपत्र पाउन सफल भएका थिए । यो पुरस्कारलाई ललितपुर जिल्ला अध्यक्ष्ँ कृष्ण ब. राना मगरले प्रायोजक गरेका थिए । सरकारी र प्राईभेट दुवै स्कुलको तर्फ बाट राम्रो अंक ल्याई एस.एल.सीमा टप्पन सफल भएका अनिशा थापा मगरले भू पू अध्यक्ष्ँ क्या.कुल प्रसाद पुनमगरले प्रायोजक गर्नु भएको ५००० र प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । एस.एल.सीमा ल.पु भित्र उत्कृष्ट अंक ल्याउने राज दिप राना मगर, असिम मास्की मगर, मोहन दलार्मी मगर र रोशन सिंजाली मगर

Read more

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

रूद्र श्रीसमगर मिछुर्लुङ (तनहुँ), २८ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि रेखबहादुरको ७३ औं जन्मजयन्तीका अवसरमा मंगलबार तनहुँको पर्यटकीय गाउँ मिछुर्लुङमा आयोजित विशेष समारोहमा साहित्यकार थापा सो पुरस्कारबाट सम्मानित हुनुभएको हो । रेखबहादुरका नाममा स्थापित सो पुरस्कार पहिलोपटक थापाले पाउन सफल हुनुभएको हो । यसअघि, अर्का मगर आदिकवि जीतबहादुर सिंजाली मगरका नाममा स्थापित ‘जीबसिम साहित्य पुरस्कार’बाट समेत सम्मानित भइसक्नुभएका साहित्यकार थापा पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित हुनुभयो । साहित्यकार थापालाई नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर ‘बोगी’ले सम्मान गर्नुभएको हो । नेपाल मगर लेखक

Read more

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित हुने !

रूद्र श्रीसमगर पोखरा, २६ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर थापा सारूमगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’ बाट साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुहुने भएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा स्थापित सो पुरस्कारबाट साहित्यकार थापा सम्मानित हुन लाग्नुभएको हो । आदिकवि रेखबहादुरको यही भदौ २८ गते ७३ औं जन्मजयन्तीका अवसरमा तनहुँको पर्यटकीय गाउँ माझकोट–९, मिछुर्लुङमा आयोजना हुने विशेष समारोहबीच साहित्यकार थापालाई पाँच हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिने भएको हो । हाल नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका सल्लाहकार रहनुभएका साहित्यकार थापा मगर भाषा प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य एवं नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष समेत हुनुहुन्छ । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)