ट्रेकिङ पर्यटनको प्रबर्द्धनको लागि टानको संयुक्त ल्होसार कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)!

मगर मिडिया २९ माघ, काठमाण्डौ ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको संयुक्त ल्होसार कार्यक्रम आइतबार राजधानीको ह्यायत रेजेन्सी होटलमा भव्य रुपमा सम्पन्न भएको छ । हिमालय स्थानमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, तामाङ, गुरुङ र भोटे जातीहरुले बिशेष चाडको रुपमा मनाउने ल्होसार चाडको अवसर पारेर टानले शुभकामना आद्रानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकल्प नभएको पनि बताउनु भयो । साथै टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पु¥याएको बताउनु भयो । टानको अध्यक्ष नवराज दाहालले ल्होसारको शुभकामना दिदैँ नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान

Read more

NATTA को कोषाध्यक्षमा राजकुमार थापा मगरको उमेद्वारी !

सुनिता लामा पौष २५, काठमाण्डौ आगामी पौष २८ गते सम्पन्न हुन गइरहेको नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(NATTA)को अधिवशेनमा राजकुमार थापा मगरले सि एन पाण्डेको समुहबाट कोषाध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । विगत दुई दशकदेखि निरन्तर रुपमा पर्यटन क्षेत्रमा लागेका राजकुमार थापा पर्यटन क्षेत्रका चिरपरिचित नाम हो । ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल्सका प्रवन्धक निर्देशक थापा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल VITOF का पुर्व महासचिव साथै नेपाल मगर पर्यटन समाजका प्रथम उपाध्यक्ष समेत हुन् । पर्यटन मार्फत संस्था र देशलाई आर्थिक समृद्ध बनाउने दावाका साथ आर्थिक पारदर्शितालाई मुल मन्त्र मान्ने थापाले मानविकी र व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् । सि एन पाण्डे नेतृत्वको समुहका प्रतिवद्धताहरु :  

Read more

टानको आसन्न निर्वाचनमा जीवन थापामगरको प्रथम उपाध्यक्षमा उम्मेद्धारी !

सुनिता लामा  १० कार्तिक  काठमान्डौ  ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगरले अन्तिममा  प्रथम उपाध्यक्षमा  उम्मेद्धारी घोषणा गर्नु  भएको छ । वि.सं. २०४२ सालमा धादिङको दार्खामा जन्मनुभएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित हुनुहुन्छ । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेक्नुभएको छ । समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसक्नुभएका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुदै आउनुभएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङ स्थीत दार्खा गा.वि.स संयोजक समेत हुनुहुन्छ । उहाँले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा

Read more

टानको सचिवमा मगर पर्यटन समाजका महासचिवले उमेद्वारी दिने !

मगर मिडिया  ७ कार्तिक  काठमाडौं । टानको सचिवमा मगर पर्यटन समाजका महासचिव जीवन थापा मगर् ले उमेद्वारी दिने घोषणा गरेका छन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर सचिव पदको आकांक्षिको रुपमा देखिएका हुन् । धादिङ जिल्ला रुविभ्याली क्षेत्र दार्खामा स्थायी घर भइ पर्यटन क्षेत्रमा लामो समयदेखि कृयाशील थापा नेपाल एड्भान्चर टिमका प्रबन्ध निर्देशक हुन् भने उनले गणेश हिमाल पर्यटन विकास समितिको दार्खा उपसमिति संयोजक भएर पनि काम गरिसकेका छन् । टानमा गएर सबै जातजातिको समान प्रतिनिधित्व, समाबेशी र साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उनको मुख्य योजना रहेको बताएका छन् ।

Read more

दैलेख पर्यटन महोत्सब २०७३ फागुन १२ देखि २२ सम्म / इतिहास लेखन कार्यको थालनी !

माघ ७, दैलेख दैलेखको पर्यटन विकास तथा इतिहास लेखनका लागि फागुन १२ गते देखि २२ गते सम्म आयोजना गरिएको दैलेख पर्यटन महोत्सब २०७३ को बिधिवत रुपमा शुरुवात गरिएको छ । बीहिवार धार्मिक मान्यता अनुसार टिका लगाई दैलेखको इतिहास लेखन कार्यका लागि पर्यटन महोत्सवको शुरुवात गरिएको हो । बृहत भेला गरेर कार्यक्रमको थप जानकारी गराउने आयोजकले बताएको छ । दैलेख जिल्ला जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण जिल्लाको रुपमा रहेको भएपनि यस जिल्लामा रहेका ऐतिहाँसिक, धार्मिक, पुरातात्विक, महत्वका बस्तुहरुको प्रचार प्रसार सँगै दैलेखको ठोस इतिहास लेखन कार्य अहिले सम्म सुरु नभएपछि दैलेखमा कार्यरत बिभिन्न संचार संस्थासँग आवद्ध पत्रकारहरुले इतिहास लेखन कार्यको सुरुवात गरेका छन् । दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् र जिल्लाका बिभिन्न खोलाबाट हजारौं मेगावाट विद्युत उत्पादन गर्न सकिने संभावनाका बिषयहरुलाई

Read more

मिलन फाउण्डेशनको घान्द्रुक पदयात्रा सम्पन्न !

रुद्र श्रीसमगर घान्द्रुक, २५ पुस ग्रामीण क्षेत्रको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको घान्द्रुक पदयात्रा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुक्रबार फाउण्डेशनको टोली पदयात्राका लागि प्रस्थान गरेको थियो । पोखरादेखि घान्द्रुक–३, विकासडाँडासम्म गाडीमा गएको फाउण्डेशनको टोलीले विकासडाँडादेखि घान्द्रुकसम्म र शनिबार बिहान मेश्रम बराह मन्दिरसम्म पदयात्रा गरेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पदयात्राको आयोजना गरिएको फाउण्डेशनका सहसचिव एवं कार्यक्रम संयोजक कमल थापामगरले जानकारी दिनुभयो । शनिबार बिहान बसेको फाउण्डेशनको बैठकले गत मंसिर २८ गते पर्वतको देउपुर, मैदानमा सम्पन्न एक दिने निःशुल्क आँखा शिविरको समीक्षा गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष समेत निकालेको छ । यसैबीच, फाउण्डेशनले मगर संघ हङकङको निमन्त्रणामा यही पुस २९ गते माघे संक्रान्ति कार्यक्रमका लागि एक साताको हङकङ भ्रमणमा जान

Read more

धौलागिरी आधार शिविर पुग्न ७ दिने नयाँ ‘सेन्चुरी पदमार्ग’ !

पुस २२ काठमाडौं धौलागिरी हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरी सेन्चुरी ट्रेक’ पहिचान गरेको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरि पदमार्गमा खिचिएका ५० वटा तस्बिरहरुको समेत प्रदर्शनी बिहीबारदेखि सुरु गरेको छ । प्रदर्शनी तीन दिनसम्म चल्ने छ । म्याग्दीको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरीको आधार शिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनुपर्छ

Read more

पर्यटकको पर्खाइमा ओलेस !

रूद्र श्रीसमगर पाल्पा सदरमुकाम तानसेनबाट करिब २८ किमि दक्षिणपूर्वी भागमा अवस्थित कसेनी गाविस प्राकृतिक बनोटका हिसाबले विविधतायुक्त छ । समथर र उर्वर माडी फाँटदेखि पाल्पा जिल्लाकै अग्लो डाँडोको रूपमा मानिने कौडेलेक पनि यही गाविसमा पर्दछ । युवा साहित्यकार एवं लेखक मित्र तिलक खाम्चाको विशेष निमन्त्रणामा कसेनी–३ मा पर्ने ओलेस जाने अवसर मिलेको थियो । युवा लेखक एवं पत्रकार मित्र मनोज घर्तीमगर जी र म पोखराबाट ओलेस पुग्ने ध्येयका साथ यात्रा थालनी ग¥यौं । तानसेन पुगेपछि तिलक जी, मनोज जी, हुम जी र म चार जना ओलेसको बाटो लाग्यौं । मदन पोखराको सुन्दर बस्तीहरू नियाल्दै हामी कठिन र संघर्षपूर्ण यात्रामा ओलेस पुग्नैपर्ने अठोटमा थियौं । हामीलाई साथ दिने पाल्पाली साथीहरू तिलक खाम्चा र हुमबहादुर चिदी थिए । उनीहरूसँगै मोटरसाइकलमा जोखिमपूर्ण यात्रा

Read more

मगर पर्यटन समाज नेपालको पर्यटन प्रवर्धन र विकासको खोजी गर्दै (फोटो फिचर सहित)!

श्याम / यमुना रानामगर मगर मिडिया मंसिर २८, काठमाण्डौ नेपाल एक पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हो तर यसको उचित विकास र खोजीको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचारप्रसार भएको छैन । यहि कुरालाई मध्येनजर राख्दै आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी गरि त्यसको प्रचार प्रसार गर्दै समग्र पर्यटन विकासको लागि भुमिका खेल्ने उद्देश्य स्वरुप नेपाल मगर पर्यटन समाज काठमाण्डौले संगठित रुपमा काम थालेको छ । पर्यटन व्यवसायमा संलग्न मगर व्यक्तित्वहरु सम्मिलित समाजले आफ्नो स्थापना सँगै मगर समुदायभित्रको पर्यटन सम्भावना मात्र नभएर समग्र पर्यटनको विकासको लागि आफुलाई क्रियाशील बनाउँदै आएको छ । यसैक्रममा गत मंसिर २४ र २५ गते निकै नै पर्यटनको सम्भावना बोकेको ठाउँमा होमस्टे ट्रीप सम्पन्न गरेको छ । समाजले

Read more

मगर गाँउमा होम स्टे कार्यक्रम !

श्याम राना मगर मगर मिडिया, २५ कार्तिक, काठमाण्डौ नेपाल सरकारको मातहतमा नेपाल पर्यटन बोर्डले घुमफिर बेश २०७३ मनाई रहँदा नेपाल मगर पर्यटन समाजले पनि समृद्ध मगर समाज निर्माण तथा सिंगो नेपालको पर्यटनमा टेवा पुर्याउने हेतुले गोरखा जिल्लाको भुम्लिचोकमा होम स्टे गर्ने भएको छ । नेपाल मगर पर्यटन समाजको यहि २०७३ कार्तिक २४ गते बसेको बैठकले आउँदो मङ्सिर २४ र २५ गते मगर गाँउ भुम्लिचोकमा होम स्टे कार्यक्रम गर्ने निर्णय गरेको हो । समाजले विगतमा पनि यस्ता कार्यक्रमहरु गर्दै आएको थियो र यसपाली पनि पर्यटनमा आवद्ध विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर उक्त कार्यक्रम गर्न लागेको कुरा कार्यक्रमका संयोजक भुम्लिचोक निवासी समाजका सह–कोषाध्यक्ष कर्ण राना मगरले जानकारी दिनु भएको छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)