काठमाण्डौँको तिनकुनेमा ल्होछार कार्यक्रम सम्पन्न !

सुनिता लामा ६ फाल्गुन, काठमाण्डौँ बौद्ध महायानी धर्मावलम्बीहरुले शुक्रबार र शनिबार ल्होछार अथार्त नयाँ वर्ष काठमाण्डौको तिनकुनेमा साँस्कृतिक महोत्वसवका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ समाज र १२० ओटा संस्थाहरुले आयोजना गरेको ल्होछार कार्यक्रमको दोस्रो दिन तामाङ कलाकारहरुको बजोड प्रस्तुतिका साथ सम्पन्न भएको थियो भने पहिलो दिन औपचारिक कार्यक्रम सँगै अनौपचारिक कार्यक्रम पनि गरेका थिए । सरकारले माघ ५ गते नै सोनाम ल्होछारको सार्वजनीक विदा दिए पनि केहि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसारमा यही फाल्गुन महिनामा परेकोले ग्याल्पो र सोनाम ल्होसार दुबै एकै साथ मनाएको हो । कार्यक्रममा गायक प्रेम लोप्चन, गायीका सानु वाइबा, जमुना योञ्जन, विशाल काल्तेन लगायतका कालाकारले आफ्नो प्रस्ुतुती दिएका थिए भने उक्त दुई दिने साँस्कृतिक कार्यक्रमलाई चादँनी मोक्तान तामाङ , संजीव वाइबा र

Read more

ट्रेकिङ पर्यटनको प्रबर्द्धनको लागि टानको संयुक्त ल्होसार कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)!

मगर मिडिया २९ माघ, काठमाण्डौ ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको संयुक्त ल्होसार कार्यक्रम आइतबार राजधानीको ह्यायत रेजेन्सी होटलमा भव्य रुपमा सम्पन्न भएको छ । हिमालय स्थानमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, तामाङ, गुरुङ र भोटे जातीहरुले बिशेष चाडको रुपमा मनाउने ल्होसार चाडको अवसर पारेर टानले शुभकामना आद्रानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकल्प नभएको पनि बताउनु भयो । साथै टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पु¥याएको बताउनु भयो । टानको अध्यक्ष नवराज दाहालले ल्होसारको शुभकामना दिदैँ नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान

Read more

दुवई शहरमा नेपाल मगर संघ शाखा युएईद्वारा माघे सङक्रान्ति २०७४ भव्यरुपमा सम्पन्न !

मगर मिडिया १४ माघ,  युएई दुवई स्थित पर्ल क्रीक होटेलमा नेपाल मगर संघ शाखा युएईद्वारा मगरहरुको मौलिक राष्ट्रीय चाड माघे सङक्रान्ति गत शुक्रबारको दिन नेपाली राजदुताबास युएईका श्रम सहचरी श्री मोतिराम भुसालज्युको प्रमुख आतिथ्यमा भव्य एवम सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व नेमस शाखा युएईका अध्यक्ष श्री टंक थापा मगरले गर्नु भएको थियो भने नेमस शाखा युएईका निवर्तमान अध्यक्ष श्री राजु सिजाली मगर लगायत भुपु सरक्षक सुनिता थापा मगर उप सरक्षक अशोक राम्जाली मगर सलाहकार प्रमुख भुवन मगर सल्लाहकार सदस्य खुम आले र कुम सारु मगर अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अन्य विशेष अतिथिहरुमा अन्तराष्ट्रीय मगर मञ्चका सदस्य श्री गिरमान थापा मगर, जनजाती महासंघ युएईका अध्यक्ष श्री पासाङ्ग रेन्जी शेर्पा, नेपाली समाज युएईका अध्यक्ष श्री चन्द्र प्रसाद

Read more

तामाङहरुको सोनाम ल्होछार ( २५ फोटोहरु)!

श्याम राना मगर ४ माघ, काठमाण्डौँ तिथिको विवादकै बिचमा पनि तामाङहरुले सोनाम ल्होछार मनाएका छन् । गत माघ ४ गते काठमाण्डौँको भृकृटी मण्डपमा तामाङहरुले आफ्नो पर्व सोनाम ल्होछार भव्य रुपमा मनाएका छन् । सोहि मेलाका केहि फोटोहरु ।

Read more

मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मगरहरुले मनाए माघेसकराती (४० फोटोहरु)!

श्याम राना मगर माघ २, काठमाण्डौ संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाएका छन् । संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा पुनले तारो (धनुषवाण) हानेर औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम उद्घाटन गराई भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुन मगरले हाम्रो देश नेपाल प्राकृतिक रूपमा विश्वकै सुन्दर देश रहेको र विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृतिका समुदायको सम्मिश्रित बसोवासले नेपाललाई झनै सुन्दर बनाएको बताउनु

Read more

तनहुँमा मगर माघे सङक्रान्ति पर्व विविध कार्यक्रमका बिच सम्पन्न !

विनोद रखाली मगर माघ १, तनहुँ मगर र थारु समुदायको महान् पर्व तथा नेपालका आदिवासी जनजातीहरुले विशेष रुपमा मनाउदै आएको माघे सङक्रान्ति पर्वको असवरमा तनहुँको दमौलीमा नेपाल मगर संघ जिल्ला समिति तनहुँको आयोजनामा विविध कार्यक्रम सहित मगर माघे सङक्रान्ति पर्व सम्पन्न भएको छ । मगर समुदायको प्रमुख पर्व समेत रहेको माघे सङक्रान्ति पर्व विशेष कार्यक्रमको उद्धघाटन गर्दै पूर्व मन्त्रि समेत रहनुभएका नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व महासचिव शिवलाल थापा मगरले माघे सङक्रान्ति पर्वको मौलिकताका विषयमा बोल्दै संस्कृतीमा धनी नेपालका आदिवासी समुदायको इतिहास र पहिचानको जर्गेना गर्नु नै आजको प्रमुख आवश्यक्ता रहेको वताउनुभयो । पूर्व मन्त्रि थापाले देशको हरेक राजनितिक परिवर्तनमा मगर समुदायको भुमिका महत्वपूर्ण रहेको भन्दै राज्यले मगर समुदायको भुमिकालाई ओझेलमा पार्ने षड्यन्त्र गरीरहेको प्रति गम्भिर आपत्ति प्रकट गर्दै मगर

Read more

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले माघे सकरातिको अवसरमा ७ दिने मेलाको अयोजना !

युवराज राना मगर पौष २५, काठमाण्डौ मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा म्याग्दी मगर समाजको आयोजनामा यही पौष २९ गते देखि माघ ५ गते सम्म, ७ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको हो । मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिलापुरुष बास्केटवल र भलिबल प्रतियोगिता साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरुको आयोजना गरिएको छ । साथै मेलामा मगरहरुको मौलिक खानाका परिकारहरुको व्यवस्था समेत गरिएको छ । कार्यक्रमको तालिका निम्न अनुसार छ :

Read more

माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको अयोजना !

लक्ष्मण बुढा मगर पौष २५, सुर्खेत मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी नेपाल मगर संघ शाखा सुर्खेतले ३ दिने मेलाको आयोजना गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि मगर संघ सुर्खेतले २७, २८ र २९ गते गरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका स्थित खेलकुद रंगशाला सुर्खेतमा मेलाको आयोजना गरेको हो । मेलाको पुर्व सन्ध्यामा भोली २६ गते विरेन्द्रनगरमा मोटरसाइृकल ¥याली समेत निकालिने आयोजकले जनाएको छ । मेलाको पहिलो दिन २७ गते नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष तथा माननीय प्रदेश न ५ को सदस्यको बसन्त घर्ति मगरको प्रमुख आतिथ्यमा  मगरहरुको विभिन्न मौलिक साँस्कृतिक झाँकीहरु सहित कार्यक्रमको उद्घाटन गरिने छ ।

Read more

कास्कीको घलेलमा ल्होसार उत्सब सम्पन्न, भलिबल प्रतियोगिताको उपाधी ग्रीन हिललाई !

सुशान्त गाहा मगर २३ पौष, पोखरा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउ घलेलमा १९ औं संस्करणको ल्होसार उत्सब सम्पन्न भएको छ । माछापुच्छ्रे गाउपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा पुस १५ देखि सञ्चालन भएको उत्सब शनिबार सम्पन्न भएको हो । सम्पन्न उत्सबमा गाउ स्तरिय भलिबल प्रतियोगिताको उपाधी ग्रीन हिल ल्वाङले हात पारेको छ । उपाधी सँगै नगद रु ५५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपबिजेता टिम जय सन्तोषि युवा क्लब ईमुले मेडल, प्रमाणपत्र तथा नगद रु ३० हजारमा चित्त बुझाए । त्यसैगरी सान्त्वना स्थान हासिल गरेको आयोजक टिम बौद्ध सृजना युवा क्लब घलेलले नगद रु १५ हजार मेडल तथा पमाणपत्र प्राप्त गरे । त्यसैगरी क्लब स्तरिय

Read more

नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने !

गिता राना मगर पोखरा २१ पुस । नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले सहयोग गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने भएको हो । परिषदमा आवद्ध विभिन्न १२ वटा आदिवासी जनजातिहरुको छलफलले पुस २७ गते बाट शुरु हुने आठौ संस्करणको महोत्सवमा हुने झांकी ¥यालीमा समेत सहभागीता जनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्का अध्यक्ष जंग वहादुर गुरुङले जानकारी दिए । गुरुङले पोखरा महोत्सव विशुद्ध सामाजिक काममा अगाडी वढिरहेको र पोखरा लेखनाथको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)