पोखरा सभागृहमा “खड्ग गर्बुजा मगर एकल लोक गायन (२०७५)” हुने !

मगर मिडिया काठमाण्डौँ, माघ १८ नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समिती काठमाण्डौँ द्धारा २०७५ साल बैशाख २२ गते शनिबार नेपाल मगर सांस्कृतिक संघ जिल्ला शाखा समिती कास्कीको ब्यवस्थापनमा पोखरा सभागृहमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार खडग गर्बुजा मगरको “खड्ग गर्बुजा मगर एकल लोक गायन २०७५” हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिती काठमाडौ द्वारा श्रष्टालाई सम्मान गर्दै २०७३ सालमा प्रतिभावान विरिष्ठ कलाकार नेपाल मगर सांस्कृतिक संघ केन्द्रको पुर्व अध्यक्ष कविता आले मगरज्युको एकल साँझ सम्पन्न गरेको थियो भने यसपालि पनि “मगर कलाकार कल्याणकारी अक्षय कोष” वृद्धिको उद्देश्य राखेर यो कार्यक्रम गर्ने भएको छ । यस एकल लोक गायन २०७५ लाई सम्पुर्ण महानुभावहरुले पुर्ण सल्लाह, सुझाव साथै प्रोत्साहन गर्न नेपाल मगर सांस्कृतिक संघ

Read more

कतारमा धनकुटा सेवा समाजले कलाकार मगरलाई गर्‍यो सम्मान !

कृष्ण सारू मगर  २९ अक्टोबर दोहा कतार साविक मुढेबास २, हाल चौविसे गाउपालिका २, मुढेबाँस धनकुटाका गृह जिल्लावासी मयुर नृत्यकार तथा हुर्रा कृतिका सर्जक कबिराज मगरलाई धनकुटा प्रवासी सेवा समाजले सनैया स्थित हिमालयन होटलको सभा हलमा एक कार्यक्रम गरि समान गरेको छ । मयुर नृत्यकार मगरको कला र प्रतिभाको उच्च मुल्यांकन गरि समाजले गरेको समाजका अध्यक्ष ललित लिम्बूले बताए । समाजको प्रमुख सल्लाहकार समेत रहेका संस्थापक तथा अन्य सल्लाहकार सदस्यहरू एवं समाजको विभिन्न पद्धेन पदाधिकारीहरूले क्रमशः पवित्र खादाले सम्मानित भएका कलाकारलाई संस्थापक, सभापति, प्रमुख सल्लाहकारहरूको सह्योगमा प्रशंसा पत्र प्रदान गर्दै मायाको चिनो उपहार दिएको समाजका महासचिव रबिन मगरले हामीलाई जानकारी दिए ।   नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिब तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ प्रथम हुर्रा महोत्सव तथा

Read more

विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन !

लक्ष्मन बुढामगर आश्विन ११, काठमाडौँ विगत लामो समय देखी मृगौला पिडित नृत्यङ्गना लक्ष्मी राना मगरको निधन भएको छ । बनस्थली मृगौला अस्पतालमा उपचारकै क्रममा उहाँको मंगलबार निधन भएको हो । उहाँको सोही दिन पशुपती आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । विरगंज स्थायी घर भएकी लक्ष्मी सानो छँदै बाबु आमाको निधन भएको एकमात्र भाईको पनि केही वर्ष अगाडी मृत्यु भएकोले काठमाण्डौमा एक्लै बस्दै आउनुभएकी स्व.लक्ष्मी रानाको नेपाल मगर संघको मातहतमा नेपाल मगर सांस्कृतिक संघ, मगर महिला संघ र लाङ्घाली उपचार समितिले उपचार तथा हेरचाह गर्दै आएको थियो । विगत ८ वर्ष देखी मृगौला समस्याको कारण पिडित लक्ष्मी रानाको उपचारमा र्यसअघी अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गर्नुभएको थियो । ४१ वर्षको अल्पआयुमै मृगौला समस्याका कारण ज्यान गुमाउनु भएकी लक्ष्मी

Read more

मगर सांस्कृतिक संघलाई संघीय संरचनामा लैजाने तयारी गर्दैछौं : कविराज मगर !

रूद्र श्रीसमगर पोखरा, ६ भदौ नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज मगरले संघको सांगठनिक स्वरुप संघीय संरचना अनुरुप बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति, कास्कीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष मगरले देश संघीयतामा गएको अवस्थामा संघको पूरानो संरचना बदलेर संघीय ढाँचा लैजाने बताउनुभयो । ‘अब हामी संगठन विस्तार गर्दै जाने योजनामा छौं’, उहाँले भन्नुभयो, ‘संघीय संरचनामा लैजानेबारे हामी छलफल गरिरहेका छौं, यसबारेमा टुंगिएपछि हामी तत्कालै संगठन विस्तारमा लाग्छौं ।’ एक अर्को प्रसड्डमा मगरले मगर जाति कला, संस्कृतिको धनी रहेको भन्दै मगर जातिकेन्द्रित कला, संस्कृतिलाई राज्यले पहिचान दिनुपर्ने उल्लेख गर्नुभयो । ‘मगर जातिमा प्रचलित कतिपय कला, संस्कृतिलाई अन्य जातिको भनेर प्रचार गरिएको छ’, मगरले भन्नुभयो, ‘समय अन्तरालमा अन्य जातिमा पनि

Read more

साँस्कृतिक संघको वार्षिक साधारण सभा सम्पन्न, अग्रजहरु सम्मानित !( फोटो फिचर)

श्याम रानामगर २२ साउन काठमाण्डौ नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिको १४ औँ बार्षिक साधारण सभा हिजो राष्ट्रिय नाँचघर जमल, काठमाण्डौमा सम्पन्न भएको छ । सांस्कृतिक संघका अध्यक्ष कविराज मगरको अध्यक्षता साथै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष साथै नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नविन रोका मगरको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका महासचिव रन बहादुर थापा मगर विलनले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष निता पुन मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरिएको थियो । साथै संघको सल्लाहकार समितिलाई समेत अनुमोदन गरिएको थियो । त्यसै गरि नेपाल मगर सांस्कृतिक संघको स्थापना गरेर यहाँसम्म ल्याउन महत्वपुर्ण योगदान पु¥याउने संस्थापक अध्यक्ष वरिष्ठ लोकगायक खड्ग गर्वुजा मगर,  पुर्वअध्यक्षहरु वरिष्ठ लोकगायिका तथा  कलाकार कविता आले मगर, वरिष्ठ लोकगायक खड्क बुढा मगर लगायतका अग्रज पदाधिकारी,

Read more

मगर सांस्कृतिक संघ कास्कीको प्रथम वार्षिक साधारणसभा सम्पन्न !

रूद्र श्रीसमगर पोखरा, १८ साउन नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै संघका केन्द्रीय सदस्य पदम थापामगरले नेपाली कला, संस्कृतिको प्रवद्र्धनमा मगर जातिको महŒवपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । ‘नेपाली कला, संस्कृतिको मूल जरो भनेकै मगर जातिको कला, संस्कृति हो’, थापामगरले भन्नुभयो, ‘नेपाली गीत, संगीतलाई उचाइमा पु¥याउन मगर जातिको महŒवपूर्ण देन छ ।’ मगर कलाकारहरूले मगर जातिको भाषिक, सांस्कृतिक पहिचानको संवद्र्धन गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै थापामगरले कलाकारले गीत गाउने र नाच्ने मात्र नभइ समाज रुपान्तरणमा समेत महŒवपूर्ण भूमिका निभाउनु जरुरी रहेको बताउनुभयो । ‘मगर कलाकारहरूले गीत गाउने र नाच्ने मात्रै होइन’, उहाँले भन्नुभयो, ‘मगर कलाकारहरू समाज रुपान्तरणको संवाहक बन्नुपर्दछ ।’ नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले मगर कला र

Read more

साँस्कृतिक संघको प्रथम बार्षिक साधारण सभा सम्पन्न !

श्याम राना मगर १२ साउन काठमाण्डौ नेपाल मगर साँस्कृतिक संघ उपत्यका समन्वय समितिको प्रथम बार्षिक साधारण सभा नेपाल मगर संघ केन्द्रिय समितिको सभाहल केन्द्रिय कार्यालय कलंकीमा हिजो सम्पन्न भएको छ । देविराम रानामगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय सदस्य उपत्यका इन्चार्ज जीवन थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सचिव जानुका आलेमगरको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष टिका तारामी मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको थियो । साथै समितिमा छ जना नयाँ सदस्यहरुलाई मनोनयन समेत गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि जीवन थापामगरले कलाकारहरुले मगरहरुको कलासंस्कृतिहरुलाई यो उचाईमा पु¥याएकोमा खुशी व्यक्त गर्दै अझ समुदायको मौलिक कलासंंस्कृतिहरुलाई गाउँगाउँबाट अध्ययन अनुसन्धान गरि बाहिर ल्याउन संगठित भएर लाग्नको लागि सांस्कृतिक संघका कलाकारहरुलाई आग्रह गर्नुभयो साथै नेपाल मगर संघले पनि यसमा सक्दो सहयोगको

Read more

मृगौला पिडित लक्ष्मीलाई एलजी चौतारी समाज माल्दीभ्सको सहयोग !

काठमाण्डौ दुबै मृगौला फेल भई पिडित कलाकार लक्ष्मी रानालाई एलजी चौतारी समाज नेपाल माल्दीभ्सले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिती काठमाण्डौको संरक्षणमा रहनुभएकी परिवार विहिन लक्ष्मीलाई चौतारी समाज नेपाल माल्दिभ्सका संयोजक ललितपुर टिकाथली निवासी बेद कुमार राना मगरले विर अस्पतालमै पुगी ३२ हाजार रुपैया सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो । मृगौला पिडित एक्ली लक्ष्मीलाई नेपाल मगर साँस्कृतिक संघले विगत छ महिनादेखी सहारा दिई उपचारमा सहयोग गर्दै आएको छ ।

Read more

एकल साँझमा कविता आलेका चर्चित गीतहरु !

चैत्र १४, काठमाण्डौ चर्चित वरिष्ठ गायिका तथा अभिनेत्री कविता आले मगरको एकल सांगीतिक साँझ सोमबार काठमाण्डौको जमल स्थित राष्ट्रिय नाँचघरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली मौलिक लोक संगीतप्रेमीहरुको लागि स्वर र अभिनय गरेर मनमा बस्न सफल आलेको प्रतिभालाई फेरी एक पटक नजिकबाट हेर्न, सुन्न र महसुस गर्ने मौका मिल्यो उहाँका फ्यानहरुलाई । नेपाल मगर साँस्कृतिक संघ र सांस्कृतिक संस्थान नाँचघरले पुराना कलाकारलाई सम्मान र नँया कलाकारलाई प्रोत्साहन भन्ने मुल नाराको साथ संयुक्त रुपमा आयोजना गरेको उक्त एकल सांगीतिक साँझमा नाँचघरको हल दर्शकहरुले खचाखच भरिएको थियो । सुमधुर स्वरकी धनी परिपक्व र वरिष्ठ गायिका तथा अभिनयमा पोख्त कविता आलेले सोमबार आफ्ना अहिले सम्मका चर्चित गीतहरु प्रस्तुत गर्नुभयो । उहाँको निकै रुचाइएको उठी खर काटौँ, बसी खर काटौँ, मेरो माया,

Read more

वरिष्ठ गायिका तथा अभिनेत्री कविता आलेमगरको एकल सांगीतीक साँझ !

चैत्र १०, काठमाण्डौ “अग्रज कलाकारलाई सम्मान र नँया कलाकारलाई प्रोत्साहन” भन्ने मुल नाराको साथ नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिती र सांस्कृतिक संस्थान नाँचघरको संयुक्त आयोजनामा बरिष्ठ गायिका तथा अभिनेत्री कविता आलेमगरको एकल सांगीतीक साँझ कार्यक्रम हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघले एक प्रेस विज्ञप्ती जारी गरी कार्यक्रम बारे जानकारी गराएको हो । यही १४ गते सोमबार घोडे जात्राको दिन राष्ट्रिय नाँचघर जमलमा दिउँसो २ बजेदेखी कार्यक्रम सुरु हुने विज्ञप्तीमा जानकारी गराईएको छ । प्रेस विज्ञप्तीको पुर्णपाठ:

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)