कृष्ण थापामगरको पहिलो कोसेली कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा !

मगर मिडिया, माघ १८, काठमाडौँ लामो समय खाडी मुलुकमा श्रम बेचेर, अब चाई आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ् नेपाल फर्किएका गण्डकी गाउँपालिका, सानो दर्बुंग, गोरखा निवासी कृष्ण थापामगरको गीत/संगीतमा निकै रुची रहेको छ | गीत/संगीतमाको रुची कै कारण नेपाल फर्किए पछि पहिलो कोसेली स्वरूप कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा ल्याएका छन् | गोरखा कै सानो दर्बुंगमा छायांकन गरिएको यस गीतमा राजन थापामगरको लय/शब्द रहेको छ र यस गीतको म्युजिक भिडियोलाई राजु लामाले छायांकन गरेका छन् भने चर्चित निर्देशक/कोरियोग्राफर चित्र मास्की मगरले निर्देशन गरेका छन् | यस गीतको सम्पादन रबिन बिक ले गरेका छन् | राजन थापामगर, डीबि गुरुङ, संगम गुरुङ, राज कपुर मगर, प्रेम रानामगर र सुनिला गुरुङको स्वरले सजिएको यस गीतमा अनिशा थापामगर, डिम्पल थापामगर,

Read more

भाषा शक्तिकेन्द्र हो यसमा राजनिति हुन्छ- भाषाशास्त्री तामाङ (भिडियो सामग्री सहित) !

श्याम रानामगर ११ साउन, काठमाण्डौ भाषा शक्तिकेन्द्र हो यसमा राजनिति हुन्छ भाषाशास्त्री मातृभाषी अभियन्ता अमृत योञ्जन तामाङले नेपाल साथै अन्तराष्ट्रिय जगतमा भाषामा राजनिति कसरी भएको छ ? मातृृभाषा के हो ? मातृभाषा किन बचाउने ? भाषामा विभेद भयो भने के के हानी पुग्न जान्छ ? नेपालमा कुन जातिहरुले के कति आफ्नो मातृभाषाहरुको प्रयोग गर्छन त ? मातृभाषीहरुको संरक्षण र विकासको लागि के कस्ता चुनौतिहरु रहेका छन ? मातृभाषा सम्वन्धी नितिहरु के के छन् ? लगायतका गहन प्रश्नहरुमा केन्द्रित रहेर सिन्धुपाल्चोक शेर्पा महिला सम्पर्क समाज काठमाण्डौले आयोजना गरेको नेपालमा मातृभाषाको संरक्षण र चुनौति विषयक गोष्ठि २०७४ मा प्रस्तुत गर्नुभएको गोष्ठिपत्र र केहि टिप्पणीहरु सहितको यो महत्वपुर्ण भिडियो सामाग्री ।

Read more

लक्ष्मीको लागि समिति गठन सँगै युकेबाट सहयोग, सबैलाई सहयोग गर्न समितिको आग्रह !

नाइस मिडिया नेटवर्क मगर मिडिया साउन ५, काठमाण्डौ विगत लामो समय देखि मृगौलाबाट पिडित हुन पुगेकी कलाकार लक्ष्मी रानामगरको लागि लक्ष्मी राना बचाउ अभियान समिति गठन गरि सहयोग संकलन कार्य सुरु भएको छ । लक्ष्मीको लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले यसभन्दा अगाडि पनि विभिन्न सहयोग गर्दै आएपनि उनको दुवै मृगौलामा खराबी देखिएको र उनको मृगौलाको प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आएकोले उनको उपचारको लागि ठुलो रकम तथा सहयोगको खाँचो रहेकोले नेपाल मगर संघ केन्द्रिय समितिको रोहवरमा नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कविराज मगरको अध्यक्षता, नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष विनिता आलेमगर उपाध्यक्ष, निर आले मगर सचिव, एकिकृत सिर्जनशिल समाज नेपालका आमा जुनु पुन मगर कोषाध्यक्ष र धनकुमारी रानामगर, निता पुन मगर, नन्द घर्ती मगर, अमला थापामगर र जुना मगर

Read more

पहिचानको मुद्धासँग म कुनै पनि सम्झौता गर्दिन : अध्यक्ष जगत बराम (भिडियो अन्तरवार्ता) !

श्याम राना मगर पौष २९, काठमाण्डौँ नेपाल आदीवासी जनजाति महासंघको स्थापना पश्चात आजसम्म आईपुग्दा यसले राज्यको विभिन्न राजनितिक अवस्थामा समेत महत्वपुर्ण भुमिका खेल्ने तहसम्म आफुलाई उभ्याएको छ । तसर्थ यसको नेतृत्वको, कार्यशैली तथा गतिविधिहरुले महत्व राख्दछ र यसको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ । यस महासंघले केहि समय अगाडि नवौँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व ल्याएको छ । जुन नेतृत्वमा जगत बराम हुनुहुन्छ । नेतृत्वमा जगत आएसँगै सिंगो आदिबासी जनजाति जगतमा अब के हुन्छ त भनेर उहाँसँग मगर मिडियाले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ नेपाल आदिबासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष जगत बराम सँगको भिडियो अन्र्तवार्ता ।

Read more

दिल खोलेर थाली नाँच नाच्ने दिल कुमारी (भिडियो अन्तर्वार्ता र थालि नाचको भिडियो सहित) !

श्याम राना मगर मगर मिडिया, पुस २२, काठमाण्डौ नेपाल एक विविध कला संस्कृतिको धनी देश हो । यहाँ थुप्रै कला तथा संस्कृतिहरु रहेका छन् । जसमध्येको एउटा मौलिक नृत्य थाली नाँच पनि एक उत्कृष्ट नमुना हो । धौलागिरी र गण्डकी क्षेत्रका केहि जिल्लाहरुमा नाँचिने यो नाँच विशेष गरेर म्याग्दी जिल्लामा ज्यादै प्रचलित र विकास भएको देख्न सकिन्छ । यस्ता नेपाली कलासंस्कृतिहरु मध्ये कतिको चर्चा परिचर्चा हुन्छ भने कति यस्ता उत्कृष्ट कलासंस्कृतिहरु त्यसै ओझेलमा परेका हुन्छन् । मौलिक र उत्कृष्ट नृत्य हुँदाहुदैँ पनि त्यति चर्चामा नआएको यो थाली नाँचले पछिल्लो समय म्याग्दी हुँदै देश तथा विदेशका विभिन्न ठाँउहरुमा विस्तारै आफुलाई चिनाउँने प्रयास गर्न लागेको छ । यो नाँच कस्तो नाँच हो ? यो नाँचको उत्पत्ति कहिले र कहाँ भयो ? यो

Read more

चर्चित गायिका संगिता थापामगरको रोइला गित “दर्शन झोर्ले” बजारमा (भिडियो सहित) !

मगर मिडिया पौष २२, काठमाडौँ गत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी र पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको रोइला गित “दर्शन झोर्ले” भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली फेरी निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर भर्नु भएको छ, साथै, यस गितमा थापालाई अर्का चर्चित गायक रामजी खांडले साथ दिनु भएको छ | चर्चित गायक/गितकार/संगितकार सिपी मगर ज्युको शब्द र रामजी खांडको संगित रहेको यस रोइला गितलाई मगर्स क्रियशन कम्पनिको म्युजिक प्रोडक्सन हाउसले बजारमा ल्याएको हो | म्युजिक भिडियोमा गायिका संगिता थापा मगर र रामजी खांड दुबैले अभिनय गर्नु भएको छ । आफुलाई विगतका

Read more

दुःखद क्षणलाई जीवनको सु:खद क्षणमा रुपान्तरण गर्न सफल गायक खड्क गर्वुजा मगरसँगको भिडियो अन्तर्वार्ता !

पुस १८, काठमाडौं आफ्नो जीवनको सवैभन्दा खुशीको पल आफु भिरबाट खसेर आफ्नो दुवै खुट्टा गुमाउनुपर्दाको क्षण र आफ्नी आमाको मृत्युलाई ठान्नुहुन्छ चर्चित लोक गायक, गीतकार तथा संगीतकार खड्क गर्वुजा मगर । विगत ३ दशक देखि निरन्तर रुपमा नेपाली लोकगीतसंगीतको क्षेत्रमा लागेर यस क्षेत्रमा अतुलनिय योगदान दिईसक्नु भएका साथै अझै पनि यसैमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पित गर्दै आउनु भएका खड्क गर्वुजा मगर एक गायक मात्र नभएर आम मानिसहरुका लागि एक प्रेरक व्यक्ति पनि हुनुहुन्छ । कुनै समय नेपाल टेलिभिजन र रेडियो नेपालको एक कार्यक्रममा एक जना वरिष्ठ व्यक्तिले नै तपाई स्टेजमा नजानुहोला किनकी व्हीलचेयरमा क्यामेरा लुक्स नराम्रो देखिन्छ भनि अपाङ्गताहरुप्रति देखाएको त्यो असमान सोच र व्यवहारको नमिठो अनुभव पनि छ उहाँसँग । साथै देश तथा थुप्रै विदेशका अनगिन्ती अनुभवहरुबाट भरिनुभएका उहाँ

Read more

अमेरिकामा बस्दै आउनु भएकी चर्चित लोक गायीका संगीता थापा मगरको नेपाल प्रतिको मोह (भिडियो अन्तर्वार्ता सहित)!

मगर मिडिया, काठमाडौँ पछिल्लो समय चर्चाको शिखरमा चढ्दै गर्नुभएका गायिका संगीता थापा मगर हाल अमेरिकामा बसोबास गर्दैँ आउनुभएको छ । उहाँले करिव दुईवर्ष जति अमेरिकामा बसेर नेपाल फर्केको अवसरमा फेरि दुईवटा गीतहरु लिएर आउनुभएको छ । पापी ज्यानै रसायो तुम्बा तानेपछि लगायतका थुप्रै चर्चित गीतहरुका गायिका उहाँले विशेष गरेर स्टेजमा जोडदार रुपमा आफुलाई प्रस्तुत गर्नुहुन्छ । स्टेज कार्यक्रमकै क्रममा थुप्रै देशहरु पुगिसक्नु भएका उहाँ नेपालमा फर्कदा ज्यादै व्यस्त देखिनुहुन्थो । मगर्स क्रियशन कम्पनी प्रा.ली.ले बजारमा ल्याएको म त नेपाली मेरो देश नेपाल भन्ने गीत र आउन लागेको एल्वम दर्शन झोर्लेको गीतको रेकर्डिङ पछि म्युजिक भिडियोको सुटिङमा व्यस्त संगीता थापा मगरसँग मगर मिडियाले म्युजिक भिडियो छायाँङकन भएको स्थलमा नै पुगेर अन्र्तवार्ता लिएको थियो ।

Read more

संविधान संसोधनको स्वागत गर्दे पाल्पामा जनसभा (भिडियो सहित) / मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ: अध्यक्ष रोका !

देब पचभैया पाल्पा, पौष ९ संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा सम्पन्न भएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुतm मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका बतmाहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् । सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन

Read more

धुर्मुस सुन्तली फाउन्डेशनद्धारा तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्ने घोषणा !

पुस ८, काठमाडौँ धुर्मुस सुन्तली फाउन्डेशनले फेरी तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्ने भएको छ । नेपालका चर्चित हाँस्य कलाकार तथा पछिल्लो समय समाजिक काममा सक्रिय रहेको जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागी तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । तेस्रो एकीकृत नमुना वस्ती अन्तरगत महोत्तरी जिल्लाको बर्दिबास स्थित ५० परिवार मुसहरहरुका लागी तेस्रो एकीकृत नमुना वस्ती निर्माण गर्न लागेको एक भिडियो मार्फत जानकारी गराउँदै वस्ती निर्माणमा सहयोगको लागी अपिल गरेका छन् ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)