नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला चितवनमा हुने, भेला तयारीका लागि समिति गठन !

मगर मिडिया २३ पुष, चितवन मगर विद्याथीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला यहि फाल्गुन ४ र ५ गते   चितवनमा सम्पन्न हुने भएको छ । हिजो शनिबार नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका वर्तमान अध्यक्ष श्री मिलन थापा मगरको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति सदस्य श्री ईश्वर राना मगरको प्रमुख आतिथ्यतामा १० औं राष्ट्रिय विस्तारित भेला सम्बन्धी वृहत छलफल गरी जिम्मेवारी बाँडफाँड र विभिन्न समितिहरु पनि गठन गरिएको छ । उक्त राष्ट्रिय विस्तारित भेलामा नेपाल मगर महिला संघ केन्द्रिय कोषाध्यक्ष श्री देवि थापा मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका संस्थापक अध्यक्ष श्री राजेश राना मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका भुतपुर्व अध्यक्ष श्री निर्मल थापा

Read more

नेपाल बिद्यार्थी मोर्चाको बैठक सम्पन्न !

भाद्र ११ | राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल बिद्यार्थी मोर्चाको पाचौँ पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको चौथो महाधिबेशन पुर्बाञ्चलको धरानमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष पुर्ण बहादुर रानाको सँयोजकत्वमा २७ सदस्यीय महाधिबेशन मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी बैठकले घोषणा पत्र तथा बिधान मस्यौदा समिति , आर्थिक समिति, लगायतका बिभिन्न उप समितिहरु पनि गठन गरेको छ । साथै प्र्र्र्राज्ञिक तथा बौद्धिक बहस गर्नका निमित्त प्राज्ञिक तथा बौद्धिक समिति समेत निर्माण गरिएको छ भने महाधिबेशन सम्पन्न गर्नका लागि बिद्यार्थी मोर्चा लिम्बुवान राज्य परिषदलाइ जिम्मेवारी दिइएको छ । शनिबार पार्टी कार्यालय धोबीघाट काठमाण्डौँमा सम्पन्न भएको बैठकमा अध्यक्ष पुर्ण बहादुर रानाको सभापतित्व र पार्टी सँघीय परिषदका अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यता रहेको

Read more

कास्कीका मगर विद्यार्थीले गरे लखनचोक सरसफाई / सरसफाई पछि ५० वटा फूल पनि रोपियो !

प्रेम रोका मगर भदौ ३, पोखरा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले शनिबार आफ्नो मासिक बैठकको अवसर पारेर नेपालकै सुन्दर मानिने पोखरामा अवस्थित लखनचोकको सरसफाई गरेको छ । सरसफाई पछि करिब ५० वटा विरुवा फूल पनि रोपिएको छ । नेपालका प्रथम शहिद क्या. लखन थापामगरको शालिक रहेको लखनचोकलाई मगर विद्यार्थी संघ कास्कीले सधैंजसो मासिक बैठक सकेपछि सरसफाई गर्दै आएको भएपनि केही समययता यसलाई निरन्तरता दिन सकेको थिएन त्यसैले लखनचोक सरसफाईलार्ई पुनः निरन्तरता दिने र समयानुकुल फूलका विरुवा पनि रोप्ने संघका अध्यक्ष दिनेश रोकामगरले जानकारी दिए । यो सिजनमा विशेष गरी हरियो भुँई घाँस पलाउने भएकोले यसलाई काटेर फूलका विरुवा रोपिएको छ, “यसलाई निरन्तर सफाई गछौं” संघका सचिव प्रेम बुढामगरले भने “हामी नेपाल मगर संघ, कास्कीसँग सहकार्य गरेर अघि बढेका

Read more

मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा दिनेश रोकामगर पुनःनिर्वाचित !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल मगर विद्यार्थी संघ कास्कीको १७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दिनेश रोकामगर निर्वाचित हुनुभएको छ । यसअघि समेत अध्यक्ष रहेका रोकामगर पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो । ‘वैज्ञानिक, व्यवहारिक, बहुभाषिक शिक्षा प्रणालीका लागि हाम्रो आन्दोलन, एकीकृत मगरात स्वायत्त प्रदेशका पक्षमा १७ औं जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः तुल्सी पुनमगर, प्रेम बुढामगर, डेग पुनमगर र देवी रोकामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा चेत पुनमगर, हिरा पुर्जामगर, शान्ति पुर्जामगर, रुपा रानामगर, राजीव थापामगर, सुरज थापामगर, शर्मिला आलेमगर, तृष्टा थापामगर, भूमिका पुनमगर, सन्ध्या जुग्जालीमगर, खममाया घर्तीमगर, कविता घर्तीमगर, प्रमिला श्रीसमगर, पुकार आलेमगर, मनिषा पुनमगर, दुर्गा पुनमगर, खिमा फगामीमगर र वसन्ती आलेमगर रहनुभएको

Read more

मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा रितु आले

प्रताप रानामगर / प्रेम रोका मगर चैत्र २८, दमौली नेपाल मगर विद्यार्थी संघ तनहुँको ११ औं जिल्ला अधिवशेनमा भारी मत अन्तरले ऋतु आले अध्यक्षमा विजयी भएकी छिन् । ऋतुले प्रतिद्धन्दी विकास थापामगरलाई ४९ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कुल खसेको ७८ मतमा ऋतले ६३ मत र विकासले १४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षम पदमा बसन सारुमगर विजयी भएका छन् । बसनले ६० मत ल्याए भने उनका प्रतिद्धण्दी अनिता थापा १७ मत प्राप्त गरे । त्यस्तै सह–सचिवमा बुद्ध थापामगरले ६४ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी बृहस्पति थापाले १३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष बसन र सह–सचिव बुद्ध अध्यक्ष ऋतु आलेका प्यानलबाट विजयी भएको हो । अधिवशेनले सचिवमा बसन्ती थापामगर, कोषाध्यक्षमा बिष्णु अस्लामीमगर निर्विरोध निर्वाचित

Read more

मगर विद्यार्थी संघका नवनिर्वाचित केन्द्रीय सदस्यद्वय रोका र पुन सम्मानित !

रूद्र श्रीसमगर पोखरा नेपाल मगर विद्यार्थी संघ कास्कीले मोरङको लेटाङमा सम्पन्न संघको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यद्वय प्रेम रोकामगर र लालकुमारी पुनमगरलाई सम्मान एवं बधाई ज्ञापन गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यद्वय रोका र पुनलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य प्रेम रोकामगरले मगर जातिको हक, हित र अधिकारका पक्षमा सधैं लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्की केन्द्रीय सदस्य लालकुमारी पुनमगरले मगर विद्यार्थीहरूको सहयोग र साथले नै आफू यो स्थानमा आइपुगेको बताउँदै मगर समुदायको शैक्षिक विकासका लागि आफूले केही गर्ने अठोट लिएको सुनाउनुभयो । नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर र केन्द्रीय सचिव मनोज घर्तीमगरले बधाई एवं शुभकामना दिँदै राज्यका हरेक निकायमा मगर समुदायको प्रतिनिधित्व र पहुँच पु¥याउन मगर

Read more

तनहुँमा लखन स्मृति कप हुने !

प्रताप रानामगर दमौली, २७ माघ नेपालका प्रथम शहिद लखन थापा मगरको १४० औं स्मृति दिवसको अवसरमा तनहुँको दमौलीमा लखन स्मृति कप हुने भएको छ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा यही माघ २८ देखि फागुन २ गते सम्म चौथो लखन स्मृति कप २०७३ हुने भएको हो । उक्त लखन स्मृति कप फुटबल प्रतियोगितामा अन्तर कलेज स्तरीय हुने मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष सुजन थापामगरले जानकारी दिनुभयो । प्रतियोगितमा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र, र द्धितिय हुने टिमले नगद १० हजार रुपैयाँको साथमा मेडल, प्रमाणपत्र वितरण गर्ने मगर विद्यार्थी संघ तनहुँका उपाध्यक्ष मिलन आले मगरले बताउनुभयो । फुटबल प्रतियोगितामा भिमाद, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, व्यास नगरपालिका र आबुखैरेनी नगरपालिकाका कलेजबाट १५ टिमको सहभागिता हुने मगर

Read more

मगर विद्यार्थी संघको “नवौं राष्ट्रिय महाधिवेसन” बाट कमल थापामगरको अध्यक्षतामा ६३ सदस्यीय नयाँ कार्यसमिति गठन (नाम लिस्ट सहित)!

मगर मिडिया माघ १८, मोरङ नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर विजयी हुनुभएको छ । आफ्ना प्रतिद्धन्दी रहनुभएका गोम रानालाई १२ मतले पछी पादै कमलले १ सय ८७ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो भने उहाँका प्रत्यासी गोम राना मगरले १ सय ७५ मत प्राप्त गर्नुभएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार थापामगर २२३ मत प्रप्त गरी निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा निरमा श्रीस मगर निवीरोध चुनिनु भएको छ । त्यस्तै महासचिवमा हिमाल घर्तिमगर १ सय ९४ मत ल्याई विजयी बन्नुभएको छ, भने अठार मगरात क्षेत्रको भाषिक उपाध्यक्षमा एक सय ५७ मत लिएर जुनु बुढामगर निर्वाचित हुनुभएको छ । काईके मगरातमा क्षेत्रको भाषिक उपाध्यक्षमा निरज पुन र बाह्र मगरात भाषिक उपाध्यक्षमा मनिष सुर्य मगर सर्व सम्मत रुपले

Read more

मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधिवेसन जारी / सिंगो मगर समुदाय र राष्ट्र हाँक्न सक्ने नेतृत्व आउनुपर्ने: सभामुख घर्ती मगर (फोटो फिचर सहित)!

श्याम रानामगर / मगर मिडिया माघ १६, लेटाङ, मोरङ नेपाल मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधिवेशन “अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलन, वैज्ञानिक, व्यवहारिक र संघिय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेसन” भन्ने मुल नाराका साथ मोरङ जिल्लाको लेटाङमा जारी रहेको छ । हिजो शनिवार लेटाङ स्थित शान्ति भगवती उच्च माध्यामिक विद्यालय परिसर भोगटेनीमा सम्पन्न महाधिवेसन उद्घाटन समारोहको प्रमुख अतिथी सम्माननिय सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्नुभएको थियो । समारोहलाई सम्वोधन गर्नुहुँदै घर्तीले नेपाल मगर विद्यार्थी संघमा मगर विद्यार्थीहरुको लागि मात्र नभई सिंगो मगर समुदाय र राष्ट्र हाँक्न सक्ने नेतृत्व आउनुपर्ने भन्दै त्यस्तो नेतृत्वको लागि र महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले अहिले राज्यको महत्वपुर्ण निकायहरुमा महिलाको सहभागिता राम्रो रहेको भन्दै यसलाई

Read more

नेपाल मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधिवेसनको तयारी पुरा /अध्यक्षमा ४ जनाको उम्मेद्धवारी

माघ १३, काठमाडौं “अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तीको लागी साझा आन्दोलन, वैज्ञानिक व्यवहारिक र संघिय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेसन” भन्ने मुल नाराको साथ यही माघ १५ गतेबाट हुन गईरहेको नेपाल मगर विद्यार्थी संघको नवौँ राष्ट्रिय महाधीवेसन को तायारी पुरा भएको संघले जनाएको छ । मोरङको लेटाङ स्थित भोगटेनीमा यही माघ १५, १६ र १७ गते गरी ३ दिन सम्म संचालन हुने अधिवेसनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नविन रोका मगर लगाएत मगर अगुवाहरुको उपस्थिती रहने छ । अधिवेसनमा देशैभरबाट मगर विद्याथीहरुको सहभागिता रहने छ । देशभरका ६६ जिल्लाका ३र३ जना अञ्चलबाट ५ जना विश्व विद्यालय र क्याम्पसका ३र३ जना गरी करिब ४ सय विद्यार्थीहरु अतिथी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)