कास्कीको पर्यटकीय गाउ घलेलमा हुने ल्होसार उत्सवको तयारी पुरा !

सुशान्त गाहा मगर पोखरा १२ पुष । कास्कीको उत्तरी भेगमा रहेको घलेलमा हुने ल्होसार उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ«े गाउपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवको आयोजनामा आगामी पुसको १५ देखि २१ गते सम्म क्लवको खेल मैदानमा हुने ल्होसार उत्सवको सम्पूर्ण तयारी भएको हो । महोत्सव अवधिभर विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु हुने क्लवको अध्यक्ष राम गुरुङले जानकारी दिए । गुरुङ जातिको महान पर्व ल्होसार संगै बम बहादुर घलेल आधारभुत बिद्यालयको वार्षिकोत्सवको अवसरमा १९ औ संस्करणको घलेल ल्होसार उत्सवमा विविध सांस्कृतिक कार्यक्रम संगै खेलकुदको कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । उत्सव अवधिभर अन्तर गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता, अन्तर क्लव स्तरिय महिला भलिवल प्रतियोगिता, भेट्रान्स पुरुष भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी

Read more

सामाजिक कामका लागी तमुस्यो रि च्हमी परिवारद्धारा स्योकै कार्यक्रम, विभिन्न ब्यक्तित्वहरु सम्मानित !

गिता राना मगर पोखरा पुष १० सामाजिक कामका लागी पोखराका गुरुङ दिदी बहिनीहरुको समुह तमुस्यो रि च्हमी परिवारले तमु ल्होसारको अवसर पारी स्योकै तथा विभिन्न सामाजिक ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । आफ््नो भाषा, संस्कृतीको संरक्षण संगै सामाजिक क्षेत्रमा सहभागीता जनाउदै आएको तमुस्यो रि च्हमी परिवारले खी (कुकुर) ल्होसार कुकर वर्गको अवसर पारी सामाजिक सेवाका लागी सहयोगार्थ स्योकै कार्यक्रमका बीच सामाजिक क्षेत्रमा क्रियाशिल तमु तमुस्योहरुलाई सम्मान गरेको हो । सो अवसरमा सामाजिक क्षेत्रमा क्रियाशिल रही विशेष योगदान पु¥याएको भन्दै सरकारी क्षेत्रबाट सेवा पु¥याएवापत कास्की मादी गाउपालिका वडा नम्बर ९ का अध्यक्ष तोरण गुरुङ, मादी गाउँपालिका ७ का अध्यक्ष लाल बहादुर गुरुङ, शिक्षा तर्फ लक्ष्मी गुरुङ, सञ्चार तर्फ शान्ति गुरुङ, गीत संगीत तर्फ शर्मिला गुरुङ र सेवा तर्फबाट इन्स्पेक्टर चन्द्रा गुरुङलाई सम्मान

Read more

पोखरामा खुल्यो ‘मिनिसो’को शोरुम

मगर मिडिया पोखरा, २९ मंसिर बिनायक ट्रेडिङ इन्टरनेशनल प्रा.लि पोखराले विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’ को शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको हिजो बिहीबार एक कार्यक्रमका बीच कलाकार आयुस्मान श्रेष्ठ र कलाकार तथा भलिबल खेलाडी सिपौरा गुरुङले शुभारम्भ गरेका हुन् । पोखरामा बिगत ३० वर्षदेखि बिनायक सुपरमार्केट सञ्चालन गर्दै आएको बिनायक ग्रुपले उक्त ब्राण्डलाई पोखरा भित्र्याएको हो । मिनिसोका दैनिक उपभोग्य सम्पूर्ण सामान पोखरा शोरुमबाट बिक्री सुरु भएको प्रवन्ध निर्देशक प्रविन पाखिलेले जानकारी दिए । पोखरामा मिनिसोका करिब ९ हजार प्रकारका सामानहरु बिक्री हुनेछन् । पहिलो चरणमा चिप्लेढुंगामा शोरुम खुलेपछि न्युरोड र लेकसाइडमा बिस्तार गरिने पालिखेले बताए । ‘यो ब्राण्डप्रति पोखरामा निकै आकर्षण देखियो,’ उनले भने, ‘धेरैको माग भएकाले हामीले पोखरामा भित्र्याएका हौं ।’ विश्व प्रशिद्ध ब्राण्डेड सामान सुपथ मूल्यमा

Read more

मगर विद्यार्थीको वनभोजमा देउसी भैलोका कलाकार सम्मानित !

रूद्र श्रीसमगर पोखरा, ३ मंसिर नेपाल मगर विद्यार्थी संघ कास्कीले शनिबार आयोजना गरेको रमाइलो वनभोज तथा भेटघाट कार्यक्रममा २०७४ सालको तिहारमा खेलिएको देउसी भैलोका कलाकारलाई सम्मान ग¥यो । कार्यक्रममा देउसी भैलोमा नाचगान गर्ने कलाकारहरूसँगै दान गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरियो । सो अवसरमा नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज दीपा थापामगरले कलाकार र सहयोगदाताहरूलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष ऋतु आलेमगर, गोरखाकी अध्यक्ष सुस्मिता पुलामीमगर, लोक तथा दोहोरी गायक एवं पत्रकार छवि घर्तीमगर, नेपाल मगर लेखक संघ कास्कीकी सचिव एवं सञ्चारकर्मी कविता घर्तीमगर, सञ्चारकर्मी गोविन्द सिंजालीमगर, सञ्चारकर्मी एवं मगर चलचित्रकी नायिका प्रिया थापामगर (कमला),

Read more

मगर साहित्यमा मगरपन विषयक गोष्ठि तनहुँको मगर होम स्टे अलैँचेमा सम्पन्न, मगरपनको खोज गाउँ केन्द्रित हुनु पर्नेमा प्राज्ञ श्रवण मुकारुङ्को जोड,

विनोद रखाली मगर कार्तिक २६, तनहुँ पछिल्लो समय मातृभाषामा साहित्य लेखन, प्रकाशन तथा सरंक्षणका लागी विभिन्न सस्थांहरु तातिएको अवस्थामा तनहुँको व्यास नगरपालिका वडा न. ७ मगर होम स्टे अलैंचेमा मगर साहित्यमा मगरपन र मगर साहित्यको अवस्था तथा चुनौति विषयक एक दिने गोष्ठि सम्पन्न भएको छ । मगर भाषाका आदिकवि जितवहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजना र नेपाल मगर लेखक संघ प्रदेश न. ४ को सह आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा आयोजना गरिएको उक्त गोष्ठिमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ्ले आदिवासी समुदायको जिवित पहिचान भनेकै मातृभाषा र संस्कृती रहेकाले पछिल्लो समय आधुनिकीकरणले भाषा र सस्ंकृती धरापमा पर्दै गइरहेकाले संरक्षण र जगेर्ना आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । प्राज्ञमुकारुङ्ले मगरपनको संस्कृती र भाषाखोज्न गाउँ–गाउँ जान मगर साहित्यकारहरुलाई

Read more

भलामको हरिहर गुफा सन्यास आश्रममा बालाचतुर्दशी मेला हुने !

गिता राना मगर पोखरा २३ कार्तिक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रममा बालचतुर्दशी बिशेष मेला हुने भएको छ । आश्रमले बुधवार आश्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी हिन्दुहरुको विशेष पर्व वाला चतुर्दशीको अवसर पारेर आगामी मंसिर १ गते शुक्रबार बालाचतुर्दशी विशेष मेला २०७४ को आयोजना गर्न लागेको जानकारी दिएका छन् । विं सं. २०४० देखि बाला चतुर्दशीको अवसरमा सतबिज छर्ने मेलाको आयोजना गरिदै आएको भएतापनि यो वर्ष हरिहर गुफा क्षेत्र पोखरा लेखनाथ महानगरमा गाभिएसंगै भब्य रुपमा बालाचतुर्दशी विशेष मेलाको आयोजना गर्न लागिएको हरिहर गुफा सन्यास आश्रम सेवा समितीका सचिव गणेश बहादुर खत्रीले वताए । खत्रीका अनुसार मेलालाई सफल बनाउनका हरिहर गुफा सेवा समितीका अध्यक्ष पिठाधिस श्री १००८ स्वामी आत्मनन्द गिरीजी महाराजको संयोजकत्वमा मुल आयोजक

Read more

बागलुङ–पोखरा मगर समाजको देउसी भैलोबाट १ लाख संकलित !

रूद्र श्रीसमगर पोखरा, १२ कार्तिक बागलुङ–पोखरा मगर समाजले गत बिहीबार आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ६ हजार रुपैयाँ संकलन गरेको छ । सो अवसरमा नाचगानसहित खानपानमा समेत बागलुङे मगरहरू रमाएका थिए । सो अवसरमा समाजका सांस्कृतिक संयोजक एवं लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायिका भवि घर्तीमगरले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगर, समाजका पूर्व अध्यक्ष एवं राजनीतिज्ञ भीमबहादुर श्रीसमगरलगायतले समेत नाचगानमा सहभागिता जनाएका थिए । समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।  

Read more

पहिचान सहितको संघीयताका लागि संविधान संशोधन जरुरी: तामाङ !

रूद्र श्रीसमगर लेखनाथ, १९ माघ नेपाल तामाङ घेदुङ चार नम्बर प्रदेशका अध्यक्ष दीपक वाइबा तामाङले पहिचानसहितको संघीयताका लागि संविधान संशोधन अनिवार्य भएको बताउनुभएको छ । बुधबार नेपाल तामाङ घेदुङ छारग्याम तामाङ एकाइ समिति, भण्डारढिक, नयाँबस्ती, लेखनाथको २८५३ औं सोनाम ल्होछारकाका अवसरमा आयोजित सामूहिक भोज, विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानमा बोल्दै तामाङले यस्तो बताउनुभएको हो । सोनाम ल्होछारको तामाङ जातिसँग सांस्कृतिक र धार्मिक रूपमा निकै महŒवपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तामाङले सुकुम्बासीका समस्या समाधानका लागि समेत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । कार्यक्रममा लेखनाथ नगरपालिका वडा नं. १ का वडा नागरिक मञ्चका संयोजक मनदेवी गुरुङ, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष बलबहादुर गुरुङ, नयाँबस्ती तमु समाजका अध्यक्ष सीता गुरुङ, प्रेमप्रसाद बाँस्तोला, लोकबहादुर पुन, दिलबहादुर गुरुङलगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Read more

तनहुँको प्रस्तावित रिसिङ गाउँपालिका संयोजकमा वीरबहादुर थापा !

रूद्र श्रीसमगर रिसिङ, १५ माघ नेकपा (माओवादी केन्द्र) तनहुँले आफ्नो संगठन विस्तार एवं सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा शनिबार तनहुँको दक्षिणी प्रस्तावित रिसिङ गाउँपालिकामा ६५ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक समिति निर्माण गरिएको छ । वीरबहादुर थापा संयोजक र बाबुराम विक सह–संयोजक रहने गरी ६५ सदस्यीय माओवादी केन्द्र रिसिङ गाउँपालिका सम्मेलन आयोजक समिति निर्माण गरिएको हो । जसअन्तर्गत रिसिङ गाउँपालिकाका प्रस्तावित आठ वटा वडा संयोजकहरू समेत तोकिएका छन् । जसमा वडा नं. १ को संयोजकमा बाबुराम विक, २ मा वामदेव थापा, ३ मा पदम थापा, ४ मा गमबहादुर विक, ५ मा श्यामबहादुर सारू, ६ मा नरबहादुर सारू, ७ मा छविलाल आले, ८ मा वीरबहादुर थापा संयोजक तोकिनुभएको छ । भेलाले १५ दिनभित्रमा वडा सम्मेलनहरू सक्ने निर्णय समेत गरेको

Read more

लोक मञ्च–२०७३ को बिजेता कौह्रा टोलीलाई सम्मान !

रूद्र श्रीसमगर पोखरा, १२ पुस अनुशीलन कला पाठशाला, पोखराले यही पुस २ गते आयोजना गरेको ‘लोक मञ्च–२०७३’को बिजेता टोली नेपाल मगर संघ चाउथे एकाइ समिति, पोखरालाई सम्मान गरिएको छ । मंगलबार आयोजित भेटघाट तथा बधाई कार्यक्रममा मगर संघ चाउथेको लोक मञ्च बिजेता कौह्रा नृत्य टोलीलाई सम्मान गरिएको हो । सो अवसरमा मगर संघ युकेका उपाध्यक्ष अनिता रानामगर र सल्लाहकार कुमार रानामगरले बिजेता कौह्रा टोलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै मगर संघ युकेकी उपाध्यक्ष अनिता रानामगरले शरीर परदेशमा भएपनि मन भने नेपालमै रहेको बताउनुभयो । ‘हामी युकेमा छौं, शरीर त युकेमा छ, तर, मन भने नेपालमै छ’, रानामगरले भन्नुभयो, ‘परदेशमै भएपनि हामीले कला, संस्कृतिलाई भुलेका छैनौं ।’ सांस्कृतिक रीतिरिवाजको संरक्षणका लागि घरबाटै सुरुवात गर्नुपर्ने बताउँदै रानामगरले मगर जातिको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)