बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ ! बिजय हितान; सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ । यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ। यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन

Read more

पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको निधन (पुराना भिडियो सहित) !

देब पचभैया काठमाण्डौ, भाद्र १२ पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले जानकारी दिनुभयो । शनिबार दिउसो ४ बजे पिसाब बन्द भई ज्यान सुन्निए पछि उहालाई अस्पाल लगिएको थियो । अस्पताल बाट सामान्य उपचार पछि खपाङ्गीलाई उहाको निवास ललितपुर स्थित नख्खुदोबाटो ल्याईएको थियो । फाउण्डेशनका अध्यक्ष थापाका अनुसार घरमा ल्याएपछि नै झन समस्या भएपछि पुन न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाको शनिबार बेलुकी १० बजेर २२ मिनेट जादा अस्पतालमै मृत्यु भएको हो । २०६९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो । २०५९

Read more

अपडेट – नेपालले अंग्रेजलाई पराजित गरेको संझनामा पाल्पामा सिन्दुर जात्रा मनाईयो (भिडियो सहित) !

देब पचभैया पाल्पा, भाद्र १० नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसियालीमा आज पाल्पामा बिजय उत्सब स्वरुप रणउज्जेश्वरी भगतिको सिन्दुर जात्रा मनाईएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा एतिहासीक भगवति जात्रा स्वरुप बिजय उत्सब मनाउने प्रचलन रहेको हो । तत्कालीन समयमा नेपाली सेनाले चलाएको बिजय जात्रा अहिले पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित हुदै गएको छ । कर्णेल उजिर सिंह थापाले १९७७ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आईएको छ । मन्दिर बाट निकालेको जात्रा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले बली चढाएपछी तानसेनको परिक्रमा गराईएको थियो । भगवतिको रथलाई तानसेनको प्रशासन, शितलपार्टी, भगवति टोल, बसन्तपुर, कैलाश नगर, हुदै पुन

Read more

अंग्रेज फौजलाई परास्त गरेको संझनामा नेपाली सेनाद्धारा नाटक प्रर्दशन (भिडियो रिर्पोट सहित) !

देब पचभैया पाल्पा, भाद्र १० अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय भएको संझनामा नेपाली सेनाले पहिलो पटक नाटक प्रर्दशन गरेको छ । बुटवलको जितगढीमा भएको युद्धमा अग्रेज फौजलाई हराएको संझनामा बिहिबार राती पाल्पा स्थित चण्डी प्रसाद गणले तानसेनमा पहिलो पटक नाटक प्रर्दशन गरेको हो । विश्वको भु–भागलाई आफ्नो मुठ्ठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा मनाईने एैतिहाशिक भगवति जात्राको अघिल्लो रात सेनाले झण्डै एक घण्टा लामो नाटक प्रर्दशन गरेको हो । सेनाको नाटक हेर्न शयौ दर्शकहरुको भिड थियो । नेपाल — अग्रेज युद्ध ( बि,सं १८७१÷०७२) मा अंग्रेज संगको युद्धमा जानु अघि प्रशासक उजीरसिंह थापा मगरले युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतिको महिमा फैलाउने भाकल गरेको इतिहासमा

Read more

शाह राजाहरूका पूर्खा: खाँटी मगर !

बल्दिप चाम्लिङ “दुःख आइपरे मगर गाउँ पस्नु” भन्ने उखान त्यतिकै बनेका हाेइनन् । हिजाे हिन्दुआर्यहरू मुश्लिम आक्रमणबाट भागेर नेपालका गण्डक क्षेत्रका मगर वस्तीमा आएका थिए । भरपर्दाे, सुवानी, उदार र दयावान मगर वस्ती उनीहरूकाे लागि स्वर्गिक क्रिडास्थल बने । औलाे दिदा डुडुल्नाे नै गुमाइपठाए मगरहरूले । लाेक र परलाेककाे छट्टु हिन्दुधार्मिक माग्यवादकाे काल्पनिक आख्यानकाे तरबारले मगरकाे माैलिकता ध्वस्त बनाइयाे । बच्चाकाे न्वरानदेखि मृत्युकाे काजक्रियासम्ममा हिन्दुपुरेतहरूलाई मगरहरूले पाेसे । मगरलाईमात्र हाेइन, मगरका राजालाई समेत हिन्दु बनाइए । मगर राजालाई त जनै नै भिराइदिएर आफ्नाे मगर समाजबाट यसरी अलग्याइयाे कि “मेराे पूर्खा मगर हाे” भन्न लज्जाग्लानी हुने अवस्था शाह राजाहरूमा सृजना गराइयाे भने उता मगरहरूले चाहिँ “शाह राजाकाे पूर्खा मगर थियाे” भन्दा विश्वास नै नलाग्ने गराइयाे । नश्ल वर्णशंकर शाह राजाहरूकाे नश्ल

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)