प्रेम बहादुर बुढा मगरको टिपीकल टप्पा सिंगारु तोला साइले ख्याल मानौँला बजारमा !

सुनिता लामा २३ असोज काठमाण्डौ विशेषगरि सुर्खेत, रोल्पा, रुकुम, प्यूठान र सल्यानमा मगर संस्कृतीमा आधारीत प्रचलित टिपीकल टप्पा सिंगारु नाँचको म्यूजिक भिडीयो प्रेम बहादुर बुढामगरको तोला साइले ख्याल मानौला बोलको गित सार्वजनिक भएको छ । प्रेम बहादुर बुढामगर र कमला पुन मगरको स्वर तथा प्रेम बहादुर बुढामगरकै शब्द र लय रहेको यस तोला साइले ख्याल मानाँैलालाई एभरेष्ट गोर्खा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । यस म्यूजिक भिडीयोलाई निर्देशन याम गुरुङले गरेका छन भने छायाङ्कन करण चैसिरको रहेको छ साथै सम्पादन विष्णु शर्माले गरेका छन् । यस म्युजिक भिडियोमा अभिनय भने ललित मगर र तारा पुन मगरले गरेका छन् । भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला ।

Read more

चलचित्र खुर्पेटो कुवेतमा !

श्याम रानामगर मंसिर २६, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.ली. को व्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो आगामी जनवरी २७ मा कुवेतमा प्रदर्शन हुने भएको छ । खुर्पेटोको प्रर्दशन वैडिङ् हल जिलिव अल–शुवैख, कुवेतमा आगामी जनवरी २७ मा अपरान्ह १२ः०० बजेदेखि हुने भएको छ । जसको टिकटको लागि राजेन्द्र आलेमगर र मगरसंघ कुवेतमा सम्पर्क राख्न सकिने जानकारी आयोजकले दिएको छ । भिम राना मगरको कथामा रहेको यस चलचित्रको लेखन तथा निर्देशन बिकास मगर (विश्वास)ले गर्नु भएको छ भने, मगर संघ कुवेतका वरिष्ठ सदस्य राजेन्द्र आले मगर (तुल) निर्माता रहेको छ । साथै, राहुल राईको छाँयाङ्कन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र निर्माण नियन्त्रक तिल ब. थापा मगरको रहेको छ । नेपालमगर संघको झण्डामा अंकित मगर संस्कृतिमा आधारित

Read more

अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

रूद्र श्रीसमगर पोखरा, १५ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’ को तयारी पूरा भएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’, अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

Read more

नवोदित कलाकारको म्युजिक भिडियोको छायाँकन पुरा !

कृष्ण सारू मगर दोहा-कतार २९ नोभेम्बर पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित “माया होइन मैले” को म्युजिक भिडियोलाई गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ । गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई (We Five Group) ले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिका लागि तैयारी भैरहेको नेपाल

Read more

खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

माघे संक्रान्तिमा सुमनको ‘पाहुर ‘!

श्याम राना मगर, मगर मिडिया मंसिर ९, काठमाण्डौ ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बन्न लागेको मगर कथानक चलचित्र पाहुर अब बजारमा छिट्टै आउने भएको छ । सुमन थापा मगरको निर्माण तथा निर्देशनमा बनेको चलचित्र पाहुरको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँमा भएको निर्माण स्रोतले जनाएको छ । यतिवेला चलचित्रको छायाँङ्कन सकि सम्पादन कार्य अन्तिम अवस्थामा पुगेको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र रिखाम मगर र सुवास बलालमगरको रहेको छ । चलचित्रमा मिनुज रानामगर, निश्चल चर्तीमगर, गिरी प्रसाद पुन मगर

Read more

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर !

रूद्र श्रीसमगर पोखरा, मंसिर ८ पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् । पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो,

Read more

प्रथम सहिद क्यां. लखन थापा मगरको हुलाक टिकट प्रयोगमा !

मसिंर २, काडमाडौं नेपाल सरकारले नेपाको प्रथम शहिद लखन थापा मगरको फोटो सहितको हुलाक टिकट प्रकाशन गरीे मंसिर १ गतेदेखी प्रयोगमा ल्याएको छ । यसअघी २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को घोषण गरी सम्मान दिईएको थियो । राज्यले सहिद लखन थापाको योगदानलाई मुल्यांकन गर्दै १ सय ४० वर्ष पछि हुलाक टिकट प्रकाशन गरी प्रयोगमा ल्याएको हो । नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण १९३३ सालमा गोरखाका गोरखा स्थित बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्डाएर मृत्युडण्ड दिईएको थियो । सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्तिको रुपमा लिईन्छ ।

Read more

अल नेपाल टिभी रियालिटी शो “वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता २०७३” हुदैँ !

श्याम राना मगर, मगर मिडिया २३ कार्तिक, काठमाण्डौ मगर्स क्रियसन कम्पनी प्रमुख संरक्षक रहेको वेल डान्स स्कुल प्रा.लि.को आयोजनामा अल नेपाल टिभी रियालिटी शो कार्यक्रम २०७३ हुने भएको छ । वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता २०७३ नाम दिइएको उक्त प्रतियोगितालाई नेपाल टेलिभिजन, एन टिभी टु, इमेज च्यानल र अन्य स्थानिय टिभीहरुबाट प्रसारण गरिने भएको छ । देशै भरि छरिएर रहेका नृत्य प्रतिभाहरुलाई बाहिर ल्याई चिनाउने र अवसरको सिर्जना गर्ने उद्देश्य स्वरुप हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रमका व्यवस्थापक देवराज तुम्सीङ् मगरले जानकारी दिनु भएको छ । यहि कार्तिक २८ गते ललितपुर जिल्लामा अडिसन लिई खुल्ला रुपमा प्रतिस्पर्धीहरु छनौट गरि सुरु हुने प्रतियोगी छनौट कार्यक्रम देशभरिका प्रमुख शहरहरुमा पुगेर प्रतियोगि छनौट गरिनेछ । प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने

Read more

मगर सांस्कृतिक संघको बधाई, शुभकामना, प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, असोज १८, काठमाण्डौ भाषा, लिपी, कला, साहित्य रहे मात्र जातियताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने नारा सहित सम्पुर्ण मगर कलाकारहरुको साझा संस्थानेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिले बधाई, शुभकामना, प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ । गत असोज १५ गते एमजिआर होटलमा संघका अध्यक्ष कविराज मगरको अध्यक्षतामा सम्पन्न भएको एक समारोहमासंघको छैठौ महाधिवेशनबाट नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यहरु तथा समन्वय समितिलाई,निर्वाचन अध्यक्षमण्डल नेपाल मगर संघका विदेश विभाग प्रमुख रक्षा बहादुर रैका मगर, केन्द्रिय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर, नेपाल मगर संघ काठमाण्डौ जिल्लाका सचिव रघु मगर र नेपाल मगर साँस्कृतिक संघका निर्वतमान अध्यक्ष आकाश थापा मगरलेसंयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभएको थियो। त्यसैगरि संघको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)