नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु !

शुसान्त गाहा मगर पोखरा २५ पुस । नदीपुर फुटवल क्लवको आयोजनामा सोमबारदेखी नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा पांचौ संस्करणको नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा नदीपुर युनाइटेडले भद्रकाली फुटवल क्लवलाई ४२ गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा नदीपुर युनाइटेडका रविन मानन्धर म्यान अफ दी म्याच घोषित भए । त्यसैगरी सोमबार भएको दोश्रो खेलमा दीप युनाइटेडले योङग एफ सीलाई ४० गोल अन्तरले पराजित ग¥यो । दोश्रो खेलमा योङ एफसीका निश्चल पुन म्यान अफ दी म्याच घोषित भए । नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनको स्मृतिमा आयोजित प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी

Read more

म्याग्देली कलाकारहरुले गरे मृगौला पिडितका लागि च्यारिटी शो !

श्याम राना मगर २८, जेठ काठमाण्डौ म्याग्दी कलाकार संघ काठमाण्डौ अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषले हिजो शनिवार काठमाण्डौको याक एण्ड यति होटलमा मृगौला पिडितको सहयोगार्थ च्यारिटी शो कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दीमा जन्मिएर हाल पर्वतमा रहनुभएका मृगौला पिडित सावित्री कुमारी थापा मगरको सहयोगार्थ उक्त च्यारिटी शोको आयोजना गरिएको थियो । साथै कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष म्यागासेसे पुरस्कार विजेता डा. महाविर पुन मगरलाई सम्मान संगै राष्ट्रिय आविष्कार केन्द्रका लागि रु ५०,०००। नगद समेत हस्तान्तरण गरिएको थियो । त्यसैगरि मिस्टर मिस मोडल २०१७ रोहित कडेल, लेट मि डान्स २०१७ विजेता विष्णु दगामी मगर, मिस नेपाल पिस २०१७ का फस्ट रनरअप सपना छन्त्याल, अन्तराष्ट्रिय भलिवल खेलाडिहरु कमला पुन मगर र अरुणा शाहीलाई समेत सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो ।  

Read more

महाविर पुनलाई ज्ञानकुञ्ज, काभ्रेको ५० हजार सहयोग !

इन्द्र बहादुर थापा माघ २४, काभ्रे एशियाको नोबेल पुरस्कारको रुपमा हेरिने म्यागासासे पुरस्कारबाट सम्मानित सामाजिक अभियान्ता महाविर पुनलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५० हजार सहयोग गरेको छ । शनिवार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको सभाहलमा एक समारोहका बिच पुनलाई रकम हस्तान्तरण गरिएको हो । पुनले नेपालमा आबिष्कार केन्द्र स्थापना गर्ने प्रयास गरेपछि सो प्रयासमा ईट्टा थप्नको लागि रकम वितरण गरेको प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताएका छन् । उनले ज्ञानकुञ्जले २० हजार र केही संस्थाहरुले ३० हजारजम्मा गरेपछि ज्ञानकुञ्जमै एक कार्यक्रम आयोजना गरेर रकम हस्तान्तरण भएको हो । ताररहित ईन्टरसेवा मार्फत ग्रामीण क्षेत्रमा सचारको पँहुच पु¥याएपछि उनी विश्वमानै चर्चित बनेका थिए । उनले सहयोग रकम लिएपछि राष्ट्रिय आविष्कार केन्द्र छिट्टै पुरा हुने बताए । उनले राष्ट्रिय गौरवको बिषयमा सरकारको मुख ताक्न आवश्यक नरहेकाले देशकै

Read more

आविष्कार केन्द्र स्थापनाका लागि मगर संघ कोरियाको सहयोग !

नरेश दर्लामी, सियोल, दक्षिण कोरिया अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि नेपाल मगर संघ गणतन्त्र कोरियाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । केही दिन अघि शुरु भएको अभियानमा २६ लाख २१ हजार वोन संकलन भएको मगर संघ कोरियाले जानकारी दिएको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले अठार मगरात, थेंगु शाखालगायत छुट्टाछुट्टै शाखा र समितिहरुवाट आर्थिक सहयोग संकलन गरिरहेको छ । मगर संघ कोरियाले दक्षिण कोरियामा रहेका मगरहरुका साथै सम्पूर्ण नेपालीहरुमाद अभियन्ता पुनको महाअभियानमा साथ दिन अह्वानसमेत गरेको छ । अभियान जारी भएको केहि दिनमा नै मगर समुदायवाट उल्लेख्य मात्रामा सहयोगको प्रतिवद्धता आएको भन्दै मगर संघ कोरियाका अध्यक्ष खड्ग थापामगरले यथाशीघ्र आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने जनाएको छ । डा. महाबिर पुन द्वारा संचालन गरिएको राष्ट्रिय आविष्कार

Read more

जय बहादुरको उपचारका लागि अमेरिका बस्ने महिलाहरुद्वारा सहयोग !

माघ २०, काठमाडौं । दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरको उपचारका लागि अमेरिकमा बस्ने नेपालीहरुले सहयोग गरेका छन । कालिका–३ बर्दिया निवासी ३१ वर्षिय जयबहादुरको उपचारका लागि टेक्सास बस्दै आएका याशिका बाँठामगर र कमल थापाको पहलमा त्यहाँस्थित नेपाली महिलाहरुले ५० हजार पाँच सय ३५ रुपैयाँ (US$ 467) सहयोग गरेका हुन । यसरी सहयोग गर्नेहरुमा कमला थापा र साथीहरु २०१, जिया थापा मगर ५१, याशिका बाँठा मगर ५०, सविता आले थापा ५०, बिरपती र मानबहादुर बाँठामगर ४०, देवी थापा २५, देविका चापागाई २५, मञ्जु कार्की २५ डलर सहयोग गर्नुभएको हो । लामो समयदेखि दुबै मृगौला फेल भएर काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका जयबहादुरलाई बिहिवार काठमाडौंमा रकम हस्तान्तरण गरिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा

Read more

नेपाल मगर संघ मलेसियाले राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि पाचँ लाख रुपैयाँ प्रदान गर्ने !

माघ १८, मलेसिया नेपाल मगर संघ मलेसियाले राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि पाचँ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहका बीच नेपाल मगर संघ मलेसियाका अध्यक्ष एनवि पुन मगरले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले विदेशमा कमाएको पैसा फजुल खर्च नगरी विकासको काममा लगाउन सकैलाई आग्रह समेत गर्नुभएको थियो । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको अभियानलाई सहयोग पुराउने उद्देश्यले नेपाल मगर संघ मलेसियाले आयोजना गरेको एभरेष्ट कन्सर्ट २ मा प्रमुख अतिथीको रुपमा मलेसिया पुग्नुभएका राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. पुनले आविस्कार केन्द्र स्थापना अभियानबारे प्रकाश पार्नुभएको थियो। मलेसियाको मुख्य सहरहरु जोहोरबारु, पेनाङमा, साहआलम र क्वालालामपुरमा भएको एभरेष्ट कन्सर्ट २ को लागी चर्चित सालैजो गायक खड्ग गर्बुजा मयुर नृत्यकार कवी थापा लगाएत

Read more

पाल्पाली समाज युएईद्धारा विभिन्न पिडित परिवारलाई सहयोग प्रदान !

कृष्ण सारू मगर, माघ १८, युएई पाल्पाली समाज युएईले ह्दयघातको कारण ज्यान गुमाएका स्वर्गिय विष्णु बहादुर थापा मगरको परिवारलाई एक लाख पच्चिस हाजार रुपैया सहयोग गरेको छ । उक्त सहयोेग रकम मृतकका छोरा प्रतिक थापाको शिक्षामा लाभ होस भनी पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेडमा छोराको संरक्षकले प्रत्येक दुई वर्षमा नविकरण ब्यावस्था कायम रहने गरि १ लाख रुपैया बराबरको मुद्धती खाता खोलेको जनाईएको छ। केश बहादुर बाह्रघरे मगरको नाममा आईएमई बैक पाल्पा शाखाबाट पाउने गरि पठाईएको उक्त रकम मध्य २५ हजार रुपैया किरिया खर्चका लागि फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको सह्योगमा स्व. थापाकी धर्मपत्नी टिकु माया थापा मगरलाई समाजले हस्तान्तरण गरिएको जनाईएको छ । हृदयघातका कारण ३१ वर्षको अल्पायूमै निधन भएका बर्मु, जल्पा ९ पाल्पाका स्व.थापा रोजगारीको शिलशिलामा ४ वर्ष

Read more

हङकङ बजारका अग्निपीडितलाई स्टल हस्तान्तरण / अग्निपीडितलाई प्रशासनले सहयोग नगरेको गुनासो !

रूद्र श्रीसमगर पोखरा, १७ मंसिर गत कात्तिक २४ गते भएको आगलागीबाट जलेर नष्ट भएको पोखरा–९, लखनचोक, बसपार्कस्थित पोखरा हङकङ बजारका स्टलको पुनर्निर्माणपछि हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बजारका अग्निपीडित व्यापारीहरूलाई पुनर्निर्मित स्टल हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै पोखरा उपमहानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले सरकारी तवरबाट आफूहरूको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेलाबखतमा आगलागी एवं हावाहुरीबाट समेत बजारलाई खतरा रहेको भन्दै कोइरालाले विपद् व्यवस्थापनका लागि स्थानीय प्रशासन समेत तयारी अवस्थामा रहनुपर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी मिनी मार्केट व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर कार्की, चिप्लेढुंगा मिनी मार्केटका संरक्षक रत्न कार्की, जय प्लाष्टिक स्टोर्सका परशुराम तिवारी, आगलागी पीडित सुशीला विक, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रूद्र खनाल, पोखरा हङकङ बजार

Read more

बाहुन संग बिहे गरेकी बिनु मगर ढेड महिना देखि बेपत्ता / खोजीका लागी परिवारको अपिल (भिडियो सहित )!

मगर मिडिया पाल्पा, मंशिर ८ पुर्वी पाल्पाको तॉहु ७ फुरुङ्गदीका २७ बर्षिय दिपेन्द्र बस्याल संग झण्डै चार बर्ष पहिले अन्तर्रजातिय बिहे गरेकी हेक्लाङ्ग ६ पाल्पाकी २४ बर्षिया बिनु थापा मगर झण्डै ढेड महिना देखि बेपतmा भएको भन्दै माईती पक्षले खोजविनका लागी अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित उजुरी दिए पछि विनुका बावु नर वहादुर पुलामी र गाउलेहरुले जिल्लाका पत्रकारलाई भेटेर सहयोग गरिदिन आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पाल्पामा प्राबिधिक पदमा कार्यरत बस्याल संग विनुको २०६९ भाद्र १५ गते विहे भएको थियो । उनीहरुको बिहेलाई केटाको परिवारले मन नपराएको बताईएको छ । तर बिनुका माईतीले भने भोजभतेर गरेरै मगरी परम्पराअनुसार ढोगबेद (बिहे स्वीकार्नु ) दिएका थिए । बिहे भएदेखि नै बिनु , श्रीमान् दिपेन्द्र संगै उनकै

Read more

नेपाल मगर संघ शाखा कतारले ७० हजार सह्योग प्रदान !

केबि मगर, दोहा कतार नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको दोहा एरिया समितिका सल्लाहकार सदस्य पत्र सं नं. २११/३३५० A, बाहक स्थाई घर रूम ९ म्याग्दीका चन्द्र प्रसाद पुन मगर दोहाको वकिर स्थित All Sabbah Trading & Contracting कम्पनीमा कार्यरत गत ६ जुलाईका दिन हृदयघातका कारण सुतेको अवस्थामा ५१ वर्षको उमेरमै निधन भएका थिए । सन २००० मा स्थापित कतार शाखाले नेपाल मगर संघ केन्द्रीय समिति प्रधान कार्यलय कलंकी स्थित महासचिव ज्ञानेन्द्र पुन मगर, मगर महिला संघकी अध्यक्ष समेत रहेकी उपाध्यक्ष गंगा खासु मगर, कोषाध्यक्ष कमला थापा मगर, नेमसं शाखा कतारका भुतपुर्व अध्यक्ष समेत रहेका गल्फ संयोजक छत्र घले मगरले केन्द्रीय समितिका अध्यक्ष नबिन रोका मगरको सह्योगमा स्व. चन्द्र प्रसाद पुन मगरका धर्मपत्नी चैती पुन मगरलाई नेरु. पचास हजार

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)