स्थानिय चुनावको विषयमा धारणा बनाउन आदिवासी जनजातीहरुको राष्ट्रिय भेला काठमाण्डौमा सुरु !

चैत्र २९, काठमाण्डौ आदिवासी जनजातीहरुको राष्ट्रिय भेला आजबाट काठमाण्डौमा सुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघले भेलाको आयोजना गरेको हो । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा प्रदेश सिमाङ्कन र नामाङ्कनमा आदिवासी जनजातीहरुको जातिय पहिचान सहित सुनिस्चितताको माग गर्दै आन्दोलनरत आदिवासीहरुले स्थानिय चुनावको विषयमा धारणा बनाउन भेलाको आयोजना गरेको हो । देशभरका विभिन्न जातिय संघ संगठन र तिनका घटकहरुको प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा दुई दिने भेलाको आज आदिवासी जनजाती अभियन्ता तथा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेले एक कार्यक्रमको विच उद्घाटन गर्नुभएको हो । भेलाको औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अतिथी आलेले पहिचानको लागी संघर्षरत आदिवासी जनजातीहरुको लागी घोषित स्थानिय चुनाव निकै कठिन परिस्थिती भएको भन्दै यो चुनावमा आदिवासी जनजातीहरुले भाग लिई यसको फाईदा लिन सुझाव दिनुभयो । घोषित

Read more

शोक सभा सम्पन्न !

चैत्र २५, पाल्पा राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले एक कार्यक्रम गरि शोक सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका संस्थापक अध्यक्ष हुम बहादुर गाहा मगरको धर्मपत्नि ८३ बर्षीय बिन्द्रा गाहा मगरको असामाहिक निधन भएको सातौ पुन्य तिथिको अवसरमा विहिबार शोक सभा सम्पन्न गरिएको हो । शोक सभामा पार्टीका संघीय परिषद सदस्य हुम बहादुर पचभैया थापा मगर प्रमुख अतिथि थिए । पार्टी अध्यक्ष नारायण बहादुर कुँवर मगरको सभाध्यक्षतामा संस्थापक अध्यक्ष हुम बहादुर गाहा मगरको बिषेस अतिथि रहनु भएको थियो भने निबर्तमान अध्यक्ष खुम बहादुर सिंजाली मगर, सचिब द्वय प्रज्ञा सागर शाक्य,दीपक पचभैया,कोषाध्यक्ष तिलीसरा थापा लगाएतको उपस्थित रहेको थियो । मृतकका नाममा एक मिनेट मौनधरण र पुजापाठ गरि प्रमुख अतिथिले शोक मन्तब्य राख्दै मृतकको आत्त्माको चिरशान्तिको कामना र परिवारजनमा समाबेदना प्रकट

Read more

विदेशमा बस्ने नेपालीको बारेमा राज्यले ध्यान दिएन: नेता सुर्यबशी !

देब पचभैया पाल्पा, चैत्र १३ राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले बिदेशमा पुगेका नेपालीका बारेमा राज्यले बेवास्ता गरेको बताउनुभएको छ । विभिन्न कारणले बिदेश पस्न बाध्य नेपालीका हक अधिकार र उनीहरुको समस्या समाधानका लागी सरकारले कुनै वास्ता नगरेपछि राष्ट्रिय जनमुक्ति पार्टीले अन्र्तराष्ट्रिय जनमुक्ति सम्मेलनको आयोजना गरी यस बिषयमा गंभिर छलफल गरेको जानकारी दिनुभयो । मगर मिडिया संगको कुराकानीमा जनमुक्ति पार्टीका महासचिब सुर्यबंशीले देश बिदेशमा रहेका पहिचानवादीहरु एक भएर अघि बढे मात्रै सबैको अधिकार सुनिश्चित हुने दावी गर्नुभयो । हेरौ भिडियो अन्र्तवार्ता:

Read more

जनप्रगतिशिल मन्च मलेसियाको अधिबेशन अप्रीलमा !

फागुन ३०,मलेसिया नेकपा माओबादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मन्च मलेसियाको सातौं अधिबेशन अप्रील ९मा क्वालालम्पुरमा हुने भएको छ । मन्चको आइतबार बसेको बैठकले पुरानो समिती बिगठन गर्दै प्रेम पाण्डेकै संयोजकत्वमा ३५ सदस्यिय अधिबेशन मुल आयोजक समिती गठन गरेको छ । त्यस्तै दिप लिम्बुको संयोजन मा प्रचार प्रसार उपसमिति, कृष्ण नेपालको संयोजनमा आर्थिक उपसमिती र रमेश तिवारी को संयोजनमा सम्मेलन ब्याबस्थापन उपसमिती गठन गरिएको निबर्तमान महासचिव दिप लिम्बुले जानकारी दिए । अधिबेशनको उदघाटन केन्द्रका नेता राम बहादुर थापा बादलले गर्ने भएका छन । अधिबेशनले नयाँ कार्यसमिती चयन गर्ने छ । सम्मेलन मा मलेसिया भरी रहेका माओबादी समर्थक र कार्यकर्ता सहभागी हुने लिम्बुले जानकारी दिए ।

Read more

काठमाण्डौ घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ती पार्टीको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न !

फागुन २७, काठमाण्डौ काठमाण्डौ घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ती पार्टीको प्रथम अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । रजत वर्षको अवसरमा आयोजित प्रथम अन्तराष्ट्रिय सम्मेलन १७ बुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । विश्वको विभिन्न देशमा रहेका राष्ट्रिय जनमुक्ती सम्वद्ध नेपाली प्रतिनिधीहरुको सहभागिता रहेको सम्मेलन २३ देखी २५ सम्म चलेको थियो । सम्मेलनमा बेलायत , हङकङ, साउदी अरेविया, , मलेसिया, कतार, साईप्रस, इजरायल, भारत, दक्षिण कोरिया र जापानककमा बसोबास गर्ने जनमुक्ती सम्वद्ध नेपाली प्रतिनिधीहरुको सहभागिता रहेको थियो । घोषणापत्र

Read more

राष्ट्रिय जनमुक्ती पाटीको प्रथम अन्तराट्रिय सम्मेलन काठमाण्डौमा सुरु ! (फोटो सहित)

फागुन २३, काठमाण्डौ राष्ट्रिय जनमुक्ती पार्टीको प्रथम अन्तराष्ट्रिय सम्मेलन सोमबारबाट काठमाण्डौमा सुरु भएको छ । सम्मेलनको सोमबार खुलामञ्च काठमाण्डौमा एक समारोहका विच उद्घाटन गरियो । विश्वभरी छरिएर रहेका नेपालीहरुको हकहितको लागी कसरी अगाडी बढ्ने भन्ने कार्यदिशा तय गर्न तथा जनमुक्ती विचारधारालाई सबैसामु पुराउन कार्यनिती तय गर्नको लागी सम्मेलनको आयोजना गरिएको जानकारी दिनुहुदै राष्ट्रिय जनमुक्ती पार्टीका संस्थापक अध्यक्ष तथा संरक्षक एम एस थापाले आफुरुको माग सम्वोधन नगरीकनै सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको भन्दै आफुहरु त्यसको विरोधमा रहेको बताउनुभयो । उहाँले यो समयमा जनमुक्ती पार्टीको अन्राष्ट्रिय सम्मेलन हुनगइृरहेकोले सम्मेलनले आफ्ना माग सुनिस्चित गर्न र सबैलाई समेटेर अगाडी बढ्नको लागी निचोड निकाल्ने बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै संघिय परिषदका अध्यक्ष केपी पालुङवाले नेपालका कुनैपनि राजनैतिक दल र पार्टीले साँचो अर्थमा जनमुक्तीको

Read more

राष्ट्रिय युवा मोर्चा केन्द्रिय समितिको छलफल सम्पन्न / पाचौ राष्ट्रिय महाधिबेशन पाल्पामा गर्ने निर्णय !

पाल्पा, फागुन १ राष्ट्रिय जनमुतिm पार्टीको जनसंगठन राष्ट्रिय युवा मोर्चा, केन्द्रिय समितिको भेटघाट एबं छलफल कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको छ । मोर्चाको पाचौ केन्द्रिय महाधिबेशनलाई मध्यनजर गर्दे पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशी, संघिय संचार बिभाग प्रमुख टोप अस्लामी, संघिय परिषद सदस्य हरिदेव थापा लगाएतको सहभागीतामा शुक्रवार र शनिवार भेटघाट एबं छलफल कार्यक्रम भएको केन्द्रिय सचिब लाल बहादुर गोतामेले जानकारी दिनुभयो । मोर्चाका उपाध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशन पाल्पाको तानसेनमा सम्पन्न गर्ने निर्णय गरेको छ । युवा, देश निर्माणको मुल आधार भन्ने नाराका साथ आगामी चैत्रको २७ र २८ गते महाधिबेशन गर्ने निर्णय भएको बुढाथोकीले जानकारी दिनुभयो । अधिबेशन सम्पन्न गर्न शंकर गाहाको संयोजकत्वमा ५१ सदस्सिय मुल आयोजक समिति गठन गरिएको र आवश्यक जिम्मेवारी बाडफाड

Read more

संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन घोषणा गर्नेंः उपप्रधान तथा गृह मन्त्री निधि !

कमला राना मगर माघ २८, कावासोती नवलपरासी उप प्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सरकार संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन । रीपोटर्स कल्ब नेपाल नवलपरसासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले एमाले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए । एमाले संग बर्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागी परेको निधिको भनाई थियो । मन्त्री निधिले एमालेको रबैयाको कारण मधेशि मार्चा बेखुस भएको बताउदै मार्चा र एमालेको संबाद शुरु भएको र संबाद सकारात्मक भएकाले संबिधान संसोधनको प्रस्ताव सफल हुनेमा आफु बिस्वस्त रहेको बताए । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री निधिले स्थानीय तह वा निकायको जुन सुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको

Read more

माओवादी केन्द्र घिरिङ गाउँपालिका संयोजकमा स्टार !

रूद्र श्रीसमगर घिरिङ, तनहुँ नेकपा (माओवादी केन्द्र) तनहुँले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई जारी राखेको छ । सोही क्रममा शनिबार भएको प्रस्तावित घिरिङ गाउँपालिकाको भेलाले हरिहर अधिकारी ‘स्टार’को संयोजकत्वमा घिरिङ गाउँपालिका सम्मेलन आयोजक समिति चयन गरेको छ । जसको सह–संयोजकमा डम्बरसिंह थापा चयन हुनुभएको छ भने विभिन्न नौ वटा वडा संयोजकहरू समेत चयन भएका छन् । जसमा वडा नं. १ को संयोजकमा विक्रम नेपाली, २ मा डम्बरसिंह थापा, ३ मा गुमबहादुर थापा, ४ मा दिलबहादुर नेपाली, ५ मा गमबहादुर थापा, ६ मा राजु परियार, ७ मा हिराबहादुर विक, ८ मा भुवन विक र ९ मा झुलकुमार श्रेष्ठ संयोजक हुनुभएको छ । त्यसैगरी, एकीकृत दलित राष्ट्रिय मुक्ति मोर्चा नेपाल घिरिङ गाउँपालिका संयोजकमा बुद्धिबहादुर विक, अखिल (क्रान्तिकारी)मा राजु परियार, अनेमसंघ (क्रान्तिकारी)मा

Read more

विप्लव माओवादीका जिल्ला सचिवालय सदस्य थापासहित ६२ जना माओवादी केन्द्रमा प्रवेश !

रूद्र श्रीसमगर रिसिङ, १८ माघ एकीकृत जनक्रान्ति गर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वमा गठन भएको नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्यसहित ६२ जना नेकपा (माओवादी केन्द्र)मा समाहित भएका छन् । विप्लव माओवादी तनहुँका जिल्ला सचिवालय सदस्य एवं मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला अध्यक्ष डम्बरसिंह थापाको नेतृत्वमा जिल्ला सदस्यद्वय भुवन विक र रमेश नेपालीसहित ६२ जनाले सोमबार आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)मा समाहित भएको घोषणा गरेका हुन् । उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा विप्लव माओवादीले वर्गीय, जातीय, क्षेत्रीय र लिड्डीय मुद्दाबाट विचलित भएको भन्दै माओवादी एकताको सन्देश दिन एकताबद्ध भएको उल्लेख गरेका छन् । विप्लव माओवादीका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मदन आलेले माओवादी केन्द्र नै वास्तविक माओवादी भएको र क्रान्तिकारी कम्युनिष्टहरूकै

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)