संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा फोरम नेता पुर्ण घर्तिमगरको निधन !

मगर मिडिया माघ २३, काठमाण्डौँ गत आइतबार ह्रदयघातका कारण संघिय समाजवादी फोरमका नेता तथा संघिय मगरसंघका केन्दिय अध्यक्ष पुर्णलाल घर्तिमगरको निधन भएको छ । बिगत लामो समयदेखि काठमाण्डौमा बस्दै आउनु भएका र स्थायी घर रोल्पा भएको मगरलाई आइतवार अचानक हृदयघात भएपछि बिनायक हस्पितल पुर्याइएका उनलाई, त्यहाँलाई पुुनः टिचिङ हस्पिटलमा रिफर गरेको केहि समयपछि डाक्टरले मृत घोषणा गरेको थियो । उनी संघिय समाजवादी फोरम नेपाल, केन्द्रिय परिषद सदस्यका रुपमा पार्टी भित्र निकै कृयाशिल भएर काम गर्दैै आएका थिए । पार्टिको भातृसंगठन संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा गाम सेवा समाज रोल्पाका संस्थापक सल्लाहाकार समेत थिए । पार्टीमा उनी निरन्तर पहिचान र समानताको आन्दोलनमा लडिरहेका थिए । उहाँको दाहसंस्कार आज गरिदै छ ।    

Read more

विगत ५ वर्षमा ५ अर्थमन्त्री अवको ५ वर्षमा नी ? पुर्वअर्थमन्त्री वर्षमान पुन मगरको जवाफ !

सुनिता लामा माघ १५, काठमाण्डौ नयाँ संविधान सभाको निर्माण पछि सम्पन्न भएका तिनै तहका निर्वाचनको मतपरिणाम पछि नेपाली राजनितिक अवस्थाले नयाँ मोड लिदैँ छ । नेपाली राजनितिक अवस्था यहाँ सम्म आईपुग्दा पनि कहिँ न कतैबाट असन्तुष्टिहरु व्यक्त भईरहेका थिए र अझै पनि त्यो असन्तुष्टिहरु देखिन्छ । विशेष गरि आदिबासी जनजाति संघसंस्थाहरुले यो नयाँ संविधानमा समेत असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा संघियताको नामाङ्कन तथा सिमाङ्कन हुनपर्ने लगायतका विभिन्न मुद्धाहरुमा आन्दोलनहरु समेत गरिराखेका थिए । यिनै विषयवस्तु, समग्र नेपाली राजनिति लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर नाईस मिडिया नेटवर्कद्धारा सञ्चालित मगर मिडियाको आदिबासी समय सम्वाद कार्यक्रमका लागि पुर्व अर्थ, शान्ती तथा पुर्ननिर्माण मन्त्री साथै प्रतिनिधिसभाका लागि रोल्पा जिल्लाबाट निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका नेता माननिय बर्षमान पुन मगरसँग हामीले निर्वाचन परिणाम आएको केहि समय

Read more

अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढ्यो : अधिकारी

रुद्र श्रीसमगर पोखरा, ३ मंसिर नेकपा (एमाले) का युवा नेता एवं कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार रविन्द्र अधिकारीले अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढेको बताउनुभएको छ । संयुक्त आदिवासी जनजाति वाम गठबन्धन निर्वाचन प्रचार–प्रसार समिति, कास्की क्षेत्र नं. २ (क)द्वारा आयोजित उम्मेदवारसँग आदिवासी जनजाति भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले बाह्य हस्तक्षेपबाट जोगाएर स्वाधीन राष्ट्र निर्माणका लागि वामपन्थीको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । “अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढ्यो”, अधिकारीले भन्नुभयो, “स्थायित्व र बलियो सरकारका लागि वाम गठबन्धन बनाएका हौं, हामीलाई बहुमत दिएर हेर्नुस् ।” सामाजिक न्यायसहितको लोकतन्त्र र लोकतन्त्रसहितको समाजवाद वामपन्थीहरूको मूल ध्येय रहेको भन्दै नेता अधिकारीले समाजवादी लोकतन्त्रको स्थापनाका लागि वाम गठबन्धन निर्माण भएको बताउनुभयो । त्यस अवसरमा उहाँले बुर्जुवाहरूभन्दा फरक देखाउन नसके कम्युनिष्टहरूको औचित्य नरहने

Read more

विदेशी चलखेल रोक्न कार्यकारी राष्ट्रपति आवश्यक: गुरुङ !

रूद्र श्रीसमगर पोखरा, १३ भदौ नेकपा (माओवादी केन्द्र)का चार नम्बर प्रदेश इञ्चार्ज देव गुरुङले संसदीय प्रणालीले देशमा राजनैतिक अस्थिरता बढाएको भन्दै स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ । कास्की जिल्ला सचिवालयस्तरीय प्रशिक्षण कार्यक्रममा मंगलबार पोखरामा अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा नेता गुरुङले राजनैतिक अस्थिरताका कारण विदेशी चलखेल बढ्दै गएको उल्लेख गर्नुभयो । ‘अहिलेको व्यवस्थाले हाम्रो राजनीति अस्थिर भइरÞयो’, नेता गुरुङले भन्नुभयो, ‘राजनैतिक अस्थिरतालाई रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प छैन ।’ कार्यकारी राष्ट्रपति प्रणालीमा गए मात्र देशमा बढ्दै गएको विदेशी चलखेल रोक्न सकिने उहाँको जिकिर थियो । ‘देश बचाउने जिम्मेवारी माओवादीको काँधमा छ’, नेता गुरुङले भन्नुभयो, ‘भारतले नेपाललाई अझै पनि आफ्नै सुरक्षा छाताभित्र राख्न खोजिरहेको छ, नेपाललाई पूर्ण रुपमा स्वाधीन बनाउने मूल जिम्मेवारी माओवादीकै

Read more

नेपाल बिद्यार्थी मोर्चाको बैठक सम्पन्न !

भाद्र ११ | राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल बिद्यार्थी मोर्चाको पाचौँ पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको चौथो महाधिबेशन पुर्बाञ्चलको धरानमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष पुर्ण बहादुर रानाको सँयोजकत्वमा २७ सदस्यीय महाधिबेशन मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी बैठकले घोषणा पत्र तथा बिधान मस्यौदा समिति , आर्थिक समिति, लगायतका बिभिन्न उप समितिहरु पनि गठन गरेको छ । साथै प्र्र्र्राज्ञिक तथा बौद्धिक बहस गर्नका निमित्त प्राज्ञिक तथा बौद्धिक समिति समेत निर्माण गरिएको छ भने महाधिबेशन सम्पन्न गर्नका लागि बिद्यार्थी मोर्चा लिम्बुवान राज्य परिषदलाइ जिम्मेवारी दिइएको छ । शनिबार पार्टी कार्यालय धोबीघाट काठमाण्डौँमा सम्पन्न भएको बैठकमा अध्यक्ष पुर्ण बहादुर रानाको सभापतित्व र पार्टी सँघीय परिषदका अध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यता रहेको

Read more

अखिल (क्रान्तिकारी)को २१ औं सम्मेलनका लागि प्रतिनिधि चयन !

रूद्र श्रीसमगर पोखरा, २८ साउन नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)को आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म हुने २१ औं राष्ट्रिय सम्मेलनका लागि पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीले प्रतिनिधि चयन गरेको छ । शनिबार भएको बैठकले ६ जना प्रतिनिधि चयन गरेको छ । जसमा सुजन बाँस्तोला, नेत्र विक, सुरज रानाभाट, सुष्मा खत्री, पुष्पा ढकाल र सालुमाया गुरुङ रहनुभएको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीका सह–इञ्चार्ज रामजीप्रसाद बराल ‘जीवन’, केन्द्रीय सचिव दीपक भट्ट, केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नम्बर सातका सह–संयोजक नवराज ऐराले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

Read more

काँग्रेसको विकल्पमा कुनैपनि राजनीतिक शक्ति हुन नसक्ने पूर्व मन्त्रि गौचन, मुस्ताङ्गका युवाहरु नेपाली काँग्रेसमा प्रवेश !

पोखरा साउन १६ गते । नेपाली काँग्रेसका नेता एवं पूर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीले काँग्रेसले बाहेक अन्य पार्टीले मुस्ताङ्गको विकास गर्न नसक्ने बताएका छन । मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकाका ५० भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश समारोहमा नेता गौचनले सो कुरा बताएका हुन । कार्यक्रमा विभिन्न पार्टीमा आवद्ध रहेका युवाहरुले काँग्रेसको विकल्पमा कुनैपनि राजनीतिक शक्ति हुन नसक्ने ठहर गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । कार्यक्रमा पुर्व मन्त्री समेत रहेका काग्रेस नेता गौचनले नव प्रवेशि युवाहरुलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरे ।सो अवसरमा नेता गौचनले काग्रेसमा जुझारु युवाहरुको आवश्यकता रहेको बताए । सो अवसरमा नेता गौचनले युवाहरुको पार्टी प्रवेशले नेपाली काँग्रेस मुस्ताङ्ग थप बलियो मजबुत भएको बताए । उनले नव प्रवेशि युवाहरुलाई मुस्ताङ्गको विकासको जिम्मा युवाको हातमा छ

Read more

माओवादीले हारे स्थानीय तह विघटनको खतरा : गुरुङ

रूद्र श्रीसमगर पोखरा, १९ वैशाख नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङले अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा माओवादीले हारेमा स्थानीय तह नै विघटन हुने चेतावनी दिनुभएको छ । माओवादी केन्द्र पोखरा–लेखनाथ महानगरस्तरीय चुनावी आमसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेता गुरुङले यो निर्वाचनमा कांग्रेस–एमालेले चुनाव जिते सिंहदरबारको अधिकार गाउँमा लिएर आएको स्थानिय तह नै विघटन हुने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गणतन्त्र, संघीयता र स्थानीय तह ल्याउने माओवादी हो, जसको नीति उसकै नेतृत्व भयो भनेमात्रै त्यसको कार्यान्वयन सही ढंगबाट हुन्छ, यदि अहिले हुन गइरहेको निर्वाचन कांग्रेस–एमालेले जित्यो भने स्थानीय तह उनीहरूको लागि बाँदरको हातमा नरिवल जस्तो हुन्छ र त्यतिबेला यो विघटन हुनेवाला छ ।’उहाँले स्थानीय तह जोगाइराख्नका लागि भएपनि माओवादीलाई भोट हाल्न आग्रह

Read more

संघीयता र गणतन्त्र माओवादीले ल्याएको हो: करण !

रूद्र श्रीसमगर पोखरा, १३ वैशाख नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता माओवादीले ल्याएको जिकिर गर्नुभएको छ । माओवादी केन्द्र मादी गाउँपालिका, कास्कीले आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक तथा लेनिन जयन्ती विशेष कार्यक्रममा बोल्दै नेता करणले माओवादी जनयुद्धकै कारण सिंहदरबारमा केन्द्रित शक्ति र अधिकार जनताको घरदैलोमा आइपुगेको दाबी गर्नुभयो । ‘सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको छ’, नेता करणले भन्नुभयो, ‘माओवादीकै बलमा स्थानीय तहको कार्यान्वयन भएर निर्वाचन घोषणा समेत भएको छ, त्यसकारण माओवादीले जिते मात्र संघीयताको वास्तविक कार्यान्वयन सम्भव छ ।’भगवतीटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं मादी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक बखानसिंह गुरुङ ‘आभास’ले माओवादीकै नेतृत्वमा उज्यालो नेपाल अभियानले पूर्णता पाउन लागेको जनाउँदै माओवादी जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको दाबी

Read more

युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम , अध्यक्षमा ममता !

पाल्पा, चैत्र ३१ राष्ट्रिय जनमुक्ती पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम थापा (शंकर) निर्वाचिन हुनुभएको छ । स्याङ्जा घर भई रुपन्देहीमा बसोवास गर्दे आउनुभएका घनश्याम थापा मोर्चाका पुर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । तानसेनमा मंगलवार सम्पन्न मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनले ममता बुढाथोकी (गुल्मी) लाई अध्यक्षमा निर्वाचित गरेको छ । बुढाथोकी पुर्व वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा सुन्दर गुरुङ्ग (रुपन्देही) महासचिवमा लालबहादुर सार्की गोतामे( तनहु) सचिवमा बसु राना (कपिलवस्तु ) र सचिवमा राम अस्लामी (पाल्पा ) लाई लाई चयन गरेको छ । मोर्चाका कोषाध्यक्षमा बसन्त सिंजाली (पाल्पा) उपाध्यक्ष (खेलकुदमा ) राजकुमार थापा (म्याग्दी) , केन्द्रिय सदस्यमा के एस थापा (रुपन्देही ) विरेन्द्र अस्लामी (पाल्पा) , अनिरुद्ध थापा (सुनसरी) बल बहादुर घर्ती (दाङ्ग) सुरज आले (ललितपुर ) र अनिस

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)