पोखराको अमरसिंहमा खुल्यो प्रफेक्ट प्रिन्टिङ सोलुशन एण्ड गिफ्ट सप !

गिता राना मगर पोखरा १० पुष पोखराको अमरसिंहमा प्रफेक्ट प्रिन्टिङ सोलुशन एण्ड गिफ्ट सप सञ्चालनमा आएको छ । युवाहरु विदेशिने क्रम बढिरहँदा यहाँका एक युवाले अमरसिंह आसपासका ग्राहकलाई मध्येनजर गरी प्रिन्टिङ एण्ड गिफ्ट सप सञ्चालनमा ल्याएका हुन । अमरसिंहका युवा नविन श्रेष्ठले सञ्चालनमा आएको गिफ्ट सपको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रविन्सन प्रजूले उद्घाटन गरे । सपको उद्घाटन गर्दै प्रजूले युवाहरु विदेशिने क्रम वढिरहदा अमरसिंहचोकका युवा नविन श्रेष्ठले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको वताए । युवाहरु ब्यवसाय छाडेर विदेश पलायन हुने क्रम वढिरहँदा नविन जस्ता युवाले गरेको कामबाट स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने पाठ सिक्न समेत अन्य युवालाई प्रजूले आग्रह गरे । त्यस्तै पोखरा उद्योग

Read more

क्यानाडामा ब्यबसायबाट स्थापित हुदै नेपाली रश्मी !

निसा थापा मगर पुष ४, काठमाण्डौँ दैनिक रुपमा सयौँ नेपाली युवाहरु विदेशीने कुरा त सबैलाई अबगत नै छ । रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न मुलुकमा पुग्ने नेपालीहरुका विभिन्न दुःखका समाचारहरु सञ्चार माध्यममा आइरहन्छन् । त कतिपय युवाहरु भने विदेशको सेवासुविधा देखेर नेपाल नर्फकेर विदेशमै स्थापित भएका उदाहरणहरु पनि छन् । विदेशमा नै विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेर पनि अगाडि बढिरहेका कतिपय नेपालीहरु पनि छन् । यीनै मध्ये बिगत ९ वर्ष देखि क्यानाडामा आफ्नो सफल व्यवसाय सञ्चालन गरेर बस्नुभएकी एक नेपाली महिला हुन् रश्मी थापा मगर । व्यवसाय सँगै क्यानडाका विभिन्न नेपाली संघसंस्थाहरुमा काम गर्दै आउनु भएकी रश्मी नेपाल आएको बेला पर्यटन र व्यवसाय कार्यक्रमका लागि उनीसँग कुराकानी गरिएको थियो । केहि वर्षपछि नेपालमा नै फर्केर व्यावसाय सञ्चालन गर्ने सोच बनाउनु

Read more

प्रबिधिको उपयोग गर्दै नेपालबाटै इजरायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा श्रव्य-दृश्य प्रस्तुती तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

डिसेम्बर १७ तेल अभिव गत १५ तारिख शुक्रबार इजरायलको तेल अभिवमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ | मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले बिगत ४ बर्ष देखि नेपालमा विभिन्न उद्योग, व्यवसाय तथा सञ्चार क्षेत्र (राष्ट्रिय/अन्तर्रास्ट्रिय प्रशारणको टेलिभिजन) मा लगानी गरि नेपालमा एउटा रोजगारी मुलक कम्पनी बन्न सफल भएको छ,भने नेपालको सात वाटै प्रदेशमा शाखा तथा उद्योग/व्यवसाय सुरु गर्न तयारी गरिरहेको छ | गत १५ तारिख शुक्रबार सम्पन्न “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी साथै नेपालमा विविध क्षेत्रमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम”को सभापतित्व कम्पनीका बिश्व संयोजक सुश्री बिष्णु पुन मगरले गर्नु भएको थियो|कार्यक्रममा इजरायलमा कार्यरत विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकारहरु,समाजसेवीहरु, लगायत ठुलो जनमानसको सहभागिता रहेको थियो

Read more

मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले अब पोखरामा पनि आफ्नो परियोजना थाल्ने (फोटो फिचर सहित) !

विष्णु थापा १८, मंसिर, पोखरा “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले छिट्टै नै आफ्नो परियोजना पोखरामा पनि विस्तार गर्ने भएको छ । गत शनिवार पोखरामा सम्पन्न कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुतीकरण र मगर्स क्रियशन कम्पनीको परियोजनाको बारेमा जानकारी साथै पोखरा क्षेत्रकै सम्भावनाको पहिचान तथा लगानी विषयक अन्तरक्रिया कार्यक्रममा कम्पनीका सिइओ आर्शिवाद पुन मगरले उक्त कुरा बताउनु भएको हो । पोखरा क्षेत्रका उद्यमी तथा व्यवसायी, विभिन्न संघ–संस्थाका व्यक्तिहरु गरेर १५० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा नेपालमा कसरी उद्यमी बन्न सकिन्छ तथा नेपालमा कुन क्षेत्रमा के कतिको सम्भावना रहेको छ भन्ने विषयमा कम्पनीले तयार पारेको लगभग

Read more

नामजस्तै काममा तेज एक सफल युवा व्यवसायीसँगको भिडियो अन्तर्वार्ता !

श्याम राना मगर १४ भदौ काठमाण्डौ दैनिक रुपमा हजारौँ युवाहरु नेपालमा कुनै अवसर तथा सम्भावना भएन भनेर विदेशिरहेको अवस्थामा नेपालमा नै वसेर विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान गरि थुप्रै क्षेत्रमा व्यावसाय थालेर तेज रुपमा अगाडि बढ्दै सानै उमेरमा नै आफुलाई एक सफल युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनाउन सफल तेज विक्रम थापा मगरसँग कार्यक्रम पर्यटन र व्यवसायका लागि हामीले कुराकानी गरेका छौँ । आफ्नै वरिपरि आफैभित्र अथाह सम्भावना छ त्यसलाई आफुले पहिचान गरि त्यसको राम्रो अध्ययन गरेर अगाडि बढ्न सके सफलता पनि आफ्नै सेरोफेरोमा रमाउने बताउने उहाँसँग गरिएको यो भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोला ।

Read more

पञ्चकन्या ग्रुपले पोखरा आसपास क्षेत्रमा ६० प्रतिशत बजार ओगटेको कम्पनीको दावी !

पोखरा, १० भदौ | पञ्चकन्या ग्रुपले प्लाष्टिकद्वारा निर्मित सामग्रीको फिटिङमा गुणस्तरीय र प्रविधिबारे पोखरामा शनिबार प्रशिक्षण दिएको छ । यस क्षेत्रका प्राविधिकलाई पाइप फिटिङ गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिइएको पञ्चकन्या गु्रपका प्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । पञ्चकन्या गु्रपद्धारा निर्मित सामग्री पोखरा आसपास क्षेत्रमा करिब ६० प्रतिशत बजार ओगटेको कम्पनीले जनाएको छ । कम्पनीले छड, काँटी, स्टिल टंकी, पिभिसी पाइप, सिपिभीसी पाइप, पिपिआर पाइपलगायत सामग्री बजारमा ल्याएको छ । कार्यक्रममा पञ्चकन्याको कच्चा पदार्थ आपूर्तिकर्ता सेकुसुई जापानका प्रतिनिधि तोमोकी कामिया र मोहित बन्सलले सामग्रीबारे जानकारी गराएका थिए । विभिन्न किसिमका पाइप फिटिङ गर्दा प्राविधिकले पक्षलेको बारैमा ध्यान प्रशिक्षण दिइएको थियो । सामग्री गुणस्तररीय भएरमात्रै हुँदैन, त्यसको जडान महत्वपूर्ण पक्ष हुने हुँदा प्राविधिकले गर्ने काम गुणस्तरीय भएमात्रै ग्राहकको मन जित्न सकिने

Read more

गाउले खानाको परिकार पस्कन लेकसाइडमा रातो घर !

गिता राना मगर, पोखरा १ भदौ । गाउले खानाको परिकार पस्कने उद्देश्यका साथ पोखराको लेकसाइडमा रातोघर नेपाली लोकल भान्छाघर एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पर्यटकीय शहर पोखराको मुख्य पर्यटकीय केन्द्रबिन्दु लेकसाइडमा गाउले परिवेशको खानाका पारखीहरुलाई लक्षित गरी रातो घर नेपाली लोकल भान्छा घर एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको हो । गाउमा पाइने विभिन्न परिकारहरुको स्वादलाई गाउले खानाको पारखीहरुलाई लक्षित गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको सञ्चालक कुमार गुरुङले वताए । रेष्टुरेण्टमा गाउमा पाइने लोकल कुखुरा, गुन्द्रुक, लगायतका नेपाली खानका परिकारहरुमात्र उपलब्ध गराइने समेत सञ्चालक गुरुङले वताए । भदौ एक देखि सञ्चालनमा आएको रेष्टुरेण्टले गाउले परिवेशका खानका पारखीहरुको मन जित्नेमा आफुहरु ढुक्क रहेको अर्का सञ्चालक भीम गुरुङले वताए । पर्यटकीय केन्द्र बिन्दुको रुपमा रहेको लेकसाइडमा विभिन्न मुलुकका परिकारहरु संगै नेपाली लोक स्थानिय उत्पादनहरुलाई

Read more

पोखराको अमरसिंह चोकमा एन. एम. (न्यु माछापुछ्रे) सुनचांदी पसल सञ्चालन !

गिता राना मगर, पोखरा २८ साउन । पोखराको अमरसिंह चोकमा एन. एम. (न्यु माछापुछ्रे) सुनचांदी पसल सञ्चालनमा आएको छ । सुनचांदी पसलको शनिवार नेपाल सुनचांदी ब्यवशायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीले उद्घाटन गरे । उद्घाटन गर्दै दियालीले पोखरा लेखनाथ १० को केन्द्रबिन्दु अमरसिंहमा सञ्चालनमा आएको एन. एम. सुनचांदी पसलले अमरसिंह क्षेत्रका ग्राहकको मन जित्न सफल हुने वताए । अमरसिंह क्षेत्रमा एकमात्र ठूलो र सुनचांदीका अत्याधुनिक गरगहना उपलब्ध हुने एन. एम. सुनचांदी पसलले ग्राहकको रोजाइ अनुसारको गरगहना प्रदान गर्न सक्ने भएकाले ढुक्क भएर सुनचांदीको गरगहना खरिद बिक्री गर्न ग्राहक संग आग्रह गरे । सो अवसरमा वोल्दै एन. एम.(न्यु माछापुछ्रे) सुनचांदी पसलका सञ्चालक शिव सुनारले अमरसिंह क्षेत्रकै एकमात्र अत्याधुनिक सुनचादी पसल भएको वताउदै सुनचांदीको खरिद बिक्री संगै आफुहरुले ग्राहकको रोजाइ अनुसारका गरगहना

Read more

अत्यधिक कम्पनीको सर्भिस सेन्टर सहितको खुल्यो ठूलो मोबाईल बजार !

काठमाडौँ १ चैत्र काठमाडौंको सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आउने भएको छ । होलीको रमझम सकिए लगतै मंगलबार विशेष कार्यक्रम गरी मोबाइल बजार सुरु गर्न लागिएको सिटिसी मोबाइल बजार ब्यबसायी समुहका अध्यक्ष जीवन सुन्दर बन्जारले जानकारी दिनुभयो । नयाँ अवधारणा सहित ग्राहकका समस्या र सुबिधालाई ध्यानमा राखेर सम्पूर्ण सुविधा सहितको मोबाइल बजार सुरु गर्न लागिएको अध्यक्ष बन्जाराले बताउनुभयो । सामसुंग, हुव्वेई, जिओनी, एम.आई, लावा, माइक्रोम्याक्स, केन्ट, टचकन लगायत गरि करिब २ दर्जन भन्दा बढी सर्भिस सेन्टर रहेको सिटिसी मोबाईल बजारमा विश्वका सबै ब्राण्डका मोबाइल, तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध गराइने बताइएको छ । सी टि सी मलको चौथो तल्लामा मोबाईलका स्वोरुम तथा पसलहरु र पाचौ तल्लामा मोबाईल कम्पनीका सर्भिस सेन्टरहरु रहेका

Read more

अन्तर्राष्ट्रिय नमुना पोखरा लाइभ स्टक / युवाहरुको प्रेरणाको श्रोत छ्याम थापामगर !

मिना थापामगर पोखरा वैदेशिक रोजगारको सिलसिलामा कोरियामा १५ वर्ष बिताएका क्षेत्रीय भलिबल संघका अध्यक्षसमेत रहेका छ्याम थापाले त्यहाँ सिकेको सीप स्वदेश फर्केपछि प्रयोग गरेका छन् । देशको बेरोजगारी समस्याबाट बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा पुगेका थापामगरले त्यहाँ सिकेको सीपलाई स्वदेश फिर्ता पश्चात् बंगुर व्यवसाय सञ्चालन गरेका हुन् । यस व्यवसायलाई निर्वाहमुखि मात्र नभई व्यवसायिक उत्पादनमा विशेष योगदान पु¥याउने उद्देश्यले पोखरा लाइभस्टक प्रा.लि. स्थापना गरेर देशको नमूना व्यवसायीको रुपमा परिचित छन् थापामगर । २०६२ सालदेखि लेखनाथ रिठ्ठेपानीमा ४ रोपनी क्षेत्रफलमा २ वटा बँदेल र ६ वटा बँगुर पालनबाट सुरु भएको ‘पोखरा लाइभ स्टक प्रा.लि’ मा हाल २ हजार भन्दा बढी बँगुर तथा बँदेल छन् । अहिले १३ रोपनी जग्गामा ५ करोड बराबरको लगानीमा उक्त फारम सञ्चालन भइरहेको छ भने प्रा.लि. ले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)