मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीको उद्यमशीलता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न !

सुनिता लामा असोज १, काठमाण्डौ “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीको आफ्नो सामाजीक उत्तरदायित्व अन्तरगत आयोजना गरेको उद्योग तथा व्यापार-व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि  श्रव्य दृश्य प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम धोविघाट स्थित सिद्धार्थ कटेजमा हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाको व्यक्तिहरु र विशेषज्ञहरु गरेर लगभग १५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नेपालमा कसरी उद्यमी बन्न सकिन्छ तथा नेपालमा कुन क्षेत्रमा के कतिको सम्भावना रहेको छ भन्ने विषयमा कम्पनीले तयार पारेको लगभग १ घण्टाको प्रारम्भिक श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । साथै बिज्ञहरुले उद्योग व्यापार सञ्चालन सम्बन्धी सुझाव, सल्लाह तथा परार्मश दिनुभएको थियो । यस कम्पनीले आफ्नो सामाजीक दायित्व अन्तर्गत

Read more

भाषिक निति र अबको बाटो खोज्दै भाषाविद्हरु !

श्याम रानामगर २७ साउन काठमाण्डौ  भाषाविद्, भाषाअभियन्ता र सम्वन्धित निकायका व्यक्तिहरुले नेपालको संविधानमा भाषिक नीति के ? र अबको बाटो के ? भनि अन्तरक्रिया कार्यक्रम मार्फत बाटो खोज्ने प्रयत्न गरेका छन् । नेपाल सरकार आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हल जावालाखेल ललितपुरमा आज आयोजना गरेको नेपालको संविधानमा भाषिक नीति र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उक्त प्रयास गरेका हुन् । कार्यक्रममा भाषाविद् तथा मातृभाषी अभियन्ता अमृत योञ्जन तामाङले सरकारी कामकाजको भाषा निर्धारण विषयक कार्यपत्र, डा. तारामणी राईको मातृभाषाको संंरक्षण, संवर्धन, प्रयोग र विस्तार र डा. प्रेम फ्याकको बहुभाषिक शिक्षा नीति, भ्रम र शिक्षण सिकाई विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रहरु माथि मानवअधिकारवादी नेता मल्ल के सुन्दर, प्रा.डा. माधव घिमिरे, प्रा.डा.दानराज रेग्मी, भाषाविद् लोकबहादुर

Read more

महोत्सवको दोश्रो दिन चलचित्र सम्बन्धी गोष्ठि सँगै आठ चलचित्र प्रर्दशन !

श्याम राना मगर असार १९ काठमाण्डौ आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघद्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी चलचित्र महोत्सव २०७४ को हिजो १८ गते दोश्रो दिनमा ८ वटा चलचित्रहरु प्रर्दशन भएका छन् । दोश्रो दिन प्रर्दशन भएका फिल्महरुमा राजवंशी समुदायको जब गाउँको जमिन्दार वा उसको परिवारले कुकार्य गर्छ तब त्यसको खराव असर सिंगो समाजमाथि पर्छ भन्ने कथासार रहेको दखल, प्राचिन गहनाहरु लोप हुदैँ गइरहेको अवस्थामा त्यो रोक्न गरिएको प्रयासलाई विषयवस्तु बनाइएको राई समुदायको पुवालो, दुर्गम बस्तीमा भरियाले लिएको ऋण तिर्न नसक्दा घर खेत बस्तुभाउ सवै गुमाएर मुग्लान पस्न बाध्य कथासार रहेको जेरुङ राई समुदायको व्याःसा पैचो, बोल्न नसक्ने बच्चाको सु स्वास्थको लागि धर्म परिवर्तनको अन्यौलमा परेको दम्पतीको अवस्थालाई

Read more

मातृभाषाको संरक्षण र चुनौती विषयक गोष्ठी सम्पन्न !

असार १४ काठमाण्डौ नेपालमा मातृभाषाको संरक्षण र चुनौती विषयक गोष्ठी हिजो काठमाण्डौको अनामनगर स्थित संवाद डबलीमा सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग साथै सिन्धुपाल्चोक शेर्पा महिला समाज काठमाण्डौ महानगरपालिकाद्धारा आयोजित गोष्ठीमा मातृभाषा अभियन्ता भाषाशास्त्री अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै टिप्पणीकारमा अमृत बराम रहनु भएको थियो । गोष्ठिमा नेपाली मातृभाषाहरुको अवस्था, यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय नितिगत व्यवस्था तथा व्यवहारिक पाटोहरुको बारेमा छलफल गरिएको थियो । साथै मातृभाषाहरुको संरक्षण र विकासको लागि नितिगत तथा व्यवहारिक ढंगबाट प्रस्ट भएर अगाडि बढ्नुपर्ने आवश्यकतालाई समेत औल्याईएको थियो । समाजका अध्यक्ष लन्जम शेर्पाको अध्यक्षता साथै प्रेम वरामको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न मातृभाषी अभियन्ताहरुको सहभागीता रहेको थियो ।

Read more

एकीकृत मगरातका लागि मोर्चाले ठोस पहल गर्छ: बराल !

रूद्र श्रीसमगर पोखरा, १६ असोज नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष सुदर्शन बरालमगरले नयाँ संविधानमा तीन प्रदेशमा विभाजित मगरात भूमिलाई एकीकृत गराउन मोर्चाले ठोस पहलकदमी लिने बताउनुभएको छ । मोर्चाको ४ नं. प्रदेशको एकता भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष बरालले मोर्चाकै पहलमा मगरात आन्दोलनलाई अघि बढाइने उद्घोष गर्नुभयो । ‘मगरात प्राप्तिको आन्दोलनमा हाम्रो नेतृत्वदायी भूमिका अपरिहार्य भएको छ’, अध्यक्ष बरालले भन्नुभयो, ‘अन्य पार्टीनिकट मगर संघसंगठनसँग मिलेर हामी आन्दोलन अघि बढाउने तयारीमा छौं ।’ राष्ट्रिय मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय मुक्ति आन्दोलनबाट विमुख बनाएर कुनै पनि जातिको मुक्ति हुन नसक्ने भन्दै बरालले माक्र्सवादी ढंगले नै नेपालमा विद्यमान जातीय समस्याको हल हुन सक्ने बताउनुभयो । ‘राष्ट्रिय मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय मुक्ति आन्दोलनभन्दा अलग गरेर हामी निष्कर्षमा पुग्न सक्दैनौं’,

Read more

मगरसंघ केन्द्रिय समितिको पूर्ण बैठक पाल्पामा बस्यो / संगठनमा राजनिति मान्य नहुने अध्यक्ष रोकाको चतावनी !

देब पचभैया पाल्पा, भाद्र १२ नेपाल मगर संघ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको बैठकमा केन्द्रिय सदस्य एबं पदाधिकारीहरुले आफ्ना जिल्ला एबं क्षेत्रका बारेमा रिपोर्टिङ्ग गरेका थिए । बैठकमा संघका अध्यक्ष नविन रोकाको भनाई भिडियोमा | बैठकमा ११ औं महाधिबेशन बाट निर्वाचित पदाधिकारी, केन्द्रिय सदस्यहरुलाई निर्वतमान अध्यक्ष महेन्द्र थापाले प्रमाण पत्र वितरण गर्नु भएको थियो । संघका केन्द्रिय अध्यक्ष नविन रोकाको अध्यक्षतामा भएको बैठकले चितवनका जीवन थापा मगर र जोया बिचको घटनाको सम्वन्धमा छानविन गर्न संघका विदेश सचिव रक्षा रईकाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य चन्द्र बहादुर राना, नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष सुरवीर थापा, अधिवक्ता सन्तोष राना,

Read more

कतारमा तमु प्ये ल्हु संघले अन्तरक्रिया कार्यक्रम भब्य सम्मान !

कृष्ण सारू मगर दोहा-कतार ९ अगस्त तमु प्ये ल्हु संघ केन्द्रीय समितिको व्यवस्थापन, विदेशी शाखाहरुको सहकार्य सहयोगमा “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात: शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ ,संस्कृतिर हराए, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ” भन्ने उद्धेश्यलाई आत्मसाथ गरी गत ५ अगस्त २०१६ शुक्रबारको दिन दोहाको होमल्याण्ड रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको तमु प्ये ताँ ल्हु ताँ विषयकमा गरिएको “सम्मान तथस्त अन्तरक्रिया कार्यक्रममा” नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा संघका अध्यक्ष युद्ध जङ प्हच्यु तमुको सभापतित्वमा सम्पन्न गरेको छ । संघका संस्थापक खेगी चिबाहरु, सल्लाहकार तथा विशिष्ट ब्यक्तित्वहरू विशेष अतिथि रहेको समारोहमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रतिनिधिहरूलाई बिशेष अतिथि ग्रहण गराएको उक्त

Read more

मगर भाषाको मानक लेखन तथा क्षेत्रीय भेदबारे पोखरामा प्रशिक्षण !

रूद्र श्रीसमगर पोखरा, २५ साउन २२ औं विश्व आदिवासी दिवसका अवसरमा मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा मंगलबार पोखरामा मगर भाषाको मानक लेखन तथा क्षेत्रीय भेदबारे एक दिवसीय अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषाको मानक लेखन, वर्ण निर्धारण तथा क्षेत्रीय भेदबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा थापामगरले मगर भाषाका विभिन्न भाषिक भेदहरू रहेको जानकारी दिँदै मगर भाषाको विकासका लागि सबैले चासो लिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजातिका भाषा, धर्म, संस्कृतिलाई राज्यले अझै पनि उपेक्षा गरेको भन्दै नयाँ संविधानले पनि आदिवासी जनजातिका सवाल समेट्न नसकेको उल्लेख गर्नुभयो । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको भाषा,

Read more

मगर जातिको राजनैतिक अधिकार र मगर विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न !

दिपा आले मगर, काठमाडौँ, असाढ ११ नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा मगर जातिको राजनैतिक अधिकार र मगर विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । मगर जातीको राजनैतिक अधिकारका बारेमा मगर विद्यार्थीको भूमिका कस्तो हुनु पर्दछ भन्ने विषयलाई केन्द्रीत गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मगर संघका पूर्व अध्यक्ष एवंम सल्लाहकार अग्रज नेता यम बहादुर बुढाथोकीमगरले राजनैतिक क्षेत्रमा मगर समुदाय पछाडि परेको बताए । उनले राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, प्रशासनीक लगायतका क्षेत्रमा मगर समुदायलाई अगाडि बढाउन सचेत युवा मगर विद्यार्थीहरुले भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवंम सल्लाहकार रामबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवंम सल्लाहकार भोज विक्रम बुढामगर, नेपाल मगर

Read more

मगर संघ काठमाडौँको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न !

चन्द्र बहादुर श्रीस, काठमाडौँ “नेपालको संबिधान २०७२ मा मगर लगायात आदिबासी जनजातिहरुको अधिकारको अवस्था” को बारेमा राजधानी काठमान्डू मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समिति काठमान्डू को आयोजनामा सम्पन्न उक्त कार्यक्रम संघका अध्यक्ष डब बहादुर गर्बुजा पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष गङ्गा खासु मगरको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि खासु मगरले बर्तमान संबिधानमा नेपाल मगर संघको पोजिसन प्रश्तुत गर्दै तीन चिरा पारिएको मगरात भूमिलाई अधिकार सम्पन्न र एकीकृत मगरात स्थापना नहुन्जेल संघर्ष गरिरहने बताउनुभयो । नेपाल मगर संघ तथा नेपाल आदिबासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले सम्पूर्ण मगरहरुको मुटु ‘मगरात’ लाई तिन टुक्रा पारिएकोले यो संबिधान स्वीकार गर्न नसकिने बताउनु भयो । ने.क.पा. (एमाले) सम्बद्ध

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)