संविधान संसोधनको स्वागत गर्दे पाल्पामा जनसभा (भिडियो सहित) / मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ: अध्यक्ष रोका !

देब पचभैया पाल्पा, पौष ९ संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा सम्पन्न भएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुतm मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका बतmाहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् । सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन

Read more

पाल्पामा वृहत मगरात जनसभा हुदै !

पाल्पा, पौष ७ भोलि (शुक्रवार) तानसेनमा हुने बृहत जनसभाको तयारी पुरा भएको छ । नेपाल मगरसंघ केन्द्रिय समिति, मगरांत संघर्ष समिति, संयुतm मगर मञ्च नेपालको आयोजनामा हुने जनसभा र झाकी र्यालीको तयारी पुरा भएको स्थानिय ब्यवस्थापक नेपाल मगर संघ पाल्पाले जनाएको छ ।सभालाई मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका, संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती , पुर्ब महासचिब सुरेश आले, पुर्व सांसद सुदर्शन वराल लगाएत सबै पार्टीका मगर घटकका प्रमुखहरुले संवोधन गर्ने कार्यक्रम छ । आफ्ना पहिचान र पहिरन सहित उपश्थित हुने सहभागीहरुले टुडिखेल स्थित लखनपार्क वाट बिहान ११ बजे र्याली निकाल्ने र हुलाकचोक निर सभागर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् । मगर सघन बस्ती रहेका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नु पर्ने लगाएतका माग गर्दे आएको मगर संघले

Read more

रोल्पा प्यूठान आज पनि बन्द / मगर संघको बृहत जनसभा रोल्पामा सम्पन्न !

हर्क घर्तीमगर लिबाङ, रोल्पा–३०, मंसिर संबिधान संसोधन प्रस्तावमा रोल्पा लगायतका पहाडी जिल्लाहरु ४ नं. प्रदेशमा प्रस्ताव गरेको विरोधमा अखन्ड ५ नं. प्रदेशको माग राख्दै आएको संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजिवन प्रभावित भएको छ । संघर्ष समितिले रोल्पा र प्यूठानमा हिजो विहान ६ बजे देखी साझ ५ बजे सम्म बन्द गरेको थियो भने आज देखि पौष ३ गत्ते सम्म आम हडतालको हो । रोल्पाको सदरमुखाम लिबाङ र प्रमुख बजार केन्द्र सुलिचौरमा विहानै देखि बन्दकर्ताहरु बन्द गरीरहेका छन । रोल्पाको सदरमुखाम लिबाङका पसल होटेलहरु सबै बन्द छन भने रोल्पाबाट छुत्ने छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधनहरु चलिरहेका छैनन् । रोल्पाको बन्दमा हाल सम्म शान्तिपुर्ण नै रहेको रोल्पा जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक राम प्रसाद घर्तीमगर

Read more

रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप / तीन प्रहरी घाइते, प्रहरीद्वारा आठ सेल अश्रुग्याँस प्रहार !

नवीन लोचनमगर ३० मंसिर, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ विहीबार दिनभर तनावग्रस्त बनेको छ । प्रदेश नम्बर पाँच नटुक्र्याउन गरिएको आन्दोलन र नेपाल मगर संघ रोल्पाले गरेको बृहत मगरात जनसभा कार्यक्रममा ढुंगा हानाहान भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै सबैलाई पत्राचार गरी केन्द्रीय अध्यक्ष नवीन रोकामगरको उपस्थितिमा गर्न लागिएको खुला कार्यक्रमलाई अखण्ड आन्दोलनकारीहरुले विथोल्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । विहानैदेखि आक्रामक ढंगले पेश भएको आन्दोलनकारीलाई रोक्न प्रहरीले निकै संयम् अपनाए पनि मगर संघको कार्यक्रम भइरहेको बेला अखण्ड आन्दोलनकारीले ढुंगा प्रहार गरेको र रोक्न खोज्दा उल्टै प्रहरी जवानलाई जिल्ला स्तरका एक नेताले समातेर कुटपिट गरेको प्रहरीको भनाइ छ । आफ्ना जवानमाथिको हातपात रोक्न खोज्दा पछाडिबाट प्रहरी माथि नै ढुंगा लाठ्ठी प्रहार भएपछि प्रहरी बाध्य भएर लाठ्ठी प्रहार गरेको

Read more

रोल्पामा आज आयोजित मगरात जनसभालाई बिथोल्ने प्रयास प्रति खेद प्रकट गर्दै नेपाल मगर संघ को प्रेस विज्ञप्ति !

काठमाडौँ, २०७३ मंसिर ३० प्रेस विज्ञप्ति बहुजातिय बहुभाषिक बहुसास्कृतिक लगायतका बहुलताले भरिपूर्ण देश नेपालको राज्य सत्तामा एउटै जाति भाषा सस्कृतिको एकाधिकार कब्जा भयो त्यसैको बिरुद्धमा समानता र सबैको न्यायका लागि पहिचान सहितको अधिकारका लागि आन्दोलन जारी रहेको सर्वविदितै छ । राज्यसत्तामा एकाधिकार जमाएर बसेका केहि मुठ्ठि भरका शासकहरु र न्याय र समानताका पक्षमा आन्दोलनकारीहरुको बिचमा संघर्ष भइरहेको वर्तमान परिवेशमा मगर समुदायको अधिकारमुखि सस्था नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको सघन बसोबास भएका क्षेत्रहरु, भाषिक सघनता भएका क्षेत्रहरु, मगर सास्कृतिक सभ्याता भएका क्षेत्रहरु, ऐतिहासिक भूगोलहरुलाई मध्येनजर गरि १९ जिल्लाको मगरात स्वायत्त प्रदेश हुनुपर्दछ भनेर लामो समय देखिको आन्दोलन अहिले तिब्र रुपमा चलिरहेको छ । मगरात सुनिश्चित गरिनुपर्दछ भन्ने नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संघर्ष समितिको मागको विपरित

Read more

बिनु घटनाका दोशीलाई कारवाहीको माग गर्दे आफन्तको खवरदारी जारी / प्रहरीले गर्यो धर्नामा हस्तक्षेप (भिडियो सहित)!

पाल्पा, मंशिर १७ हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी मगरको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे उनका परिवार र आफन्तले दिन दिनै खवरदारी जुलुस र दवाव मुलक कार्यक्रम गरिहेका छन् । नेपाल मगर संघ पाल्पाले समेत घटनाको बारेमा सत्य तथ्य छानविन गरी दोशीलाइृ कारवाहीको माग गरिसकेको छ । तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको अन्र्तजातिय बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उनका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए । विनु घटनामा संलग्न भन्दै माईतीले विनुका श्रीमान् दिपेन्द्र उनका बावु लक्ष्मण र आमा पार्वती बिरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । श्रीमती बेपतmा पारी फरार बिनुका श्रीमान्

Read more

संरक्षक परिषद् र सल्लाहकार समिती गठन, एकिकृत मगरातको लागि लड्ने प्रतिवद्धता (फोटोफिचर सहित) !

श्याम राना मगर मगर मिडिया, मंसिर १४, काठमाण्डौ नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षक परिषद् र सल्लाहकार समिति गठन भएको छ । साथै, केन्द्रिय समितिमा थप केन्द्रिय सदस्यहरु मनोनित गरिएको छ । हिजो मिति २०७३ मंगसिर १३ गते सोमबार प्रज्ञा भवन कमलादी, काठमाण्डौमा नेपाल मगर संघ केन्द्रिय समितिले हार्दिक बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर उक्त घोषणा गरेको हो । मगर समुदायका विभिन्न क्षेत्रमा रहेर काम गरेका विशिष्ट १३ जना व्यक्तिहरुलाई केन्द्रिय समितीको संरक्षक परिषद् तथा महेन्द्र थापा मगरको संयोजकत्वमा ५० जनालाई सल्लाहकार समिति र विभिन्न क्षेत्रबाट थप १० जनालाई केन्द्रिय सदस्यमा मनोेनित गरेर सम्मान, बधाई तथा शुभकामना दिएको होे । साथै संघले नवनिर्वाचित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति, बाह्रौ सागमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल उसु खेलाडी निमा

Read more

समाचार लेखेको भरमा पत्रकार पक्राउ गरेको भन्दै सर्वत्र बिरोध / रिहाई संगै घटनाको छानविन गरी दोशीलाई कारवाहीको माग !

मगर मिडिया डट कम काठमाण्डौ, मंशिर ५ चितवनका जिवन थापा र जोयाको बारेमा समाचार लेखेको आधारमा प्रहरीले पत्रकार महेश राना मगरलाई पक्राउ गरेको विरोधमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) र नेपाल मगर पत्रकार संघ केन्द्रले कडा आपत्ती जनाएका छन् । घटनाको वारेमा सत्य तथ्य छानविन गरी पक्राउ परेका पत्रकार महेश रानाको बिना सर्त रिहाई गर्न उनीहरुले माग गरेका छन् । सोलुखुम्बु अनलाईनका पत्रकार रानालाई साईवर क्राईमको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंशिर १ गते चितवन बाट पक्राउ गरेको थियो । पत्रकार पक्राउको भ्रत्सना गर्दे फोनिज केन्द्रले तत्काल रिहाई गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग द्धारा जारी प्रेस बिज्ञप्तीमा समाचार लेखेको बिषयमा चित्त नबुझे कानुनी उपचार खोज्न पाउने संबैधानिक हक हुदा हुदै एउटा कलम जिवि

Read more

जातिय द्वन्द्ववाट बचाउन संविधानलाई सच्याउनुपर्ने माग (फोटो फिचर सहित)!

यमुना रानामगर मगर मिडिया, आश्विन १९, काठमाडौँ पहिचान सहितको मगरात राज्य र सबै जात जातिको हक अधिकार सुनिश्चितता हुने गरि संविधान नसच्याए देश जातिय द्धन्दमा फस्ने नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले चेतावनी दिनु भएको छ । जारी संविधानले सबै जात जातिको हक, अधिकार सुनिश्चित गर्न नसकेको कारण संविधान जारि सँगै मगरात आन्दोलनको फेरि सुरुवात भएको भन्दै संविधानले नै आफुहरुलाई आन्दोलनमा उत्रन बाध्य पारेको उहाँले बताउनु भयो । मगरहरुको भुमी मगरातलाई संविधानले तिन टुक्रा पारेको र अहिलेको संविधानमा सबै जात जाति तथा समुदायको प्रतिनिधित्व गराउन नसकेको भन्दै संविधान सच्याउनु पर्ने जरुरी रहेको बताउनु भयो । नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौँको माईतीघर मण्डलामा बुधवार सम्पन्न मगरात कोण सभामा बोल्दै उहाँले जनसंख्याको

Read more

मगरात प्रदेश प्राप्तीका लागि मगरहरु सडकमा उत्रने !

संजय सिंजाली मगर, काठमाण्डौं मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरु असोज १९ गते आन्दोलनको लागि सडकमा ओर्लिने भएका छन् । सरकारले संविधानमा संशोधन नगरी मगरात प्रदेशलाई मेटिने गरि कार्यान्वयन गर्न लागेकोले मगरहरु सडकमा जान लागेका हुन । नेपाल मगर संघ, संयुक्त मगर मंच र मगरात उपत्यका संयूक्त संर्घष समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरुले एकिकृत पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान, मगर स्वायत्त प्रदेश स्थापनाको लागि साझा अभियान भन्ने मूल नाराका साथ मगरहरुले आन्दोलन गर्न लागेका हुन् । मगरहरु असोज १६ गतेका दिन प्रधानमन्त्रि, सभामुख र नेपाली काङ्गे्रस, एमाले, माओबादी केन्द्र, मधेशी मोर्चा र नया शक्ति नेपालका अध्यक्ष्ँहरु लाई ज्ञापन पत्र बुझाउन जाने भएका छन् । आन्दोलनका घोषित कार्यक्रम अनुसार १८ गते

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)