बगरमा खुल्यो ‘दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब’ !

मगर मिडिया पोखरा, २९ मंसिर  पोखराको बगरमा दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब सञ्चालनमा आएको छ । युवा व्यवसायी तथा खेलाडी मनोज केसीले क्लब सञ्चालनमा ल्याएका हुन् । पचासौं एसियन बडी विल्डिङ च्याम्पियनसिपका पहिलो नेपाली गोल्ड मेडलिष्ट महेश महर्जनले हिजो  एक कार्यक्रमका बीच क्लबको उद्घाटन गरेका हुन् । क्लबले स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने महर्जनले बताए । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ कार्यक्रममा बोल्दै कास्की जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष शंकरमान उदासले स्वास्थ्यका लागि फिटनेस क्लब महत्वपूर्ण रहने बताए । डि एण्ड एस कम्प्लेक्स ट्यास्कीचोक बगरमा सञ्चालनमा आएको क्लबका करिब १ करोड रुपैयाँ लगानी भएको सञ्चालक केसीले जानकारी दिए

Read more

पुन मगर समाज यूकेद्धारा गायिका सीता थापालाई आर्थिक सहयोग !

मगर मिडिया १७, काठमाण्डौँ पुन मगर समाज यूकेले लोकदोहोरी गायिका सीता थापाको उपचार को लागि २ लाख १३ हजार रकम आर्थिक सहयोग गरेको छ । उक्त रकम पुन मगर यूके समाजका सल्लाहकार मनवीर पाईजा, म्याग्दी कलाकार संघका उपाध्यक्ष सम्भोज मल्ल, सचिव राम गगन, कोषाध्यक्ष पूर्न थापाले नर्भिक अस्पतालमा पुगेर  हस्तान्तरण गरेका थिए । म्याग्दीको बेनपा १० वाखेत स्थायी घरभई हाल काठमाण्डौमा बस्नै थापा मगर समुदायको पहिचानको रुपमा चिनिने थाली नाचको सर्जक समेत हुन् । पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको गत असोजको तेस्रो दोस्रो महाधिवेशनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्दा उनी गम्भीर घाईते भएको थियो । थाली नाचको प्रचारप्रसारमा सक्रिय रहेकी थापा घाईते भएपछि म्याग्दी काठमाण्डौ कलाकार मञ्चले समेत उपचारमा आर्थिक सहयोग जुटाइरहेको छ । काठमाण्डौको नर्भिक

Read more

को हुन त जुनु पुन ? जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन ।

पदम थापा मगर मंसिर- १०, पोखरा भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” भएर आज उनिहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन । जुनु पुनको जन्म बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा बाबा प्रेम बहादुर पुन र आमा दिल कुमारी पुनको दुई बहिनी छोरी मध्ये जेठी सुपुत्रीको रुपमा भएको थियो । महिला भए पनि म पुरुष भए हुन्थ्यो राम्रो कामको लागि अझै धेरै जोखिम मोल्दै चुनौतीहरुसंग सामना गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने उनी सानै देखि नृत्य गर्न,

Read more

तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेबाट पोखरामा हुने !

मगर मीडिया १४  कार्तिक  पोखरा तमु   गुरुङ्गहरुको धर्म गुरुहरु मध्येको एक प्रमुख तर लोपोन्मुख बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेदेखि २६ गते पोखरामा हुने भएको छ ।“प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका साथ हुने भेलामा आठ जिल्लाका २ सय बोन्पो लम, १ सय पच्यु र १ सय क्ल्हेप्री गरी चारसयसहित केही पैडीहरुको समेत सहभागीतामा पोखरा ११ रानीपौवास्थित फलिना क्होइबो शक्तिघाटमा भेला तमु प्ये ल्हु संघ कास्कीले विहीवार लेकाली चुलो घर पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । भेलाको पहिलो एतिहासिक दिन कार्तिक २४ गते पोखरामा झाँकीसहित र्यालीले नगर परिक्रमा गरी समुद्घाटन समारोह, २५ गते बोन्पो लम सम्बन्धी कार्यपत्र प्रस्तुत, विभिन्न धार्मिक प्रस्तुतिहहरु र तमु बोन्पो लम गठन गर्ने र

Read more

गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा !

रूद्र श्रीसमगर पोखरा, १२ कार्तिक गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको थियो । गलकोट समाज बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था हो । समाजको साधारणसभाको उद्घाटन गर्दै समाजका विशेष सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले आपसी भाइचारा र भ्रातृत्वको विकासका लागि समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको थियो । सामाजिक कार्यमा क्रियाशील हुन सके समाज र देशको उन्नति हुने उल्लेख गर्दै प्रा.डा. पाण्डेले यस्ता समाजले एक अर्काबीच दुःखसुखमा सहयोग आदानप्रदान र परिचय गराउन सहयोग पुग्ने बताउनुभयो । समाजका अर्का विशेष सल्लाहकार गलकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन चन्द ‘राजन’ले आफू जन्मले गलकोटे नभएपनि कर्मले गलकोटे भएकोमा गर्व महसुस गरिरहने बताउनुभयो । सो अवसरमा समाजका सल्लाहकार रामप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवं सल्लाहकार हिराबहादुर

Read more

मगर संघ शुक्ला गण्डकी नगर समिति तनहुँको दोस्रो साधारण सभा सम्पन्न ।

विनोद रखाली मगर ३०, असोज तनहुँ नेपाल मगर संघ शुक्लागण्डकी नगर कार्य समितिको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । “भाषा सस्ंकार, संस्कृती हाम्रो पहिचान, शिक्षा नैतिक सामाजिक एव  आर्थिक सम्बृद्धि हाम्रो अभियान” भन्ने उद्घोषका साथ आयोजित साधारण सभाको उद्धघाटन गर्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले आदिवासी जनजातीको भाषा, सस्ंकार र संस्कृती जगेर्ना देशकै गहना रहेकाले जगेर्नाका लागि राज्य र सम्बन्धित समुदाय जागरुक हुनुपर्नेमा जोड दिनुभयो । साथै थापा मगरले राजनितिक दलहरुले पहिचानको मुद्धालाई चुनावका बेला चर्को नारा लगाउने तर कार्यान्वयनका समयमा लुसुक्क भाग्ने गरेको भन्दै कडा आपत्ति जनाउनुभयो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष इन्द्र थापा मगर, राष्ट्रिय मौलिक कौरा समितिका केन्द्रीय अध्यक्ष हर्क आले मगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष गिता थापा

Read more

कास्कीको तोल्कामा आज देखी मेला हुने !

सुशान्त गाहा मगर पोखरा, २९ असोज कास्कीको तोल्कामा आज देखी बिभिन्न खेलकुद कार्यक्रम सहित मेला सुरु हुने भएको छ । देउराली युवा क्लबको आयोजनामा शुभ दिपावलीको पावन अबसर पारेर १४ औं संस्करणको मेला हुन लागेको हो । “जब युवा अघि बढ्छ, तब देशको बिकास हुन्छ” भन्ने नाराका साथ अन्नपूर्ण गाँउपालिका वडा नं ७ मा सक्रिय रहदै आएको क्लबले आयोजना गर्ने मेला आज देखी कार्तिक २ गते सम्म चल्नेछ । मेलामा गाँउ स्तरिय तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगीता, छेलो हान्ने, रसि तान्ने, घँैटो फुटाउने, मेच घुमाई तथा मकै गन्ने प्रतियोगीता समाबेश गरीएको बताउँदै पुरुष भलिबल तर्पm बिजेता टिमले शिल्ड, मेडल, तथा प्रमाण पत्र सहित नगद रु ४०,००० प्राप्त गर्ने क्लबका अध्यक्ष बिकास गुरुङले बताए । त्यस्तै उपबिजेता र सान्त्वना स्थान हासिल

Read more

पामि आलेहरुको प्रथम भेला गैंडाकोटमा !

हेमा आले `बोगी´ आश्विन ७, गैंडाकोट पामि आलेहरुको वंशावली अध्ययन अनुसन्धान गरि प्रकाशनमा ल्याउने मुल उद्देश्य लिएर आज पामि आले मगर समाजको प्रथम भेटघाट तथा परिचयात्मक कार्यक्रम प्रदेश नम्बर ४, नवलपुरको गैंडाकोटमा सम्पन्न भएको छ । सो भेलाले खड्क पामी आले मगरको अध्यक्षतामा २१ सदस्यीय पामी आले मगर समाज केन्द्रिय तदर्थ समितिको गठन गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा टेक बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , द्दितिय उपाध्यक्षमा मिना आले, भरतपुर उपमहानगरपालिका – ४, महासचिव, हेमा आले `बोगी´ , कावासोती – १७, नवलपुर, सचीव खेम बहादुर आले, गैंडाकोट नगरपालिका – ४, नवलपुर , कोषाध्यक्षमा दान बहादुर आले, भरतपुर उपमहानगरपालिका – २, सहसचिव हर्क आले, पोखरा उपमहानगरपालिका सर्वसम्मतले चुनिएका छन् । यसैगरी सदस्यहरुमा छबिलाल आले, घोडाघोडी नगरपालिका, कैलाली, चित्र

Read more

नेपाल मगर महिला संघको २० औं स्थापना दिवस हिजो राजधानीमा भव्य रुपमा मनाइयो (फोटो फिचर सहित)!

  दिपक श्रेष्ठ ४ असोज, काठमाण्डौ नेपाल मगर महिला संघले आफ्नो २० औं स्थापना दिवस हिजो राजधानीको राष्ट्रिय नाँचघरमा एक विशेष कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । नेपाल मगर संघ केन्द्रिय समिति, नेपाल मगर महिला सघं जिल्ला समिती काठमाडौ र नेपाल मगर महिला सघं जिल्ला समिती ललितपुरको संयुत्त आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि माननीय सिचाई राज्यमन्त्री अमर सिंह पुन मगर रहनु भएको थियो भने कार्यक्रमको  अध्यक्षता नेपाल मगर महिला सघंकी अध्यक्ष बिनिता आले मगरले गर्नुभएको थियो । पानसमा दिप प्रज्वलन गरि प्रमुख अतिथिले औपचारिक कार्यक्रमको सुरु गर्नु भएको थियो । आयोजित कार्यक्रम स्थापना दिवस मनाउनुको साथ साथै मगर महिला स्वास्थ्य उपचार कोषको आर्थिक बृद्धिलाई पनि लक्षित गरिएको थियो । सम्पूर्ण मगर महिलाको अभियान पहिचान र अधिकार सहितको मगरात स्वायत्त

Read more

गलकोटको ठूलाथरमा दशैं पूर्णिमा लघु महोत्सव हुने

रूद्र श्रीसमगर गलकोट, २६ भदौ बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा क्रियाशील संगम युवा क्लबले यस वर्षको बडा दशैं तथा क्लबको ३६ औं वार्षिकोत्सवका अवसरमा दशैं पूर्णिमा लघु महोत्सव–२०७४ गर्ने भएको छ । आगामी असोज १६ गतेदेखि सुरु हुने महोत्सव असोज १९ गते कोजाग्रत पूर्णिमासम्म चल्ने क्लबले जनाएको छ । सहरी विकास राज्यमन्त्री चम्पादेवी खड्काले उद्घाटन गर्ने महोत्सवमा राष्ट्रियस्तरमा चर्चित लोकगायिका जुना श्रीस, लोकगायक नवीन रानालगायत अन्य स्थानीयस्तरका कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती समेत रहने जनाइएको छ । क्लबले दिएको जानकारी अनुसार महोत्सवका मुख्य आकर्षणका रुपमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, भूतपूर्व खेलाडी वडास्तरीय पुरुष भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला सामूहिक नृत्य, खुल्ला पुरुष तथा खुल्ला महिला रस्साकस्सी प्रतियोगिता समेत सञ्चालन गरिनेछ । वडास्तरीय पुरुष भलिबलतर्फ प्रथम पुरस्कार ४० हजार,

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)