आदर्श तारा स्मृती कप आयोजकको कब्जामा, पाहुना टोली काहुँ मिलन झापुटार २–० ले पराजित !

विनोद रखाली मगर फागुन ९, म्याग्दे आदर्श नमुना युवा क्लव म्याग्दे – ४, मनहरीले आयोजना गरेको आदर्श तारा स्मृती कप सेभन – ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक भेन्ट्रान्स समुहले आफ्नो कव्जामा पारेको छ । भेन्ट्रान्स समुहले पाहुना टोली काहुँ मिलन युवा क्लव, झापुटारलाई २ – ० ले पाखा लगाउदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । निकै प्रतिस्पर्धाका बिच सम्पन्न अन्तिम खेलमा आर्दशका लागी रविन श्रेष्ठले त्रीदेव गुरुङ्को उत्कृष्ट पासमा खेलको १५ औं मिनेटमा गोल गरे । पहिलो गोलले हौसिएको आयोजक टोली पुनः खेलको २० मिनेटमै दोस्रो गोल गर्न सफल भयो । आयोजकका लागी दोस्रो गोल रविन श्रेष्ठको उत्कृष्ट पासमा भिम तुलाचनले गरेका थिए । सुरुवात देखिनै आक्रामक रुपमा पेश भएको पाहुना टोलीले गोल गर्ने मौका पाए पनि

Read more

काठमाण्डौँको तिनकुनेमा ल्होछार कार्यक्रम सम्पन्न !

सुनिता लामा ६ फाल्गुन, काठमाण्डौँ बौद्ध महायानी धर्मावलम्बीहरुले शुक्रबार र शनिबार ल्होछार अथार्त नयाँ वर्ष काठमाण्डौको तिनकुनेमा साँस्कृतिक महोत्वसवका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ समाज र १२० ओटा संस्थाहरुले आयोजना गरेको ल्होछार कार्यक्रमको दोस्रो दिन तामाङ कलाकारहरुको बजोड प्रस्तुतिका साथ सम्पन्न भएको थियो भने पहिलो दिन औपचारिक कार्यक्रम सँगै अनौपचारिक कार्यक्रम पनि गरेका थिए । सरकारले माघ ५ गते नै सोनाम ल्होछारको सार्वजनीक विदा दिए पनि केहि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसारमा यही फाल्गुन महिनामा परेकोले ग्याल्पो र सोनाम ल्होसार दुबै एकै साथ मनाएको हो । कार्यक्रममा गायक प्रेम लोप्चन, गायीका सानु वाइबा, जमुना योञ्जन, विशाल काल्तेन लगायतका कालाकारले आफ्नो प्रस्ुतुती दिएका थिए भने उक्त दुई दिने साँस्कृतिक कार्यक्रमलाई चादँनी मोक्तान तामाङ , संजीव वाइबा र

Read more

१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा तनहुँको भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न!

रुद्र श्रीसमगर भिमाद, ६ फागुन १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ का सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम तनहुँको भिमाददेखि सुरु भएको छ । शुक्रबार भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ भिमाद नगर समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर तथा गुरुङ भाषामा कविता प्रतियोगिता आयोजना गरिएको हो । जसमा मगर भाषातर्फ वसन्ती थापामगर प्रथम भइन् भने मोनिका थापामगर द्वितीय, कृष्ण रानामगर तृतीय र गमबहादुर रानामगर सान्त्वना भए । त्यस्तै, गुरुङ भाषातर्फ सुमिका गुरुङ प्रथम र बबी गुरुङ द्वितीय भए । उनीहरूले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार फूलकुमारी थापामगरको संयोजकत्वमा सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र

Read more

सुर्खेतमा पनि मनाए मगरहरुले माघेसकराती (फोटो फिचर)!

लक्ष्मण बुढा मगर ४ माघ, काठमाण्डौँ मगरहरुको महान पर्व माघे सकरातिको अवसरमा नेपाल मगर संघ सुर्खेतको आयोजनामा तिन दिने माघि मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष झै यस बर्ष पनि मगरहरुको आफ्नो मौलिक संस्कृति झल्कने गरि विभिन्न झाँकि  ¥याली सहित सुर्खेत मंगलगढि चौक बाट शुरु भएको ¥याली बिरेन्द्र चोक र गणेश चौक हुँदै कार्यक्रम स्थान विरेन्द नगरको रंगशालाको प्राङ्गणमा गई औपचारिक रुपमा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिल बहादुर बंशी मगरको सभापतित्वमा नेपाल मगर संघ केन्द्रीय  समितिका बरिष्ठ सल्लाहकार एवम प्रदेश नं ५ का नव निर्वाचित माननिय सासंद प्रदेश सभा सदस्य बसन्त घर्ती मगरको प्रमुख आतिथ्यतामा र विशेष अतिथि खगेन्द बहादुर घर्ती मगर साथै नेपाल मगर संघ सुर्खेतका संस्थापक अध्यक्ष अनेरी क्याप्टेन जरसिंह थापा मगरको विशेष आतिथ्यतामा कार्यक्रमका प्रमुख

Read more

म्याग्दी मगर समाजले आयोजना गरेको ७ दिने माघे सकराती मेला भव्य रुपमा सम्पन्न !(फोटो फिचर)

श्याम राना मगर ७ माघ, काठमाण्डौँ मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा म्याग्दी मगर समाजले आयोजना गरेको ७ दिने मेला गत मंगलबार सम्पन्न भएको छ । उक्त मेलाको उद्घाटन नेपाल मगर संघको अध्यक्ष नविन रोका मगरले गर्नुभएको थियो । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर, बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको थियो । मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिला र पुरुष बास्केटवल र भलिबल प्रतियोगिता साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरु रहेको थियो । प्रतियोगीतामा तारो प्रतियोगीता प्रथम विजेताको लागि नगद रु ५०,०००, द्धितिय विजेताको लागि नगद रु३०,००० र तृतीय विजेताको लागि नगद रु २०,००० साथै विभिन्न प्रमाण पत्र, मेडल, रनिङ शिल्ड तथा मायाको चिनो लगायतको पुरस्कार

Read more

समाजसेवी गुरुङद्वारा १० लाखको मिलन ट्रष्ट स्थापना चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले) तीन ठाउँमा देखाइने

रुद्र श्रीसमगर पोखरा, ७ माघ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफूले बनाएको चलचित्रले कमाएको पैसाबाट ‘मिलन ट्रष्ट–२०७४’ स्थापना गर्नुभएको छ । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित पहिलो चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को गत मे ७ तारिखमा हङकङमा सम्पन्न विशेष प्रदर्शनबाट खर्च कटाएर बचत भएको रकमसहित सो ट्रष्टको स्थापना गर्नुभएको हो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा १० लाख रुपैयाँको ‘मिलन ट्रष्ट–२०७४’को घोषणा गरिएको हो । सो अवसरमा ट्रष्टका संस्थापक समाजसेवी गुरुङले ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङलाई १० लाखको चेक हस्तान्तरण गर्नुभयो । सो ट्रष्टको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट मिलन फाउण्डेशन नेपालमार्फत् विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने ट्रष्टका संस्थापक गुरुङले जानकारी दिनुभयो । मिलन ट्रष्टको संरक्षकमा सावित्रीकुमारी गुरुङ, अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’, सल्लाहकारमा गंगा

Read more

नायिका खुशीलाई मिलन डी.जी. इन्टरनेशनलको बधाई !

रुद्र श्रीसमगर पोखरा, ३० पुस मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छें’ (भेडी गोठाले)को बजार व्यवस्थापन संयोजक एवं नायिका खुशी गुरुङलाई बधाई ज्ञापन गरिएको छ । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा मिलन डी.जी. इन्टरनेशनलले नायिका खुशीलाई बधाई दिएको हो । शुक्रबार आयोजित कार्यक्रममा मिलन डी.जी. इन्टरनेशनलका संरक्षक सावित्रीकुमारी गुरुङ, अध्यक्ष एवं चलचित्र भेडी गोठालेका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ र प्रबन्ध निर्देशक एवं निर्माता देउकी सिंजाली ‘दिपिका’ले फूलमाला र खादाले बधाई दिनुभयो । नायिका खुशीको संयोजनमा सो चलचित्र हालसम्म लमजुङ र कतारमा सम्पन्न भइसकेको छ । यसैबीच, शुक्रबार नै सम्पन्न मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को सञ्चालक समिति बैठकले चलचित्र ‘भेडी गोठाले’को बजार व्यवस्थापन

Read more

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले माघे सकरातिको अवसरमा ७ दिने मेलाको अयोजना !

युवराज राना मगर पौष २५, काठमाण्डौ मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा म्याग्दी मगर समाजको आयोजनामा यही पौष २९ गते देखि माघ ५ गते सम्म, ७ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको हो । मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिलापुरुष बास्केटवल र भलिबल प्रतियोगिता साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरुको आयोजना गरिएको छ । साथै मेलामा मगरहरुको मौलिक खानाका परिकारहरुको व्यवस्था समेत गरिएको छ । कार्यक्रमको तालिका निम्न अनुसार छ :

Read more

बाग्लुङको बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने !

गिता राना मगर पोखरा २१ पुस । बाग्लुङको बुर्तिवाङमा पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइ. टि. एफ. तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाग्लुङ स्थित ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइ. टि. एफ. तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा आगामी पुसको २८ र २९ गते बाग्लुङको ढोरपाटन स्थित बुर्तिबाङ बजारमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा दुइ बिभागिय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोेजाङका अध्यक्ष भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । पुनका अनुसार उक्त प्रतियोगितामा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य–पश्चिमाञ्चल विकास क्षेत्र, सुदुर–पश्चिमाञ्चल विकास क्षेत्र, विभागिय

Read more

प्रबिधिको उपयोग गर्दै नेपालबाटै इजरायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा श्रव्य-दृश्य प्रस्तुती तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

डिसेम्बर १७ तेल अभिव गत १५ तारिख शुक्रबार इजरायलको तेल अभिवमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ | मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले बिगत ४ बर्ष देखि नेपालमा विभिन्न उद्योग, व्यवसाय तथा सञ्चार क्षेत्र (राष्ट्रिय/अन्तर्रास्ट्रिय प्रशारणको टेलिभिजन) मा लगानी गरि नेपालमा एउटा रोजगारी मुलक कम्पनी बन्न सफल भएको छ,भने नेपालको सात वाटै प्रदेशमा शाखा तथा उद्योग/व्यवसाय सुरु गर्न तयारी गरिरहेको छ | गत १५ तारिख शुक्रबार सम्पन्न “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी साथै नेपालमा विविध क्षेत्रमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम”को सभापतित्व कम्पनीका बिश्व संयोजक सुश्री बिष्णु पुन मगरले गर्नु भएको थियो|कार्यक्रममा इजरायलमा कार्यरत विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकारहरु,समाजसेवीहरु, लगायत ठुलो जनमानसको सहभागिता रहेको थियो

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)