मगर पत्रकारहरुका बीचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न !

सोनु थापा मगर पौष २२, बुटवल नेपाल मगर पत्रकार संघ रुपन्देहीले हिजो शनिबार बुटवलमा मगर पत्रकारहरुका बीचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मगर पत्रकार संघ रुपन्देहीका अध्यक्ष शोनु थापामगरको अध्यक्षतामा बुटवल हिलपार्कमा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव मिलन गाहा, नेपाल मगर संघ रुपन्देहीका सचिव कमल थापा, प्रेस युनियन रुपन्देहीका कोषाध्यक्ष प्रविण गाहा, नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष कमल थापा, थर्क बहादुर बाह्र घरे, सरिता श्रीस लगायतले बोल्नु भएको थियो । सोही अवसरमा हालै सम्पन्न १४ औं औद्योगिक प्रदर्शनी आइडलका उपविजेता निरज थापामगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम कोषाध्यक्ष आकृति थापाको स्वागत तथा सहसचिव लिला रानाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देहीमा क्रियाशिल ३० जना मगर सञ्चाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको

Read more

शंकर खपाङ्गी मगरको स्मृतिमा मगर युवा पत्रकार पुरस्कारको स्थापना !

मगर मिडिया   ८  कार्तिक  काठमाण्डौ।   शंकर खपाङ्गीमगरको स्मृतिमा मगर युवा पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले   पुरस्कारको स्थापना भएको छ। सो पुरस्कार स्वर्गीय खपाङ्गीको परिवारले स्थापना गरिदिएका हुन् । स्वर्गीय पत्रकार शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघले हरेक वर्ष वितरण गर्ने जनाइएको छ ।  हरेक बर्ष बितरण गरिने पुरस्कारको राशी २५ हजार नगद रहेको संघका महासचिब देब पचभैयाले जानकारी दिनुभयो । पुरस्कार स्थापना सम्बन्धी संझौता पत्रमा मगर पत्रकार संघको तर्फबाट अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापकको तर्फ बाट स्वर्गीय शंकर खपाङ्गीका भाई मगर पत्रकार संघका संस्थापक अध्यक्ष, पत्रकार महासंघ यूकेका अध्यक्ष  नरेश खपाङ्गीमगरले मंगलबार हस्ताक्षर गर्नुभएको छ । उक्त पुरस्कार प्रत्येक  वर्ष कुनै विशेष दिनमा मगर पत्रकार संघले  वितरण गर्ने महासचिब पचभैया द्धारा जारी बिज्ञप्तीमा जनाइएको छ

Read more

फोनिजद्वारा पत्रकार गुरुङ सम्मानित !

आशिष सूर्यवंशी बुटवल, २५ श्रावण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा अग्रज पत्रकार भिम प्रसाद गुरुङ सम्मानित हुनु भएको छ । फोनिज रुपन्देहीले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट गुरुङलाई सम्मान गरेको हो । पत्रकार गुरुङ उक्त पत्रकारिता पुरस्कार स्थापना गर्ने फोनिजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । १८ वर्ष अगाडि स्थापना भएको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा २०६५ सालमा बुटवलको राजमार्ग चौराहामा सडक दुर्घटनामा परी मृत्यु भएका पत्रकार पाटाको स्मृतिमा स्थापना भएको यो पुरस्कारको आठौं पटकको पुरस्कारबाट गुरुङ सम्मानित हुनु भएको हो । स्थापना दिवसको अवसरमा बुटवल स्थित अम्रपाली पार्टी प्यालेसमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गुरुङलाई सम्मान गर्दै आदिवासी

Read more

पत्रकारका लागि अंग्रेजी भाषाको कार्यशाला सम्पन्न !

रूद्र श्रीसमगर पोखरा, १५ साउन कास्कीका पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला आइतबार सम्पन्न भएको छ । अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित कार्यशालामा दुई दिनसम्म नेपाली पत्रकारका लागि अंग्रेजी भाषाको प्रयोग र आवश्यकताबारे छलफल भएको थियो । कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार सम्पादक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अंग्रेजी भाषाको महŒव र आवश्यकता एवं प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यशालाका सहभागी पत्रकारहरूले अंग्रेजी भाषामा संवाद, समाचार संकलन र प्रश्नावली कसरी तयार पार्ने भन्ने बारेमा अभ्यास गरेका थिए । कार्यशालामा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र समेत वितरण गरियो । कार्यशालाको समापन गर्दै अर्बिट इन्टरनेशनल एजुकेशनका अध्यक्ष केशवप्रसाद अधिकारीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले कार्यशालाको आयोजना गरेको

Read more

अमेरिका जान लागेका पत्रकार बानियालाई विदाइ !

पोखरा, १४ साउन एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो अन्तर्गत पोखरामा कार्यरत रही अमेरिका जान लागेका सञ्चारकर्मी गोकुल बानियालाई एक कार्यक्रमका बीच बधाई सहित विदाइ गरिएको छ । विगत ९ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका बानियालाई अमेरिका जान लागेको अवसरमा एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरोले बधाइ तथा शुभकामना सहित विदाइ गरेको हो । पोखराको लेकाली चुलोमा आयोजित कार्यक्रममा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अमेरिका जान लागेका पत्रकार बानियाको सफल यात्राको कामना गर्दै आगामी दिनमा जहा रहेतापनि पत्रकारीताको माध्यामबाट नजिक रहन आग्रह गरे । इन्टरनेटको जमानामा भौतिक रुपमा टाढा भएतापनि काम कुरामा नजिक रहने भएकाले पोखरा र पोखराका सहकर्मीहरुलाई नभुल्न समेत आग्रह गरे । सो अवसरमा वोल्दै एबिसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो प्रमुख एम बि आस्था मगरले

Read more

फोनिज कास्कीको पदस्थापन चैत्र १ गते हुने !

रूद्र श्रीसमगर पोखरा ३०, फागुन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको पाँचौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिहरूको पदस्थापन आगामी चैत्र १ गते हुने भएको छ । गत माघ २६ गते नै अधिवेशन सकिएको भएपनि पदस्थापन ढिलो गरी हुन लागेको हो । अधिवेशनले एमबी ‘आस्था’ मगरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको थियो । अधिवेशनमा निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि फोनिज कास्कीका संस्थापक अध्यक्ष रूद्रबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । चैत्र १ गते हुने पदस्थापन कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण तथा निवर्तमान समितिबाट नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने निर्वाचन समिति सदस्य राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

Read more

पत्रकार महासंघ लमजुङको बरिष्ठ उपाध्यक्षमा मगर पत्रकार आलेमगर !

फागुन ५, बेसीशहर, लमजुङ नेपाल पत्रकार महासंघ लमजुङको छैटौं अधिवेसनबाट नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य कृष्णबहादुर आलेमगर बहुमतका साथ बरिष्ठ उपाध्यक्षमा निर्वाचिन हुनुभएको छ । फागुन ३ गते देखि बेसीशहरमा शुरु भएको जिल्ला अधिबेसनबाट आलेमगर निर्वाचित हुनुभएको हो । कूल ६५ मत रहेको पत्रकार महासंघ लमजुङको निर्वाचनमा आलेमगरले ३७ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी छबिलाल बगालेले २६ मत प्राप्त गर्नुभएको थियो । खुल्ला तर्पmको नवनिर्वाचित उपाध्यक्ष आलेमगर नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) लमजुङ र स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष तथा स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक र कार्यकारी सम्पादक समेत हुनुहुन्छ । महासंघको अध्यक्ष पदमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य आश गुरुङ विजयी भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङले ३३ मत प्राप्त गर्नुभएको थियो ।

Read more

फोनिज लमजुङको अध्यक्षमा आले !

बेसीशहर, लमजुङ २७ माघ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोश्रो जिल्ला अधिवेसनबाट अध्यक्षमा कृष्णबहादुर आले निर्विरोध निर्वाचित हुनु भएका छ । फोनिजको दोस्रो जिल्ला अधिवशेनबाट आले अध्यक्ष चयन भएका हुनु भएको हो । नवर्निचित आले स्तन्त्र पत्रकार संघ लमजुङका अध्यक्ष समेत हुनुहुन्छ । कुल १३ जना सदस्य रहेको फोनिजमा ११ जनाको कार्यसमिति चयन गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङको दोश्रो जिल्ला अधिवेसनबाट उपाध्यक्ष आसबहादु गुरुङ, सचिव सम्झना तामाङ, कोषाध्यक्ष सिजन श्रेष्ठ र सहसचिव बिना गुरुङ चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरूमा कुमारी तामाङ, खुशीमाया गुरुङ, प्रितम गुरुङ तथा खुलातर्फ सदस्यहरुमा सन्तोष श्रेष्ठ, रोजिना आले मगर र सञ्जय गुरुङ चयन हुनुभएको छ । त्यस्तै फोनिज लमजुङबाट केन्द्रीय पार्षदमा रामजी राना, मिना गुरुङ र युवाराज श्रेष्ठ चयन हुनुभएको छ

Read more

फोनिज कास्कीको अध्यक्षमा एमबी आस्था मगर सर्वसम्मत !

रूद्र श्रीसमगर पोखरा, २६ माघ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको बुधबार पोखरामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ । ‘समावेशी सञ्चारका लागि हाम्रो अभियान, तमुवानसहितको संविधान संशोधनको पक्षमा पाँचौं जिल्ला अधिवेशन’ नाराका साथ पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, सह–सचिवमा विना थापामगर, कोषाध्यक्ष उमा आलेमगर चयन हुनुभएको छ । यसरी नै सदस्यहरूमा गीता रानामगर, दुर्गा रानामगर, सुशील श्रेष्ठ, छवि घर्तीमगर, रमेश गुरुङ, सोनिया लामा तामाङ, सम्राट गुरुङ र सुशील ज्वारचन रहनुभएको छ । अधिवेशनले प्रादेशिक प्रतिनिधिमा शीला गुरुङ, कञ्चन गुरुङ, सुकबहादुर घले र पर्यवेक्षकहरूमा इन्दिरा गुरुङ र सन्देश श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी केन्द्रीय प्रतिनिधिहरूमा हुमबहादुर गुरुङ,

Read more

नेपाल मगर पत्रकार संघ केन्द्रीय समिति बैठक आगामी फागुन १९ गते काठमाडौंमा हुने !

रूद्र श्रीसमगर पोखरा, २७ माघ आम मगर पत्रकारहरूको छाता संगठन नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिको बैठक आगामी फागुन १९ गते काठमाडौंमा हुने भएको छ । बुधबार पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको अध्यक्ष मनोज घर्तीमगरले जानकारी दिनुभयो । बैठकले मगरात अभियानका लागि तीव्र प्रचार अभियान सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, देशव्यापी संगठन विस्तार अभियानलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । त्यसैगरी, सो बैठकले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला शाखा, प्रदेश शाखा र केन्द्रीय अधिवेशनमार्फत् महासंघमा मगर पत्रकारहरूको समावेशी प्रतिनिधित्व गराउनका लागि पहल गर्ने निर्णय समेत गरेको महासचिव देव पचभैयामगरले जानकारी दिनुभयो । बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला शाखाहरूको अधिवेशन सुरु भएकोमा जिल्ला शाखाहरूसँगै प्रदेश शाखा र केन्द्रीय अधिवेशन सफल बनाउन

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)