आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा सम्पन्न !

मगर मिडिया काठमाण्डौँ, २९ माघ आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा गत शनिबार चाबहिल स्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष अमृत बहादुर सुनुवार, प्रमुख अध्यक्षमा सह सचिव तथा सञ्चार महाशाखा प्रमुख प्रेम सुनुवार र विशिष्ट अतिथिमा केन्द्रिय उपाध्यक्ष गोबिन्द छन्त्याल तथा सन्त बहादुर मेचे, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर साथै विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।   कार्यक्रममा महासचिव पूर्खजित राई द्धारा महासंघको प्रगति विवरणलाई प्रस्तुत गर्नुभएको थियो भने, कोषाध्यक्ष विजेन्द्र बज्राचार्यबाट आर्थिक विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विविध सांस्कृतिक झलकको पनि प्रस्तुती रहेको थियो ।

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अधिवेशन फागुनमा हुने !

मगर मिडिया वीरगन्ज, २९ माघ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने, महासंघको अधिवेशन गर्ने, विभिन्न संघ संस्थाहरुसँग अन्तरकृया तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।  जिल्ला अधिवेशन तयारीका लागि अध्यक्ष दिपिल प्रधानको संयोजकत्वमा नीरज पिठाकोटे, हेमन्त तामाङ, अजित भुजेल, प्रकाश थारु, कुसुमलाल श्रेष्ठ, दिपेश श्रेष्ठ लगायत रहने गरी सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको छ । त्यस्तै विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अन्तकृया तथा विविध कार्यक्रम गर्नको लागि जगत राईको संयोजकत्वमा मूनेश कुमार लायो मगर, नन्द किशोर पञ्जियार, सुवाष आले मगर, संतोष रञ्जितकार, लगायतको

Read more

आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औ वार्षिक उत्सब समारोह सम्पन्न !

मगर मिडिया माघ २६, काठमाण्डौँ आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औँ स्थापना दिवस आफ्नै कार्यालय सानेपा ललितपुरमा हिजो भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका राज्यमन्त्री माननीय जनकराज चौधरीको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरको बिशेषआतिथ्यता, नेपाली काग्रेसका प्रतिनिधि माननीय नरुत्तम बैद्य, माओवादी प्रतिनिधि तथा जनजाति नेता सुरेश आलेमगर, राप्रपाका प्रतिनिधि माननीय रीता माझी, सङ्घिय समाजवादीका नेता योगराज बनेम, पुर्वसदस्य सचिव लोकबहादुर थापामगर लगायतका अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्यसचिव गोबिन्दलाल माझीले र सञ्चालन कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको रहेको यस कार्यक्रममा मगरको सोरठी, थारु, तामाङ र माझीको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।    

Read more

जलजला लाई “मगर लाफा“ ग्रुपको सहयोग !

पदम थापा मगर माघ २५, काठमाण्डौ नेपाली तारा सिजन —३ का प्रतियोगी जलजला परियारको उपचारको लागि “मगर लाफा“ ग्रुपले जलजलाको बुबा नारायण बहादुर दर्जीलाई रु. ३०,१४६ (तीस हजार एक सय छयालीस रुपैयाँ) प्रदान गरेको छ । जलजलाको यतिबेला दुबै मृगौलाले सक्रिय रुपमा काम नगरी जिवन र मरणको दोसाँधमा रहेर विगत १९ दिन अगाडि बाट काठमाण्डौको महाराजगन्ज स्थित टिचिङ हस्पिटलको मेट्रो मेडिसिन वार्ड ३०६ (क्याविन) मा उपचार गराईरहेकी छिन । २१ वर्षको कलिलो उमेरमै मृगौलामा समस्या आएपछि छोरीलाई बचाउन आफुहरुकै एउटा मृगौला दिन समेत तयार रहेका जलजलाका बाबाआमाले घरको आर्थिक स्थिति कमजोर भएको कारण देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी, शुभचिन्तक तथा संगीतप्रेमी मनहरुलाई सहयोग गरिदिनु हुन अपिल गरेको छ । यदि यहाँहरु जो कोहीले जलजलालाई बचाउनु पर्छ जस्तो

Read more

आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट : बराम !

रुद्र श्रीसमगर पोखरा, २४ माघ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट उठाउनुपर्ने बताउनुभएको छ । महासंघले आयोजना गरेको चार नम्बर प्रदेशस्तरीय प्रादेशिक भेलामा बोल्दै अध्यक्ष बरामले आदिवासी जनजाति आन्दोलन अझै निष्कर्षमा नपुगेको जिकिर गर्नुभयो । ‘हाम्रा लक्ष्यहरू पूरा भएका छैनन्, आदिवासी जनजाति आन्दोलनको अझै आवश्यकता छ’, बरामले भन्नुभयो, ‘केही उपलब्धी प्राप्त भएपनि पूर्ण भएको छैन, आन्दोलनबाट मात्रै अधिकारको पूर्ण प्राप्ति सम्भव छ ।’ चार नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय परिषद्का अध्यक्ष एवं प्रतिनिधिहरूसामु अध्यक्ष बरामले सुस्ताएको आदिवासी जनजाति आन्दोलनलाई पुनर्जागृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले राजनैतिक रुपमा विभाजित नभइ जातीय अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै राजनैतिक दलहरू आदिवासी जनजातिलाई सधैं झुक्याउने काम मात्रै गरेको बताउनुभयो । महासंघका तमुवान प्रदेश इञ्चार्ज

Read more

नेपाल मगर संघ केन्द्रिय समितिकोे सातौ पूर्ण बैठक सम्पन्न, बैठकमा भएका मुख्य निर्णयहरु सहित ।

श्याम राना मगर माघ २३, काठमाण्डौ नेपाल मगर संघ केन्द्रीय समितिकोे नियमित सातौ पूर्ण बैठक धोवीघाट ललितपुरमा गत २० गते शनिवार संघको अध्यक्ष श्री नविन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा नेपाल मगर संघ केन्द्रीय समितिको २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ति अभियानलाई निर्णायक विन्दुमा पु¥याउनका लागि विश्व भरिका मगरहरुको सहभागितामा “पहिचान सहितको संघियता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन । सामाजिक न्याय र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन ।।” भन्ने नारा तय गरि मगरात प्राप्ति सम्मेलन यहि मिति २०७४ फागुन १५, १६ र १७ गतेका दिन काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरि उक्त सम्मेलनमा आयोजकहरु सबै, जिल्ला समितिबाट अध्यक्ष र एक महिला सहित ३ जना, विदेश÷प्रवास शाखा तथा सस्थाहरुबाट अध्यक्ष

Read more

शान्ति वनमा प्रथम स्काउट साहसिक मेला सम्पन्न !

रुद्र श्रीसमगर पोखरा, १९ माघ पोखरा लेखनाथ महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात माविको नवप्रभात स्काउट ट्रुप÷ओपन क्रुको आयोजनामा प्रथम स्काउट साहसिक मेला सम्पन्न भएको छ । सो मेला माघ १४ गतेदेखि १६ गतेसम्म शान्ति वन बाटिकामा भएको हो । मेलामा नवप्रभात स्काउटका रोबर, रेञ्जरहरूले विभिन्न साहसिक खेलमा सहभागिता जनाए । उनीहरूले डोरीमार्फत् खोला तर्ने, रुख चढ्नेलगायतका साहसिक खेलको अभ्यास गरेका थिए । तीन दिने सो साहसिक मेलाको समापन गर्दै समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले सामाजिक कार्यमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । भीड मिलाउने कार्य मात्रै नभएर देश बचाउने कार्यमा समेत यस्तो साहसिक अभ्यासले स्काउटलाई अझै व्यापक बनाउने गुरुङको भनाइ थियो । समापनका अवसरमा स्काउटका कास्की जिल्ला आयुक्त शारदा पराजुली, जिल्ला संगठन आयुक्त धिरज थापा, पूर्व जिल्ला संगठन आयुक्त भीम थापा, समाजसेवी

Read more

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्ष पदमा मानबहादुर राना मगर !

मगर मिडिया काठमाण्डौँ, माघ १७ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्ना अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको संस्था हो । जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित  भएका छन् । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत

Read more

नेपाल मगर विद्यार्थी संघको दशौँ विस्तारित भेला फागुन ४ र ५ गते भरतपुरमा !

मगर मिडिया माघ १५, काठमाण्डौँ मगर विद्यार्थीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला आउँदो फाल्गुन ४ र ५ गते चितवन जिल्लाको भरतपुरमा सम्पन्न हुने भएको छ । किनारीकृत समुदायको अधिकार, समानता र पहिचानको आन्दोलनको जबरजस्त हिस्सा नेपाल “मगर विद्यार्थी संघको दशौँ राष्ट्रिय विस्तारित भेला मगर भाषा संस्कृतिको संरक्षण, अधिकार प्राप्तिको लागि एकिकृत मगरात सहितको स्वायत्तत्ता । बैज्ञानीक व्यवहारिक, संघिय शिक्षा प्रणाली, बहुभाषिक विश्वविद्यालय स्थापनाको पक्षमा दशौँ राष्ट्रिय विस्तारित भेला ।।” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको दशौँ विस्तारित भेलाको उद्घाटन समारोह फागुन ५ गते विरेन्द्र बहुमुखि क्याम्पस प्राङ्गण भरतपुरमा विहान १ बजे हुने छ भने बन्द सत्र फागुन ५ गते नारायणगढको नारायणी कला मन्दिर चितवनमा हुने छ । कार्यक्रममा देशै भरिबाट प्रतिनिधी

Read more

मिड टाउनको चार्टर नाइट ल्वाङघलेलमा !

मगर मिडिया पोखरा, १५ माघ  लायन्स क्लब अफ पोखरा मिड टाउनले चौथो चार्टर नाइट कास्कीको ल्वाङघलेलमा मनाएको छ । होम स्टे तथा ग्रामीण पर्यटन प्रवद्र्धनको लक्ष्य सहित ल्वाङघलेलमा चार्टर नाइट मनाइएको क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेका बताए । पर्यटन तथा होम स्टे प्रवद्र्धनमा लायन्स क्लबहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । डिष्ट्रिक्टका फस्ट भाइस गर्भनर अशोककुमार श्रेष्ठले मिड टाउनले रचनात्मक काम गरेर चार्टर नाइट मनाएको बताए । डिष्ट्रिक्टका कोचिफ एडभाइजर विशेश्वर आचार्यले लायन्सको सामाजिक कामले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए । क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)